
मनाङको प्रदेशसभा २बाट प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका दिपक मनाङे रातारात माधव कुमार नेपाल नेतृत्वको नेकपा एसमा प्रवेश गरे पछि राजनितीक वृतमा निकै चर्चा चल्यो । मन्त्री हुनैका लागी एस पार्टीमा प्रवेश गरेका मनाङेलाई सांसदनै बन्न नपाउने अवस्था आएको छ ।
संसदीय राजनितीमा एक विकृत पात्रको रुपमा चिनिएका मनाङेलाई नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले निकै तामझामका साथ पार्टीमा भित्राएका थिए । गण्डकीमा नेकपा एस जिरो भए पछि त्यहि मौकामा हिरो बन्न एस तिर लागेका मनाङेलाई ठूलो धक्का लागेको छ ।
मनाङे विरुद्धको मुद्धा अदालतमा विचाराधिन रहेकाले उनले प्रदेशसभा सदस्यको सपथनै खान नपाउने भएका छन् । अघिल्लो पटकको निर्वाचनमा अदालतलाई समेत झुक्काएर सांसद र मन्त्री हुन सफल भएका उनी यस पटक भने सुरुमै फन्दामा पर्ने भएका छन् ।
मनाङेविरुद्ध ३१ वैशाख ०६१ मा अर्का चर्चित डन चक्रेमिलन भनिने मिलन गुरुङलाई महाराजगन्जस्थित चुफाङ रेस्टुरेन्टमा तरबार प्रहार गरेकोमा ज्यान मार्ने उद्योगमा मुद्दा छ । मनाङे समूहको आक्रमणबाट मिलनको बायाँ हात दुई ठुन्का भएको थियो ।
त्यतिवेला पक्राउ परेका उनलाई १३ वैशाख ०६२ मा अदालतले पुर्पक्षका लागि जेल पठाएको थियो । दुई वर्ष जेल बसेका उनीविरुद्धको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा अझै सर्वोच्चमा विचाराधीन छ । उनीविरुद्ध २८ साउन ०६९ मा तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, फैसला भने पाँच वर्षपछि मात्रै सार्वजनिक भयो ।
त्यतिवेला फैसला जानकारी नहुँदा उनले ०७४ को निर्वाचनमा मनाङ ९ख० बाटै सांसद जितेर प्रदेश सांसदको शपथ पनि खाए । फैसला सार्वजनिक भएपछि भने उनलाई तत्कालीन महानगरीय प्रहरी परिसर काठमाडौंले स्वयम्भूबाट ०७५ मंसिरमा पक्राउ गर्यो । तर, अदालतको आदेश थाहा नभएको जनाउँदै उनले सर्वोच्चमा पुनरावेदनको दरपीठ गरे । सर्वोच्चले उनलाई २८ मंसिर ०७५ मा जेलबाहिरै बसेर मुद्दा लड्न पाउने सुविधासहितको आदेश दियो । २७ हजार तीन सय ३५ रुपैयाँ धरौटी बुझाएर छुटेका उनी त्यसपछि गण्डकी प्रदेशको खेलकुदमन्त्री बने ।
‘०७४ को निर्वाचनमा मनाङेले सांसद पदको शपथ खाए । त्यसवेला उच्चको फैसला सार्वजनिक नै गरिएको थिएन ।मनाङे अहिले पनि सर्वोच्चमा तारेखमै छन् । सर्वोच्चका प्रवक्ता विमल पौडेल मनाङेविरुद्धको मुद्दा नटुंगिएको बताउँछन् । ‘मनाङेविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन छ । उनी तारेखमा छन्, मुद्दा चलिरहेको छ,’ पौडेलले भने ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ मा उम्मेदवारको योग्यता तोकिएको छ । यो दफामा त्यस्ता मुद्दा खेपेका व्यक्ति सांसदको उम्मेदवार नै बन्न नपाउने उल्लेख छ । दफामा ‘भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री–वितरण तथा निकासी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा १० वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्ति प्रतिनिधिसभाको उम्मेदवार बन्न पाउनेछैन’ भनिएको छ । यो व्यवस्था प्रदेश सभाको हकमा पनि लागू गरिएको छ ।
एक सिटे पार्टी बन्नका लागी मनाङेलाई रातो कार्पेट विच्छाएर पार्टीमा भित्राएका माधव नेपाल समेत यस्तो खबरले तनावमा पर्ने अवस्था आएको छ । मनाङमा नेकपा एसले जम्मा १७ भोट मात्रै ल्याएको थियो । संसदीय राजनितीको विकृत पक्षलाई भरपुर उपयोग गरेर पावरमा बस्ने बानी लागेका मनाङे यस पटक भने नमज्जाले फस्ने देखिएको छ ।
‘साँझसम्म गृहमन्त्री नबनाए सरकार छोड्छौं :रबि लामिछाने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् । लामिछाने पुनः सरकारमा फर्कने कसरतमा छन् । सर्वोच्च अदालतको फैसलापछि उनले उपप्रधान एवं गृहमन्त्री...
रबि लामिछान हैन शक्ति बस्नेतलाई गृहमन्त्रि बनाउने तयारिमा छन् प्रचण्ड
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादसम्बन्धी सर्वोच्च अदालतको फैसलाबमोजिम लामिछाने सांसद र मन्त्री पदबाट मुक्त भएका छन् । लामिछाने पदमुक्त भएपछि अहिले सो मन्त्रालयमा कस्लाई पठाउने...
रवि लामिछानेलाई गृह मन्त्रालयमा फर्काउने पक्षमा एमाले, विपक्षमा माओवादी
वर्तमान सरकार सञ्चालनका लागि बनेको राजनीतिक संयन्त्रमा रहेका दलहरूमध्ये नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच फरक फरक धारणा आउन थालेको छ। गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाउने...
सभामुखले पाएनन् सरकारी निवास
सङ्घीय संसद्का नयाँ पदाधिकारीलाई सरकारी निवास व्यवस्थापन गर्न सचिवालयलाई सकस परेको छ। भइरहेका कतिपयमा पदाधिकारीको अनिच्छा र केही स्थान दिन सरकारले आनाकानी गरेपछि निवास व्यवस्थापन हुन नसकेको हो । माघ...
देश मध्यावधितिर जानसक्छः गोकुल बाँस्कोटा
नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले राष्ट्रपति निर्वाचनमा एमालेलाई नसघाए नेकपा माओवादी केन्द्रको भद्रगोल हुने बताएका छन् । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महांसघले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा...
राष्ट्रपति निर्वाचनको मिति तोक्न आयोगलाई दबाब
राष्ट्रपति निर्वाचनको मिति फागुन २९ अघि तोक्न निर्वाचन आयोगलाई दबाब पर्दै गएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षको पदावधि यही फागुन २९ गते सकिँदैछ। संविधानको धारा ६३ अनुसार...
राहदानि छानबिन नभइ रबि लामिछानेलाई गृहमन्त्रालयमा फर्काउनु कति उचित?
चितवन–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहँदा रबि लामिछानेको नेपाली नागरिकता र उनले प्रयोग गर्दै आएको नेपाली राहदानी अवैध रहेको समाचार बाहिरिएको थियो। गृह मन्त्रालयमा उनको नागरिकताको विषयमा उजुरी परेको...
सत्ता गठबन्धन भत्काउन दौडधुप
राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनु अगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता...
राष्ट्रपतिमा रस्साकस्सीले सत्ता समीकरण हेरफेर हुन सक्ने
चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयनको विषयमा सत्ताधारी दलबीच सहमतिको वातावरण बन्नेभन्दा विमति बढ्ने वातावरण बन्दै गएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा...
रविलाई पुन: गृहमन्त्री बनाउन ओलीको दबाब
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन् । लामिछानेले आइतबार जिल्ला...
एमाले महाशचिबको दाबि :सत्ता समीकरणमा फेरबदल ल्याउन रविलाई मुद्दा हालियो
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निःवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको दाबि गरेका छन् । एमाले महासचिव पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउन...
रबि लामिछाने बने नेपालि नागरिक
रवि लामिछानेले नेपाली नागरिकता लिएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिएका हुन्। प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले लामिछानेले नागरिकता लिएको बताए। ‘नागरिकता ऐनको दफा ११, नियमावलीको ११...
एमालेसँग दुरी बढाउने माओवादीको संकेत
एक महिनाअघि सरकारको नेतृत्वमा पुगेको माओवादी केन्द्रले एकपछि अर्को गर्दै सत्ता साझेदार एमालेसँग टाढिने संकेत गरेको छ। प्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख आलोपालोमा नेतृत्व गर्ने र नयाँ राष्ट्रपति एमालेलाई दिने...
चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?
सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवनको क्षेत्र नं २ रिक्त बनेको छ। यससँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यस सम्बन्धमा सरकारसँग...
चितवन-२ मा उपनिर्वाचनका लागि कम्तीमा तीन महिना लाग्ने
निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउन कम्तीमा तीन महिना लाग्ने जनाएको छ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका सांसद रवि लामिछानेलाई शुक्रबार पदमुक्त गरेसँगै सो...
गृहमन्त्रालय पाए कांग्रेस सरकारमा जान तयार छः शशांक कोइराला
नेपाली कांग्रेसका नेता शशांक कोइरालाले भागवण्डा मिलेमा कांग्रेस सरकारमा जाने बताएका छन् । शनिवार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले राम्रो मन्त्रालय दिए काग्रेस सरकारमा...
बाबुराम भट्टराई भँन्छन् :’म राष्ट्रपति बन्न तयार छु’
पुर्ब प्रधानमन्त्रि समेत रहेका नेपाल समाजवादी पार्टी, नेपाल (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले आफूलाई साझा प्रस्ताव आए राष्ट्रपति बन्न तयार रहेको प्रतिक्रिया दिएका छन् । पछिल्लो समय प्रमुख राजनीतिक...
किन रोकियो शेखर-गगन समूहको भेला ?
नेपाली कांग्रेस संस्थापन इतर पक्षको भेला राष्ट्रपति निर्वाचन नहुँदासम्मका लागि स्थगित भएको छ । संस्थापन इतर पक्षको साझा धारणा बनाउन आइतबार नेताहरूको भेला गरिएको थियो । अर्को भेला मंगलवार...
कर्मचारीको तलब बढाउन सुझाव
राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न गठित उच्चस्तरीय तलब सुविधा आयोगसमक्ष कर्मचारीको न्यूनतम तलब स्केल ४० हजार रुपियाँ पुर्याउनुपर्ने सुझाव विभिन्न सरोकारवाला निकायबाट आएको छ। दैनिक महँगी बढ्दै गएको र...
रवि लामिछानेको ‘बचावट’ मा राज्य लड्न मिल्छ ?
नागरिकता ठगीको विषयमा राज्यले अनुसन्धान गरी आफैं मुद्दा लड्नुपर्ने हो। तर, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको प्रकरणमा परिस्थिति ठीक उल्टो छ। उनले विदेशी र स्वदेशी नागरिकता एवं राहदानी एकसाथ...