Otv Nepal बुधबार, असोज १२ २०७९

जब बालेनले धनपतीलाई किक हाने तब अघि बढ्यो काठमाडौ महानगरको गियर !

  • OTV Nepal

    शुक्रबार, भाद्र ३१ २०७९
  • स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर काठमाडौँ महानगरपालिकाको मेयरमा भारी मतले निर्वाचित भएका बालेन शाहले एक पछि अर्को गजबको काम गरेर कमाल गरिरहेका छन् । बालेनको चर्चा दिनदिनै झनै बढ्दै गएको छ ।

    बालेनले जुन रफ्तारमा काम गरिरहेका छन् उनको कामले अरु सबै खबरहरु फिक्का हुने अवस्था देखिएको छ । जुन दिन बालेन आफैँ डोजर लिएर कानुन विपरित बनेका अवैध संरचना भत्काउन हिडे त्यस पछि त उनको चर्चा यति धेरै बढ्यो की देशनै बालेनमय जस्तो देखिन थालेको छ ।

    बालेनको क्रेज जनस्तरमा कसरी बढिरहेको छ भन्ने सार्वजनिक रुपमै देखिन थालेको छ । केहि दिन अघि भएको इन्द्रजात्रा जहाँ राष्ट्रपति विद्यादेवी भण्डारी देखी सरकारका महत्पुर्ण मन्त्रीहरुको समेत सहभागीता रहेको थियो तर सहभागीले बालेन बालेन भन्दै हुटिङ गरिरहेका थिए । बालेनको अगाडी राष्ट्रपति र मन्त्रीहरु समेत फिक्का भएका थिए ।

    राजनिती प्रति वितृष्णा बढिरहेका बेला समेत बालेनको पक्षमा अभूतपुर्व समर्थन देखिएको छ । बालेनको पछि यती ठूलो समर्थनको उभार आउनुको कारण उनले गरेको कामनै हो । कानुन विपरित बनेका अवैध संरचना भत्काउने देखी फुटपाथका व्यापार हटाउने सम्म आइपुग्दा बालेनको पक्षमा अभूतपुर्व समर्थन देखिएको छ । अहिले बालेनले हराएको टुकुचा खोलानै पत्ता लगाएका छन् यसबाट त झनै उनको चर्चा चुलिएको छ ।

    बालेन जुन रफ्तारका साथ काम गरिरहेका छन् त्यसमा महानगरीय प्रहरीले दरिलो साथ दिएको छ । सुरुका केहि दिन बालेन आफैँ फिल्डमा उत्रिए पनि अहिले डोजर अभियानको नेतृत्व महानगरीय प्रहरी प्रमुख राजु पाण्डले गरिरहेका छन् । राजु पाण्डेको नेतृत्वको महानगरीय प्रहरीले बालेनको काममा दरिलो साथ दिएको छ ।

    नगर प्रहरीको दरिलो साथले बालेनको भिजन र एक्सनले मूर्त रुप लिइरहेको छ । बालेनले डोजर अभियान सुरु गर्नु भन्दा केही दिन अघि तत्कालिन महानगरीय प्रहरी प्रमुख धनपती सापकोटालाई किक आउट गरेका थिए । सापकोटाको नगर प्रहरी प्रमुखको जिम्मेवारी खोसिए पछि महानगरको कामको गती बढेको छ ।

    विवादास्पद छवीका धनपती सापकोटालाई बालनेले किक आउट गरेर उनको ठाउमा राजु पाण्डेलाई जिम्मेवारी दिए पछी महानगरपालिकाको कामले रफ्तार लिएको देखिन्छ । लामो समय देखी काठमाडौँ महानगर पालिकाको प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका धनपतीको कार्यशैली देखी आर्थिक पारदर्शीता सम्मको प्रश्नहरु पनि धेरै उठिरहेका छन् ।

    फुटपाथ व्यवसायीसँग हप्ता उठाउने देखी अन्य धेरै गैर कानुनी रुपमा पैसा उठाएर खाने गरेको आरोप नगर प्रहरी माथी लाग्ने गरेका थियो । धनपती नाम जस्तै महानगरको प्रहरी नेतृत्व गरेर धनपतीनै भएको चर्चा पनि धेरै चल्ने गर्दछ । कतिपयले उनको काठमाडौँमा ७ वटा घर भएको समेत भन्ने गरेका छन् ।

    केहि दिन अघि मात्रै महानगरीय प्रहरीहरुलाई निर्देशन दिँदै मेयर बालेन शाहले पाप र धर्म सम्झीएर काम गर्न प्रहरीहरुलाई निर्देशन दिएका छन् । विगतमा नगरप्रहरीहरुले के कस्ता सम्म काम गर्ने गरेका थिए भन्ने बुझेरनै बालेनले अब त्यस्तो काम नगर्न र पाप धर्मको ख्याल राख्न भनेका थिए ।

    धनपति पछि महानगीय प्रहरी प्रमुख बनेका राजु पाण्डे आफ्नै फिल्डमा उत्रिएर बालेनको भिजन र एक्सनलाई सफल बनाउन लागेका छन् । अहिले बहु चर्चित टुकुचा खोला फेला पार्ने बेलामा प्रहरी प्रमुख पाण्डे आफैँ नजिकै बसेर डोजर चलाउन निर्देशन दिएका थिए ।

    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज ११ २०७९

    त्यसो हो भने प्रचण्डसँग चुनाव लड्ने गुरुराज घिमिरेको घोषणा !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोेकेको निर्वाचनको मिति नजिक आइरहँदा गठबन्धनको बिषयले सत्तासिन दलहरुको किचलो बढ्दै गएको छ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको...

    प्रकाशित: सोमबार, असोज १० २०७९

    एमालेसँग मिलेर चुनावमा जाने गरि अघि बढ्यो शेखर कोइराला पक्ष , देउवा -प्रचण्डलाई नमिठो धक्का !

    सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोेकेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहँदा चुनावी चटारो पनि नेताहरुलाई बढ्दै गएको...

    प्रकाशित: सोमबार, असोज १० २०७९

    केपी ओलीलाई पशुपतीनाथको पनि आशिर्वाद छ चुनावमा एमालेको बहुमत आउछ :भद्रकुमारी घले

    पूर्व मन्त्री एवं समाजसेवी ९२ बर्षिया भद्र कुमारी घलेले मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहुमत ल्याउने ठोकुवा गरेकी छिन् ।...

    प्रकाशित: आइतबार, असोज ९ २०७९

    ‘राष्ट्रपतिले होइन देउवाले राजिनामा दिनु पर्छ, उनलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार छैन !’

    प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दोस्रो पटक पारित भएर प्रमाणिकरणका लागी गएको नागरिकता विद्ययेक दोस्रो पटक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरे पछि नागरिक स्तरबाट राष्ट्रपति विद्यादेवी भण्डारीको व्यापक प्रशंसा भएको...

    प्रकाशित: शनिबार, असोज ८ २०७९

    प्रचण्ड माधवलाई गुरुराजको चेतावनी ‘काग्रेसलाई रुवाएर काग्रेसकै भोटले चुनाव जितौँला भन्ने नसोच !

    सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक विवाद निकै पेचिलो बन्दै गएको छ । शेखर कोइराला पक्षलाई चुनावमा निमिट्यान्ट पार्ने गरि शेरबहादुर देउवा अघि बढे पछि कोइराला...

    प्रकाशित: शनिबार, असोज ८ २०७९

    ४० प्रतिशत भाग नदिए चुनाव बहिस्कार गर्ने शेखर कोइराला पक्षको उद्घोष

    सर्वोच्च अदालतको परमादेशबाट बनेकोे शेरबहादुर देउवा नेृतत्वको सरकारले घोषणा गरेको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक विवाद भने उत्कर्षमा...

    प्रकाशित: शनिबार, असोज ८ २०७९

    अरिंगाल बनेर विपक्षीका विरुद्ध जाइलाग्न युवाहरुलाई ओलीको निर्देशन !

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेका विरुद्ध भ्रम फैलाउने तत्वहरुलाई ठेगान लगाउनका लागी अरिंगाल बनेर जाइलाग्न पार्टीका युवा पक्तिलाई निर्देशन दिएका छन् । अहिले एमाले विरुद्ध...

    प्रकाशित: शुक्रबार, असोज ७ २०७९

    गठबन्धनधारीको ओठतालु सुकाउने शंकर पोखरेलको त्यो एउटै प्रश्न !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोेकेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आउदै गर्दा चुनावी सरगर्मीले छपक्कै छोपेको छ । गठबनधारी दलहरु...

    प्रकाशित: शुक्रबार, असोज ७ २०७९

    लौरो चिन्ह स्वतन्त्रहरुको हो भनेर भ्रम फैलाउनेहरुलाई निर्वाचन आयोगले लियो एक्सन !

