Otv Nepal शुक्रबार, साउन १५ २०८३

खोजेजती भाग नपाए पछि गठबन्धन छोड्ने माधव नेपालको चेतावनी !

  • otv nepal

    सोमबार, बैशाख ५ २०७९
  • सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् ।

    स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसाल र उपमहासचिव डा विजय पौडेलले एक महानगरपालिकाको नेतृत्व आफ्नो पार्टीले नपाए चुनावी तालमेल छलफल गर्न नसकिने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

    गठबन्धनको बैठक सकेर महासचिव भुसाल र उपमहासचिव पौडेल पार्टी सचिवालय बैठकमा आइतबार सहभागी भएका थिए । सचिवालय बैठकमा संयन्त्रको बैठकमा भएको छलफल’जानकारी गराउँदै महानगरपालिकाको नेतृत्व नदिने गरी गठबन्धनका नेताले षड्यन्त्र गरिरहेको नेपाललाई बताएका थिए ।

    ‘एक महानगरपालिकामा एकीकृत समाजवादीले मेयर नपाए चुनावी तालमेलको छलफलमा सहभागी नहुने जानकारी अध्यक्ष कमरेड (माधव नेपाल)लाई उहाँ (भुसाल र पौडेल)ले गराउनुभयो,’ सचिवालय बैठकमा सहभागी एक सदस्यले भने, ‘त्यसपछि अध्यक्ष कमरेडले पनि एक महानगरमा नेतृत्व नपाए अब छलफलको कुनै आवश्यकता नभएको बताउनुभयो ।’

    एकीकृत समाजवादीलाई सम्मानजनक सिट नदिने संकेत पाएका अध्यक्ष नेपालले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीको शक्तिको अवमूल्यन नगर्न गठबन्धनकै अन्य दललाई चेतावनी दिएका थिए । अध्यक्ष नेपालले केही दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यहार गर्ने गरेको समेत गुनासो गर्दै आएका छन् ।

    नेपालले गठबन्धनभित्र सहमति हुन नसकेमा एक्लै लड्नुपर्नेगरी तयारी गर्न कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । गठबन्धन दलकै बीचमा सहमति हुन नसकेको अवस्थामा एक्लै चुनावमा होमिनुपर्ने बताउँदै उनले सोहीअनुसार तयारीमा जुट्न निर्देशन दिएका छन् ।

    अध्यक्ष नेपाल चुनावी तालमेलका क्रममा नेताहरूले वास्तविकतामा आधारित रहेर सिटको विभाजन हुनुपर्ने अडानमा छन् । उनले पोखरा महानगरमा ८ हजार पार्टी सदस्य रहेको र जनवर्गीय संगठनको संख्या जोड्ने हो भने १२ हजार पुग्ने भन्दै आफ्नो शक्तिका आधारमा दाबी गरेको बताए ।

    संयन्त्रको बैठकमा सहभागी महासचिव भुसाल र उपमहासचिव पौडेलले पोखरा महानगरपालिकासहित तीन उपमहानगरपालिको प्रमुख आफ्नो दलले पाउनुपर्ने दाबी गरेका छन् । महानगरपालिकाको नेतृत्व नदिने भए चुनावी तालमेल’दयगत थप छलफल गर्न नसकिने एकीकृत समाजवादीले चेतावनीसमेत गठबन्धनका अन्य नेतालाई दिएका छन् ।

    बैठकमा नेताहरूले पोखरा महानगरसहित इटहरी, हेटौंडा र बुटवल वा तुलसीपुरमध्ये एक उपमहानगरपालिकाको नेतृत्व र घोराही, जनकपुर र नेपालगन्जको उपमेयरका उम्मेद्वारहरू आफूहरूलाई चाहिने दाबी एकीकृत समाजवादीको छ ।

    एकीकृत समाजवादीका महासचिव भुसालले बृहत् शान्ति सम्झौतापछि शान्ति प्रक्रियामा आएको माओवादीलाई संसद्मा ८२ सिट दिएको स्मरण गर्दै आफूहरूको विद्रोहलाई बुझ्न आग्रह गरेका छन् ।

    तर, गठबन्धनमा रहेका कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतकाले शीर्ष नेताहरूको बैठकमा एकीकृत समाजवादीलाई महानगरमा नेतृत्व दिन नसकिने संकेत गरेपछि अध्यक्ष नेपालले आफ्नो असन्तुष्टि सार्वजनिक रूपमै व्यक्त गरेका हुन् ।

    नेपालले अरू पार्टीले २०७४ सालको चुनावमा आ–आफ्नै पार्टीको तर्फबाट भाग लिएको भए पनि आफ्नो पार्टीले एमालेका रूपमा भाग लिएको स्मरण गराउँदै एमालेको सफलतामा आफूहरूको हक लाग्ने अडान लिँदै आएका छन् । एमालेले प्राप्त गरेको सफलतामा आफूहरूको हक लाग्ने अडान लिँदै अरू दलभन्दा आफूहरूले नै एमालेको मत आकर्षित गर्न सक्ने नेपालले प्रस्ट पारेका छन् ।

    तर, पोखरा महानगरपालिकाको मेयर छाड्ने अवस्थामा कांग्रेसका स्थानीय नेताहरू छैनन् । उनीहरूले देउवालाई भेटेरै पोखराको मेयर नछाड्ने अवगत गराउँदै एकीकृत समाजवादीलाई मेयर दिए विद्रोह हुन सक्ने चेतावनी दिइसकेका छन् । साथै एकीकृत समाजवादीलाई दिँदा एमालेले जित्ने जानकारी उनीहरूले देउवालाई गराएका छन् ।

    एकीकृत समाजवादीका महासचिव भुसालले एकीकृत समाजवादीको संगठन ७७ जिल्ला, ७ सय ५३ पालिकामै रहेको बताउँछन् । साथै ६ हजार ७ सय ४३ वडामा एकीकृत समाजवादीको संगठन विस्तार भएको छ । एमालेले जितेका पालिकामध्ये ५० प्रतिशतमा एकीकृत समाजवादीको दाबी रहने उनले स्पष्ट पारेका छन् ।

    एमालेले गत निर्वाचनमा काठमाडौं र पोखरा गरी दुईवटा महानगरपालिकामा विजयी भएको थियो । त्यसैले ५० प्रतिशतको आधारमा एकीकृत समाजवादीले एक महानगरपालिकामा मेयर नपाए गठबन्धनको छलफलमा सहभागी नहुने अडान भुसालको छ । उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा समेत यही सिद्धान्तका आधारमा ५० प्रतिशत नेतृत्व आफूहरूले पाउनुपर्ने एकीकृत समाजवादीको दाबी छ ।

    तर, यस हिसाबले एकीकृत समाजवादीलाई नेतृत्व दिँदा माओवादीभन्दा बढी हुने भएकाले माओवादीका अध्यक्ष प्रचण्डसमेत आनाकानी गरिरहेका छन् । यसरी भागबन्डा गर्दा कांग्रेसपछि एकीकृत समाजवादी दोस्रो र माओवादी तेस्रो हुन्छ ।

    २०७४ को स्थानीय निर्वाचनमा एमाले २ सय ९४ पालिका जितेको थियो । कांग्रेसले २ सय ६६, माओवादी केन्द्रले १ सय ६, तत्कालीन संघीय समाजवादी पार्टी हालको जनता समाजवादी पार्टीले ३४ पालिकामा जितेको थियो । जनमोर्चाले ३, बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीले २ र स्वतन्त्र ४८ पालिकामा चुनाव जितेका थिए ।

    एमालेले जितेकाका ५० प्रतिशत दाबी गर्दा एकीकृत समाजवादीको भागमा १ सय ४७ पर्छ । जुन गत निर्वाचनमा माओवादी केन्द्रले जितेको भन्दा बढी हुन्छ । यस हिसाबले गठबन्धनभित्रको कांग्रेसपछिको शक्तिशाली एकीकृत समाजवादी हुने भएकाले माओवादीले आनाकानी गरेको स्रोतको दाबी छ ।

    एमाले विभाजन गरेर एकीकृत समाजवादीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि ५० प्रतिशत नै समाजवादीमा नआएकाले सोहीअनुसारको भागबन्डा गर्न नसकिने गठबन्धनका नेताहरूको तर्क रहेको छ ।

    आजको राजधानी दैनिकमा खबर छ

    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह

    एनआईसी एसिया बैंकले आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ ।​ बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी...

    प्रकाशित: मंगलबार, मंसिर ३ २०८२

    विघटित नेकपा एसका नेता कार्यकर्ता धमाधम एमालेमा फर्किँदै

    एमालेको ‘घर फर्क राष्ट्रिय अभियान’ अन्तर्गत विघटित नेकपा एकीकृत समाजवादी (एस) का केन्द्रीय तहका नेताहरूसहित ५० जना मूलघर फर्किएका छन् । पूर्व केन्द्रीय परिषद् सदस्य एवं नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय...

    प्रकाशित: आइतबार, कार्तिक १० २०८२

    बक्यौता नतिर्ने २५ उद्योगको प्राधिकरणले काट्यो लाइन

    पटक–पटक ताकेता गर्दा पनि बक्यौता तिर्न अटेर गर्दै आएका २५ निजी उद्योगमा विद्युत् प्राधिकरणले लाइन काटेको छ । पछिल्लोपटक १२ असोजमा २१ कार्यदिन (बिदाबाहेक)को अल्टिमेटम दिँदा पनि सम्पर्कमै नआएपछि...

    प्रकाशित: बिहिबार, असोज २ २०८२

    भदौ २४ मा राष्ट्रपतिले लिएका थिए ‘सहिद’ हुन तयार रहेको अडान

    राष्ट्रपति रामचन्द्र पौडेलले संविधानभन्दा बाहिर नजाने अडान लिँदै प्रतिनिधि सभा तत्काल विघटन गर्ने दबाब अस्वीकार गरेको बताएका छन्। पौडेलले प्रतिनिधि सभा पहिले नै विघटन गर्ने माग पेश हुँदा आफूले...

    प्रकाशित: शुक्रबार, असार २७ २०८२

    समावेशी राष्ट्रका लागि संविधान सुधार, तर विखण्डनको प्रयास अस्वीकार्य: खस संघ

    जनता समाजवादी पार्टी अन्तर्गतको समाजवादी खस संघले संविधान सुधारको पक्षमा स्पष्ट समर्थन जनाउँदै पछिल्लो समय देखिएका जातीय विभेदपूर्ण अभिव्यक्तिहरूप्रति कडा आपत्ति जनाएको छ। मधेस प्रदेशका जसपा अध्यक्ष अशोक यादवका “खस...

    प्रकाशित: सोमबार, चैत्र २४ २०८१

    ७ सयले घट्यो सुन

    सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको सुन आज १ लाख ७३ हजार ८ सय रुपैयाँमा झरेको...

    प्रकाशित: बुधबार, चैत्र १२ २०८१

    युवा संघ मण्डनदेउपुरले चैत्र ३० गते दोस्रो अधिबेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम गर्ने

    रास्ट्रीय युवा संघ नेपाल मण्डनदेउपुर नगर कमिटिको दोस्रो अधिबेशन यहि चैत्र ३० गते कुन्ताबेशिमा भब्य रुपमा गर्ने भएको छ,युवा संघ जिल्ला कमिटिको निर्देशन बमोजिम अधिबेशन गर्न लागिएको नगर अध्यक्ष...

    प्रकाशित: आइतबार, चैत्र ९ २०८१

    ह्वात्तै घट्यो सुनको मुल्य

    स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ९०० घटेर रु १,७४,१०० कायम भएको छ, जबकि चाँदी तोलामा रु १५ घटेर रु १,९८० पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३,०२२ अमेरिकी डलरमा...

    प्रकाशित: बुधबार, चैत्र ५ २०८१

    एक तोला सुनको मुल्य एक लाख ७५ हजार २००

    सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । हिजो सोमबार प्रतितोला रु एक लाख ७४ हजार १०० मा कारोबार भएको सुन आज तोलामा एक हजार १०० ले बढेर एक लाख...

    प्रकाशित: बुधबार, फाल्गुन २८ २०८१

    बेन्फिकालाइ बिदा गर्दै बार्सिलोना क्वाटरफाइनलमा

    बार्सिलोना बेन्फिकालाई ३-१ ले हराउँदै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। लामिन यामाल र राफिन्हा दुवैले गोल गर्दै टोलीलाई जित दिलाए। यामालले २९ औं मिनेटमा र राफिन्हाले 14,42 औं...

    प्रकाशित: बिहिबार, माघ २४ २०८१

    तिन दिनमै पाँच हजार सात सय रूपैयाँले बढ्यो सुनको मुल्य

    मंगलबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ । मंगलबार सुनको भाउ प्रतितोला एक हजार नौ सय रूपैयाँ, बुधबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ र...

    प्रकाशित: आइतबार, माघ १३ २०८१

    साम्बापछि अञ्जिला बनिन् युरोपमा खेल्ने दोस्रो नेपाली फुटबलर , ग्रिसको क्लबमा अनुबन्धित

    नेपाल राष्ट्रिय महिला फुटबल टीमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा युरोपमा व्यवसायिक फुटबल खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी छिन्। उनले ग्रिसको माथिल्लो डिभिजन क्लब निस अट्रोमिटौबाट डेब्यु गरेकी छिन्। यसअघि भारत...

    प्रकाशित: सोमबार, माघ ७ २०८१

    युनाइटेड र टोटेनह्याम पराजित

    आइतबारको प्रिमियर लिग खेलमा टोटेनह्याम एभर्टनसँग ३-२ ले पराजित भएको छ, जहाँ एभर्टनले पहिलो हाफमै ३ गोल गरेपछि टोटेनह्यामको दोस्रो हाफको २ गोलले हार टार्न सकेन। अर्को खेलमा म्यानचेस्टर युनाइटेड...

    प्रकाशित: बिहिबार, पुष २५ २०८१

    सूर्यदर्शन सहकारी प्रकरण :आजै आदेश आउन सक्ने भएकाले अदालत आसपास सुरक्षा व्यवस्था कडा

    पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (बिहीबार) थुनछेक आदेश आउने सम्भावना छ। कास्की जिल्ला अदालतमा न्यायाधीश नितिज राईको इजलासमा प्रतिवादीतर्फको अन्तिम बहस भइरहेको छ। ४४ जना प्रतिवादीमध्ये सातजना अदालतमा उपस्थित...

    प्रकाशित: आइतबार, पुष ७ २०८१

    प्रधानमन्त्रि अमेरिका पुगेर फर्किँदा ४ करोड २९ लाख सक्कियो

    प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणमा ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्र संघको मूख्यालयमा आयोजित ७९ औं...

    प्रकाशित: शुक्रबार, पुष ५ २०८१

    ‘बामदेबको दुबै हातमा लड्डु’

    राष्ट्रिय सभा सदस्य वामदेव गौतम एमाले फर्कने कि एकीकृत समाजवादीमा जाने भन्ने दोधारमा छन् । गौतमलाई भेट्नकोलागि पूर्व प्रधानमन्त्री माधब नेपाल आज गौतम निवास भैंसेपाटी पुगेका थिए । उनीहरुबीच लामै...

    प्रकाशित: मंगलबार, पुष २ २०८१

    ‘कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैन’

    नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कसैले चाहेर पनि वर्तमान सरकार नढल्ने दाबि गरेका छन् । ‘अहिलेको सरकार संसदका ठूला दुई दलको बलियो सरकार हो, यो दुई दलले नचाहँदासम्म कसैले चाहेर...

    प्रकाशित: मंगलबार, पुष २ २०८१

    ‘कांग्रेस-एमाले गठबन्धन सरकारलाई कसैले ढाल्न सक्दैन’

    पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले बर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार कसैले पनि ढाल्न नसक्ने बताएका छन् । उनले कांग्रेस–एमालेले आफ्नो गल्ती, कमीकमजोरी ढाकछोप गर्न वर्तमान सरकार बनाएकाले यसले निरन्तरता पाउने बताएका हुन्...

    प्रकाशित: सोमबार, पुष १ २०८१

    ‘लोकतन्त्रमाथि ‘कू’ भएको दिन’

    विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेएका तत्कालीन प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन...

    प्रकाशित: शुक्रबार, मंसिर २८ २०८१

    ‘म प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थाल्यो’

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थालिसकेको दाबी गरेका छन् । उनले भने, ‘देशको अप्ठेरो बुझेर इतिहास बोकेको जिम्मेवार राजनीतिक दलहरु कांग्रेस र एमाले मिलेर सरकार...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend