नेपाली महिला राष्ट्रिय फुटबल टोली एएफसी महिला एसियन कप छनोटका क्रममा फेरि विवादमा तानिएको छ ।
कप्तान चयनमा देखिएको असमझदारीका कारण प्रशिक्षक र व्यवस्थापनबीच गम्भीर समन्वय अभाव देखिएको हो । टोली प्रमुख सरिला श्रेष्ठसहित व्यवस्थापक र प्राविधिक अधिकारीहरूले मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डको ढिलासुस्ती र अस्पष्ट व्यवहारले समस्या उत्पन्न भएको बताए । खेल सुरु हुनु ९० मिनेटअघि पनि कप्तानको नाम नदिएपछि दबाबमा परेर पुरानो परम्परा अनुसार रेनुका नगरकोटेलाई कप्तान तोकिएको थियो, तर पछि प्रशिक्षकले सावित्रा भण्डारी (साम्बा) नै कप्तान हुनुपर्ने अडान लिएपछि विवाद चर्किएको थियो ।
प्रशिक्षकले आफँले नाम जानकारी दिएको दाबी गरे पनि व्यवस्थापकहरूले त्यो अस्वीकार गरेका छन् । यो घटनाले नेपाली फुटबलमा निरन्तर देखिँदै आएको अव्यवस्थित व्यवस्थापन, समन्वयको कमी र नेतृत्वको अस्पष्टता पुनः उजागर गरेको छ ।
पोर्चुगलको नमिठो हार, रोनाल्डोले खाए रातो कार्ड
विश्वकप २०२६ छनोट अन्तर्गत आयरल्यान्डले पोर्चुगलमाथि २-० को प्रभावशाली जित दर्ता गरेको छ। रिपब्लिकको जितमा टोरी पारोटले दुवै गोल गरे। उनले पहिलो हाफको १७औँ तथा ४५ औँ मिनेटमा गोल गरे। यस्तै,...
क्यानमा देखियो अपरिपक्कता !
नेपाल क्रिकेट संघ (क्यान) ले १ मंसिरदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) को पूर्वसन्ध्यामा टेलिभिजनमा प्रत्यक्ष प्रसारण अधिकारका विषयमा पटक–पटक मापदण्ड परिवर्तन गरेको छ । मापदण्ड परिवर्तन गर्दै बोलपत्र पेस...
लिग नभएपछि सडकमै उत्रिए :’खेलाडि विश्वकप चार वर्षमा आउँछ, ए डिभिजन लिग कति वर्षमा ?’
अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबिच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि राष्ट्रिय फुटबल खेलाडीहरू विरोधमा उत्रिएका छन्। बिहीबार बिहानै खेलाडीहरूले...
विश्वकप विजेता भारतीय टोलीलाई बीसीसीआईले ५१ करोड पुरस्कार दिने
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले महिला विश्वकप विजेता भारतीय टोलीलाई ५१ करोड भारतीय रुपैयाँको नगद पुरस्कार दिने घोषणा गरेको छ। आईसीसी महिला विश्वकप २०२५ को उपाधि जितेपछि सोमबार बीसीसीआईका सचिव...
रियलले हरायो बार्सिलोना
एल क्लासिकोमा यस पटक रियल म्याड्रिडले सफलता प्राप्त गरेको छ । प्रतिस्पर्धा खेलमा रियलले बार्सिलोनामाथि २-१ को रोमाञ्चक जित निकाल्यो । सान्टियागो बेर्नाबेउमा भएको यो खेलमा केलियन एमबाप्पे र जुड...
विश्वकप लिग टु: नेपालले आज अमेरिकासँग खेल्दै
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, युएई र अमेरिका सम्मिलित सिरिज आज देखि युएईमा सुरु हुँदैछ । जहाँ नेपालले पहिलो खेलमा अमेरिकासँग खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल नेपाली...
बार्सिलोनाले हरायो जिरोना
बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार जिरोनामाथि २–१ को साँघुरो जित निकालेको छ । दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा रोनाल्ड एराउहोले निर्णायक गोल गरे । यो जितपछि बार्सिलोना नौ खेलबाट...
इन्टर मियामीको जितमा मेस्सीको ह्याट्रिक
मेजर लिग सकरमा इन्टर मियामीले नासभिलमाथि ५-२ गोलको फराकिलो जित दर्ता गरेको छ । इन्टर मियामीको यस सानदार जितमा अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले उत्कृष्ट ह्याट्रिक गरे। फलस्वरुप, इन्टर मियामीले नासभिललाई ५-२...
उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै
टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ । शुक्रबार ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र...
सामोआलाई हराएमा हरेक खेलाडीले जनही १९ लाख ५० हजार पाउने
नेपालले ओमानमा जारी टी-२० विश्वकप छनोट प्रतियोगिताको उपाधि जितेको खण्डमा राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरूले जनही १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य...
‘नेपाल तेस्रो विश्वकपमा’
नेपाल तेस्रो पटक आईसीसी टी–२० विश्वकपमा छनोट भएको छ । आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर–सिक्समा हिजो भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले सामोआलाई...
बिश्वकप २०२६ नजिकै नेपाल
नेपाल भारतमा हुने आगामि बिश्वकपको नजिकै पुगेको छ । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा नेपालले अर्को रोमाञ्चक जित हात पारेको छ। सोमबार राति सकिएको...
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै
आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल यूएईसँग भिड्दै छ । शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानमाथि ५ विकेटको जित हासिल गरेको...
मेस्सि चम्किँदा इन्टर मियामिको सानदार जित
कप्तान लियोनल मेस्सीले किर्तिमान बनाएको खेलमा इन्टर मियामीले प्रभावशालि जित दर्ता गरेको छ। बिहीबार बिहान भएको खेलमा मियामीले न्यु योर्क सिटीलाई उसैको मैदानमा ४–० ले पराजित गर्यो। मियामीको जितमा मेस्सीले...
उस्मान डेम्बेलेले जिते ‘बलोन डोर’ अवार्ड
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार विङ्गर उस्मान डेम्बेलेले वर्ष २०२५ को ‘बालन डोर’ अवार्ड जितेका छन्। डेम्बेलेले भिटिनिया र युवा प्रतिभा लामिन यमाललाई पछि पार्दै अवार्ड उचालेका...
आज बलोन डिओर घोषणा हुँदै ,डेम्बेलेको सम्भाबना उच्च
। यस वर्षको बालोन डी’ओर अवार्ड समारोह मंगलबार राति हुने भएको छ । पेरिसमा हुने उक्त समारोह नेपाली समय अनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ । यस वर्षको बालोन डी’ओर...
‘भारत र पाकिस्तानबीचको खेललाई टक्कर भन्न छाडौं’
भारत–पाकिस्तानबीचको एशिया कप सुपर फोर खेल फेरि पनि एकतर्फी बन्यो। भारतले पाकिस्तानलाई ६ विकेटले हरायो। खेलपछि पूर्वकप्तान सौरभ गांगुलीले दाबी गरेझैँ अब दुई देशबीच प्रतिद्वन्द्विता बाँकी नभएको चर्चा चल्यो। सोनी...
रासफोर्ड चम्किँदा बार्सिलोनाले हरायो न्युकासल
स्पानिस क्लब बार्सिलोनाले युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । गएराती भएको खेलमा मार्कुस रासफोर्डको दुई गोल मद्तमा बार्सिलोनाले इंग्लिस क्लब न्युकासल युनाइटेडलाई २-१ ले पराजित गरेको हो...
एटलान्टाको पोस्टमा पिएसजिको चार गोल
युइएफए च्याम्पियन्स लिग पेरिस सेन्ट जर्मेन (पीएसजी) ले विजयि सुरुवात गरेको छ । फ्रेन्च क्लब पीएसजीले इटालियन क्लब एटलान्टालाई ४-० ले सहजै हराएको छ । पीएसजीका लागि मार्क्विन्होसले तेस्रो, केभिचा केभारत्स्खेलियाले...
इजरायलले छनोट भएमा स्पेनले २०२६ विश्वकप नखेल्ने
स्पेनले सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने विश्वकप फुटबल नखेल्ने सम्भावना देखिएको छ। स्पेनी अखबार मार्काका अनुसार इजरायलले छनोटमा भएमा यस्तो हुने सम्भावना उच्च हुनेछ। सत्तारुढ समाजवादी...