Otv Nepal शुक्रबार, असोज १६ २०८३

देशभर प्रशंसा हुने गरि देवी ज्ञवालीले देखाए अर्को महानता , ओलीको समेत मन पग्लीयो

  • otv nepal

    आइतबार, बैशाख ४ २०७९
  • नेकपा एमालेका पोलिट्व्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली नेकपा एमाले भित्र त्यागी , इमान्दार र निष्ठावान नेताका रुपमा चिनिन्छन् । विभिन्न समयमा विभिन्न कारणले उनको चर्चा परिचर्चा देशभर हुने गरेको छ । स्थानिय तहको निर्वाचनको सम्मुखमा देवी ज्ञवालीको फेरी एक पटक देशभर चर्चा भइरहेको छ ।

    स्थानिय तहको निर्वाचनको मिती नजिक आइरहेका बेला सबै राजनितीक दलहरुलाई स्थानिय तहमा उमेदवार छान्न हम्मेहम्मे परिरहेको छ । एमाले हराउँने दाउमा रहेको गबठन्धन आफैँ भित्रको दाउ पेच र किचलोले उमेदवार फाइनल गर्न सकेको छैन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि छिटपुट ठाउँ बाहेर उमेदवारको टुंगो लगाउँन सकेको छैन तर देवी ज्ञवालीले भने देशभर म्यासेज जाने गरि कमाल गरेका छन् ।

    देशभरका स्थानिय तहहरु मध्ये निकै चासो र चर्चाका साथ हेरिएको र पेचिलो बनेको चितवनको भरतपुर महानगरपालिकामा गठबन्धन आवद्ध दलहरुको विचमा विवाद र किचलो चर्किरहेका बेला एमालेले भने मेयर पदका लागी सर्वसम्मत उमेदवार चयन गरेर विपक्षी क्याम्पमा खैलाबैला मच्चाएको छ यस खेलको मान अफ द म्याच बनेका छन् देवी ज्ञवाली ।

    अघिल्लो पटकको स्थानिय तहको निर्वाचनमा काग्रेस र माओवादी केन्द्रको गठबन्धन गरेर थोरै मतले मात्रै प्रचण्ड पुत्री रेणु दहालसँग ज्ञवालीले निर्वाचन हारेका थिए । स्वाभाविक रुपमा यस पटक पनि ज्ञवालीले मेयर पदको आकांक्षा राखेका थिए तर अन्तिममा सर्वसहमत उमेदवार चयनका लागी ज्ञवालीलेनै प्रस्ताव गरेर प्रदेश सांसद समेत रहेका विजय सुवेदीको नाम भरतपुरको मेयरमा एमालेका तर्फबाट सर्वसम्मत गराए ।

    सिँगो देशले नजिक बाट नियालीरहेको भरतपुरमा एमालेले के कस्तो गर्छ भनेर चासो रहिरहेका बेला सर्वसम्मत उमेदवार चयन गरेर एमालेले सन्देश दिएको छ । यस पटक एमालेबाट भरतपुरको मेयरमा देवी ज्ञवाली सहित प्रतिनिधीसभा सदस्य कृष्णभक्त पोखरेल, सर्वसम्मत नाम सिफारिस भएका विजय सुवेदी लगायतले आकांक्षा राखेका थिए तर ज्ञवालीको प्रस्ताव र पोखरेलको समर्थनमा सुवेदी सर्वसम्मत बन्न सफल भएका छन् ।

    देवी ज्ञवालीको महानता र फराकिलो सोचकै कारण भरतपुर एमालेले सर्वसम्मत उमेदवार चयन गर्न सकिएको र यस्तो विशिष्ट परिस्थितीमा सर्वसम्मत उमेदवार चयन गर्नु पनी चुनावी विजयको एउटा सुचक भएको चितवन एमालेका एक नेताले ओटिभी नेपालसँग बताए । सर्वसम्मत उमेदवार सिफारिस हुनुमा जिल्ला इन्चार्ज समेत रहेका ज्ञवालीको प्रमुख हात रहेको दावी उनले गरे ।

    आज सम्मको राजनितीक इतिहासमा आफुले कहिल्यै पनि पदलाई पहिलो प्राथमिकतामा नराखेको नेता देवी ज्ञवालीले ओटिभी नेपाललाई बताए । एमालेमा व्यक्ति होइन निती प्रधान हुने भन्दै उनले यति ठूलो पार्टीको एउटा सिपाही मात्रै आफु भएको बताए । पार्टीले दिएको जिम्मेवारी अनुसार काम गर्ने कुनै पनि पदमा लागी मरिहत्ते नगर्ने आफ्नो बानी रहेको पनि उनले बताए ।

    ‘पद होइन काम ठूलो गर्ने हो आफ्नो भूमिका अनुसारको जिम्मेवारी समय क्रममा आफैँ मिल्ने छ नेतृत्वलाई विश्वास गरेर निरन्तर कर्ममा लाग्दा उचित मूल्यांकन भएको छ र हुनेछ’ ज्ञवालीले भनेका छन् । केहि समय अघि चितवनमा भएको एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा ज्ञवालीले सबैभन्दा लोकप्रिय मत ल्याएर केन्द्रिय सदस्य निर्वाचित भएका थिए।

    ज्ञवालीले भरतपुरको मेयर बन्न योग्य नेता धेरै भए पनि पार्टीको बृहत्तर हित र अहिलेको परिस्थितिलाई दृष्टिगत गर्दै जसरी पनि चुनाव जित्न सुवेदीलाई सर्वसम्मतिका साथ मेयरको उम्मेदवार प्रस्ताव गरेको बताए।

    ‘यसो गरिरहँदा माथिका नेताहरूले त छोड्दा रहेछन्, ठूला नेताहरूका बीचमा मेयर पदमै त विवाद छैन वडामा किन विवाद गर्ने, जित्ने साथीलाई सर्वसम्मत उठाउँछौं भन्ने सन्देश तल्लो तहसम्म पुर्‍याउन म आफैंले विजयजीलाई मेयरमा प्रस्ताव गरें,’ ज्ञवालीले भने, ‘हामी एक ढिक्का भएर जाँदा निर्वाचन जित्न सक्छौं।’

    अर्का नेता कृष्णभक्त पोखरेलले चितवनमा जनस्तरमा राम्रोसँग भिजेका नेता सुवेदीलाई उम्मेदवार बनाउँदा एमाले एक्लैले निर्वाचन जित्न सक्ने आँकलन रहेको बताए।एमालेले अघि सारेको उम्मेदवार विजय सुवेदीले २०४३ सालको निर्वाचनमा जनपक्षीय उम्मेदवार जागृतप्रसाद भेटवालको चुनाव प्रचार संयोजक बनेर काम गरेका थिए। उनी २०४९ सालदेखि २०५१ सालसम्म पार्टीको चितवन जिल्ला प्रमुख भए। त्यसपछि उनले २०६१–२०६४, २०६४–२०६६ को कार्यकाल पनि पार्टी सचिव बनेर जिल्लाको नेतृत्व गरे।

    २०६२र०६३ सालको जनआन्दोलनमा उनले एमालेको नेतृत्व गर्दै समन्वयकारी भूमिका खेलेका थिए। २०७४ सालमा भएको प्रदेश सभाको निर्वाचनमा उनले नेपाली कांग्रेसका उम्मेदवारले भन्दा ८ हजार ९ सय २ मत ल्याएका थिए।

    सुवेदी धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि स्रोत जुटाउने, भरतपुरमा गणेशधाम निर्माणको समन्वय गर्नेजस्ता कामहरू पनि पनि सक्रिय भए। जिल्ला समन्वय समितिले उनकै संयोजनमा चितवनको इतिहास, वर्तमान र भविष्यमा गर्न सकिने कामलाई समेटिएको ‘चितवन दर्पण’ नामको पुस्तक प्रकाशन गरेको छ।

    प्रदेश सांसदको रूपमा उनले अघि सारेको भरतपुर एक बगैंचा कार्यक्रमका प्रशंसक पनि भरतपुरमा धेरै छन्। उनले महानगरसँग मिलेर सार्वजनिक र व्यक्तिका खाली जमिनमा फलफूलका बिरूवा रोप्ने अभियान चलाएका थिए। उनले सडकको दुबै छेउमा फलफूलका बिरूवा रोप्ने र खाली जमिनमा पनि वृक्षारोपण गर्ने अभियान सुरू गरेका थिए।

    सुवेदीले आफूसँग काम गर्ने दृढ इच्छा शक्ति र भिजन भएको र भरतपुरका मतदातासँग तल्लो तहमै भिजेका कारण निर्वाचन जित्ने दाबी गरे। उनले भरतपुर महानगरलाई अन्तर्राष्ट्रिय मापदण्डको सुन्दर सहरका रूपमा विकास गर्ने आफ्नो योजना रहेको बताए।

    भरतपुर महानगरपालिकामा यस पटक ३५ हजार ४ सय ७८ जना मतदाता थपिएका छन्। गत निर्वाचनमा यहाँ १ लाख ५० हजार २ सय ७४ जना मतदाता थिए। १ लाख १२ हजार ८ सय ९७ जनाले मतदान गरेका थिए। थपिएका मतदाताको निर्णय अबको निर्वाचनमा निर्णायक बन्न सक्छ।

    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, असोज १२ २०८३

    “हामीले कस्तो नेपाल बनाउँदैछौँ ?”

    हामी सबैलाई एउटा राम्रो नेपाल चाहिएको छ। जहाँ छोराछोरीले भविष्य खोज्न विदेश जानैपर्ने बाध्यता नहोस्, जहाँ इमानदार मानिस निराश हुन नपरोस्, जहाँ गरिबको आवाज सानो नहोस् र जहाँ एउटा...

    प्रकाशित: बुधबार, भाद्र १७ २०८३

    विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ

    विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...

    प्रकाशित: बुधबार, भाद्र १० २०८३

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो १० निर्णय

    सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

    सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स

    रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend