
देशैभरीमा सर्वाधिक धेरै मतान्तर सहित चितवन क्षेत्र नम्बर २बाट प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानको नागरिकता र राहदानी विवादबारे अनुसन्धान सुरु भएको छ ।
लामिछानेले अमेरिकी नागरिकता त्यागे पछि नेपालको नागरिकता पुन प्राप्ती नगरेको र अमेरिकी पासपोर्ट हुँदा हुँदै नेपाली पासपोर्ट पनि लिएको आरोप लागेको छ । नागरिकता र राहदानी दुवैको बिषयमा विवादित भएर उजुरी परे पछि सरकारी निकायले छानविन सुरु गरेकोे छ ।
लामिछानेको नागरिकता र राहदानी विवादबारे अनुसन्धान गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गृह र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ। आयोगमा यसबारे उजुरी परेपछि सम्बन्धित मन्त्रालयहरूलाई अनुसन्धान गर्न पत्र पठाइएको अख्तियारका स्रोतले जानकारी दिएको छ।
‘लामिछानेको नागरिकता र राहदानी विवादबारे गृह मन्त्रालयमा पनि उजुरी परेको छ। उक्त उजुरीपछि अहिले यो विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन प्रक्रिया थालेको छ। लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनस् पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ। लामिछानेले अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको तथ्य केही दिनअघि एक अनलाईन संचारमाध्यमले प्रमाण सहितले प्रकाशित गरेको थियो।
उक्त अनलाइनले दाबी गर्दै प्रकाशित गरेको समाचार अनुसार अनुसार लामिछानेले २०५० सालमा प्राप्त गरेको नागरिकता नै प्रयोग गरिरहेका छन्। उनले अमेरिकी नागरिकता लिएपछि पनि नेपाली नागरिकता त्यागेको देखिन्न। विदेशी नागरिकता लिने बित्तिकै नेपाली नागरिकता कायम रहन्न। विदेशी नागरिकता लिने भएपछि आफैंले नागरिकता त्याग्नुपर्छ। तर उनले निष्क्रिय भैसकेको नागरिकताका आधारमा २०१५ मै नेपाली पासपोर्ट लिएको देखिन्छ।
लामिछानेले मंसिर ४ को चुनावमा पुरानै नागरिकताको प्रयोग गरी उम्मेदवारी दिएका थिए। यस विषयमा निर्वाचन आयोगमा पनि उनीविरूद्ध उजुरी परेको थियो। आयोगले स्पष्टीकरण सोध्दासम्म मतदान भइसकेको थियो।
त्यसपछि उनीविरूद्ध गृह मन्त्रालयमा उजुरी परेको थियो। क्त उजुरी परेपछि गृहबाट काठमाडौं प्रशासनलाई पत्राचार गरिएको थियो। प्रशासनले यसमा छानबिन गर्न परिसरलाई पत्र पठाएको सहायक प्रमुख जिल्ला अधिकारी खडगबहादुर श्रेष्ठले जानकारी दिए।
विदेशी नागरिकता त्याग्नुभन्दा पहिलै नेपाली राहदानी लिएको अनुसन्धानबाट देखिए लामिछानेलाई जरिवाना र कैद सजाय हुन सक्छ। कसैले झूटा विवरण दिएर राहदानी वा यात्रा अनुमति लिने वा लिने प्रयत्न गरेमा पनि कानुनले सजाय तोकेको छ।
राहदानी ऐन २०७६ को दफा २१ (क) मा झूटा विवरण दिइ राहदानी लिन नहुने उल्लेख छ। यदि लिएमा भने दफा २२ बमोजिम दुई लाखदेखि पाँचलाख रूपैयाँसम्म जरिवाना वा एक वर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।
नागरिकताको बिषयमा रास्वपाका सभापती लामिछाने पटक पटक विवादित बनिरहेका छन् । पाँच महिना अघि मात्रै खुलेको पार्टीले आश्चर्यजनक परिणाम ल्याएर दुनियाँ चकित बनिरहेका बेला सोही पार्टीका सभापती भने विवादित बनेका छन् । कतिपयले भने रविको लोकप्रियता देखी अत्तालिएकाहरुले अनावश्यक रुपमा यो बिषयलाई उचालेको बताएका छन् ।
‘ओलीले जबर्जस्ती गरेपछि प्रचण्डले रवि लामिछानेलाई गृहमन्त्री बनाएका थिए’
नेकपा (माओवादी केन्द्र) का सचिव दिनानाथ शर्माले केपि ओलीले जबर्जस्ती गरेपछि अमिलो मुख बनाएर प्रचण्ड रवि लामिछानेलाई गृहमन्त्री बनाउन बाध्य भएको बताएका छन् । शर्माले भने, ‘हामीले गृह र...
‘साँझसम्म गृहमन्त्री नबनाए सरकार छोड्छौं :रबि लामिछाने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् । लामिछाने पुनः सरकारमा फर्कने कसरतमा छन् । सर्वोच्च अदालतको फैसलापछि उनले उपप्रधान एवं गृहमन्त्री...
रबि लामिछान हैन शक्ति बस्नेतलाई गृहमन्त्रि बनाउने तयारिमा छन् प्रचण्ड
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादसम्बन्धी सर्वोच्च अदालतको फैसलाबमोजिम लामिछाने सांसद र मन्त्री पदबाट मुक्त भएका छन् । लामिछाने पदमुक्त भएपछि अहिले सो मन्त्रालयमा कस्लाई पठाउने...
