Otv Nepal सोमबार, मंसिर १९ २०७९

चुनावमा नमिठो धक्का खाएको माओवादीले काग्रेससँगको गठबन्धन तोड्दै !

  • OTV Nepal

    बिहिबार, मंसिर ८ २०७९
  • नेपाली काग्रेसका सभापती शेरबहादुर देउवालाई सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनाउने बेला देखी स्थानिय तहको निर्वाचन र संघ तथा प्रदेशको निर्वाचनमा काग्रेससँग गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले नमिठो धक्का खाएको छ ।

    संघ तथा प्रदेशको निर्वाचनमा निर्णायक तेस्रो शक्ति बन्ने र सत्ताको चाबी आफ्नो हातमा राख्ने प्रचण्डको दाउमा नमिठो घाउ लागेको छ । निर्वाचनमा माओवादी केन्द्रलाई निकै निराशाजनक परिणाम हात लागेको छ ।

    लोकप्रिय मतमा पाँच महिना अघि खुलेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा पनि सानो भए पछि माओवादी केन्द्र भित्र पेचिलो बहस सुरु भएको छ । प्रचण्डको एकलौटी राज चल्दै आएको माओवादी केन्द्रमा अब त्यो दिन सकिएको चर्चा पनि सुरु भएको छ ।

    अबको २० बर्ष सम्म काग्रेससँग गठबन्धन गर्नु पर्ने बताउदै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड चुनावी परिणाम पछि झस्किएका छन् । माओवादी केन्द्रका अधिकांश नेताहरुले काग्रेससँगको गठबन्धन प्रत्यूत्पादक भएको भन्दै गम्भिर समिक्षा गर्नु पर्ने मत राखेका छन् ।

    चुनाव पछि प्रधानमन्त्री बन्छु भन्ने दाउमा रहेका प्रचण्डलाई माओवादीकै नेताहरुले अब सरकारमै माओवादी केन्द्र सहभागी बन्नु नहुने सुझाव दिएका छन् । एमाले अध्यक्ष केपी ओलीले फोन गरेर मिलेर अघि बढ्ने प्रस्ताव समेत प्रचण्ड समक्ष गरेका छन् । यसले पनि राष्ट्रिय राजनिती थप पेचिलो बन्ने देखिएको छ ।

    चुनावको प्रारिम्भक समीक्षामा माओवादी नेताहरुले यसपटकको चुनावी गठबन्धन आफूहरुका लागि प्रत्युत्पादक बनेको टिप्पणी गरेका छन् । उपमहासचिव हरिबोल गजुरेलले अघिल्लो बाम गठबन्धनको असफलताबाट निराश भएका मतदाताले यसपटकको चुनावी गठबन्धनलाई अस्वीकार गरेको बताए ।

    ‘अघिल्लो गठबन्धनको सरकार पाँच वर्ष पनि चलेन’, उनले भने, ‘त्यसपप्रतिको असन्तुष्टि र वितृष्णास्वरुप नै मतदाताले अहिलेको गठबन्धन पनि स्वीकार नगरेका हुन् ।’ यद्यपि गजुरेलले अघिल्लो पटकको गठबन्धनको सरकार ढलेपछि माओवादीका लागि अहिलेको गठबन्धन बाध्यात्मक रहेको बताए ।

    सचिव गणेश साहले पनि चुनावी गठबन्धन प्रतिउत्पादक रहेको टिप्पणी गरे । ‘यो नसोचेको परिणाम होइन कि आउनुपर्ने नै आयो’, उनले भने, ‘यो विजातीय गठबन्धन हो । सरकार चलाउनसम्म यो गठबन्धन ठीक थियो । मेरो विचारमा गठबन्धन चुनावमा प्रतिउत्पादक सावित भयो ।’

    सचिव साह माओवादी यसपालि सरकार भन्दा परै बसेर आफ्नो संगठन सुधार तथा वामपन्थीहरुलाई एकतावद्ध गर्नेतर्फ लाग्नुपर्ने बताउँछन् । ‘माओवादी अहिले सरकार भन्दा अलि परै बस्नुपर्छ’, उनको भनाइ छ, ‘आफ्नै संगठनमा सुधार गरेर आगामी दिनम अरु वामपन्थीहरुलाई साथमा लिएर जानुपर्छ ।’

    नेता रामप्रसाद सापकोटा पनि माओवादी अब सरकारमा जान नहुने बताउँछन् । आफूले प्रचण्डलाई भेटेर सत्ताबाहिरै बस्नुपर्ने सुझाव दिएको बताए । ‘मैले चाहिँ अस्ति अध्यक्षलाई भेटेको थिएँ’, उनी भन्छन्, ‘अब सत्ताबाहिर बस्नुपर्छ, सिंहदरबार फर्केर पनि हेर्न हुँदैन भन्ने सुझाव दिएको छु ।’

    यसबारे आफूहरुले सबै परिणाम आएपछि पार्टीभित्र बहस गर्ने समेत सापकोटाको भनाइ छ । प्रचण्डले अहिले सम्म सार्वजनिक रुपमा कुनै मन्तव्य या वक्तव्य दिएका छैनन् । प्रचण्डले अब कस्तो मुभ लिन्छन् भन्ने आम चासोको बिषय बनेको छ ।

    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    बाहिरियो चुनावको सबै नतिजा, केपी ओली र रवि लामिछानेले बनाए रेकर्ड !

    प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्ष तर्फको मतगणनाको सम्पुर्ण नतिजा आएको छ । अब समानुपातिक तर्फको केहि नतिजा आउन बाँकी रहे पनि मुलभूत रुपले नतिजा आइसकेको छ । मंसिर...

    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    ‘कांग्रेस-एमाले नेतृत्वमा सरकार आबश्यक’

    नेपाली कांग्रेसका नेता डा. दामोदर भुसालले  स्थिरताका लागि कांग्रेस र एमाले मिलेर ५ वर्ष टिक्ने सरकार चलाउनुपर्ने बताएका छन् । ‘राजनीतिक स्थायित्व र स्थिर सरकारविना देशले निकास पाउने छैन, यसको...

    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    ‘मिसन प्रधानमन्त्री’ मा प्रचण्ड

    नयाँ सरकार गठनका लागि छलफल अघि बढेसँगै दलहरूले शक्ति बाँडफाँट भन्दै प्रमुख पदहरूमा दाबी गर्न थालेका छन् । निर्वाचन परिणामबाट प्रतिनिधि सभामा कांग्रेस सबैभन्दा ठुलो दल हुने भएको छ...

    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    सकियो मतगणना ,संसद्‍मा पुगे १२ दल

    मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ । सोमबार बिहान प्रतिनिधिसभातर्फ दोलखाको पनि मतपरिणाम सार्वजनिक भएसँगै सबै क्षेत्रको नतिजा आएको...

    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    यी ७ दल बने राष्ट्रिय पार्टी , के-के पाउँछन् सुविधा ?

    संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय दलको मान्यता पाउन पार्टीले संसदमा संसदीय दलको कार्यालयसहित सांसदको संख्याअनुसार कर्मचारी र खर्चको सुविधा पाउँछन् । राष्ट्रिय दलको मान्यता पाउने पार्टीको प्रमुख सचेतकले सचिवालय...

    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    बदला त यस्तो होस् जुन भगवती चौधरीले बिजय गच्छादारसँग लिइन् !

    पाँच बर्ष अघि भएको निर्वाचनमा सुनसरी ३ मा काग्रेस नेता बिजय कुमार गच्छादरले धाँधली गरेर हराएको भन्दै एमाले नेतृ भगवती चौधरीले सँधै भरी गुनासो गरिरहिन् तर यस पटकको निर्वाचनको...

    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    प्रचण्डले राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री प्रस्ताव गर्न सक्ने !

    मंसिर ४ गते भएको प्रतिनिधीसभा तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्ष तर्फको सम्पुर्ण मत परिणाम आएको छ । समानुपातिक तर्फको मत परिणाम पनि अन्तिम तिर पुगेको छ । मत परिणाम...

    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    १० सिटे नेकपा एस दुई टुक्रा हुने सम्भावना !

    ३ प्रतिशतको थ्रेस होल्ड समेत कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसले प्रतितिनिधीसभाको निर्वाचनमा गठबन्धनको बलमा प्रत्यक्षमा १० सिट जितेको छ ।...

    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    काग्रेस नेताले भने ‘प्रचण्ड देउवाको कार्यकर्ता हो, पार्टी प्रवेश गर्न मात्रै बाँकी छ !’

    निर्वाचन सकिए सँगै अब सरकार गठनको कसरत सुरु भएको छ । अब बन्ने सरकार कस्तो बन्ला र कसको बन्ला भन्ने चासो व्यापक रुपमा सुरु भएको छ । प्रमुख प्रतिपक्षी...

    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    सबैलाई चकित बनाउँदै बालेनको नाममा हर्क साम्पाङले गरे यस्तो घोषणा !

    स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर भारी मतले निर्वाचित भएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ विचको सम्बन्ध सँगै उतारचढावपुर्ण रह्यो । दुई विच...

    प्रकाशित: सोमबार, मंसिर १९ २०७९

    प्रचण्डलाई सम्झीसम्झी थकथकी लाग्ने रवि लामिछानेको त्यो बोली !

    मंसिर ४ गते भएको प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचन परिणामले पाँच महिना अघि मात्रै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई राष्ट्रिय राजनितीको बलियो शक्तिका रुपमा स्थापित गराइदिएको छ । पूर्व संचारकर्मी...

    प्रकाशित: आइतबार, मंसिर १८ २०७९

    रवि लामिछानेको नागरिकता र राहदानीको बिषयमा अनुसन्धन सुरु, यस्तो छ पछिल्लो अपडेट !

    देशैभरीमा सर्वाधिक धेरै मतान्तर सहित चितवन क्षेत्र नम्बर २बाट प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानको नागरिकता र राहदानी विवादबारे अनुसन्धान सुरु भएको छ । लामिछानेले...

    प्रकाशित: आइतबार, मंसिर १८ २०७९

    सिके राउतसँग चुनाव हारेर रन्थनिएका उपेन्द्र यादवले गरे अपत्यारिलो घोषणा !

    मंसिर ४ गते भएको प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउत सँग फराकिलो मतान्तरले लज्जास्पद पराजय बेहोरेका जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले अपत्यारिलो घोषणा गरेका छन्...

    प्रकाशित: आइतबार, मंसिर १८ २०७९

    प्रचण्डको च्याँखेले दाउ नमार्ने देखिए पछि खुमलटारमा उखरमौलो !

    सर्वोच्च अदालतको परमादेशबाट नेपाली काग्रेसका सभापती शेरबहादुुर देउवालाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका खेलेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड फेरी पनि अर्को संकटले घेरिन पुगेका छन् । तत्कालिन...

    प्रकाशित: आइतबार, मंसिर १८ २०७९

    जब टिभी प्रस्तोताले कान्छी सांसद सोबितालाई सोधे ‘लभ परेको छ की छैन’ ?

    काठमाडौँ क्षेत्र नम्बर २ बाट भारी मतले निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम देशव्यापी रुपमा चर्चामा रहेकी छिन् । काग्रेस माओवादीको गठबन्धन र बलियो मानिएको एमालेलाई समेत...

    प्रकाशित: आइतबार, मंसिर १८ २०७९

    ५० हजार भन्दा बढि मत ल्याएर जित्ने एकमात्र सासंद बने ओलि

    झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवारसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरले निर्वाचित भएका छन्। ओली ५२ हजार ३ सय १९ मतसहित निर्वाचित भएका हुन्। यहाँ नेपाली...

    प्रकाशित: आइतबार, मंसिर १८ २०७९

    काठमाडौँ टेक्ने वित्तिकै ज्ञानेन्द्र शाहीले गरे ठूलो घोषणा, देशभरका समर्थकमा छायो खुशियाली !

    मंसिर ४गते भएको प्रतिनिधी सभाको निर्वाचनमा जुम्लाबाट भारी मतले निर्वाचित भएका राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही सांसद निर्वाचित भए पछि पहिलो पटक काठमाडौँ आइपुगेका छन् । शाहीलाई काठमाडौँका उनका समर्थकले...

    प्रकाशित: आइतबार, मंसिर १८ २०७९

    रवि लामिछानेको पार्टीमा पनि धमिराहरु सबलाउन थाले , सुरु भयो बदनाम गर्ने खेल !

    पाँच महिना अघि मात्रै खुलेको पूर्व संचारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते भएको प्रतिनिधीसभा तथा प्रदेश सभाको निर्वाचनमा दुनियाँ चकित हुने खालको मत परिणाम ल्याएर...

    प्रकाशित: आइतबार, मंसिर १८ २०७९

    १६५ मध्ये १६४ क्षेत्रको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?

    यहि मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । प्रतिनिधि सभा क्षेत्र १ सय ६५ मध्ये हालसम्म १ सय ६४ क्षेत्रको नतिजा आइसकेको छ...

    प्रकाशित: आइतबार, मंसिर १८ २०७९

    ओली -देउवा सहकार्यको हात अघि बढ्यो , प्रचण्डको पसिना छुट्यो !

    १५ देखी २० बर्ष सम्म गठबन्धन गर्छौ भनेर चुनाव अघि भाषण गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेपाली काग्रेसका सभापती शेरबहादुर देउवाको सम्बन्ध चिसो बन्दै गएको...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    चावहिल ७ काठमाडौ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक : शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता : प्रेमप्रसाद नेपाल
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि :विष्णुहरी आचार्य

    सामाजिक सञ्जाल


    © copyright 2022 and all right reserved to otvnepal.com | Site By : SobizTrend