    स्थानिय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा बालेन शाह र धरान उपमहानगरपालिकामा हर्क साम्पाङले लौरो चिन्ह लिएर अत्यधिक मतले जित हासिल गरे पछि प्रतिनिधीसभाको निर्वाचनमा पनि लौरो चिन्हलाई स्वतन्त्रहरुको चिन्ह भनेर...

    प्रकाशित: शुक्रबार, असोज ७ २०७९

    काग्रेसको शेखर कोइराला पक्षले चाल्यो बोल्ड कदम, पार्टी विभाजन सम्मै हुने सक्ने !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोकेको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    डोटिमा प्रेम आलेलाई काग्रेसले हैसियत देखाइदिए पछि यस्ता कुरा गर्न थाले !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोकेको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहेका बेला विषय निकै पेचिलो बन्दै गएको छ ।...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    माओवादी केन्द्रको समानुपातिकको बन्द सुचिमा यस्तो नाम पनि भेटियो !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोके बमोजिम मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनका लागी समानुपातिक उमेदवारहरुको नामावलीको बन्द सुचि बुझाउने अन्तिम दिन ...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    गठबन्धन गर्दा पनि हार्ने कन्फर्म भए पछि आरजु राणा समानुपातिकमा !

    देशका धेरै वटा क्षेत्रबाट प्रतिनिधीसभाको प्रत्यक्ष तर्फको उमेदवारका लागी नाम सिफारिस भएकी नेपाली काग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु राणाको नाम अन्तत प्रतिनिधीसभाको समानुपातिक तर्फको उमेदवारमा फाइनल...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    रोकिएनन् बालेन ,उच्चको आदेशपछि पनि टुकुचा उत्खनन् जारी

    काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । महानगरपालिकाको टोलीले आज (सोमवार) पनि हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    मौलिक हकलाई व्यवहारमा सफल बनाउन अघि बढेको छु: एमाले अध्यक्ष

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएका मौलिक हकलाई व्यवहारमा सफल बनाउन आफ् अघि बढेको बतमाएका छन् । संविधान दिवसका अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै उनले संविधानमार्फत...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    राष्टपतिको नजरमा पनि प्रधानन्यायधिस दीपक कार्की

    संविधान दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । दिवस मूल समारोहको संयोजनमा उक्त कार्यक्रम गरिएको हो । यता संविधान दिवसका अवसरमा आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    चोलेन्द्रलाई राष्ट्रपतिको साथ, प्रधानन्यायाधिशकै हैसियतमा झण्डा हल्लाउदै शितलनिवास जाँदै !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरालाई नजरबन्दमा राखेर घरबाटै बाहिर निस्कन नदिएका बेला शितलनिवासबाट भने उनले ग्रिन सिग्नल पाएका छन् । राष्ट्रपति विद्यादेवी...

    प्रकाशित: सोमबार, असोज ३ २०७९

    झनै पेचिलो बन्यो चोलेन्द्र प्रकरण, सरकारले चाल्यो अर्को बोल्ड कदम !

    प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा र परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकार विचको टसल झनै पेचिलो बन्दै गएको छ । प्रधानन्यायाधिशकै हैसियतमा राणा सर्वोच्च अदालत फकर्ने तयारी गरे पछि...

    प्रकाशित: आइतबार, असोज २ २०७९

    चोलेन्द्रकी छोरीले हात जोडेर बिन्ती गर्दै मागीन गुहार ,हामी माथी अन्याय भयो साथ दिनुस् !

    प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले संसदको कार्यकाल समाप्त भए सँगै आफु माथी लगाइएको महाअभियोग पनि स्वत निष्कृय भएको दाबी सहित सर्वोच्च अदालत फर्कने तयारी गरे पछि दिनभर यो बिषय चर्चामा...

    प्रकाशित: आइतबार, असोज २ २०७९

    एमालेले फाइनल गर्यो समानुपातिक उमेदवारको सुचि, को -कसको भाग्य चम्कियो ?

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचन लागी समानुपातिक तफ{को उमेदवारहरुको बन्द सुची फाइनल गरेको छ । अरु पार्टीहरुले समानुपातिक उमेदवारको...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    चावहिल ७ काठमाडौ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक : शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता : प्रेमप्रसाद नेपाल
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि :विष्णुहरी आचार्य

    सामाजिक सञ्जाल


    © copyright 2022 and all right reserved to otvnepal.com | Site By : SobizTrend