Otv Nepal सोमबार, भाद्र २९ २०८३

श्रीमतीको गुँडनै थुपार्न थाले पछि सुदुरपश्चिममा एमाले नेताको बदनामी

  • otv nepal

    बुधबार, भाद्र ९ २०७८
  • दुईतिहाइ बहुमतसहितको सरकारलाई घ्याम्पो फोडेजस्तै फोडेर बालुवाटारबाट बालकोट पुगेका केपी शर्मा ओलीले एमालेलाई पनि एकजुट हुन दिएका छैनन् । अझै संसद्मा उल्टै दुईतिहाइ ल्याउने घमण्ड गर्दैछन् । पार्टी विभाजनको असरले जिल्ला, गाउँ तहसम्मै फुट ल्याएको छ । माधव नेपाल समूह छुट्टिएर हिँडेपछि नेकपा एमालेले सुरु गरेको स्थानीय तथा जिल्ला कमिटीहरुको पुर्नगठन अभियान पनि कमजोर बन्दै गएको छ ।

    पुरानो कमिटीहरुलाई पूर्णता दिने नाममा एमाले कैलालीले बाटोमा हिडिरहेका मान्छेलाई समात्दै जिल्ला सदस्य बनाएको आरोप खेप्नु परेको छ । यो भन्दा दयनीय अवस्था अरु के हुनसक्छ रु

    गत बुधबार बसेको जिल्ला कमिटीको बैठकमा कमिटीलाई पूर्णता दिनेक्रममा कोरम नै पुगेन। कोरम नपुगेपछि पार्टीका सामान्य कार्यकर्तालाई घर–घरबाट बोलाएर जिल्ला कमिटीमा राखेको नयाँ मनोनित एक जिल्ला सदस्यले दृष्टिलाई बताए ।

    उनले दृष्टिसँग भने, ‘सुरुमा केही नेताहरुले आफू निकटकालाई जिल्ला कमिटीमा राखे । त्यतिले पनि कमिटी पूर्ण नहुने भएपछि हामीलाई पनि बोलाएर कमिटीमा राखे ।’ घर–घरदेखि बोलाएर कमिटीमा राख्दा पनि कमिटीले पूर्णता नपाएपछि झोलामा माइन्युट हालेर जिल्ला सचिव दान बहादुर विश्वकर्मा कुदिरहेका छन् । पार्टी फुटको असरले कैलाली एमाले आक्रान्त बनेको छ । तर, केन्द्रमा ओलीको चुरीफुरी अझै बढ्दो छ ।

    एमाले उपाध्यक्ष भीम रावल मौन बसेकाले पनि कैलाली जिल्लामा ठूलो संख्यामा नेता कार्यकर्ताहरु अन्यौलमा छ्न् । कैलाली एमालेका कमिटीहरुमा ७५ प्रतिशत भीम रावलको पक्षमा रहेको बताइएको छ । नेता रावल मौन बसेको बेला ओली पक्षले हतारमा कमिटी पुर्नगठन गर्न थालेपछि जिल्ला कमिटी विवादित बनेको हो ।

    जिल्ला कमिटीले पूर्णता नपाएपछि माओवादीले एकलैटी कब्जा गर्न खोजेको आरोप एमालेले लगाउन थालेको छ । लेखराज भट्ट एमालेमा प्रवेश गरेपछि माओवादीहरुले भट्टको साथ छोडेका छन् भने एमालेले उनलाई पत्याएको छैन । जसका कारण माओवादी छाडेकोमा भट्ट पछुताएका छन् ।

    बहुपत्नीको आरोप

    प्रदेश इन्चार्ज लेखराज भट्ट, सहइन्चार्ज नारदमुनि राना अध्यक्ष कर्ण थापादेखि जिल्ला अध्यक्ष रतन थापासम्मलाई बहुपत्नीको प्रश्नको सामना गर्नु परिरहेको छ । उनीहरु भन्दा तलका नेता–कार्यकर्ता पनि बदनाम हुँदै आएको छ ।

    भट्टले त २०७२ सालमा ५७ वर्षको उमेरमा ताप्लेजुङकी ३० वर्षीय युवती विष्णु आचार्यसँग गोप्य रुपमा दोस्रो विवाह गरेका थिए भनिन्छ । उक्त विवाहपछि पार्टीमा भट्टको चर्को आलोचना भएको थियो । माओवादीबाट पटक–पटक मन्त्री भएका भट्टमाथि राज्य शक्तिको दुरुपयोग गरेर अकूत सम्पत्ति कमाएको आरोप लाग्ने गरेको छ । पछिल्लोपटक उद्योगमन्त्री हुँदा पनि मदिरा व्यवसायी, एनसेल, सुपारी तस्करहरुबाट करोडौं रकम उठाएको आरोप छ ।

    त्यसैगरी प्रदेश सहइन्चार्ज नारदमुनी राना पनि बहुविवाहमा मुछिएका नेता हुन् । कान्छिलाई आफूसँगै डुलाउने र जेठीलाई चुलाचौकामा थन्काएको भन्दै रानाको आलोचना हुने गरेको छ । २० लाख रुपैयाँमा रातो पासपोर्ट बेचेको विषयमा रानामाथि सर्वोच्च अदालतमा विचाराधिन मुद्दा छ ।

    कर्ण थापाकी जेठी श्रीमती बाजुरामा घाँस दाउरा गरेर दिन बिताइरहेकी छन् भने, यता कमला ओली काका केपीको कृपाले आधा करोडको गाडी र लाख बढी तलब सुविधासहित सूचना आयोगमा माननीय सदस्यको रुपमा नियुक्ति खाइरहेकी छन् ।

    यस्तै जिल्ला अध्यक्ष रतन थापा पनि दुई स्वास्नी स्याहार्ने नेता तथा प्रदेश सांसद हुन् । कान्छी स्वास्नी टीका लम्कि चुहा नगरपालीकाको उप मेयर छन् ।

    मदिराको तालमा रहेको अवस्थामा गत वर्ष एक महिलासँगको कैलालीका अध्यक्ष दिर्घ सोडारीको अडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त प्रकरणमा ओलीले उनलाई निलम्बन गरेका थिए । सोडारीको निलम्बनपछि रतन थापा अध्यक्ष भए ।

    केही समयपछि थापाको पनि महिलासंगको आपत्तिजनक संवाद अडियोका रुपमा भाइरल भयो । तर, थापालाई कुनै कार्वाही भएन । एउटै प्रकृतिका मुद्दामा सोडारीलाई पेलेको र थापालाई जोगाएको भन्दै रावल पक्षले तीव्र आलोचना गरेको थियो । सोडारी रावल पक्षधर हुन् ।

    यसरी पार्टी टुक्राटुक्रा भएका बेला सुदूरपश्चिममा हतारले बदनाम भएका नेताहरुबाट ओली नेतृत्वको एमालेको संगठन निर्माण कतिको प्रभावकारी होला रु र, आगामी निर्वाचनमा जनताले कसरी पत्याउलान भनेर सुदूरपश्चिमका इमान्दार र स्वच्छ छवि भएका कार्यकर्ताहरु चिन्तित देखिएका छ्न् । गत आम निर्वाचनमा माओवादीसँग चुनावी एकता गरेपछि संघ, प्रदेश र स्थानीय निकायमा भोटको भेल बगेको थियो । अब नेकपा तीन टुक्रामा विभाजित भएपछि आगामी निर्वाचनमा ओली गुटले सुदूरपश्चिममा धुलो चाट्नुपर्ने देखिन्छ । सुदूरपश्चिमका जनताले यो सबैको दोष ओलीमाथि थोपरेका छन् ।

    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, भाद्र १७ २०८३

    विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ

    विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...

    प्रकाशित: बुधबार, भाद्र १० २०८३

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो १० निर्णय

    सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

    सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स

    रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend