Otv Nepal आइतबार, भाद्र २८ २०८३

गठबन्धन गर्दा चुनाव हार्ने कन्फर्म भए पछि चितवन छोडेर टाप कस्दै प्रचण्ड !

  • otv nepal

    आइतबार, असोज ९ २०७९
  • सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिक आइरहेका बेला निर्वाचनको चटारोले दलहरुलाई छपक्कै छोपेको छ । गठबन्धनका दलहरुले भागबण्डाको हिसाब मिलाउन नसकेर पिरोलिएका छन् ।

    स्थानिय तहको निर्वाचनमा गठबन्धन गरेर चितवनको भरतपुर महानगरपालिकाको मेयरमा छोरी रेणु दहाललाई मेयर बनाउन सफल भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड मंसिर ४ गते हुने प्रतिनिधीसभाको निर्वाचनमा चितवन ३ बाट चुनाव जितेर सांसद हुँदै प्रधानमन्त्री बन्ने दाउमा रहेका छन् तर प्रचण्डको दाउमा घाउ लाग्ने विश्लेषण सुरु भएको छ ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन गर्दा पनि चितवनमा चुनाव हार्ने विभिन्न विश्लेषणहरु बाहिर आउन थालेका छन् । चितवनको चुनाव यस पटक पनि निकै पेचिलो बन्ने अवस्था देखिएको छ । हालै मात्रै पाँच पटक सम्म चितवनको अध्यक्ष भएका माओवादी केन्द्रका चितवन इन्चार्ज समेत रहेका केन्द्रिय सदस्य यम परियार सहितको ठूलो टिमले माओवादी केन्द्र परित्याग गरि एमाले प्रवेश गरेका छन् । यसले पनि प्रचण्डलाई ठूलो धक्का दिएको बताइन्छ ।

    कुनै समय प्रचण्डको निकट रहेर काम गरेका डा ऋषिराज बरालले यस पटक चितवनमा प्रचण्डले नराम्रोसँग पराजय बेहोर्ने ठोकुवा गरेका छन् । आफु सँग आएको सुचना र राजनितिक विश्लेषणका आधारमा प्रचण्डले चितवनमा चुनाव जित्न नसक्ने ठोकुवा डा बरालले गरेका छन् ।

    ओटिभी नेपाल डटकम सँग विशेष कुराकानी गर्दै डा बरालले प्रचण्ड चितवन छोड्न नचाहने तर उनले जित्न पनि नसक्ने अवस्था रहेको बताएका छन् । चितवन छोड्न मन नभएको तर जित्न नसक्ने अवस्था आए पछि प्रचण्ड नमज्जासँग पिरोलिएको डा बरालले भनेका छन् ।

    प्रचण्डले म चितवनबाट लड्छु भनेर मुखले त भनिरहेका छन् तर उनको मनले यो पटक चितवनमा चुनाव जितिदैन भन्ने कन्फर्म भैसेकेको छ त्यस कारण उनी ठुलो तनावमा रहेका छन् । डा बरालले भनेका छन् । प्रचण्डले चितवनमा हार्ने चुनाव लड्दैनन् अर्कैै सुरक्षित क्षेत्रको खोजी पनि उनले गरिरहेको दाबी उनले गरेका छन् ।

    अन्तिम सम्म चितवनमै विभिन्न तिकडम गरेर पनि जित्न सकिन्छ की भन्ने दाउमा प्रचण्ड रहेको पनि डा बरालले भनेका छन् । अन्तिम सम्म चितवनमै कसरी जित्न सकिन्छ भनेर हेर्छन् नसकिने भयो भने पछि बाटो लाग्छन् । डा बरालले भनेका छन् । प्रचण्डले गोरखा , रुकुम या सिन्धुली तिर पनि आँखा लगाइरहेको उनले भनेका छन् ।

    चितवनबाट चुनाव लडेमा प्रचण्डलाई नेपाली काग्रेसलेनै हराइदिने ठोकुवा पनि डा बरालले गरेका छन् । यो पटकको निर्वाचनमा प्रचण्डलाई हराउने खेलमा काग्रेसनै लाग्ने विश्लेषण उनले गरेका छन् । प्रचण्डले चुनाव जित्दा देउवालाईनै अप्ठेरो पर्ने भन्दै उनले भोली प्रधानमन्त्रीमा डिस्टर्ब नगरोस् भनेर पनि काग्रेसले प्रचण्डलाई चुनाव हराउने विश्लेषण सुनाए ।

    पूर्व प्रधानमन्त्रीहरु मध्ये सबैभन्दा कमजोर अवस्था प्रचण्डकै रहेको पनि डा बरालले भनेका छन् । नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको भन्दा पनि कमजोर अवस्थामा प्रचण्ड रहेको उनले भनेका छन । बरु माधव नेपालले रौतहटबाट चुनाव जित्लान् प्रचण्डलाई चुनाव जित्न गारो रहेको उनले भनेका छन् । देउवा र ओली भने बलियो रहेको तर्क उनको रहेको छ ।

    प्रचण्डले कसैलाई पनि बाँकी नराखेको भन्दै हिजो प्रचण्डका लागी ज्यान दिन तयार भएकाहरुनै आज टाढा भएको बताए । प्रचण्ड परिवारवादमा चुर्लम्म डुबेको भन्दै डा बरालले राजनितिक जीवनको उत्तरार्ध हरिबिजोग हुने दाबी गरे । अहिले प्रचण्डले इण्डियन गोटिको रुपमा काम गरिरहेको आरोप पनि उनले लगाए ।

    राजनितिक विश्लेषक डा ऋषिराज बरालसँग समसामयिक बिषयमा केन्द्रित रहेर ओटिभी नेपाल डटकमले गरेको विस्तृत भिडियो कुराकानी हेर्नुहोस्

    सम्बन्धित समाचार
    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: आइतबार, मंसिर ८ २०८२

    संसद् पुनर्स्थापनाको मुद्दा बोकेर एमालेको चुनावी तयारी

    प्रतिनिधिसभा विघटन र सरकारको संवैधानिक हैसियतमाथि निरन्तर प्रश्न उठाउँदै संसद् पुनर्स्थापनाउन्मुख गतिविधि गर्दै आएको एमालेले चुनावी तयारी पनि जारी राखेको छ । २१ फागुनमा हुने आमनिर्वाचनका लागि राजनीतिक दल दर्ताको गृहकार्य...

    प्रकाशित: आइतबार, कार्तिक १७ २०८२

    थापाथलि ट्राफिक बिट भत्काउन खोजेपछि नेपाल प्रहरीले रोक्यो नगर प्रहरी !

    थापाथलीस्थित राम मन्दिर परिसरको ट्राफिक प्रहरी प्रभाग भत्काउन काठमाडौं महानगर प्रहरीको टोली डोजर लिएर पुगेको छ । तर, प्रहरीले उक्त भवन भत्काउन नदिने बताएको छ । मेयर बालेन साहले पनि...

    प्रकाशित: आइतबार, असोज १२ २०८२

    काग्रेस नेता सुनिल शर्माले फेरी जनताको मन जिते,दशैँको मुखैमा गरे यस्तो घोषणा

    काठमाडौं — नेपाली कांग्रेसका महासमिति सदस्य डा। सुनिल कुमार शर्माले विजयादशमीको सन्दर्भमा जारी गरेको सन्देशमा विगतका राजनीतिक कमजोरीहरू खुलेर स्वीकार गर्दै पार्टीको आत्मालोचना र पुनर्संयोजनको प्रतिबद्धता व्यक्त गरेका छन्। ऋग्वेदको...

    प्रकाशित: शुक्रबार, भाद्र ६ २०८२

    उपेन्द्र यादवविरुद्ध झूटो मुद्दा लगाइएको भन्दै काठमाडौं जसपा नेपालको प्रदर्शन

    जनता समाजवादी पार्टी नेपाल (जसपा) काठमाडौं जिल्ला समितिले अध्यक्ष उपेन्द्र यादवमाथि लगाइएका आरोप झुठा भन्दै आज राजधानीको बसन्तपुर, यतक्खा चोकमा विरोध प्रदर्शन गरेको छ। विरोधसभामा पार्टीका शीर्ष नेता तथा कार्यकर्ताहरूको...

    प्रकाशित: आइतबार, साउन १९ २०८२

    ‘चुनावमा २ सय रुपैयाँ खर्च, २० रुपैयाँ बचत’

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निर्वाचनमा अहिलेसम्म कुनै अमर्यादित क्रियाकलाप नगरेको दाबी गरेका छन्। बालुवाटारमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा उनले ०४८ सालको पहिलो चुनावमा जम्मा २ सय रुपैयाँ खर्च...

    प्रकाशित: आइतबार, साउन १९ २०८२

    एकपटक फेरि क्रान्ति गर्छु:प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा एकचोटि क्रान्ति र नयाँ विद्रोह आवश्यक रहेको बताएका छन् ।   पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीदहरुलाई सम्झिँदै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको बताउँदै...

    प्रकाशित: आइतबार, साउन १९ २०८२

    एक-अर्कालाई पार्टीबाट निष्कासन गर्न खोज्दै माधव नेपाल र झलनाथ खनाल

    नेकपा (एकीकृत समाजवादी) भित्र सहमतिमा नेतृत्व चयन भए पनि अनेरास्ववियू र युवा संघमा विवाद पुनः देखिएको छ। खनाल–भुसाल पक्ष अध्यक्ष नेपालसँग असन्तुष्ट छन्, कारण उनले संगठनको पूर्णता नदिएको, माओवादीसँग एकताको...

    प्रकाशित: सोमबार, असार ३० २०८२

    सरकार बनेको एक बर्ष हुँदा पनि प्रधानमन्त्रि र मन्त्रिहरुको सम्पति गोप्य

    सरकार गठनको एक वर्ष भइसक्दा पनि प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण अझै गोप्य छ । उनीहरूले विवरण ‘खामबन्दी’मा बुझाए पनि सार्वजनिक गरिएको छैन । दुई ठुला दलले सुशासनलाई प्राथमिकतामा राख्ने भन्दै...

    प्रकाशित: बिहिबार, असार १२ २०८२

    ‘मैले प्रकाशमानलाई गाली गरेको होइन, अर्ती दिएको हो ‘

    नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई गाली नगरी अर्ती दिएको स्पष्ट पारेका छन्। उनले प्रकाशमानले बजेट काठमाडौं र रुपन्देहीमा मात्र केन्द्रित गरेको भन्दै आलोचना गर्दै भने,...

    प्रकाशित: शुक्रबार, जेष्ठ २४ २०८२

    मन्त्रिपरिषद्को निर्णयमाथि पहिलोपटक मुद्दा , माधब नेपाल तनाबमा

    पतञ्जली योगपीठ नेपालसँग सम्बन्धित जग्गा खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगको दाबीअनुसार पतञ्जलीले काभ्रेको विभिन्न स्थानमा ५५४ रोपनी हदबन्दीभन्दा...

    प्रकाशित: मंगलबार, माघ २९ २०८१

    प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा अवहेलना निवेदन

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतको अवहेलना निवेदन दायर भएको छ। गिरीबन्धु टी–इस्टेटलाई फाइदा पुग्नेगरी भूमि सम्बन्धी अध्यादेश जारी गरी अदालतको परमादेश अवज्ञा गरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले निवेदन दर्ता...

    प्रकाशित: सोमबार, माघ २८ २०८१

    ‘प्रधानमन्त्री ओली संविधान खारेज गर्न चाहन्छन्’

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान खारेज गर्न चाहेको आरोप लगाएका छन्। जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले ओलीले संविधान र परिवर्तनलाई नष्ट गर्न चाहेको...

    प्रकाशित: सोमबार, माघ २८ २०८१

    ‘पार्टी एकताबद्ध भएर अघि बढे २०८४ को चुनाव जित्छौं’

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भएर अघि बढे २०८४ को चुनाव जित्न सकिने बताएका छन्। दाङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी एकताबद्ध रूपमा अघि बढाउनुपर्ने बताए। साथै, उनले...

    प्रकाशित: आइतबार, माघ २७ २०८१

    ‘कांग्रेसका भ्रष्ट नेता नसमात्ने ग्यारेन्टी गरेर ओलि प्रधानमन्त्री बनेका हुन्’

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका भ्रष्टहरूलाई नछुने ग्यारेन्टी दिएर सत्तामा पुगेको आरोप लगाएका छन्। उपत्यका प्रदेश अधिवेशनमा उनले बालुवाटर रहुन्जेल केही नहुने दाबी गर्दै,...

    प्रकाशित: बिहिबार, माघ २४ २०८१

    अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरुलाई कांग्रेस-एमालेको ह्वीप

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले संसद्मा अनिवार्य उपस्थित भई अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका छन्। प्रतिनिधि सभामा बहुमत भएकाले कुनै समस्या नरहेपनि राष्ट्रिय सभामा...

    प्रकाशित: बिहिबार, माघ २४ २०८१

    ‘फेसबुकलाई नेपाल बोलाएका छौं, नआए चल्न दिंदैनौं’

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताएका छन्। उनका अनुसार अराजकता रोक्न र नियमन...

    प्रकाशित: बुधबार, माघ २३ २०८१

    सञ्चारमन्त्री भन्छन् :’सरकारले देखिने गरी काम गर्न सकेन’

    सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले हालको सरकारले ६ महिनामा कुनै ठोस काम गर्न नसकेको स्वीकार गरेका छन्। उनले राजनीतिक अस्थिरताको कारण ठूला राष्ट्रिय आयोजनाहरूमा ढिलाइ भएको बताए। सरकार फेरबदल...

    प्रकाशित: बुधबार, माघ २३ २०८१

    ‘अध्यादेश अस्वीकृत भयो भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ’

    नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. नारायण खड्काले यदि अध्यादेश अस्वीकृत भएमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अवस्था आउनसक्ने बताएका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रममा पत्रकार ऋषि धमलासँग...

    प्रकाशित: मंगलबार, माघ २२ २०८१

    ‘हामी सँगै जेल बसेका हौँ, अविश्वास गर्नुपर्ने कुरा छैन’-देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन्। पोखरामा आयोजित जिल्ला पार्टी सभापति र प्रशिक्षण प्रमुखहरूको अभिमुखीकरण कार्यक्रममा देउवाले ओलीसँगको पुरानो सहकार्य स्मरण...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend