सर्वोच्च अदालतको परामादेश बाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेझै कन्फरटेवल सरकार होकी भन्ने प्रमाणित हँदै गएको छ । इण्डीएन एसएसबीले तुइनको तार काटिदिएका कारण तुइनमा झुन्डिएका जयसिंह धामी महाकाली नदिमा खसेर वेपत्ता भएको कुरालाई ढाकछोप गर्न देउवा सरकारले न्वारन देखिको बल लगाएको छ
इण्डीयन ज्यादतीको विरुद्ध दरो सँग उभिनु पर्ने सरकारले उल्टै गलत समाचा र सुचना संप्रेषण नगर्नु भन्ने मिडियालाई उर्दि जारी गरेको छ ।प्रत्यक्षलदर्शीहरुले जयसिंहलाई तुइन तार्ने क्रममा इण्डीयन एसएसवीले तुइन काटेर महाकालीमा बेपत्ता बनाएको र सो घटनापछि एसएसवीका जवान भागेको बयान दिएका छन भने सरकारले गलत सूचना भन्दै आपत्ति जनाएको छ ।
जयसिंहलाई तुइन तार्ने स्थानीय कल्याण सिंह धामीले एसएसबीले तुइन काटेर जयसिंहलाई महाकालीमा बेपत्ता बनाएको बताउनु भएको छ । धामीका अनुसार जयसिंह नेपालतर्फको भूमिबाट तुइनमा सर्कंदै थिए, उता भारतीय सशस्त्र सीमा बल ९एसएसबी० का जवान तुइनको लट्ठा फुस्काउँदै थिए । ‘उताबाट अचानक रूखको लट्ठा फुस्काउन थाले, हामीले होहल्ला गर्दागर्दै तुइन फुस्कियो, जयसिंह तारसहित खोलामा खसे र बेपत्ता भए । वारि काठको खम्बा र पारि रूखको हाँगामा लट्ठा बाँधिएको थियो । रूखमा बाँधिएको तुइन फुकाल्दा घटना भएको भन्नेमा कल्याणसिंह प्रस्ट छन् ।
जयसिंहले तुइनमा चढ्ने तयारी गर्दागर्दै पारिपट्टि तुइन बाँधेको ठाउँनजिकै एसएसबीका एक जवान देखिए पनि वारिपट्टि शंका भइसकेको थियो । किनकि यस्ता तुइन बेलाबेलामा एसएसबीले काट्दै आएको थियो । ‘तर, मान्छे नै झुन्डिएका बेला तुइन काट्ला भनेर सोच्नै सकिएन, त्यही भूल भयो,’ कल्याणसिंह भन्छन्, ‘एसएसबीका मान्छे रूखसम्म पुगुञ्जेल तरिसक्छु भनेर जयसिंहले तुइन सर्काउन थाले, उनी फटाफट पारि पनि पुगिसकेका थिए, तीन–चार मिटर मात्र बाँकी रहँदा तुइनसहित जयसिंह महाकालीमा पछारिए ।’
तर प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको गृह मन्त्रालय यो कुरालाई मान्न तयार देखिएको छैन । उस्ले दार्चुला घटनाको अनुसन्धान तथा छानबिन जारी रहेकोले भ्रम सिर्जना हुने गरी सूचना सम्प्रेषण नगर्न अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शनिबार विज्ञप्ति जारी गर्दै घटनाको सथ्यतथ्य पुष्टि भइनसकेको अवस्थामा भ्रम सिर्जना हुने सूचनारसमाचार सामग्री प्रकाशन नगर्न सम्बन्धित सबैमा गरेका छन् ।

दार्चुलाको व्यास गाउँपालिका–२ बाट तुइन प्रयोग गरी भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा शुक्रबार एसएसबीले तुइन काटिदिँदा स्थानीय ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता छन् ।
उक्त घटनाप्रति दुःख प्रकट गर्दै मन्त्रालयले स्थानीय प्रशासन एवं सुरक्षा निकायहरुलाई वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइसकेको र सत्यतथ्य जानकारी तथा खोज उद्धारको लागि जिल्ला प्रशासन कार्यालय, दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोली खटिइ घटनास्थलमा आवश्यक जाँचबुझ गरिरहेको विज्ञप्तिमा उल्लेख गरेको छ । टोली फर्किए पश्चात् यथार्थ जानकारी प्राप्त हुने पनि प्रवक्ता पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रत्यक्षदर्शीले बोलेको भिडियो समेत सार्वजनिक भएको अवस्थामा उल्टै इण्डीयन सरकारलाई बल पुग्ने गरी नेपाल सरकारले घटनालाई तोडमोड गर्न खोज्नुले जनमानसमा शंका उत्पन्न भएको छ । हिजै मात्रै इण्डीयन प्रधानमन्त्री मोदीले नेपाललाई भुटान सँग तुलना गर्दै टुइट गरेका थिए । नेपाल सरकारले नै ढाकछोप गरि घटनालाई सामान्यीकरण गर्न खोजको भन्दै नेपाली जनमानसमा आक्रोस पैदा भएको छ ।
संसद् पुनर्स्थापनाको मुद्दा बोकेर एमालेको चुनावी तयारी
प्रतिनिधिसभा विघटन र सरकारको संवैधानिक हैसियतमाथि निरन्तर प्रश्न उठाउँदै संसद् पुनर्स्थापनाउन्मुख गतिविधि गर्दै आएको एमालेले चुनावी तयारी पनि जारी राखेको छ । २१ फागुनमा हुने आमनिर्वाचनका लागि राजनीतिक दल दर्ताको गृहकार्य...
काग्रेस नेता सुनिल शर्माले फेरी जनताको मन जिते,दशैँको मुखैमा गरे यस्तो घोषणा
काठमाडौं — नेपाली कांग्रेसका महासमिति सदस्य डा। सुनिल कुमार शर्माले विजयादशमीको सन्दर्भमा जारी गरेको सन्देशमा विगतका राजनीतिक कमजोरीहरू खुलेर स्वीकार गर्दै पार्टीको आत्मालोचना र पुनर्संयोजनको प्रतिबद्धता व्यक्त गरेका छन्। ऋग्वेदको...
उपेन्द्र यादवविरुद्ध झूटो मुद्दा लगाइएको भन्दै काठमाडौं जसपा नेपालको प्रदर्शन
जनता समाजवादी पार्टी नेपाल (जसपा) काठमाडौं जिल्ला समितिले अध्यक्ष उपेन्द्र यादवमाथि लगाइएका आरोप झुठा भन्दै आज राजधानीको बसन्तपुर, यतक्खा चोकमा विरोध प्रदर्शन गरेको छ। विरोधसभामा पार्टीका शीर्ष नेता तथा कार्यकर्ताहरूको...
‘चुनावमा २ सय रुपैयाँ खर्च, २० रुपैयाँ बचत’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निर्वाचनमा अहिलेसम्म कुनै अमर्यादित क्रियाकलाप नगरेको दाबी गरेका छन्। बालुवाटारमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा उनले ०४८ सालको पहिलो चुनावमा जम्मा २ सय रुपैयाँ खर्च...
एकपटक फेरि क्रान्ति गर्छु:प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा एकचोटि क्रान्ति र नयाँ विद्रोह आवश्यक रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीदहरुलाई सम्झिँदै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको बताउँदै...
एक-अर्कालाई पार्टीबाट निष्कासन गर्न खोज्दै माधव नेपाल र झलनाथ खनाल
नेकपा (एकीकृत समाजवादी) भित्र सहमतिमा नेतृत्व चयन भए पनि अनेरास्ववियू र युवा संघमा विवाद पुनः देखिएको छ। खनाल–भुसाल पक्ष अध्यक्ष नेपालसँग असन्तुष्ट छन्, कारण उनले संगठनको पूर्णता नदिएको, माओवादीसँग एकताको...
सरकार बनेको एक बर्ष हुँदा पनि प्रधानमन्त्रि र मन्त्रिहरुको सम्पति गोप्य
सरकार गठनको एक वर्ष भइसक्दा पनि प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण अझै गोप्य छ । उनीहरूले विवरण ‘खामबन्दी’मा बुझाए पनि सार्वजनिक गरिएको छैन । दुई ठुला दलले सुशासनलाई प्राथमिकतामा राख्ने भन्दै...
मन्त्रिपरिषद्को निर्णयमाथि पहिलोपटक मुद्दा , माधब नेपाल तनाबमा
पतञ्जली योगपीठ नेपालसँग सम्बन्धित जग्गा खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगको दाबीअनुसार पतञ्जलीले काभ्रेको विभिन्न स्थानमा ५५४ रोपनी हदबन्दीभन्दा...
प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा अवहेलना निवेदन
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतको अवहेलना निवेदन दायर भएको छ। गिरीबन्धु टी–इस्टेटलाई फाइदा पुग्नेगरी भूमि सम्बन्धी अध्यादेश जारी गरी अदालतको परमादेश अवज्ञा गरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले निवेदन दर्ता...
‘प्रधानमन्त्री ओली संविधान खारेज गर्न चाहन्छन्’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान खारेज गर्न चाहेको आरोप लगाएका छन्। जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले ओलीले संविधान र परिवर्तनलाई नष्ट गर्न चाहेको...
‘पार्टी एकताबद्ध भएर अघि बढे २०८४ को चुनाव जित्छौं’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भएर अघि बढे २०८४ को चुनाव जित्न सकिने बताएका छन्। दाङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी एकताबद्ध रूपमा अघि बढाउनुपर्ने बताए। साथै, उनले...
‘कांग्रेसका भ्रष्ट नेता नसमात्ने ग्यारेन्टी गरेर ओलि प्रधानमन्त्री बनेका हुन्’
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका भ्रष्टहरूलाई नछुने ग्यारेन्टी दिएर सत्तामा पुगेको आरोप लगाएका छन्। उपत्यका प्रदेश अधिवेशनमा उनले बालुवाटर रहुन्जेल केही नहुने दाबी गर्दै,...
अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरुलाई कांग्रेस-एमालेको ह्वीप
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले संसद्मा अनिवार्य उपस्थित भई अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका छन्। प्रतिनिधि सभामा बहुमत भएकाले कुनै समस्या नरहेपनि राष्ट्रिय सभामा...
‘फेसबुकलाई नेपाल बोलाएका छौं, नआए चल्न दिंदैनौं’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताएका छन्। उनका अनुसार अराजकता रोक्न र नियमन...
सञ्चारमन्त्री भन्छन् :’सरकारले देखिने गरी काम गर्न सकेन’
सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले हालको सरकारले ६ महिनामा कुनै ठोस काम गर्न नसकेको स्वीकार गरेका छन्। उनले राजनीतिक अस्थिरताको कारण ठूला राष्ट्रिय आयोजनाहरूमा ढिलाइ भएको बताए। सरकार फेरबदल...
‘अध्यादेश अस्वीकृत भयो भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ’
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. नारायण खड्काले यदि अध्यादेश अस्वीकृत भएमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अवस्था आउनसक्ने बताएका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रममा पत्रकार ऋषि धमलासँग...
‘हामी सँगै जेल बसेका हौँ, अविश्वास गर्नुपर्ने कुरा छैन’-देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन्। पोखरामा आयोजित जिल्ला पार्टी सभापति र प्रशिक्षण प्रमुखहरूको अभिमुखीकरण कार्यक्रममा देउवाले ओलीसँगको पुरानो सहकार्य स्मरण...
नेपाली कांग्रेसमा गगन थापाको नयाँ गुट
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५औं महाधिवेशनलाई लक्षित गर्दै आफ्नै नयाँ गुट गठन गरेको खबरहरु बाहिरिएका छन्। उनलाई महामन्त्री विश्वप्रकाश शर्माको साथ रहेको छ। शेखर कोइरालासँगको सम्बन्ध चिसिएपछि थापाले...
डल्ले च्याउको मुल्य कालिमाटिमै ४०० रुपैयाँ, अन्यको कति ?
कालिमाटी फलफूल तथा तरकारी विकास समितिले आजका लागि विभिन्न कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। मुख्यतः गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (तराई) रु २५, आलु रातो...
आगामी २०८४ को निर्वाचमा एमालेको एजेण्डा- संविधान संशोधन
नेकपा (एमाले) का नेता डा. राजन भट्टराईले संविधान संशोधनको एजेण्डा लिएर आगामी २०८४ को निर्वाचनमा जाने बताएका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रममा उनले अहिले कांग्रेस–एमालेसँग स्पष्ट बहुमत नभएकाले प्रतिपक्षी दलसँग...