गत बैशाख १२ गते सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका लागी एक भुँइमान्छे हर्क साम्पाङले उमेदवारी दर्ता गराउँदै गर्दा कसले पो सोचेको थियो होला र उनीनै हुनेछन् धरानको भावी मेयर, तर निर्वाचनको अन्तीम मत परिणाम आउँदा झट्ट सुन्दा असमान्य लाग्ने नतिजा धरानले निकालेको छ ।
भुँइमान्छेको तहमा रहेर धरानबासीका हरेक समस्यामा नजिक बाट लड्दै भिड्दै आएका साम्पाङ अन्तत धरान उपहानगरपालिकाको मेयर निर्वाचित भएका छन् ।साम्पाङले आफ्नो नामको पछाडी ‘एउटा क्रान्ति’ भन्ने शब्द जोडेर आफ्नो फेसबुक पेज बनाएका छन् उनको जितले बास्तवमै एउटा क्रान्ति बोलेको छ ।
धरानको मेयरमा निर्वाचित हुने वित्तिकै साम्पाङले सामाजिक संजालमा एउटा स्टाटसले लेख्दै विजय जुलुसमा आउँदा कसैलाई पनि खादा माला नल्याउँनु भनेर अनुरोध गरे त्यसो त उनले चुनावी अभियान भरिनै खादा माला नकिन्नु बरु त्यो पैसाले छोराछोरीलाई कापी कलम किन्नु भनेका थिए यसबाट पनि उनको सोचाइको उचाई कति छ भनेर नाप्न सकिन्छ ।
एकातिर नेपाली काग्रेस , माओवादी केन्द्र नेकपा एस लगायतको गठबन्धन त अर्को तिर एमालेको पनि छुट्टै फुर्तीका साथ निर्वाचनमा तामझामका साथ प्रतिष्पर्धा चलिरहेका बेला एक्लै चुनावी प्रसारमा हिँडेर ,एक्लै पर्चा बाँडेर बिजयी हुन उनका लागी चानचुने कुरा थिएन त्यसैले होला अन्तीम मत परिणाम घोषणा हुँदा साम्पाङले आँशु रोक्न सकेनन् आँखा भएर नुनिला धारा बगिहाल्यो ।
जनताले दिएको भोट नै आफ्नो लागी सबैभन्दा ठूलो सम्मान भएको र त्यसका लागी आफु सदैव ऋणि हुने भन्दै शिरको टोपी राखेर एक भावुक स्टाटस उनले सामाजिक संजालमा पोष्ट गरेका छन् । एउटा भुँइमान्छेले व्यालेट बाट पुरा गरेको सानदार क्रान्तिको चर्चा यति खेर देशै भरि भइरहेको छ ।
धराने जनताको खानीपानी समस्या , भ्रष्टाचार विरुद्धको आन्दोलन लगायतका हेरक सामाजिक मुद्धाहरुमा अग्रमोर्चामा बसेर लडिरहने साम्पाङले यो सफलता भने चानचुने तरिकाले प्राप्त गरेका होइनन् । सबैतिरबाट अपहेलित र बहिस्कृत हुँदा समेत न्यायको लडाइँमा नलर्खराएका उनका खुट्टाले यति खेर बल्ल दरिलो आड पाएको छ ।
जनताको समस्या राख्ने ठाउँ सम्म पनि पत्रकारले नदिएको भन्दै दिउँसै लाइट बालेर जनताको कुरा सुनिदिने पत्रकार खोज्दै हिड्ने साम्पाङलाई खोज्दै अहिले देशैभरका पत्रकारहरुको धरानमा लाइन लागेको छ । उनका कथा र व्यथाहरुले मिडियाका पाना रंगिएका छन् यो दिन सम्म आइपुग्दा उनले भोगेको पीडा र दर्दका कथा भने निकै मन छुने छ ।
समान्य परिवारमा जन्मिएका साम्पाङले वैदेशिक रोजागरीका लागी इराक र अफगानस्थान पुगेर १० बर्ष पसिना बगाएका छन् । यी दुवै मुलुक नेपालीका लागी प्रतिबन्धीत मुलुक हो । अन्यन्तै कष्टर आर्थिक अवस्थाका कारण परिवार पाल्नैका लागी उनले ज्यानको बाजीनै लगाएर जोखिमपुर्ण मुलुकमा गएर काम गरेका थिए । फर्किए पछि निरन्तर धरानका जनताको दुखमा लड्नै आए ।
२०३९ सालमा खोटाङमा जन्मिएका हर्क साम्पाङ अहिले धरान(१८ बुद्धचोकमा बस्छन्। लाहुरेका छोरा उनले धरानकै महेन्द्र क्याम्पसबाट स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन्। कुनै बेला धरानमा ट्युसन पढाउने र कम्प्युटर सिकाउने साम्पाङले वैदेशिक रोजगारका सिलसिला झन्डै ६ वर्ष इराक र अफगानिस्तानमा बिताए।
उनको परिवारमा आमा, पत्नी र दुई छोराछोरी छन्। उनकी पत्नी घरैमा सानो किराना पसल चलाउँछिन्। उनले विदेशबाट फर्केपछि केही अटो किनेर भाडामा चलाउन दिएका छन्। उनको आम्दानीको स्रोत त्यही हो।
उनी सामाजिक सञ्जालदेखि धरानका सडकमा हाते माइक बोकेर खानेपानी, प्राकृतिक स्रोत दोहन लगायत विविध मुद्दामा भाषण गर्थे। उनका त्यस्ता भाषण सुन्न धेरै मान्छे आउँदैन थिए। तर कसैले सुनोस् कि नसुनोस्, साम्पाङले आफ्ना कुरा निरन्तर भनिरहे।
धरानका खोलानालामा ठेकेदारले जथाभावी उत्खनन गर्दा नगर नेतृत्व रमिते बनेको थियो। साम्पाङसहित केही मानिसले फिल्डमै गएर प्रतिरोध गरेका थिए। त्यस बेला उनका केही साथी घाइतेसमेत भए। खानेपानीको मुद्दा उठाउँदा उनलाई पाइप तोडफोड गरेको मुद्दामा थुना पनि पठाइएको थियो।
उनी २०७६ मा धरानको उपनिर्वाचनमा उम्मेदवार बने। उनको उम्मेदवारीलाई मतदाताले पत्याएनन्। उनले ४२२ मत मात्रै पाए। एमालेको लालकिल्ला भत्काएर पहिलोपटक कांग्रेसका तिलक राई मेयर बने।
साम्पाङ फेरि सडकमै फर्किए। हाते माइक बोकेर भाषण गर्न थाले। त्यति बेला पनि उनी एक्लै थिए।उनको एक्लो यात्रा वैशाख ३० को चुनावअघिसम्म जारी थियो।अरू उम्मेदवारको घरदैलो अभियानमा हजारौंको लर्को लाग्थ्यो। साम्पाङ भने थोरै साथीहरूसँग चोकचोकमा भाषण गर्दै हिँड्थे।
दलका उम्मेदवारको भाषण सुन्न धरानभरिबाट गाडीमा मान्छे ओसारिन्थे। साम्पाङको भाषण सुन्न न स्रोता हुन्थे न ताली ठोक्न समर्थक। स्रोताविहीन चोकमा एक्लै उभिएर उनी आफ्ना कुरा राखिरहन्थे।
बाइक र्याली, आमसभा साम्पाङको बुताबाहिरको विषय थियो। ठूला दलका उम्मेदवारहरूले र्याली र आमसभा गर्न चिताए मात्रै पुग्थ्यो। सत्ता गठबन्धनका उम्मेदवार र एमाले उम्मेदवारहरू ठूला सभा र र्यालीमा व्यस्त रहँदा उनी भने काँधमा राष्ट्रिय झन्डा भिरेर मतदाता भेट्दै घरघरै लुसुलुसु पसिरहेका हुन्थे।
दलहरूका मञ्चमा कलाकारहरूको भीड लाग्थ्यो। साम्पाङका लागि भने चुनावी गीत गाइदिने अर्को गायक पनि थिएन। त्यसैले आफ्नै अटोमा जडित माइकमा गितार बजाएर उनी आफैं गीत गाउँथे। भाषण आफैं गर्थे। दलहरूका लागि चुनावी घोषणापत्र लेख्ने विज्ञहरूको टिम थियो। उनले आफ्नो प्रतिबद्धतापत्र आफैं लेखेका थिए, त्यो पनि बुँदागत रूपमा मात्रै।
अन्तत उनको विद्रोहको बोलीमा धराने जनताले पनि लोली मिसाइदिएका छन् र भारी मतान्तरले उनी आगामी पाँच बर्षका लागी धरान उपमहानगरपालिकाको मयेर बनेका छन् । उनी माथी जनताले गरेका आशाको चुली जती छ त्यतीनै उनीमाथी चुनौतीको पहाड पनि अगाडी ठडिएको छ । आफुले खोजेको बाटोमा जनताले राजेर पठाइदिए पछि अर्को चुनौतीपुर्ण यात्राको सुरुवाता साम्पाङले गर्दैछन् ।
मेयरका रुपमा राज्यले दिने तलब भत्ता लिने तर त्यसभन्दा बढि एक रुपैँया पनि हिनामिना गरेको प्रमाणित गरेका एकहप्तामा राजिनामा दिएर कहिल्यै नफर्कने गरि धरान छोड्ने सार्वजनिक कसम खाएका साम्पाङको सफलता या असफलतालाई धरानले मात्रै होइन सिंगो मुलकले नजिकबाट चिहाइरहने छ ।
खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह
एनआईसी एसिया बैंकले आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी...
विघटित नेकपा एसका नेता कार्यकर्ता धमाधम एमालेमा फर्किँदै
एमालेको ‘घर फर्क राष्ट्रिय अभियान’ अन्तर्गत विघटित नेकपा एकीकृत समाजवादी (एस) का केन्द्रीय तहका नेताहरूसहित ५० जना मूलघर फर्किएका छन् । पूर्व केन्द्रीय परिषद् सदस्य एवं नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय...
बक्यौता नतिर्ने २५ उद्योगको प्राधिकरणले काट्यो लाइन
पटक–पटक ताकेता गर्दा पनि बक्यौता तिर्न अटेर गर्दै आएका २५ निजी उद्योगमा विद्युत् प्राधिकरणले लाइन काटेको छ । पछिल्लोपटक १२ असोजमा २१ कार्यदिन (बिदाबाहेक)को अल्टिमेटम दिँदा पनि सम्पर्कमै नआएपछि...
भदौ २४ मा राष्ट्रपतिले लिएका थिए ‘सहिद’ हुन तयार रहेको अडान
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानभन्दा बाहिर नजाने अडान लिँदै प्रतिनिधि सभा तत्काल विघटन गर्ने दबाब अस्वीकार गरेको बताएका छन्। पौडेलले प्रतिनिधि सभा पहिले नै विघटन गर्ने माग पेश हुँदा आफूले...
समावेशी राष्ट्रका लागि संविधान सुधार, तर विखण्डनको प्रयास अस्वीकार्य: खस संघ
जनता समाजवादी पार्टी अन्तर्गतको समाजवादी खस संघले संविधान सुधारको पक्षमा स्पष्ट समर्थन जनाउँदै पछिल्लो समय देखिएका जातीय विभेदपूर्ण अभिव्यक्तिहरूप्रति कडा आपत्ति जनाएको छ। मधेस प्रदेशका जसपा अध्यक्ष अशोक यादवका “खस...
७ सयले घट्यो सुन
सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको सुन आज १ लाख ७३ हजार ८ सय रुपैयाँमा झरेको...
युवा संघ मण्डनदेउपुरले चैत्र ३० गते दोस्रो अधिबेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम गर्ने
रास्ट्रीय युवा संघ नेपाल मण्डनदेउपुर नगर कमिटिको दोस्रो अधिबेशन यहि चैत्र ३० गते कुन्ताबेशिमा भब्य रुपमा गर्ने भएको छ,युवा संघ जिल्ला कमिटिको निर्देशन बमोजिम अधिबेशन गर्न लागिएको नगर अध्यक्ष...
ह्वात्तै घट्यो सुनको मुल्य
स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ९०० घटेर रु १,७४,१०० कायम भएको छ, जबकि चाँदी तोलामा रु १५ घटेर रु १,९८० पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३,०२२ अमेरिकी डलरमा...
एक तोला सुनको मुल्य एक लाख ७५ हजार २००
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । हिजो सोमबार प्रतितोला रु एक लाख ७४ हजार १०० मा कारोबार भएको सुन आज तोलामा एक हजार १०० ले बढेर एक लाख...
बेन्फिकालाइ बिदा गर्दै बार्सिलोना क्वाटरफाइनलमा
बार्सिलोना बेन्फिकालाई ३-१ ले हराउँदै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। लामिन यामाल र राफिन्हा दुवैले गोल गर्दै टोलीलाई जित दिलाए। यामालले २९ औं मिनेटमा र राफिन्हाले 14,42 औं...
तिन दिनमै पाँच हजार सात सय रूपैयाँले बढ्यो सुनको मुल्य
मंगलबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ । मंगलबार सुनको भाउ प्रतितोला एक हजार नौ सय रूपैयाँ, बुधबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ र...
साम्बापछि अञ्जिला बनिन् युरोपमा खेल्ने दोस्रो नेपाली फुटबलर , ग्रिसको क्लबमा अनुबन्धित
नेपाल राष्ट्रिय महिला फुटबल टीमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा युरोपमा व्यवसायिक फुटबल खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी छिन्। उनले ग्रिसको माथिल्लो डिभिजन क्लब निस अट्रोमिटौबाट डेब्यु गरेकी छिन्। यसअघि भारत...
युनाइटेड र टोटेनह्याम पराजित
आइतबारको प्रिमियर लिग खेलमा टोटेनह्याम एभर्टनसँग ३-२ ले पराजित भएको छ, जहाँ एभर्टनले पहिलो हाफमै ३ गोल गरेपछि टोटेनह्यामको दोस्रो हाफको २ गोलले हार टार्न सकेन। अर्को खेलमा म्यानचेस्टर युनाइटेड...
सूर्यदर्शन सहकारी प्रकरण :आजै आदेश आउन सक्ने भएकाले अदालत आसपास सुरक्षा व्यवस्था कडा
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (बिहीबार) थुनछेक आदेश आउने सम्भावना छ। कास्की जिल्ला अदालतमा न्यायाधीश नितिज राईको इजलासमा प्रतिवादीतर्फको अन्तिम बहस भइरहेको छ। ४४ जना प्रतिवादीमध्ये सातजना अदालतमा उपस्थित...
प्रधानमन्त्रि अमेरिका पुगेर फर्किँदा ४ करोड २९ लाख सक्कियो
प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणमा ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्र संघको मूख्यालयमा आयोजित ७९ औं...
‘बामदेबको दुबै हातमा लड्डु’
राष्ट्रिय सभा सदस्य वामदेव गौतम एमाले फर्कने कि एकीकृत समाजवादीमा जाने भन्ने दोधारमा छन् । गौतमलाई भेट्नकोलागि पूर्व प्रधानमन्त्री माधब नेपाल आज गौतम निवास भैंसेपाटी पुगेका थिए । उनीहरुबीच लामै...
‘कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैन’
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कसैले चाहेर पनि वर्तमान सरकार नढल्ने दाबि गरेका छन् । ‘अहिलेको सरकार संसदका ठूला दुई दलको बलियो सरकार हो, यो दुई दलले नचाहँदासम्म कसैले चाहेर...
‘कांग्रेस-एमाले गठबन्धन सरकारलाई कसैले ढाल्न सक्दैन’
पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले बर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार कसैले पनि ढाल्न नसक्ने बताएका छन् । उनले कांग्रेस–एमालेले आफ्नो गल्ती, कमीकमजोरी ढाकछोप गर्न वर्तमान सरकार बनाएकाले यसले निरन्तरता पाउने बताएका हुन्...
‘लोकतन्त्रमाथि ‘कू’ भएको दिन’
विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेएका तत्कालीन प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन...
‘म प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थाल्यो’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थालिसकेको दाबी गरेका छन् । उनले भने, ‘देशको अप्ठेरो बुझेर इतिहास बोकेको जिम्मेवार राजनीतिक दलहरु कांग्रेस र एमाले मिलेर सरकार...