
मंसिर ४ गते भएको प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचन परिणामले पाँच महिना अघि मात्रै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई राष्ट्रिय राजनितीको बलियो शक्तिका रुपमा स्थापित गराइदिएको छ ।
पूर्व संचारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी स्थापना भएको छोटो समयमै जुन कमाल गरेर देखाइदियो त्यसले धेरैलाई अचम्मीत बनाइदिएको छ । प्रत्यक्ष तर्फ ७ सिट र समानुपातिक तर्फ माओवादी केन्द्र बराबरै मत ल्याएर उक्त पार्टीले दुनियाँ चकित बनाइदिएको छ ।
रास्वपाले छोटो समयमै यत्ति धेरै कमाल गर्नुका पछाडी ठूला भनिएका राजनितीक दलहरु प्रतिको वितृष्णा त प्रमुख कारण हो नै संचारकर्मबाट राजनितीमा उदाएका रवि लामिछाने प्रतिको आकर्षण र विश्वास पनि अर्को महत्वपुर्ण पाटो हो ।
टेलिभिजनबाट जनताका सवाललाई दरो खरो रुपमा उठाउने लामिछानेले राजनितीको मैदानमा हाम फालेको छोटो समयमै चामत्कारीक परिणाम ल्याएर आफुलाई प्रमाणित गरिदिएका छन् । टेलिभिजनको स्क्रिनमा बज्ने उनको दरिलो आवाज अब संसदमा गुन्जने छ ।
राजनितीमा प्रवेश गरेको छोटो समयमै रवि लामिछानेले प्राप्त गरेको सफलता ठूलो भए पनि यो सफलता प्राप्त गर्नका लागी उनले गरेको मेहनत र संघर्ष पनि कम छैन । संचारकर्ममा रहँदा जनताका सवालहरुलाई दरिलोसँग उठाउने र भुँइ मान्छेहरुलाई प्रमुख बिषय बनाएकै कारण उनले यो स्केलको सफलता पाएको मान्न सकिन्छ ।
रोचक कुरा त के छ भने १२ बर्ष सम्म सशस्त्र जनयुद्ध गरेर आएको नेकपा माओवादी केन्द्र अहिले भर्खरै मात्रै खुलेको रास्वपासँग लोकप्रिय मतमा प्रतिष्पर्धा गरिरहेको छ । प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले रवि लामिछाने नेतृत्वकको राष्ट्रिय स्वतन्त्र पार्टी हाराहारीकै लोकप्रिय मत प्राप्त गरिरहेको छ ।
अहिले सामाजिक संजालमा ट्रेड नै चलेको छ सत्र बर्ष , सत्र हजार र सत्र सिट भन्ने । सत्र हजार मान्छे मारेर आएको माओवादी केन्द्र शान्ती प्रक्रियामा आएको १७ बर्षमै १७ सिटमा खुम्चीएको भन्दै व्यंग्य चलिरहेको छ । यता ५ महिना अघि मात्रै खुलेको रास्वपा भने करिब २२ सिट सहित संसद प्रवेश गर्ने तयारीमा रहेको छ।
प्रचण्डको असफलता र रवि लामिछानेको सफलतासँग उनीहरु विचको तिक्त सम्बन्धको चर्चा पनि चल्ने गरेको छ । रवि लामिछानेले चितवन ३ बाट चुनावी प्रतिष्पर्धा गर्ने तयारी गरे पछि प्रचण्ड चितवनबाट भागेर गोरखा पुगेको चर्चा पनि हुन्छ जुन सत्य निकट देखिन्छ ।
चितवन ३ मा प्रचण्डले उठाएका गठबन्धनका उम्मेदवार तेस्रो भएका छन् । प्रचण्ड गोरखा नगएको भए रवि लामिछानेले चितवन ३बाटै चुनावी प्रतिष्पर्धा गर्ने पक्का पक्की थियो । प्रचण्डलाई हराएर राष्ट्रिय राजनितीमा छलाङ मार्ने रविको हिसाब किताब रहेको थियो । यद्यपी प्रचण्ड गोरखा पुगे पछि चितवन २ बाट प्रतिष्पर्धा गरेका लामिछानेले सर्वाधिक मतान्तरले चुनाव जित्ने सांसदको रेकर्ड पनि बनाएका छन् ।
तत्कालिन अवस्थामा एमाले अध्यक्ष केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रम चलाएर चर्चामा आएका लामिछाने ओली पछि प्रधानमन्त्री भएका प्रचण्डसँग पनि सोही कार्यक्रम चलाउन चाहन्थे तर प्रचण्डले लामिछानेलाई हटाएर आफ्नै कार्यकर्तालाई कार्यक्रम चलाउन दिए पछि प्रचण्ड र रविको दुस्मनी सुरु भएको थियो ।
प्रचण्डले सिधा कुरा प्रधानमन्त्रीसँग भन्ने कार्यक्रम चलाउन नदिए पछि त्यसैको झोकमा रविले सिधा कुरा जनतासँग कार्यक्रम सुरु गरेका थिए । त्यहि कार्यक्रमको सफलताको जगमा उनी अहिले राजनितीमा होमिएर छोटो समयमै यत्ती ठूलो सफलता प्राप्त गर्न सकेका छन् ।
त्यहि बेला टेलिभिजनको स्क्रिनबाट रविले प्रचण्डलाई च्यालेन्ज दिएका थिए । आफुलाई भेट्न समेत नदिएको भन्दै प्रचण्ड सँग फायर भएका लामिछानेले एक दिन प्रचण्डले भेट्छु भनेर खोज्दा पनि समय नदिने व्यक्तित्व निर्माण गरेर देखाउँछु भन्दै वाचा गरेका थिए ।
भनिन्छ इख नभएको मानिस र विख नभएको सर्प काम लाग्दैन । प्रचण्डसँगको इखलेनै सिधा कुरा जनतासँग कार्यक्रम चलाएर निकै लोकप्रिय भएका रवि लामिछानेले राजनितीमा समेत चमत्कार गरेका छन् । अहिले प्रचण्ड रविको प्रगती देखेर थुक निल्ने अवस्थामा पुगेका छन् ।
सत्ता राजनितीको चाबी प्रचण्डको हातबाट फुत्कीएर रवि लामिछानेको हातमा पुगेको चर्चा पनि चल्न थालेको छ । प्रचण्डहरुलेनै अब रविको सहयोगका लागी हात जोड्नु पर्ने अवस्था आएको छ । त्यसैले त होला अहिले बजारमा हल्ला छ बदला त यस्तो होस् जुन रवि लामिछानेले प्रचण्डसँग लिए ।
सूचनाको हक कुण्ठित गर्ने निर्णयबाट पछि हट्यो सरकार
नागरिकको सूचनाको हक कुण्ठित हुने गरी सरकारले गोप्य राख्ने भनेर गरेको सूचनाको वर्गीकरण गर्ने निर्णय फिर्ता लिइने भएको छ । मुख्यसचिव शंकरदास वैरागीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा सरोकारवाला...
‘ओलीले जबर्जस्ती गरेपछि प्रचण्डले रवि लामिछानेलाई गृहमन्त्री बनाएका थिए’
नेकपा (माओवादी केन्द्र) का सचिव दिनानाथ शर्माले केपि ओलीले जबर्जस्ती गरेपछि अमिलो मुख बनाएर प्रचण्ड रवि लामिछानेलाई गृहमन्त्री बनाउन बाध्य भएको बताएका छन् । शर्माले भने, ‘हामीले गृह र...
‘साँझसम्म गृहमन्त्री नबनाए सरकार छोड्छौं :रबि लामिछाने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् । लामिछाने पुनः सरकारमा फर्कने कसरतमा छन् । सर्वोच्च अदालतको फैसलापछि उनले उपप्रधान एवं गृहमन्त्री...
रबि लामिछान हैन शक्ति बस्नेतलाई गृहमन्त्रि बनाउने तयारिमा छन् प्रचण्ड
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादसम्बन्धी सर्वोच्च अदालतको फैसलाबमोजिम लामिछाने सांसद र मन्त्री पदबाट मुक्त भएका छन् । लामिछाने पदमुक्त भएपछि अहिले सो मन्त्रालयमा कस्लाई पठाउने...
रवि लामिछानेलाई गृह मन्त्रालयमा फर्काउने पक्षमा एमाले, विपक्षमा माओवादी
वर्तमान सरकार सञ्चालनका लागि बनेको राजनीतिक संयन्त्रमा रहेका दलहरूमध्ये नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच फरक फरक धारणा आउन थालेको छ। गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाउने...
सभामुखले पाएनन् सरकारी निवास
सङ्घीय संसद्का नयाँ पदाधिकारीलाई सरकारी निवास व्यवस्थापन गर्न सचिवालयलाई सकस परेको छ। भइरहेका कतिपयमा पदाधिकारीको अनिच्छा र केही स्थान दिन सरकारले आनाकानी गरेपछि निवास व्यवस्थापन हुन नसकेको हो । माघ...
देश मध्यावधितिर जानसक्छः गोकुल बाँस्कोटा
नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले राष्ट्रपति निर्वाचनमा एमालेलाई नसघाए नेकपा माओवादी केन्द्रको भद्रगोल हुने बताएका छन् । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महांसघले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा...
राष्ट्रपति निर्वाचनको मिति तोक्न आयोगलाई दबाब
राष्ट्रपति निर्वाचनको मिति फागुन २९ अघि तोक्न निर्वाचन आयोगलाई दबाब पर्दै गएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षको पदावधि यही फागुन २९ गते सकिँदैछ। संविधानको धारा ६३ अनुसार...
राहदानि छानबिन नभइ रबि लामिछानेलाई गृहमन्त्रालयमा फर्काउनु कति उचित?
चितवन–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहँदा रबि लामिछानेको नेपाली नागरिकता र उनले प्रयोग गर्दै आएको नेपाली राहदानी अवैध रहेको समाचार बाहिरिएको थियो। गृह मन्त्रालयमा उनको नागरिकताको विषयमा उजुरी परेको...
सत्ता गठबन्धन भत्काउन दौडधुप
राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनु अगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता...
राष्ट्रपतिमा रस्साकस्सीले सत्ता समीकरण हेरफेर हुन सक्ने
चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयनको विषयमा सत्ताधारी दलबीच सहमतिको वातावरण बन्नेभन्दा विमति बढ्ने वातावरण बन्दै गएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा...
रविलाई पुन: गृहमन्त्री बनाउन ओलीको दबाब
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन् । लामिछानेले आइतबार जिल्ला...
एमाले महाशचिबको दाबि :सत्ता समीकरणमा फेरबदल ल्याउन रविलाई मुद्दा हालियो
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निःवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको दाबि गरेका छन् । एमाले महासचिव पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउन...
रबि लामिछाने बने नेपालि नागरिक
रवि लामिछानेले नेपाली नागरिकता लिएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिएका हुन्। प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले लामिछानेले नागरिकता लिएको बताए। ‘नागरिकता ऐनको दफा ११, नियमावलीको ११...
एमालेसँग दुरी बढाउने माओवादीको संकेत
एक महिनाअघि सरकारको नेतृत्वमा पुगेको माओवादी केन्द्रले एकपछि अर्को गर्दै सत्ता साझेदार एमालेसँग टाढिने संकेत गरेको छ। प्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख आलोपालोमा नेतृत्व गर्ने र नयाँ राष्ट्रपति एमालेलाई दिने...
चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?
सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवनको क्षेत्र नं २ रिक्त बनेको छ। यससँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यस सम्बन्धमा सरकारसँग...
चितवन-२ मा उपनिर्वाचनका लागि कम्तीमा तीन महिना लाग्ने
निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउन कम्तीमा तीन महिना लाग्ने जनाएको छ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका सांसद रवि लामिछानेलाई शुक्रबार पदमुक्त गरेसँगै सो...
गृहमन्त्रालय पाए कांग्रेस सरकारमा जान तयार छः शशांक कोइराला
नेपाली कांग्रेसका नेता शशांक कोइरालाले भागवण्डा मिलेमा कांग्रेस सरकारमा जाने बताएका छन् । शनिवार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले राम्रो मन्त्रालय दिए काग्रेस सरकारमा...
बाबुराम भट्टराई भँन्छन् :’म राष्ट्रपति बन्न तयार छु’
पुर्ब प्रधानमन्त्रि समेत रहेका नेपाल समाजवादी पार्टी, नेपाल (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले आफूलाई साझा प्रस्ताव आए राष्ट्रपति बन्न तयार रहेको प्रतिक्रिया दिएका छन् । पछिल्लो समय प्रमुख राजनीतिक...
किन रोकियो शेखर-गगन समूहको भेला ?
नेपाली कांग्रेस संस्थापन इतर पक्षको भेला राष्ट्रपति निर्वाचन नहुँदासम्मका लागि स्थगित भएको छ । संस्थापन इतर पक्षको साझा धारणा बनाउन आइतबार नेताहरूको भेला गरिएको थियो । अर्को भेला मंगलवार...