Otv Nepal आइतबार, असोज ४ २०८३

बिश्व प्रकाशलाई पर्खिरहेको पौडेल पक्ष यस्तो खबर सुनेपछि भयो हिस्स !

  • otv nepal

    बुधबार, असोज १३ २०७८
  • नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफू देउवा समूहमै रहेको र नयाँ–पुरानो पुस्ता मिलेर कांग्रेसलाई बलियो बनाउनुपर्ने बताएका छन् ।

    प्रवक्ता शर्माले भने, “मैले भदौ २४ गते बीपी स्मृति दिवसमा सुन्दरीजल गएर महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेको हुँ । यसक्रममा मैले सभापति, उपसभापति, वरिष्ठ नेताहरुसँग खुला र पारदर्शी भेटघाट गरेको हुँ । महामन्त्रीको उम्मेद्वार बन्दै गर्दा सभापतिका उम्मेदवारहरुसँग परामर्श हुनु स्वाभाविक हो । तपाईंहरुलाई थाहा छ कि छैन, म प्रवक्ता बनेर देउवासँग बसेको होइन । तेह्रौं महाधिवेशनमा मैले विमलेन्द्र निधि, पूर्णबहादुर खड्काकै पंक्तिमा रहेर देउवालाई साथ दिएको हुँ । त्यो पनि दोस्रो चरणमा होइन, पहिलो चरणमै । त्यसकारण यसमा अन्यथा सोच्ने कुरा हुन्न ।”

    तपाईंले अब सभापतिमा देउवालाई समर्थन गर्ने कि निधिलाई भन्ने पत्रकार धमलाको प्रश्नमा शर्माले थपे, “हाम्रो विचार समूहमा अहिले शेरबहादुर देउवासँगै गोपालमान श्रेष्ठ, विमलेन्द्र निधिले पनि सभापतिमा आकांक्षा राख्नुभएको छ । तर हामी सबै जना एक ठाउँमा उभिएर अगाडि जान्छौं । एउटा कुरा के भने २० वर्षदेखि सभापति हुनुभएको होइन, एक पटक सभापति बन्नुभएको हो, दोस्रो पटक हुन लाग्नुभएको हो । उपसभापतिले सभापतिको दाबी गर्नुभएको हो, पाका नेता भएकाले गोपालमानले दाबी गर्नुभएको हो, यो सबै कुरा छलफलकै क्रममा छ । त्यसैले यसबाट कोही पनि विचलित हुनु जरुरी छैन ।”

    पार्टीमा यही पुस्ताले मात्र नेतृत्व गर्छ भन्न नमिल्ने उनको जिकिर छ । शर्माले भने, “कतिपय परिवारमा चार पुस्ता हुन्छ, कुनैमा तीन पुस्ता । हजुरबा, हजुरआमा, बुबाआमा, स्कुल(कलेज गइरहेको नाति पुस्ताको परिवार सुन्दर हुन्छ, जीवन्त हुन्छ । नेपाली कांग्रेस पनि पुरानो पार्टी भएकाले विभिन्न पुस्ता समेटिएका छौं । कहीँ पुरानो पुस्ताले नेतृत्व गर्छ त कहीँ नयाँ पुस्ताले । नेतृत्व भनेको हरियो रुखजस्तै हो, पुरानो भए पनि नयाँ भए पनि दिने अक्सिजन नै हो । त्यसले पार्टीलाई तरोताजा बनाइराख्छ ।”

    निर्वाचनको कार्यतालिका १५ दिन अगाडि या पछाडि भए पनि महाधिवेशन सुनिश्चित भएको उनले बताए । उनले भने, “जहाँ क्रियाशील सदस्यता नामावलीको विवाद टुंगियो, त्यहाँ प्रक्रिया सुरु भइसक्यो, जहाँ टुंगिएको छैन, त्यहाँ पनि प्रक्रिया सुरु हुन्छ ।”

    देउवा सरकार सफल र असफल दुवै भन्न नमिल्ने उनको टिप्पणी छ । केपी शर्मा ओलीले त सरकार असफल भएकाले तत्काल निर्वाचनमा जानुपर्छ भन्नुभएको छ नि भन्ने प्रश्नमा प्रवक्ता शर्माले भने, “आलोचना लोकतन्त्रको सौन्दर्य हो । तर दुई महिनामै सरकार असफल भएको भन्ने व्याख्यामा हामी सहमत हुन्नौं । त्यसो भए त ओलीको सरकार १२ चोटि असफल हुन्थ्यो होला । हामी अहिले महाधिवेशनको तयारीमा व्यस्त छौं । लोकतन्त्रमा निर्वाचन स्वाभाविक भए पनि सरकारले काम गरिरहेको छ, संसद्ले निकास नदिएको पनि होइन । उहाँले त बरु जनादेशको अपमान गरेर संसद् विघटन गरेको हो । सत्ता गठबन्धनमा छलफल नगरी विपक्षसँग सुटुक्क चुनावको तयारी गरेको भन्ने कल्पनै नगरियोस् ।”

    संसदीय व्यवस्थामा सामान्य अवरोध हुँदैमा विघटन या निर्वाचनमा जान नहुने पनि उनले बताए । उनले थपे, “अहिले संसद्मा द्वन्द्व भयो भनेर चुनावमा जाने हो भने पछि पनि त द्वन्द्व हुन सक्छ । अर्को संसद् बन्नेबित्तिकै फेरि चुनावमा जाने त रु कांग्रेसको महाधिवेशन अगाडि हामी निर्वाचनबारे सोच्दैनौं । त्यसपछि त निर्वाचन नजिकिँदै गइहाल्छ । कसैको मनमा लागेका कुराले देशले मार्ग लिँदैन । हामी संयमतापूर्वक निर्वाचनमा जान्छौं । निर्वाचनमा जितेर आउँछौं ।”

    देउवा सरकारले पूर्णता पाउन बाँकी भए पनि खोपका मामिलामा सरकारले जनतालाई आश्वस्त तुल्याएको दाबी उनले गरे । कांग्रेस प्रवक्ताले भने, “यो कांग्रेसको एकल सरकार होइन । गठबन्धन दलले नाम नदिएकाले विस्तार नभएको हो । देउवाको प्राथमिकता छ, खोप, खोप, खोप । अहिले प्रधानमन्त्रीको तदारुकता त्यसमै छ । कति जना मन्त्री भए खोप पाउने हो भन्ने अवस्था छैन । विश्वभरि नै अहिले हरेक सरकारको समीक्षाको विषय खोपलाई बनाइएको छ । यस मानेमा सरकार सफल छ । जनतालाई पहिले निर्वाचन होइन, पाखुरीमा खोप चाहिएको छ ।”

    सम्बन्धित समाचार
    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: आइतबार, मंसिर ८ २०८२

    संसद् पुनर्स्थापनाको मुद्दा बोकेर एमालेको चुनावी तयारी

    प्रतिनिधिसभा विघटन र सरकारको संवैधानिक हैसियतमाथि निरन्तर प्रश्न उठाउँदै संसद् पुनर्स्थापनाउन्मुख गतिविधि गर्दै आएको एमालेले चुनावी तयारी पनि जारी राखेको छ । २१ फागुनमा हुने आमनिर्वाचनका लागि राजनीतिक दल दर्ताको गृहकार्य...

    प्रकाशित: आइतबार, असोज १२ २०८२

    काग्रेस नेता सुनिल शर्माले फेरी जनताको मन जिते,दशैँको मुखैमा गरे यस्तो घोषणा

    काठमाडौं — नेपाली कांग्रेसका महासमिति सदस्य डा। सुनिल कुमार शर्माले विजयादशमीको सन्दर्भमा जारी गरेको सन्देशमा विगतका राजनीतिक कमजोरीहरू खुलेर स्वीकार गर्दै पार्टीको आत्मालोचना र पुनर्संयोजनको प्रतिबद्धता व्यक्त गरेका छन्। ऋग्वेदको...

    प्रकाशित: शुक्रबार, भाद्र ६ २०८२

    उपेन्द्र यादवविरुद्ध झूटो मुद्दा लगाइएको भन्दै काठमाडौं जसपा नेपालको प्रदर्शन

    जनता समाजवादी पार्टी नेपाल (जसपा) काठमाडौं जिल्ला समितिले अध्यक्ष उपेन्द्र यादवमाथि लगाइएका आरोप झुठा भन्दै आज राजधानीको बसन्तपुर, यतक्खा चोकमा विरोध प्रदर्शन गरेको छ। विरोधसभामा पार्टीका शीर्ष नेता तथा कार्यकर्ताहरूको...

    प्रकाशित: आइतबार, साउन १९ २०८२

    ‘चुनावमा २ सय रुपैयाँ खर्च, २० रुपैयाँ बचत’

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निर्वाचनमा अहिलेसम्म कुनै अमर्यादित क्रियाकलाप नगरेको दाबी गरेका छन्। बालुवाटारमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा उनले ०४८ सालको पहिलो चुनावमा जम्मा २ सय रुपैयाँ खर्च...

    प्रकाशित: आइतबार, साउन १९ २०८२

    एकपटक फेरि क्रान्ति गर्छु:प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा एकचोटि क्रान्ति र नयाँ विद्रोह आवश्यक रहेको बताएका छन् ।   पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीदहरुलाई सम्झिँदै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको बताउँदै...

    प्रकाशित: आइतबार, साउन १९ २०८२

    एक-अर्कालाई पार्टीबाट निष्कासन गर्न खोज्दै माधव नेपाल र झलनाथ खनाल

    नेकपा (एकीकृत समाजवादी) भित्र सहमतिमा नेतृत्व चयन भए पनि अनेरास्ववियू र युवा संघमा विवाद पुनः देखिएको छ। खनाल–भुसाल पक्ष अध्यक्ष नेपालसँग असन्तुष्ट छन्, कारण उनले संगठनको पूर्णता नदिएको, माओवादीसँग एकताको...

    प्रकाशित: सोमबार, असार ३० २०८२

    सरकार बनेको एक बर्ष हुँदा पनि प्रधानमन्त्रि र मन्त्रिहरुको सम्पति गोप्य

    सरकार गठनको एक वर्ष भइसक्दा पनि प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण अझै गोप्य छ । उनीहरूले विवरण ‘खामबन्दी’मा बुझाए पनि सार्वजनिक गरिएको छैन । दुई ठुला दलले सुशासनलाई प्राथमिकतामा राख्ने भन्दै...

    प्रकाशित: शुक्रबार, जेष्ठ २४ २०८२

    मन्त्रिपरिषद्को निर्णयमाथि पहिलोपटक मुद्दा , माधब नेपाल तनाबमा

    पतञ्जली योगपीठ नेपालसँग सम्बन्धित जग्गा खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगको दाबीअनुसार पतञ्जलीले काभ्रेको विभिन्न स्थानमा ५५४ रोपनी हदबन्दीभन्दा...

    प्रकाशित: मंगलबार, माघ २९ २०८१

    प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा अवहेलना निवेदन

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतको अवहेलना निवेदन दायर भएको छ। गिरीबन्धु टी–इस्टेटलाई फाइदा पुग्नेगरी भूमि सम्बन्धी अध्यादेश जारी गरी अदालतको परमादेश अवज्ञा गरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले निवेदन दर्ता...

    प्रकाशित: सोमबार, माघ २८ २०८१

    ‘प्रधानमन्त्री ओली संविधान खारेज गर्न चाहन्छन्’

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान खारेज गर्न चाहेको आरोप लगाएका छन्। जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले ओलीले संविधान र परिवर्तनलाई नष्ट गर्न चाहेको...

    प्रकाशित: सोमबार, माघ २८ २०८१

    ‘पार्टी एकताबद्ध भएर अघि बढे २०८४ को चुनाव जित्छौं’

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भएर अघि बढे २०८४ को चुनाव जित्न सकिने बताएका छन्। दाङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी एकताबद्ध रूपमा अघि बढाउनुपर्ने बताए। साथै, उनले...

    प्रकाशित: आइतबार, माघ २७ २०८१

    ‘कांग्रेसका भ्रष्ट नेता नसमात्ने ग्यारेन्टी गरेर ओलि प्रधानमन्त्री बनेका हुन्’

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका भ्रष्टहरूलाई नछुने ग्यारेन्टी दिएर सत्तामा पुगेको आरोप लगाएका छन्। उपत्यका प्रदेश अधिवेशनमा उनले बालुवाटर रहुन्जेल केही नहुने दाबी गर्दै,...

    प्रकाशित: बिहिबार, माघ २४ २०८१

    अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरुलाई कांग्रेस-एमालेको ह्वीप

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले संसद्मा अनिवार्य उपस्थित भई अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका छन्। प्रतिनिधि सभामा बहुमत भएकाले कुनै समस्या नरहेपनि राष्ट्रिय सभामा...

    प्रकाशित: बिहिबार, माघ २४ २०८१

    ‘फेसबुकलाई नेपाल बोलाएका छौं, नआए चल्न दिंदैनौं’

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताएका छन्। उनका अनुसार अराजकता रोक्न र नियमन...

    प्रकाशित: बुधबार, माघ २३ २०८१

    सञ्चारमन्त्री भन्छन् :’सरकारले देखिने गरी काम गर्न सकेन’

    सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले हालको सरकारले ६ महिनामा कुनै ठोस काम गर्न नसकेको स्वीकार गरेका छन्। उनले राजनीतिक अस्थिरताको कारण ठूला राष्ट्रिय आयोजनाहरूमा ढिलाइ भएको बताए। सरकार फेरबदल...

    प्रकाशित: बुधबार, माघ २३ २०८१

    ‘अध्यादेश अस्वीकृत भयो भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ’

    नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. नारायण खड्काले यदि अध्यादेश अस्वीकृत भएमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अवस्था आउनसक्ने बताएका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रममा पत्रकार ऋषि धमलासँग...

    प्रकाशित: मंगलबार, माघ २२ २०८१

    ‘हामी सँगै जेल बसेका हौँ, अविश्वास गर्नुपर्ने कुरा छैन’-देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन्। पोखरामा आयोजित जिल्ला पार्टी सभापति र प्रशिक्षण प्रमुखहरूको अभिमुखीकरण कार्यक्रममा देउवाले ओलीसँगको पुरानो सहकार्य स्मरण...

    प्रकाशित: सोमबार, माघ २१ २०८१

    नेपाली कांग्रेसमा गगन थापाको नयाँ गुट

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५औं महाधिवेशनलाई लक्षित गर्दै आफ्नै नयाँ गुट गठन गरेको खबरहरु बाहिरिएका छन्। उनलाई महामन्त्री विश्वप्रकाश शर्माको साथ रहेको छ। शेखर कोइरालासँगको सम्बन्ध चिसिएपछि थापाले...

    प्रकाशित: आइतबार, माघ २० २०८१

    डल्ले च्याउको मुल्य कालिमाटिमै ४०० रुपैयाँ, अन्यको कति ?

    कालिमाटी फलफूल तथा तरकारी विकास समितिले आजका लागि विभिन्न कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। मुख्यतः गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (तराई) रु २५, आलु रातो...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend