स्थानिय तह निर्वाचनको मिती नजिक आइरहेका बेला कुन दल निर्वाचनमा कसरी सहभागी हुँदैछन् भन्ने आम चासो बढको छ । प्रमुख राजनितीक दलहरु आ आफ्नो पक्षमा नतिजा पार्नका लागी चुनावी रणनिती बनाउँन व्यस्त छन् ।
प्रमुख प्रतिपक्षीदल नेकपा एमाले एक्लै चुनावी मैदानको सामना गर्न सक्छु भन्ने हिम्मतका साथ मैदानमा निस्कीएको छ भने शेरबहादुर देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँन बनेको वर्तमान सत्तागबठन्धनका दलहरु गठबन्धन बनाएर एमाले पराजित गराउँने दाउमा रहेका छन् ।
राजनितीलाई सम्भावनाको खेल भनिए जस्तै एकातिर एमाले र अर्को तिर गठबन्धनका विचमा निर्वाचन हुन सक्ने सम्भावनाका विच फेरी अर्को सम्भावनाको चर्चा पनि नेपालको राजनितीमा सुरु भएको छ । हालै चिनिया विदेशमन्त्रीको नेपाल भ्रमण र नेपालका कम्युनिष्ट पार्टीका नेताहरु चिन दौडधुपले फेरी बामगठबन्धनको सम्भावना बढेर गएको विश्लेषण सुरु भएको छ ।
नेपाली काग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केहि दिन अघि हार्ने चुनाव नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नलड्ने भन्दै काग्रेसले गठबन्धन नगरे फेरी कम्युनिष्ट मिल्न सक्ने भन्दै बाम गठबन्धन रोक्न पनि काग्रेसले माओवादी र नेकपा एस सँग गठबन्धन गर्नु पर्ने बताएका थिए । बाम गठबन्धन रोक्न देउवा जती लागे पनि रोक्न कठिन हुने विश्लेषण सुरु भएको छ ।
काग्रेस नेतृत्वको सरकारले एमसीसी पारित गराउँन देखाएको तदारुपता र बिआरआई कार्यान्वयनमा देखाएको अरुचीलाई चिनले नजिकबाट हेरिरहको छ । नेपालमा अमेरिकी प्रभाव ह्वात्तै बढको निष्कर्ष सहित फेरी बाम गठबन्धन निर्माणको सम्भावनाबारे चिनले कम्युनिष्ट पार्टीका दोस्रो तहको नेताहरु मार्फत कुराकानी अघि बढाएको बताइन्छ ।
चुनाव नजिकिँदै गर्दा वामपन्थी गठबन्धनका लागि चीनले ‘ट्र्याक टु’ संवाद अघि बढाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले एमाले र माओवादी केन्द्रका नेताहरूसँग अनौपचारिक तहमा भेटवार्ता र सन्देश आदानप्रदानलाई सघन बनाएको छ । नेपाली नेताहरूको चीन भ्रमण पनि भइरहेको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि शुक्रबार अपराह्न काठमाडौं उत्रिएकै दिन माओवादी केन्द्रका नेता देव गुरुङ चीनतर्फ उडेका थिए । उनी सोमबार फर्केका छन् । गुरुङ ती नेता हुन्, जसले अमेरिकी अनुदानको एमसीसी सम्झौता अनुमोदनको चर्को विरोध गरेका थिए । गुरुङसँगै माओवादी केन्द्रका नेता वर्षमान पुन र ओनसरी घर्ती पनि चीनको कुन्मिङ पुगेका थिए । स्वास्थ्य फलोअपका लागि गएका उनीहरू पनि त्यहाँ आयोजित कार्यक्रममा सहभागी भएका थिए ।
गुरुङको भ्रमणपूर्व एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्प कँडेल र प्रदेश सांसद मीना रखालको टोलीले चीनको पाँचदिने भ्रमण गरेको थियो । एमालेले उक्त भ्रमणलाई औपचारिक रूपमा प्रचारमा ल्याएन । पौडेल नेतृत्वको टोली कुन्मिङमा आयोजित ‘इकोनोमिक कर्पोरेसन एन्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुन गएको बताइएको थियो ।
एमाले र माओवादी केन्द्रका नेताहरूका अनुसार एमसीसी सम्झौता अनुमोदन, चिनियाँ विदेशमन्त्री वाङको नेपाल भ्रमण, बीआरआई परियोजनामा नेपाल सरकारले गरिरहेको विलम्ब र दुई ठूला कम्युनिस्ट पार्टीका नेताको भ्रमण एकअर्कासँग सम्बन्धित छन् । चीनले ‘ट्र्याक टु’ मार्फत वाम गठबन्धन वा एकतामा चासो राखेको उनीहरूको भनाइ छ । कुन्मिङ पुगेको एमाले र माओवादीको छुट्टाछुट्टै टोलीसँग चिनियाँ पक्षले एमसीसी सम्झौता र वाम एकताको सम्भावनाबारे जिज्ञासा राखेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीका नेताले प्रतिनिधि पठाइदिन आग्रह गरेपछि एमाले अध्यक्ष ओलीले पौडेल र माओवादी अध्यक्ष पुष्पकमल दाहालले गुरुङलाई चीन पठाएका हुन् । कांग्रेस नेतृत्वको सरकारले एमसीसी सम्झौता अनुमोदनमा देखाएको अग्रसरता र बीआरआई परियोजना कार्यान्वयनमा गरेको बेवास्ताप्रति चिनियाँ पक्षको मुख्य चासो रहँदै आएको छ । एमालेका एक पदाधिकारीका अनुसार अध्यक्ष ओलीसँग भएको भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङले ‘वामपन्थी गठबन्धन भए उचित हुने’ संकेत गरेका थिए ।
चीन भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका नेतासँग भएका भेटघाट र चिनियाँ चासोबारे नेता पौडेलले अध्यक्ष ओलीलाई ब्रिफिङ गरिसकेका छन् । पौडेल नेतृत्वको टोलीसँग पनि चिनियाँ पक्षले वामपन्थी एकता र एमसीसी सम्झौताबारे धारणा बुझेको एमालेका एक नेताले बताए । ‘चिनियाँहरू बोल्छन् कम र बुझ्छन् धेरै । त्यहाँ उनीहरूले एमसीसीबारे पार्टीको धारणा बुझ्न चाहेको र हाम्रो तर्फबाट पनि त्यसमा प्रस्ट पार्ने काम भएको ब्रिफिङ पार्टीमा भएको छ,’ उनले भने, ‘०७४ सालमा जस्तै वामशक्ति एकै ठाउँ आइदिए हुन्थ्यो भन्ने चासो पनि रहेको बताइएको छ ।’ अनुमोदनमा भूमिका नखेले पनि एमसीसी सम्झौतामा एमालेको विरोध छैन । एमसीसी सम्झौता अनुमोदनका लागि ओली नेतृत्वको सरकारले नै संसद्मा पुर्याएको थियो ।
०७४ मा वाम गठबन्धन र त्यसपछि एमाले–माओवादी एकतामा चिनियाँ चासो देखिएको थियो । तत्कालीन नेकपामा विवाद चर्किंदा समाधानका लागि चीनले पहल पनि गरेको थियो । तर प्रतिनिधिसभा विघटनपछिका घटना क्रमले नेकपा एकतापूर्वको अवस्थामा पुगेको छ । अहिले वाम एकतालाई ब्युँताउन सकिने सम्भावनामा चिनियाँ पक्षले चासो राख्न थालेको बताइएको छ । ‘चिनियाँको सद्भावलाई सकारात्मक रूपमा लिनुपर्छ । तर, अहिल्यै एकता वा गठबन्धनको आधार तयार भइसकेको छैन,’ एक नेताले भने ।
“हामीले कस्तो नेपाल बनाउँदैछौँ ?”
हामी सबैलाई एउटा राम्रो नेपाल चाहिएको छ। जहाँ छोराछोरीले भविष्य खोज्न विदेश जानैपर्ने बाध्यता नहोस्, जहाँ इमानदार मानिस निराश हुन नपरोस्, जहाँ गरिबको आवाज सानो नहोस् र जहाँ एउटा...
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...