काठमाडौं मेडिकल कलेज (केएमसी) ले आफ्नो चिकित्सा इतिहासमा एक ऐतिहासिक उपलब्धि हासिल गर्दै ब्रेन डेड डोनरमार्फत सफल अंगदान सम्पन्न गरेको छ। यो नेपालमा अहिलेसम्म मात्र छैटौँ पटक भएको दुर्लभ र संवेदनशील प्रक्रिया हो, जसमा ब्रेन डेड घोषित व्यक्तिबाट जीवनदायी अंगहरू — कलेजो (लिभर) र दुईवटा मिर्गौला (किड्नी) — दान गरिएका हुन्।
मृतक १८ वर्षीय दोर्जे मान तामाङ धादिङ जिल्लाको गजुरी गाउँपालिका–७ निवासी थिए। काठमाडौंको नारायणगोपाल चोकमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङलाई उपचारका क्रममा चिकित्सकीय परीक्षणपछि ब्रेन डेड घोषणा गरिएको थियो। त्यसपछि, उनका बुबा र दाजुको सहमतिमा अंगदान प्रक्रिया सम्पन्न गरिएको हो।
केएमसीका वरिष्ठ चिकित्सक डा. रोशन घिमिरेको नेतृत्वमा रहेको विशेषज्ञ टोलीले मृतकबाट प्राप्त अंगहरू शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हस्तान्तरण गरेको थियो। ती अंगहरू दुईजना बिरामीमा सफलतापूर्वक प्रत्यारोपण गरिएको जानकारी प्राप्त भएको छ।
यो उपलब्धि केएमसीको चिकित्सा सेवा तथा सामाजिक उत्तरदायित्वप्रतिको गहिरो प्रतिबद्धताको प्रतिविम्ब हो। यसले न केवल केएमसीलाई अंग प्रत्यारोपण सेवामा अग्रपंक्तिमा उभ्याएको छ, तर समग्र नेपाली स्वास्थ्य प्रणालीमा अंगदानबारे जनचेतनामा समेत सकारात्मक प्रभाव पारेको छ।
केएमसीको यो सफलता नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभाका सांसद डा. सुनिल शर्माको नेतृत्व र दूरदृष्टिको प्रतिफल हो। केएमसी डा. शर्माको स्वामित्वमा रहेका प्रतिष्ठित संस्थाहरूमध्ये एक हो, जसलाई उनले चिकित्सा सेवामार्फत सामाजिक सेवा र जनकल्याणको केन्द्रबिन्दुमा रूपान्तरण गरेका छन्।
डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुन्। उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।
उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्याउने प्रतिबद्धता उनले जनाएका छन्।
हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्, साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्। उनका यी मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई बलियो बनाएका छन्।
केएमसीले अब लिभर ट्रान्सप्लान्ट जस्तो जटिल र जीवनरक्षक शल्यक्रिया सञ्चालन गर्न तीव्र तयारी गरिरहेको छ। आवश्यक पूर्वाधार निर्माण, दक्ष चिकित्सक तथा प्राविधिक जनशक्ति व्यवस्थापन, र अत्याधुनिक उपकरणहरूको समायोजन तीव्र गतिमा अगाडि बढिरहेको केएमसीले जनाएको छ।
यो पहलले नेपाली चिकित्सा क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ, जसले गम्भीर अवस्थाका बिरामीहरूलाई नयाँ जीवन दिनेछ।
न्यायिक समितिको सारथी : सर्वोत्कृष्ट पुस्तकका रूपमा सम्मानित
काठमाडौँ, श्रावण २७ गते नेपाल कानुन व्यवसायी परिषद्को ३४औँ स्थापना तथा आत्ममूल्याङ्कन दिवसका अवसरमा आर्थिक वर्ष २०८२/०८३ मा प्रकाशित कानुन तथा न्याय क्षेत्रका पुस्तकहरू मध्येबाट अधिवक्ताद्वय उद्धव प्रसाद अधिकारी...
नेपालतर्फ नजिकिँदै ‘मोन्था’ चक्रवात :कोसी, मधेस र बागमतीमा भारी वर्षाको सम्भावना
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा आज (बुधबार) रातिदेखि पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार मंगलबार राति भारतको आन्ध्र प्रदेशमा प्रवेश...
फूलपातीको दिन रिलिज हुँदै ३ ठुला चलचित्र
दसैंको फूलपातीको अवसर पारेर यहीँ असोज १३ गते तीन प्रतिक्षित नेपाली चलचित्रहरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ एकसाथ प्रदर्शनमा आउँदैछन् । सोमबारदेखि प्रदर्शनमा आउने यी तीन चलचित्रको लागि देशभरका अधिकांश...
कैदीबन्दी झडपमा कैलाली कारागारमा एकको मृत्यु , ४८ जना घाइते
कैलाली जिल्ला कारागारमा १५० क्षमतामा ६९५ कैदीबन्दी राखिँदा पटक–पटक तनाव हुँदै आएकोमा, तीन अभियुक्तको सरुवापछि भएको झडपमा एक कैदीको मृत्यु र ४८ जना घाइते भएका छन्। झडपको आशंका बारे ५...
पछिल्लो एक बर्षमा विदेशमा ज्यान गुमाएका १४०१ नेपालीको शव ल्याइयो नेपाल
गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका १,४०१ नेपाली कामदारको शव नेपाल ल्याई परिवारलाई हस्तान्तरण गरिएको छ। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा धेरै मृत्यु २६ देखि...
क्यान्सरको ३७ प्रकारका औषधी निःशुल्क पाइने
स्वास्थ्य मन्त्री प्रदीप पौडेलका अनुसार – अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफको सहयोगमा अब क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक ३७ प्रकारका औषधीहरू सरकारमार्फत ४ अस्पतालबाट निःशुल्क उपलब्ध हुने भएका छन् । डाइरेक्ट...
“किन सामुदायिक र निजी विद्यालयको उत्तीर्ण प्रतिशत सार्वजनिक गरिएन?
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कुल ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ९७१ जनाले उच्चतम चार जीपीए प्राप्त गरेका छन्। नियमित परीक्षामा सहभागी...
काठमाडौं र धरान सहित २४ नगरपालिकाले असार १० गतेभित्र पेश गर्न सकेनन् बजेट
बालेन र हर्क सम्पाङका काठमाडौं र धरान सहित २४ नगरपालिकाले असार १० गतेभित्र बजेट पेश गर्न सकेनन् भने यसमा सबैभन्दा धेरै मधेश प्रदेशका (१६) नगरपालिकाहरु छन् र धेरैमा आन्तरिक...
खोला दोहनविरुद्ध बोल्दा रास्वपा नेतामाथि वडाध्यक्षले गरे रड प्रहार
स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनील खनालले आँधीखोला बचाउ अभियानमा सहभागी भएर फर्किरहेका रास्वपाका दुई नेतामाथि फलामको रड प्रहार गरी घाइते बनाएका छन्। घाइतेमध्ये दिनकर नेपालको हातको हड्डी क्र्याक भई...
ग्वार्कोको ओभरपास असार ६ गते प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
ललितपुरको व्यस्त ग्वार्को चोकमा निर्माण सम्पन्न भएको ओभरपास अब केही दिनमै सञ्चालनमा आउने भएको छ। ओभरपासको प्रमुख संरचनाहरू अहिले पूर्ण रूपमा तयार भइसकेका छन् भने आगामी असार ६ गतेदेखि ओभरपासबाट...
महाप्रसादको हस्ताक्षर भएको ६ करोड ३० लाख थान १० रुपयाँको नोट आजदेखि चलनचल्तीमा
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको ६ करोड ३० लाख थान नोट आजदेखि चलनचल्तीमा आएको छ । नेपाल राष्ट्र बैँकले १० रुपैयाँ दरका ६३ करोड रुपैयाँ बराबरको नोट सोमबारदेखि बजारमा...
राधिका शाक्यको ‘करूणा’ माथि धुलिखेलमा विमर्श
प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करूणा’ माथि हिजो काभ्रेको धुलिखेलमा विमर्श गरिएको छ। वक्ताहरूले आत्मकथाले मानव जीवनका विभिन्न पक्षमा करुणा झल्काएको बताए। नगर प्रमुख अशोक ब्याञ्जूले...
एसईईको उत्तरपुस्तिका परीक्षण गर्न गएनन् शिक्षक, ५ लाख बिध्यार्थिको भबिष्य नै अन्योलमा
शिक्षक तथा कर्मचारीहरूको आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भएको छ। उत्तरपुस्तिका परीक्षण केन्द्रमा पुगिसकेको भए पनि शिक्षकहरूले कपी जाँच्न नजाँदा प्रक्रिया रोकिएको छ। परीक्षा नियन्त्रक...
७ दिन भित्र दर्ता नभए नेपालमा फेसबुक नचल्ने
नेपाल सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई देशमा दर्ता हुन आह्वान गरेको छ, तर फेसबुकको मातृ कम्पनी मेटा र ट्विटरले उक्त आग्रहलाई बेवास्ता गरेका छन्। सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले दर्ता नभए फेसबुक...
निर्माता पौडेल भन्छन्– ‘सबै निर्माताले हलमा २०/२५ लाखको टिकट किन्छन्, हामिले पनि किनेकै हो’
चलचित्र निर्माता विनोद पौडेलले हाल फिल्म रिलिज हुँदा निर्माताले नै लाखौं रुपैयाँको टिकट किन्ने गरेका बताएका छन्। उनले आफ्नो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज गर्दा पनि १०–१२ लाखको टिकट किनिएको...
साउदीले लगायो १४ देशमाथि भिसा प्रतिबन्ध
साउदी अरेबियाले भारत, पाकिस्तानसहित १४ देशका लागि उमराह, व्यापार र पारिवारिक भिसामा अस्थायी प्रतिबन्ध लगाएको छ। क्राउन प्रिन्स मोहम्मद बिन सलमानको नेतृत्वमा हजको समयमा अनधिकृत तीर्थयात्रीलाई रोक्न यो कदम चालिएको...
एकै दिन करिब चार हजारले घट्यो सुनको मुल्य
नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । बिहीबार हाल सम्मकै उच्च विन्दुको पुगेको सुनको मूल्य आज एकैदिन ३९ सय रुपैयाँले घटेको हो । हिजो १२ सय रुपैयाँले बढेर हालसम्मकै...
एक तोला सुनको मुल्य एक लाख ८० हजार तीन सय रूपैयाँ
आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै प्रतितोला १,८०,३०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा १,२०० रुपैयाँ बढी हो। चाँदीको मूल्य भने २५ रुपैयाँ घटेर प्रतितोला...
बिराटनगर किंग्सले रोहित शर्मा अनुबन्ध गरेको भन्दै पोष्ट गरेपछि…
मंगलबार नेपालको चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग टोलि बिराटनगर किंसले सामाजिक सञ्जालमार्फत रोहित शर्माको विषयमा अचम्मको पोष्ट सार्वजनिक गर्यो । बिराटनगरकको त्यो पोष्ट सामाजिक सञ्जालमा क्षणभरमै भाइरल बन्न...
१ महिनाभित्र दर्ता नभए फेसबुक,एक्स र इन्स्टाग्राम नेपालमा नचल्ने
नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न एक महिनाभित्र दर्ता हुन निर्देशन दिएको छ। यदि तोकिएको समयमा दर्ता नभए, फेसबुक, इन्स्टाग्राम, एक्स जस्ता प्लेटफर्महरू रोक लगाउने...