Otv Nepal शुक्रबार, साउन १५ २०८३

पदीय लोभमा भटाभट पार्टि बदल्दै जनप्रतिनिधि

  • otv nepal

    सोमबार, बैशाख १२ २०७९
  • स्थानीय निर्वाचन नजिकिएसँगै कार्यकर्ता मात्रै हैन जनप्रतिनिधिहरू पनि दल बदलमा लागेका छन् । पार्टीले दोहोर्‍याउने सम्भावना नदेखेपछि जनप्रतिनिधिहरू दल–बदल्दै उम्मेदवार बन्ने होडमा छन् । यो दृश्यले भारतीय राजनीतिको विकृत ‘आयाराम–गयाराम’ प्रवृत्तिलाई पूर्णतः स्थापित गर्न खोजेको भान गराउँदैछ ।

    जनकपुरधाम उपमहानगरपालिका–७ का अध्यक्ष जानकीराम साह मंगलबार मात्रै एमालेमा प्रवेश गरे । वडाध्यक्ष साहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासमा पार्टी प्रवेश गराएका हुन् । एमाले अध्यक्ष ओलीले साहलाई जनकपुरधाम उपमहानगरपालिकामा पार्टीबाट मेयरको उम्मेदवार बनाउने आश्वासनसँगै दल बदलेका हुन् ।

    उनी लोकतान्त्रिक समाजवादी पार्टीबाट मेयरको टिकट नपाउने भएपछि एमाले प्रवेश गरेका हुन् । उनी लोसपामा शरतसिंह भण्डारीनिकट थिए । डोल्पामा पनि सोमबार एमालेबाट निर्वाचित दुई गाउँपालिकाका अध्यक्ष एकीकृत समाजवादी केन्द्रमा प्रवेश गरे ।

    सोमबार साँझ विज्ञप्ति जारी गर्दै एमालेबाट निर्वाचित काईके गाउँपालिका अध्यक्ष अंगत राना र एमालेका जिल्ला कमिटी सदस्य रहेका छार्काताङ्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले समाजवादीमा प्रवेश गरेको बताएका छन् ।

    अध्यक्ष गुरुङ अघिल्लो चुनावमा स्वतन्त्रबाट चुनाव जिते पनि पछि एमालेमा समाहित भएका थिए । संविधान, लोकतन्त्र, गणतन्त्र संस्थागत गर्न माधवकुमार नेपालले सही कदम चालेको उनको विज्ञप्तिमा उल्लेख छ । तर, एमाले विभाजन हुँदाका बखत निर्वाचन आयोगले दल रोज्न अवसर दिँदा तिनीहरू एमालेमै बसेका थिए ।

    त्यसो त, चुनावमा दल बदल्न माहिर पात्रमध्ये पर्छन्, वीरगञ्ज नगरपालिकाका मेयर विजय सरावगी । उनी पनि केही समयअघि एमाले प्रवेश गरिसकेका छन् । उनले जनता समाजवादी पार्टी  छाडेर एमालेमा प्रवेश गरेका हुन् । उनी २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए ।

    उनलाई एमाले अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गरेका थिए । मेयर सरावगीले पार्टीभित्र समस्या उदांगो पार्दै एमालेमा गएका थिए । उनी मुख्यतः वीरगञ्जको मेयरमा दोहोरिन पार्टी परिवर्तन गरेका हुन् ।

    मेयर सरावागीले जसपा जातिवादी भएकाले आफूले पार्टी छाडेको बताएका थिए । ‘अहिले पनि जातिवादकै राजनीति भइरहेको छ,’ उनले भनेका थिए, ‘जातिवादको राजनीति गरेर राष्ट्रिय पार्टी हुन सकिँदैन । राष्ट्रिय पार्टी भनेको हाम्रो एमाले पार्टी नै हुन सक्छ ।’

    उनले एमाले राष्ट्रिय पार्टी भएरै आफू एमालेमा गएको बताए । एमालेबाहेक अन्य पार्टीले देशको परिवर्तन गर्न नसक्ने जिकिरसमेत उनको थियो । सरावगीले दल बदल्नुका अनेकौँ कारण बताए पनि उनको ध्येय आफ्नो पद नगुमाउनु हो ।

    एमालेमा आफ्नो उम्मेदवारी निश्चित देखेपछि उनले दल बदलेको सहजै अनुमान लगाउन सकिन्छ । एमालेले उनलाई वीरगञ्जको मेयरमा एकल उम्मेद्वारको रुपमा सिफरिस गरिसकेको छ । यस्तै, सिन्धुपाल्चोक बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री पनि एमाले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका थिए । उनलाई कांग्रेस सभापति देउवाले पार्टीमा स्वागत गरेका थिए ।

    यस्तै पर्साको पोखरीया नगरपालिकाका मेयर दिपनारायण रौनियारले पनि नेपाली जनता दल त्याग्दै नेपाली कांग्रेस प्रवेश गरेका छन् । रुपन्देहीको ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुलले पनि माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका छन् । डोल्पा, मोरङ, कपिलवस्तु, कैलाली, अर्घाखाँची, कैलाली, बैतडी, सिन्धुपाल्चोक, बारा, रुपन्देही र पर्सा जिल्लाका थुप्रै जनप्रतिनिधिहरूले आफ्नो दल परिवर्तन गरेर नयाँ प्रवेश गरेका छन् । सबै भन्दा धेरै रुपन्देहीका पाँच पालिकाका प्रमुख र एउटा पालिकाको उपप्रमुखले आफ्नो दल बदलेका छन् ।

    दल बदल्ने क्रम बाक्लिदै गर्दा उम्मेदवारी दिन झन् चर्कै हुने देखिन्छ । किनभने टिकट नपाउनासाथ पालिकाका जनप्रतिनिधिहरू दल बदलको धूनमै छन् । पार्टीका शीर्ष नेताले फूलमाला र अबिर लगाए उनीहरूलाई पार्टी प्रवेश गराइहरेका छन् । उनीहरू विचार र सिद्धान्तको आधारमा पार्टी छोडिरहेका छैनन् । सबैको ध्याउन्न आफ्नो पद कसरी जोगाउने भन्ने मात्रै छ । उनीहरू आफ्नो पार्टीले फेरि उम्मेदवार नबनाउने भएपछि दल बदलेर भए पनि फेरि उम्मेदवार बन्ने दाउमा छन् । कतिपय दलका उम्मेदवार त पार्टीले सिफारिस गरेता पनि नजितेने सम्भावना देखेर पनि दल बदलिरहेको देखिएको छ ।

    राजनीतिक टिप्पणीकार नरेन्द्रजंग पिटर राजनीतिक व्यवसाय बनेकाले यस्तो प्रवृत्ति देखिएको बताउँछन् । ‘राजनीतिक व्यवसाय भइसकेपछि वल्लो र पल्लो घर जानु कुनै फरक रहँदैन । राजनीतिलाई व्यवसाय बनाएकाको कुनै सिद्धान्त र विचार हुँदैन,’ उनले भने, ‘एउटा जँडिया मान्छे कुन भट्टीमा गएर रक्सी पियो भन्ने कुराले के असर पर्छ र ?’

    जनप्रतिनिधिले आफ्नो विचार र सिद्धान्त नभएकाले उनीहरू आफ्नो व्यक्तिगत भलाइका लागि मात्रै दल बदलिरहेको टिप्पणी पिटरको छ । पार्टीहरू नै एउटा ‘कर्पोरेट विजनेस हाउस’ जस्ता भएकाले यस्तो अवस्था आएको उनको भनाइ छ । ‘सिद्धान्तसँग जोडिएका मान्छेलाई पो अरुले केही भन्छ भन्ला भन्ने डर हुन्छ,’ उनले भने, ‘तर नेताहरु नाफा कमाउने जस्ता भए । उनीहरू नाफा कमाउन एउटा दलमा नभए अर्कोमा जाने लर्को लागेको छ ।’

    अर्का राजनीतिक विश्लेषक डा। राजेश गौतम अवसरका लागि दल बदल्नेले सही रुपमा राजनीति नगरेको बताउँछन् । ‘दल बदल्ने नेताहरूको लहर चलिरहेको देखिन्छ,’ उनी भन्छन्, ‘उनीहरू आफ्नो उद्देश्य मात्रै पुरा गर्न लागिपरेका छन् । उनीहरू राजनीतिक सिद्धान्तबाट प्रेरित छैनन् । व्यक्तिगत स्वार्थमै निर्भर छन् ।’
    राजनीतिक सिद्धान्त भए उनीहरू वैचारिक हिसाबले आफ्नो दलमा रहिरहने उनले बताए ।

    यस्ता जनप्रतिनिधिहरू सही रुपमा जनताको प्रतिनिधि नभएको उनको भनाइ छ । ‘यस्ता नेता खास जनताका प्रतिनिधि होइनन्, ‘उनले भने, ‘चुनाव जित्ने मात्रै ध्याउन्न छ । स्रोत र साधनको दुरुपयोगका लागि मात्रै उनीहरू सत्तामा पुग्न चाहान्छन् ।’ जनताले पनि आफ्नो मत पैसामा विक्री गर्न भएकाले उनीहरूको प्रवृत्ति यस्तो भएको उनको भनाइ छ । यस्तो पदका लागि दल बदल्ने प्रवृत्तिले देशको परिवर्तन हुन नसक्ने उनी बताउँछन् ।

    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह

    एनआईसी एसिया बैंकले आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ ।​ बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी...

    प्रकाशित: मंगलबार, मंसिर ३ २०८२

    विघटित नेकपा एसका नेता कार्यकर्ता धमाधम एमालेमा फर्किँदै

    एमालेको ‘घर फर्क राष्ट्रिय अभियान’ अन्तर्गत विघटित नेकपा एकीकृत समाजवादी (एस) का केन्द्रीय तहका नेताहरूसहित ५० जना मूलघर फर्किएका छन् । पूर्व केन्द्रीय परिषद् सदस्य एवं नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय...

    प्रकाशित: आइतबार, कार्तिक १० २०८२

    बक्यौता नतिर्ने २५ उद्योगको प्राधिकरणले काट्यो लाइन

    पटक–पटक ताकेता गर्दा पनि बक्यौता तिर्न अटेर गर्दै आएका २५ निजी उद्योगमा विद्युत् प्राधिकरणले लाइन काटेको छ । पछिल्लोपटक १२ असोजमा २१ कार्यदिन (बिदाबाहेक)को अल्टिमेटम दिँदा पनि सम्पर्कमै नआएपछि...

    प्रकाशित: बिहिबार, असोज २ २०८२

    भदौ २४ मा राष्ट्रपतिले लिएका थिए ‘सहिद’ हुन तयार रहेको अडान

    राष्ट्रपति रामचन्द्र पौडेलले संविधानभन्दा बाहिर नजाने अडान लिँदै प्रतिनिधि सभा तत्काल विघटन गर्ने दबाब अस्वीकार गरेको बताएका छन्। पौडेलले प्रतिनिधि सभा पहिले नै विघटन गर्ने माग पेश हुँदा आफूले...

    प्रकाशित: शुक्रबार, असार २७ २०८२

    समावेशी राष्ट्रका लागि संविधान सुधार, तर विखण्डनको प्रयास अस्वीकार्य: खस संघ

    जनता समाजवादी पार्टी अन्तर्गतको समाजवादी खस संघले संविधान सुधारको पक्षमा स्पष्ट समर्थन जनाउँदै पछिल्लो समय देखिएका जातीय विभेदपूर्ण अभिव्यक्तिहरूप्रति कडा आपत्ति जनाएको छ। मधेस प्रदेशका जसपा अध्यक्ष अशोक यादवका “खस...

    प्रकाशित: सोमबार, चैत्र २४ २०८१

    ७ सयले घट्यो सुन

    सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको सुन आज १ लाख ७३ हजार ८ सय रुपैयाँमा झरेको...

    प्रकाशित: बुधबार, चैत्र १२ २०८१

    युवा संघ मण्डनदेउपुरले चैत्र ३० गते दोस्रो अधिबेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम गर्ने

    रास्ट्रीय युवा संघ नेपाल मण्डनदेउपुर नगर कमिटिको दोस्रो अधिबेशन यहि चैत्र ३० गते कुन्ताबेशिमा भब्य रुपमा गर्ने भएको छ,युवा संघ जिल्ला कमिटिको निर्देशन बमोजिम अधिबेशन गर्न लागिएको नगर अध्यक्ष...

    प्रकाशित: आइतबार, चैत्र ९ २०८१

    ह्वात्तै घट्यो सुनको मुल्य

    स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ९०० घटेर रु १,७४,१०० कायम भएको छ, जबकि चाँदी तोलामा रु १५ घटेर रु १,९८० पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३,०२२ अमेरिकी डलरमा...

    प्रकाशित: बुधबार, चैत्र ५ २०८१

    एक तोला सुनको मुल्य एक लाख ७५ हजार २००

    सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । हिजो सोमबार प्रतितोला रु एक लाख ७४ हजार १०० मा कारोबार भएको सुन आज तोलामा एक हजार १०० ले बढेर एक लाख...

    प्रकाशित: बुधबार, फाल्गुन २८ २०८१

    बेन्फिकालाइ बिदा गर्दै बार्सिलोना क्वाटरफाइनलमा

    बार्सिलोना बेन्फिकालाई ३-१ ले हराउँदै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। लामिन यामाल र राफिन्हा दुवैले गोल गर्दै टोलीलाई जित दिलाए। यामालले २९ औं मिनेटमा र राफिन्हाले 14,42 औं...

    प्रकाशित: बिहिबार, माघ २४ २०८१

    तिन दिनमै पाँच हजार सात सय रूपैयाँले बढ्यो सुनको मुल्य

    मंगलबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ । मंगलबार सुनको भाउ प्रतितोला एक हजार नौ सय रूपैयाँ, बुधबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ र...

    प्रकाशित: आइतबार, माघ १३ २०८१

    साम्बापछि अञ्जिला बनिन् युरोपमा खेल्ने दोस्रो नेपाली फुटबलर , ग्रिसको क्लबमा अनुबन्धित

    नेपाल राष्ट्रिय महिला फुटबल टीमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा युरोपमा व्यवसायिक फुटबल खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी छिन्। उनले ग्रिसको माथिल्लो डिभिजन क्लब निस अट्रोमिटौबाट डेब्यु गरेकी छिन्। यसअघि भारत...

    प्रकाशित: सोमबार, माघ ७ २०८१

    युनाइटेड र टोटेनह्याम पराजित

    आइतबारको प्रिमियर लिग खेलमा टोटेनह्याम एभर्टनसँग ३-२ ले पराजित भएको छ, जहाँ एभर्टनले पहिलो हाफमै ३ गोल गरेपछि टोटेनह्यामको दोस्रो हाफको २ गोलले हार टार्न सकेन। अर्को खेलमा म्यानचेस्टर युनाइटेड...

    प्रकाशित: बिहिबार, पुष २५ २०८१

    सूर्यदर्शन सहकारी प्रकरण :आजै आदेश आउन सक्ने भएकाले अदालत आसपास सुरक्षा व्यवस्था कडा

    पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (बिहीबार) थुनछेक आदेश आउने सम्भावना छ। कास्की जिल्ला अदालतमा न्यायाधीश नितिज राईको इजलासमा प्रतिवादीतर्फको अन्तिम बहस भइरहेको छ। ४४ जना प्रतिवादीमध्ये सातजना अदालतमा उपस्थित...

    प्रकाशित: आइतबार, पुष ७ २०८१

    प्रधानमन्त्रि अमेरिका पुगेर फर्किँदा ४ करोड २९ लाख सक्कियो

    प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणमा ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्र संघको मूख्यालयमा आयोजित ७९ औं...

    प्रकाशित: शुक्रबार, पुष ५ २०८१

    ‘बामदेबको दुबै हातमा लड्डु’

    राष्ट्रिय सभा सदस्य वामदेव गौतम एमाले फर्कने कि एकीकृत समाजवादीमा जाने भन्ने दोधारमा छन् । गौतमलाई भेट्नकोलागि पूर्व प्रधानमन्त्री माधब नेपाल आज गौतम निवास भैंसेपाटी पुगेका थिए । उनीहरुबीच लामै...

    प्रकाशित: मंगलबार, पुष २ २०८१

    ‘कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैन’

    नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कसैले चाहेर पनि वर्तमान सरकार नढल्ने दाबि गरेका छन् । ‘अहिलेको सरकार संसदका ठूला दुई दलको बलियो सरकार हो, यो दुई दलले नचाहँदासम्म कसैले चाहेर...

    प्रकाशित: मंगलबार, पुष २ २०८१

    ‘कांग्रेस-एमाले गठबन्धन सरकारलाई कसैले ढाल्न सक्दैन’

    पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले बर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार कसैले पनि ढाल्न नसक्ने बताएका छन् । उनले कांग्रेस–एमालेले आफ्नो गल्ती, कमीकमजोरी ढाकछोप गर्न वर्तमान सरकार बनाएकाले यसले निरन्तरता पाउने बताएका हुन्...

    प्रकाशित: सोमबार, पुष १ २०८१

    ‘लोकतन्त्रमाथि ‘कू’ भएको दिन’

    विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेएका तत्कालीन प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन...

    प्रकाशित: शुक्रबार, मंसिर २८ २०८१

    ‘म प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थाल्यो’

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थालिसकेको दाबी गरेका छन् । उनले भने, ‘देशको अप्ठेरो बुझेर इतिहास बोकेको जिम्मेवार राजनीतिक दलहरु कांग्रेस र एमाले मिलेर सरकार...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend