Otv Nepal आइतबार, भाद्र २८ २०८३

माधव नेपाललाई ठूलो आपत पार्टी फुटाउन २० प्रतिशत पनि नपुगे पछी छट्पटी

  • otv nepal

    बुधबार, भाद्र २ २०७८
  • नेकपा एमाले विभाजन गराउँनैका लागी परमादेश बाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको छ । माधव नेपालका लागी ल्याएको अध्यादेश माधव नेपालकै लागी अप्ठेरो पर्दै गएको छ ।

    संसदीय दल वा केन्द्रिय कमिटीमा २० प्रतिशत भए दल विभाजन गर्न पुग्ने गरी अध्यादेश ल्याए पनि माधव नेपालले २० प्रतिशत पनि पुर्याउन नसक्ने अवस्था आएपछि माधव नेपाललाई ठूलो आपत परेको छ । माधव नेपालकै विशेष अनुरोधमा देउवा सरकारले यस्तो अध्यादेश ल्याएको हो । तर माधव नेपाललाई नै पार्टी फुटाउन आवश्यक पर्ने संख्या पुर्याउन हम्मे हम्मे परेको वुझिएको छ ।

    यस अघि माधव नेपाललाई दरो साथ दिँदै आएका अधिकांश प्रभावशाली नेताहरुले पार्टी विभाजन भएको अवस्थामा माधव नेपाललाई साथ नदिने स्पष्ट पारिसेका छन् । पार्टी भित्रको अन्तरसघर्षमा साथ दिने तर पार्टी विभाजननै गर्ने अवस्थामा एमाललेमै रहको उनीहरुले बताएका छन् ।

    ८० जना केन्द्रीय सदस्यहरुले पार्टी फुटाउनु गलत भएको भन्दै माधव नेपालको साथ छोडेका हुन् । एमालेको नवौँ महाविधेशनका माधव नेपाल प्यानलबाट १०२ जना विजयी भएका थिए । विजयी मध्ये केहीको मृत्यु भएको छ भने केही पार्टी फुटाएर नयाँ बनाउन पर्ने अडानमा छन् ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेपछि १६ जना केन्द्रीय सदस्यले नयाँ पार्टी तत्काल दर्ता गर्न नेपाललाई दवा दिइरहेका छन् । अब एमाले एकता सम्भव नभएकाले जो जति हुन्छौँ अध्यादेश जारी हुने विक्तिकै नयाँ दल दर्ता गर्नपर्छ भन्ने १६ जनाको एकमत छ ।

    ओलीले पार्टी एकताको ढोका बन्द गरे नयाँ दल बनाउनुपर्छ भन्नेमा झलनाथ खनाल, वामदेव गौतम, मुकुन्द न्यौपाने, वेदुराम भुसाल, रघुजी पन्त, जगन्नाथ खतिवडा, विरोध खतिवडा, श्रीमाया थकाली, रामकुमारी झाँक्री, प्रकाश ज्वाला, पर्शुराम मेघी गुरुङ, राजेन्द्र पाण्डे, विजय पौडेल, जयन्ती राई, रामप्रित पासवानलगायतको पंक्ति छ।

    नयाँ दल दर्ताका लागि विधान, राजनीतिक प्रतिवेदन, तथा नामसमेत तय भइसकेको स्रोतले जनाएको छ। ‘केपी ओलीमा सुधार आउने संकेत देखिएन। नयाँ दल दर्ताको तयारी छ। नेता कार्यकर्तालाई बेवारिसे अवस्थामा राख्न सकिँदैन’, नेपाल पक्षका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने, ‘विधान, राजनीतिक प्रतिवेदन सबै तयारी अवस्थामा छ।’

    ओलीले पार्टीमा एकताको ढोका बन्द गरेपछि नयाँ दल दर्ता गर्नुको विकल्प नभएको नेपाल पक्षका नेताहरूको भनाइ छ। पार्टी विभाजन रोक्न मंगलबार साँझ ३० जना केन्द्रीय सदस्यले आन्तरिक छलफल गरे। नेता नेपाल पनि ओली एकताका लागि तयार भए दल विभाजन गर्ने पक्षमा छैनन्।

    तर ओलीले पेलेर जाने संकेत गरेपछि उनी नयाँ दल दर्ताको तयारीमा लागेका हुन्। ‘ओलीले अन्याय गर्दैनन्, सबै साथीलाई न्यायपूर्ण भावनाले हेर्छन् भने पार्टी विभाजन हुँदैन तर त्यसको ग्यारेन्टी उनले दिन सक्दैनन्’, नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो।

    नेपाल पक्षका केन्द्रीय सदस्यहरू टंक कार्की, अरूण नेपाल, सुरेन्द्र मानन्धर, ठाकुर गैरे, रविन कोइराला, भानुभक्त जोशी, ममता गिरी, जीवन घिमिरे, निरज आचार्य, माधव अर्याल, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, पवित्रा निरौला खरेल, राजबहादुर बुढा, जयबहादुर राई, चन्द्रबहादुर शाही, नारायण खतिवडालगायत नेताहरूले पार्टीलाई विभाजन हुनबाट रोक्न पहल गरिरहेका छन्। ‘पार्टी विभाजन गर्नहुन्न भन्ने हाम्रो मत रहेको छ तर यो खतरा झन् बढ्दै गएको छ’, छलफलमा सहभागी केन्द्रीय सदस्य सुनुवारले भने।

    उनीहरू राति अबेरसम्म छलफलमा जुटेका थिए। त्यस्तै, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, अमृत बोहोरा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गोकर्ण बिष्ट, भीम आचार्य, हरि राई, प्रतापलाल श्रेष्ठ, गरिमा शाह, सोमप्रसाद पाण्डे, झपट रावल पनि पार्टी विभाजन गर्नहुन्न भन्ने पक्षमा छन्। उनीहरू पार्टी विभाजन भए ओलीतिर बस्ने कि नेपालतिर लाग्ने भन्ने दोधारमा छन्। सरकारले राजनीतिक दल विभाजन गर्न सहज हुनेगरी अध्यादेश सिफारिस गरेको भन्दै बिष्ट, भट्टराई र भट्टले विरोध गरेका थिए ।

    वरिष्ठ नेता नेपालले मंगलबार दिउँसो अध्यक्ष ओलीले नै एकताको ढोका बन्द गरेको भन्दै अब पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको बताएका थिए। आफ्नो समूहसम्बद्ध जनवर्गीय संगठनहरूको भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेता नेपालले आफूहरूले एकताका लागि अन्तिमसम्म पहल गरेको भए पनि ओली सच्चिने सम्भावना नभएकाले नयाँ दल बनाउनुको विकल्प नभएको बताए।

    पार्टी उपमहासचिव घनश्याम भुसालले एकताका लागि अन्तिम पहल गर्ने भनेको र त्यसमा आफूले सहमति दिएको नेपालले बताए। तर सहमति नभएको नेपालको भनाई छ । माधब नेपालको नयाँ दल आज दर्ता हुने । दर्ता हुने पार्टीको नाम नेकपा समाजवादी केन्द्र राखिएको छ भने चुनाव चिन्ह किताव रहेको छ ।

    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, भाद्र १७ २०८३

    विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ

    विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...

    प्रकाशित: बुधबार, भाद्र १० २०८३

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो १० निर्णय

    सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

    सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स

    रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend