सर्वसाधारणका लागी आज बाट नायाँ आपपीओको विक्री खुल्ला भएको छ । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि आज बुधवार साउन २० गते) देखि प्राथमिक शेयर ९आईपीओ० निष्काशनमा ल्याएको छ।कम्पनीले कुल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो।
त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख कित्ता नै सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणको लागि छुट्टाएको छ।
कम्पनीको आईपीओमा छिटोमा साउन २४ गतेसम्म र त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन्। हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब करोड रुपैयाँ पुग्नेछ।
कम्पनीलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्राएनपी–आइआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत रहेको जनाउँछ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ भने धितोपत्र प्रत्याभूत गर्ने संस्थामा सिद्धार्थ क्यापिटल रहेको छ।
पछिल्लो समय आईपीओमा आवेदन गर्नेको संख्या २१ लाख हाराहारी पुगिसकेका छन्।त्यस अनुसार कम्पनीको आईपीओमा पनि मागभन्दा बढी आवेदन पर्ने निश्चित छ। मागभन्दा बढी आवेदन परे धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने हुन्छ। यसअनुसार गोलाप्रथाबाट ५ लाख ४० हजार जनाले मात्रै न्यूनतम १० कित्ता शेयर पाउनेछन्।
यसकारण कम्पनीको शेयरमा पनि १० कित्ताको लागि मात्रै आवेदन गर्नु बुद्धिमानी हुने देखिन्छ।
एनआईसी एशिया बैंकद्वारा ‘शेयर लोन’ योजना सार्वजनिक: शून्य प्रिमियम र प्रतिस्पर्धी ब्याजदरको आकर्षक सुविधा
एनआईसी एशिया बैंकले लगानीकर्ताहरूलाई लक्षित गर्दै ‘एनआईसी एशिया शेयर लोन’ नामक आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ। शून्य प्रिमियम सुविधा, प्रतिस्पर्धी ब्याजदर, छिटो सेवा र पारदर्शी प्रक्रियासहित ल्याइएका कारण...
सुनको भाउ नाघ्यो साढे २ लाख
सुनको भाउ फेरि साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको...
एक तोला सुनको मुल्य २ लाख ३८ हजार ६ सय रुपैयाँ
आइतबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला मूल्य २ लाख ३८ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो...
तोलाकै ११ हजार ६ सयले घट्यो सुनको भाउ
तिहारपछि नेपाली बजारमा सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय...
सुनको भाउले नाघ्यो २ लाख ४० हजार
सुनको भाउ तोलामा २ लाख ४० हजार नाघेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि प्रतितोला २...
आफ्नो खातामा ईमेल अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह
एनआईसी एसिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका अनुसार ग्राहकहरूले बैंकको भिडियो केवाईसी https://www.nicasiabank.com/video-kyc/ वा मोबाइल बैंकिङ्ग एप NIC ASIA MoBank मा रहेको...
अब दैनिक २५ केजी सुन नेपाल ल्याउन सकिने
नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २५ किलो पुर्याएको छ । सुन आयात गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई शुक्रबार एक परिपत्र जारी गर्दै नेपाल...
सरकारको ऋण करिब साढे २७ खर्ब नजिक
नेपालको सार्वजनिक ऋणभार २७ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, चालु आर्थिक वर्षको पहिलो दुई महिना ९भदौ मसान्त० सम्ममा यो आँकडा पुगेको हो।...
अनावश्यक खर्च हटाउन भत्ता कटौती, पुराना सामग्री प्रयोग गर्न अर्थमन्त्रिको निर्देशन
सरकारले अनावश्यक सरकारी खर्च कटौती गर्नका लागि मातहतका निकायहरूलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को असोज ५ गते बसेको बैठकले सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारू, निर्वाचन खर्च व्यवस्थापन,...
एक तोला सुनको मुल्य २ लाख १५ हजार २ सय रुपैयाँ
बिहीबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ तोकेको छ ।...
शेयर बजारमा नेगेटिभ सर्किट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेगेटिभ सर्किट लागेको छ । जेन जी आन्दोलनका कारण रोकिएको शेयर बजार बिहीबार खुलेको केही मिनेटमै नेगेटिभ सर्किट लागेको हो । नेप्सेका अनुसार कारोबार शुरु भएको...
तोलामै २ लाख ७ हजार नाघ्यो सुनको मुल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला सुन दुई लाख...
२ लाख नाघ्यो सुनको मुल्य
शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै तोडिएको छ । आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ...
सुनचाँदीको मूल्य बढ्यो
नेपाली बजारमा शुक्रबार ९भदौ ६ गते० सुनचाँदीको मूल्य बढेर कारोबार भइरहेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलाको...
सुनको मूल्य तोलामा १३ सयले बढ्यो
नेपाली बजारमा बिहीबार (भदौ ५) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य...
बढ्यो सुन चाँदिको भाउ
बिहीबार सुनचाँदीको भाउ सामान्य बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज १ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले...
घट्यो सुनको भाउ
नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको मूल्य घटेको छ। गत आइतबारदेखि घटेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो। सोमबार प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक...
२ लाख नजिक पुगेर घट्यो सुनको भाउ
नेपाली बजारमा शुक्रबार सुनको मूल्य दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९९ हजार ४ सय रुपैँयाले कायम भएकोमा सुन आज घटेर तोलाको...
सुनको मूल्यमा नयाँ कीर्तिमान
नेपाली बजारमा सुन मूल्यले नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य आज एकैदिन तोलामा १ हजार बढेर २ लाख नजिक पुगेको हो । सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १...
एक तोला सुनको मुल्य १ लाख ९८ हजार ४ सय रुपैयाँ
आज बिहीबार १ लाख ९८ हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा स्थिर हो । हिजो पनि यही मूल्यमा कारोबार भएको थियो । गत मंगलबार...