रवि लामिछानेलाई गृह मन्त्रालयमा फर्काउने पक्षमा एमाले, विपक्षमा माओवादी
वर्तमान सरकार सञ्चालनका लागि बनेको राजनीतिक संयन्त्रमा रहेका दलहरूमध्ये नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच फरक फरक धारणा आउन थालेको छ। गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाउने...
सभामुखले पाएनन् सरकारी निवास
सङ्घीय संसद्का नयाँ पदाधिकारीलाई सरकारी निवास व्यवस्थापन गर्न सचिवालयलाई सकस परेको छ। भइरहेका कतिपयमा पदाधिकारीको अनिच्छा र केही स्थान दिन सरकारले आनाकानी गरेपछि निवास व्यवस्थापन हुन नसकेको हो । माघ...
देश मध्यावधितिर जानसक्छः गोकुल बाँस्कोटा
नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले राष्ट्रपति निर्वाचनमा एमालेलाई नसघाए नेकपा माओवादी केन्द्रको भद्रगोल हुने बताएका छन् । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महांसघले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा...
राष्ट्रपति निर्वाचनको मिति तोक्न आयोगलाई दबाब
राष्ट्रपति निर्वाचनको मिति फागुन २९ अघि तोक्न निर्वाचन आयोगलाई दबाब पर्दै गएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षको पदावधि यही फागुन २९ गते सकिँदैछ। संविधानको धारा ६३ अनुसार...
राहदानि छानबिन नभइ रबि लामिछानेलाई गृहमन्त्रालयमा फर्काउनु कति उचित?
चितवन–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहँदा रबि लामिछानेको नेपाली नागरिकता र उनले प्रयोग गर्दै आएको नेपाली राहदानी अवैध रहेको समाचार बाहिरिएको थियो। गृह मन्त्रालयमा उनको नागरिकताको विषयमा उजुरी परेको...
सत्ता गठबन्धन भत्काउन दौडधुप
राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनु अगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता...
राष्ट्रपतिमा रस्साकस्सीले सत्ता समीकरण हेरफेर हुन सक्ने
चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयनको विषयमा सत्ताधारी दलबीच सहमतिको वातावरण बन्नेभन्दा विमति बढ्ने वातावरण बन्दै गएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा...
रविलाई पुन: गृहमन्त्री बनाउन ओलीको दबाब
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन् । लामिछानेले आइतबार जिल्ला...
एमाले महाशचिबको दाबि :सत्ता समीकरणमा फेरबदल ल्याउन रविलाई मुद्दा हालियो
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निःवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको दाबि गरेका छन् । एमाले महासचिव पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउन...
रबि लामिछाने बने नेपालि नागरिक
रवि लामिछानेले नेपाली नागरिकता लिएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिएका हुन्। प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले लामिछानेले नागरिकता लिएको बताए। ‘नागरिकता ऐनको दफा ११, नियमावलीको ११...
एमालेसँग दुरी बढाउने माओवादीको संकेत
एक महिनाअघि सरकारको नेतृत्वमा पुगेको माओवादी केन्द्रले एकपछि अर्को गर्दै सत्ता साझेदार एमालेसँग टाढिने संकेत गरेको छ। प्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख आलोपालोमा नेतृत्व गर्ने र नयाँ राष्ट्रपति एमालेलाई दिने...
चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?
सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवनको क्षेत्र नं २ रिक्त बनेको छ। यससँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यस सम्बन्धमा सरकारसँग...
चितवन-२ मा उपनिर्वाचनका लागि कम्तीमा तीन महिना लाग्ने
निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउन कम्तीमा तीन महिना लाग्ने जनाएको छ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका सांसद रवि लामिछानेलाई शुक्रबार पदमुक्त गरेसँगै सो...
गृहमन्त्रालय पाए कांग्रेस सरकारमा जान तयार छः शशांक कोइराला
नेपाली कांग्रेसका नेता शशांक कोइरालाले भागवण्डा मिलेमा कांग्रेस सरकारमा जाने बताएका छन् । शनिवार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले राम्रो मन्त्रालय दिए काग्रेस सरकारमा...
बाबुराम भट्टराई भँन्छन् :’म राष्ट्रपति बन्न तयार छु’
पुर्ब प्रधानमन्त्रि समेत रहेका नेपाल समाजवादी पार्टी, नेपाल (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले आफूलाई साझा प्रस्ताव आए राष्ट्रपति बन्न तयार रहेको प्रतिक्रिया दिएका छन् । पछिल्लो समय प्रमुख राजनीतिक...
किन रोकियो शेखर-गगन समूहको भेला ?
नेपाली कांग्रेस संस्थापन इतर पक्षको भेला राष्ट्रपति निर्वाचन नहुँदासम्मका लागि स्थगित भएको छ । संस्थापन इतर पक्षको साझा धारणा बनाउन आइतबार नेताहरूको भेला गरिएको थियो । अर्को भेला मंगलवार...
कर्मचारीको तलब बढाउन सुझाव
राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न गठित उच्चस्तरीय तलब सुविधा आयोगसमक्ष कर्मचारीको न्यूनतम तलब स्केल ४० हजार रुपियाँ पुर्याउनुपर्ने सुझाव विभिन्न सरोकारवाला निकायबाट आएको छ। दैनिक महँगी बढ्दै गएको र...