नेपाली काग्रेसका सभापती शेरबहादुर देउवा देखी शीर्ष तहका नेताहरुले चुनावी मसलाका लागी मात्रै हिन्दु धर्मको एजेण्डा बोके जस्तो गरि हिन्दु धर्म माथी नै मजाक गरिरहेका छन् ।
कुनै आन्दोलको एजेण्डा विनानै २०६३ साल जेठ ४ गते नेपाललाई संसद बाट हिन्दुराज्य हटाउँदै धर्मनिरपेक्ष मुलुक घोषणा गरिएको थियो जुन कामको नेतृत्व स्वयंम त्यसबेलाका प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापती गिरीजाप्रसाद कोइरालाले गरेका थिए ।
नेपालमा हिन्दुराष्ट्र हुन पर्छ भन्ने मत निकै बलियो छ काग्रेस भित्र त हिन्दु राष्ट्र बनाउँनु पर्छ भन्ने मत जबर्जस्त दिनानु दिन बढ्दै गइरहको छ । मनले कट्टर हिन्दु विराधी काग्रेसी नेताहरु पनि चुनावी फण्डाका लागी हिन्दुराष्ट्र चाहेको जस्तो गरि फण्डा गरिरहेका छन् ।
चुनाव कन्द्रित मसलाका लागी मात्रै काग्रेस नेताहरुले हिन्दु धर्मको मजाक गरेको भन्दै विरोध सुर भएको छ । यस मामलामा प्रधानमन्त्री शेरबहादुर देउवा देखी शसांक कोइराला हुँदै विमलेन्द्र निधी सम्म थपिएका छन् । हिन्दु धर्मको नाम सम्म सुन्न नचाहने निधी अहिले मन्दिर मन्दिर धाउने र पुजारीको आर्शिवाद लिने काम गरिरहेका छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केही वर्षयता यज्ञ र पूजामा समय बढी खर्चिएका छन् । बुढानिलकण्ठमै उनले यज्ञ आयोजना गरे । त्यसपछि विशेष पूजा पनि चल्दै आएको छ ।
देउवा हिन्दु धर्मप्रति आस्था राख्छन् भन्ने सन्देश दिने गरी आरजु देउवाले तस्बिर पनि सार्वजनिक गरिरहन्छिन् । तस्बिरमा गेरु वस्त्रमा फूलमाला लगाएका देउवा देखिन्छन् । त्यसो त हिन्दुत्वको मुद्दा बोकेको भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई रक्षाबन्धनका दिन आरजु देउवाले बालुवाटारमा राखी बाँधेर स्वागत गरिन् ।
आज नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले विहानै शक्तिपीठका पूजारीहरुबाट आशिष लिए । पशुपतिनाथ, जानकी, डोलेश्वरलगायत शक्तिपीठका गुरुहरुको आशिष लिएर बानेश्वरमा सम्पर्क कार्यालय सुरु गरेका छन् । काँग्रेस महाधिवेशनमा सभापतिका दाबेदार निधि पछिल्लो समय हिन्दु धर्मप्रति आस्थावान रहेको सन्देश दिइरहेका छन् ।
विगतमा धर्मनीरपेक्षको पक्षमा जोडतोडले बोल्दा भक्तपुरमा आफ्नै कार्यकर्ताले निधिलाई घेरेका थिए । त्यसपछि धर्मनीरपेक्षबारे उनी बोल्न कम गरेका छन् । पछिल्लो समय उनको यु टर्न देखिएको छ । निधिले चौथाइवालेसँग भेटेपछि धेरै व्यवहार परिवर्तन हुन थालेको छ ।
काँग्रेस महामन्त्री डा। सशांक कोइरालाले हिन्दु राष्ट्रको पक्षमा विगतमा बोलेका थिए । तर, अहिले उनी केही फरक भएका छन् । विगतमा कोइरालाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेको तस्बिर सार्वजनिक भएको थियो । हिन्दुत्वमा आस्था राख्ने धर्मगुरु योगीसँगको भेट अर्थपूर्ण थियो ।
काँग्रेस केन्द्रीय सदस्य डा। शेखर कोइरालाले पनि धर्मको मुद्दा बेला बेलामा उठाउने गरेका छन् । प्रकाशमान सिंहले पनि दक्षिणकाली मन्दिरको विशेष पूजा गरेको तस्बिर सार्वजनिक भएको थियो । यसरी काँग्रेस नेताहरु महाधिवेशन नजिकिदै गर्दा धर्मप्रति आस्थाको सन्देश दिइरहेका छन् । उनीहरुले हिन्दुत्वको मुद्दाप्रति सकारात्मक रहेको सन्देश पनि दिन खोजेको देखिदैछ ।
काँग्रेसभित्र हिन्दुत्वका पक्षधर कार्यकर्ताको संख्या उल्लेख्य छ । विगतमा बहुमत महाधिवेशन प्रतिनिधिले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर नै गरेका थिए । हिन्दुत्वको पक्षधर कार्यकर्ता ठूलो संख्यामा रहेकाले उनीहरुको साथ लिन पनि नेताहरुले सन्देश दिइरहेका छन् । अर्कोतर्फ, भारतमा भारतीय जनता पार्टी सत्तामा रहेकाले नेताहरुले साथ पाउन खोजेको देखिदैछ । त्यसका लागि पनि हिन्दुत्वप्रति सकारात्मक रहेको सन्देश दिन खोजिरहेका छन् ।
काँग्रेसका हस्तीहरुले भगवानप्रति भरोसा बढेको सन्देश प्रवाह भइरहेको छ । धार्मिक गतिविधिमार्फत् राजनीतिक ऊर्जा हासिल गर्न खोजिरहेको देखिन्छ ।
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...
उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...
चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...
डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...
सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...