Otv Nepal शुक्रबार, साउन १५ २०८३

निरन्तर नोक्सानले भरिएको एमालेको एक बर्ष

  • otv nepal

    बुधबार, असार २९ २०७९
  • एमालेले भनेको परमादेश सरकार प्रतिनिधिसभाका १४६ सांसदको माग हो । ७ जेठ ०७८ को मध्यरात प्रधानमन्त्रीको हैसियतमा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र माधव नेपालसहित सांसदहरुले परमादेशको माग गरेका थिए । ती सांसदहरुको मागदावी बमोजिम २८ असार ०७८ मा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले आदेश दियो ।

    ५ पुस ०७७ मा पहिलोपटक प्रतिनिधिसभा विघटन गर्ने निर्णय हुँदा भने पुनस्र्थापनाको मात्रै माग थियो । तर प्रतिनिधिसभा विघटन गरिएकै दिन भएको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को विभाजनले वैधानिकता नपाउँदा ओली नै प्रधानमन्त्री कायम रहे । २३ फागुन ०७७ मा अदालतले माग दावी नै नभएको फैसला सुनाउँदै नेकपाको एकता प्रक्रिया भंग गरिदियो । यसले राष्ट्रिय राजनीतिक थप संकटतर्फ धकेल्यो ।

    पुनस्र्थापित एमालेभित्र एकता हुन सकेन भने ओलीलाई माओवादी केन्द्रले प्रधानमन्त्रीमा समर्थन दिएन । बरू, ओली आफै २७ वैशाख ०७८ मा विश्वासको मत लिन अगाडि बढे, एमालेकै २८ सांसद अनुपस्थित हुँदा विश्वासको मत पाउन सकेनन् ।

    यसको तीन दिनपछि ओली ठूलो दलका नेताका हैसियतमा तेस्रोपटक प्रधानमन्त्री नियुक्त भए । तर विश्वासको मत नलिइ ओलीले प्रधानमन्त्रीको रहर पुगेकाले वैकल्पिक सरकार निर्माणका निम्ति मार्गप्रशस्त गर्ने घोषणा गरे । त्यसैदिन, देउवाको समर्थनमा १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाइएपछि भने ओलीले पनि दावी गरे ।

    तर राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैलाई प्रधानमन्त्री नियुक्त नगरेपछि ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटनको निर्णय गरे । यो निर्णयपछि शुरू भएको एमालेको क्षति अहिलेसम्म रोकिएको छैन । ओली सत्ताबाट हट्नु अगाडि नै गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट पृथ्वीसुब्बा गुरुङ बाहिरिएका थिए । प्रदेशसभामा एमाले सवैभन्दा ठूलो दल भएपनि २९ जेठ ०७८ मा माओवादी केन्द्र, जसपा, जनमोर्चा र एक स्वतन्त्र सांसदको समर्थनमा कांग्रेस नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बने ।

    संघीय सरकारको नेतृत्व देउवाले लिएपछि २८ साउन ०७८ मा लुम्बिनी प्रदेशमा एमाले इतरको सरकार बन्यो । यो प्रदेशमा पनि एमाले नै ठूलो दल हो । तर शंकर पोखरेलले बहुमत गुमाएपछि माओवादी केन्द्रका नेता कुलबहादुर केसी मुख्यमन्त्री बने ।

    एमाले विवादकै कारण कणरली प्रदेशका मुख्यमन्त्रीमा माओवादी नेता महेन्द्रबहादुर शाहीले बहुमत कायमै जोगाए । यो प्रदेशमा पनि ठूलो दल हुँदाहुँदै एमाले प्रतिपक्षी बन्यो । कणरलीकै जस्तो नियति सूदुरपश्चिममा पनि देखियो । ठूलो दल एमाले भएपनि माओवादी केन्द्रका त्रिलोचन भट्ट नै मुख्यमन्त्रीमा रहिरहे । मधेश प्रदेशमा पहिलेबाटै एमाले विपक्षी दल हो ।

    २ भदौमा एमालेकै एकता नजोगिएपछि भने संघ र सातै प्रदेशमा विपक्षी दल बन्न पुग्यो । प्रदेश(१ मा एमालेबाट अलग भएका राजेन्द्र राई १६ कात्तिक ०७८ र बागमतीमा राजेन्द्र पाण्डे ११ कात्तिक ०७८ मा मुख्यमन्त्री बने । तर एमाले भने प्रतिनिधिसभा विघटन गर्ने निर्णय सही भएको र परमादेश गलत भएको दावीमै अडिग रहृयो । ‘अदालतले फैसला गरिसकेपछि हाम्रो नीति बदल्न सकिन्थ्यो । तर त्यसो नगर्दा गठबन्धनकै कारण पार्टीलाई नोक्सान पुगिरहृयो’, एमालेका एक केन्द्रीय सदस्य भन्छन् ।

    नेकपाको एकता नजोगिए पनि एमाले एकताबद्ध राख्न सक्दा अहिले जति क्षति नपुग्न सक्ने अवस्था बन्ने ती नेता बताउँछन् । माधव नेपालसहित २४ प्रतिनिधिसभा सदस्य, आठ राष्ट्रियसभा सदस्य, ५३ प्रदेशसभा सदस्य र ५५ पार्टी केन्द्रीय कमिटी सदस्य एमालेबाट अलग भएका थिए । यसका लागि प्रधानमन्त्री देउवाले केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत पुगेपनि दल विभाजन गर्न सकिने अध्यादेश ल्याइदिए । ‘राजनीतिक रुपमा एमाले पहिलोपटक संसद भंग गर्दा नै फुटेको थियो । त्यसलाई राजनीतिक तरिकाले जोड्ने ठाउँ हुँदाहुँदा पनि पार्टी विभाजित भयो’, एक स्थायी कमिटी सदस्य भन्छन् । अध्यादेश ल्याएर एमाले फुटाउँदा मात्रै नभएर त्यसपछिका कुनैपनि राजनीतिक निर्णयमा एमाले निष्प्रभावी रहृयो ।

    संसद अवरोधमा पनि आंशिक मात्रै प्रभाव देखियो । एमालेको नाराबाजी बीच नै चालु आर्थिक वर्षको बजेट संशोधनसहित पारित भयो । अध्यक्ष ओली स्वयमले एमालेको अवरोधले सरकारको निर्णय रोक्न नसकेको बताउँदै आएका छन् । एमालेको नाराबाजीले विवादित परियोजना एमसीसी अनुमोदन गर्न नै सजिलो भयो । सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्दा एमाले अनिर्णयमै बस्यो ।

    संसद अवरोधको एकसूत्रीय अडानमा एमाले बस्दा प्रधानमन्त्री देउवाले गरेका गलत निर्णयहरुमा औपचारिक छलफल समेत हुन सकेन । प्रधानन्यायाधीशलाई मन्त्री कोटा दिने, गैरसांसद मन्त्री हुने, नेताका नातेदार संवैधानिक नियुक्ति हुने जस्ता निर्णयमा प्रधानमन्त्रीले संसदमा उभिएर जवाफ दिनु परेन ।

    बरू एमालेलाई चुनौती दिँदै गएको १ फागुनमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्तारुढ गठबन्धनका सांसदहरुले महाभियोग लगाए । अध्यक्ष ओलीले जबरालाई महाअभियोग लगाए प्रतिनिधिसभा पुनस्र्थापना गर्ने बाँकी न्यायाधीशहरुलाई पनि काउण्टर महाअभियोगको चेतावनी दिएका थिए । तर अध्यक्ष ओली भने आफूले चाहे गठबन्धन तत्काल भत्काएर नयाँ सरकार बनाउने अभिव्यक्तिमै सीमित छन् ।

    जबकि गठबन्धनकै कारणले एमालेले संघ र प्रदेशको सत्ता मात्रै नभएर राष्ट्रियसभा र स्थानीय चुनावमा समेत पराजय बेहोर्‍यो । १९ पदका लागि गएको १२ माघमा सम्पन्न राष्ट्रियसभा चुनावमा एमालेले एक पद मात्रै जितेको थियो । यसको बिपरीत प्रधानमन्त्री देउवा भने कतिपय संविधान विरोधी निर्णय लिएर समेत आफूलाई विश्वासको मत दिने १६५ सांसदलाई एकताबद्ध राख्न सफल छन् । एमसीसी र स्थानीय चुनावका बेला समेत गठबन्धन जोगाएका प्रधानमन्त्री देउवा आगामी संघ र प्रदेशको चुनावसम्म सँगै जाने योजनामा छन् ।

    सम्बन्धित समाचार
    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह

    एनआईसी एसिया बैंकले आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ ।​ बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल

    गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान

        नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend