Otv Nepal आइतबार, भाद्र २८ २०८३

‘खगेन्द्र संग्रौलाले स्विकारे चावहिलको भट्टीमाा जाँड खाने बुद्धिजिवी मै हुँ

  • otv nepal

    सोमबार, साउन ११ २०७८
  • लेखक तथा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले घुमाउँरो भाषामा चावहिलको भट्टीमा जाँड रक्सी खाने बुद्धिजीवी आफूनै भएको स्विकार गरेका छन् । नेकपा एमालेका नेता महेश वस्तेतले आफूलाई धम्काएको भन्दै संग्रौलाले सामाजिक संजाल मार्फत महेश बस्नेतलाई जवाफ फर्काएका छन् । केहि दिन अघि एमाले नेता बस्नेतले कसैको नाम नलिइकन बुद्धिजीवी माथी कटाक्ष गरेका थिए तर संग्रौलाले बस्नेतले आफुलाई नै भनेको हो भनेर प्रतिवाद गरेका छन् ।

    केहि दिन अघि काठमाडौंमा युथ फोर्स भ्याली कमाण्ड घोषणा कार्यक्रममा युवा संघ नेपालका इन्चार्ज समेत रहको महेश बस्नेतले बुद्धिजीवीको नाममा कुनै पार्टीको, सरकारको कठपुतली बनेर, चावेलको भट्टीमा जाँड र रक्सी खाएर हाम्रो पार्टी विरुद्ध षडयन्त्र गरेर हाम्रो सिद्धान्त, हाम्रो नेतृत्व, हाम्रा शुभचिन्तकलाई विष ओकल्ने कोही बौद्धिक अराजकतावादी शक्ति क्रियाशील भयो भने युथ फोर्सले साइबर सेनासँग मिलेर र सूचना प्रविधि प्रयोग गरेर बौद्धिक अराजकतावादीलाई ठीक पार्नेछ’ भनेर मन्तब्य दिएका थिए ।

    शनिबार बबरमहलमा युथ फोर्स भ्याली कमाण्ड घोषणा सभामा बोल्दै उनले पटक पटक विरोधीलाई ‘मुड्की’ नै काफी रहेको चर्को भाषण गर्दै संग्रौलातर्फ लक्षित गरेर धम्कीपूर्ण मन्तब्य दिएका थिए । भ्रष्टाचारीको खरो बिरोध र साइबर सेना गठनप्रति आपत्ति प्रकट गर्दै आएका संग्रौलाप्रति बस्नेतले नाम उल्लेख नगरी संग्रौलालाई तह लगाउने बताएका थिए ।

    आफ्नो पार्टीको विरुद्धमा लाग्ने काला कोटधारी, पत्रकार, नागरिक समाजको दिनगन्ती सुरु भएको समेत भाषण दिएका बस्नेतले संग्रौलाको नाम सीधै उल्लेख नगरी ‘चावेलको भट्टीमा जाँड र रक्सी खाएर विष ओकल्ने कोही बौद्धिक अराजकतावादी शक्ति’लाई तह लगाउने बताएका थिए ।

    उक्त भाषणको विषयलाई लिएर लेखक संग्रौलाले समाजिक संजालमार्फत नै जवाफ फर्काएका छन् । उनले लेखेका छन्, ‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ ।अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए।तह लाउने बदनाम गरेर,कुटेर हो कि मारेर हो यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला।धन्य ओली सर!

    लेखक तथा विश्लेषक खगेन्द्र संग्रौला सामाजिक सञ्जालमा सकृय रहन्छन्। शासक तथा राजनीतिक दलका नेताहरुलाई गाली गर्नेहरु मध्ये उनी पनि एक हुन् । उनका शब्द ‘चस्स’ विझ्ने खालका हुन्छन् ।

    हक्की स्वभाव र खरो लेखनीका कारण उनी प्रायः सवैलाई विझाउँछन् । आजै मात्रको कुरा गर्ने हो भने पनि उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्री पद वेचेको आरोप लगाएका छन्। उनले ट्वीटरमा लेखेका छन्–‘शेबदेले आफूसमेत कांग्रेसका तीन मन्त्री बनाए, सबै एकै जातका, सबै पुरूष। गण्डकी प्रदेशमा दोबाटे विकलाई मन्त्रीको वचन दिएर धोका दिई अर्कैलाई मन्त्री पद बेचे। यता संघीयमा स्वास्थ्यका व्यापारीलाई स्वास्थ्य राज्यमन्त्री बनाए। कसैका कुरा नसुनी मनपरी गर्ने मनोरोग ओलीबाट देउवामा सल्किएछ१’

    यति मात्र होईन, चर्चामा रहेका र उनले गाली गर्न छुटाएका नेता सायदै होलान्। यसैक्रममा संग्रौलालाई पनि एमाले केपी शर्मा ओली पक्षका नेता महेश वस्नेतले धम्क्याई दिए । संग्रौलाका अनुसार बस्नेतले उनलाई ‘साइबर सेना’ लगाउने धम्की दिएका छन् । यो धम्की केपी ओलीको आदेशबमोजिम आएको र यसको निन्दा गर्न जरुरी भएकोले ट्विटरमार्फत सार्वजनिक गरेको उनले बताएका छन्।

    ट्विटरमा उनले लेखेका छन्–‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ। अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए। तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर होरु यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला। धन्य ओली सर१’

    सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश गरेपछि सत्ताच्युत भएका ओलीले अहिले युवा संघको ‘लडाकु दस्ता’ युथ फोर्स ब्यूँताएका छन्। जसको नेतृत्वदायी भूमिका महेश बस्नेत नै छन्।

    युथ फोर्सको भ्याली कमाण्ड घोषणा गर्ने साउन ९ गतेको कार्यक्रममा बस्नेतले एमालेविरुद्ध लाग्ने बुद्धिजिवीलाई साइबर सेनाको सहयोग लिएर तह लगाउने चेतावनी दिएका थिए । यहि प्रसंगमा वस्नेतले आफुलाई धम्की आएको दावी गरेका छन् ।

    वस्नेतले भने आफुले खगेन्द्र संग्रौलालाई धम्की नदिएको वताएका छन् । फेसवुकमा आफनो प्रतिक्रिया सार्वजनिक गर्दै उनले धम्काउने थर्काउने आफ्नो स्वभाव नभएको बताएका छन् ।

    उनले लेखेका छन्– ‘खगेन्द्र संग्रौला बाजेले आज फेरि अर्को गफ दिएछन् । गाली शिरोमणिको उपमा पाएका बाजे अरुलाई होच्याउन र अपमान गर्न निकै सिपालु मानिन्छन् । म भक्तपुरको असल संस्कार युक्त परिवारमा हुर्केको मान्छे हुँ। राजनीतिक रुपमा पनि जेष्ठ नागरिक र अग्रजहरुको सम्मान गर्ने एमाले उक्त पार्टीका नेताहरु मनमोहन अधिकारी र केपी ओलीको अनुयायी हुँ। सेवा र आदरभावका साथ प्रस्तुत हुनु मेरो स्वभाव हो । धम्काउने थर्काउने मेरो शैली होइन ।’

    ‘जहाँ सम्म अस्ति ९ गते उपत्यका युथ फोर्स कमान्ड घोषण सभामा मैले बोलेको बिषय छ। न खगेन्द्र बाजेलाई धम्की दिएको छ। न माधव नेपाल कमरेडलाई थर्काएको छ। न तेसो गर्न आवस्यक नै छ’ उनले थपेका छन्–‘युथ फोर्सले जाई कटक नगर्नु झिकि कटक गर्नु भन्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशको फलो गर्नेछ । सहज ढंगले आफ्नो लक्षमा हिडनेछ। वाधा अडचन आइपरे मात्र हटाउनेछ। एमालेको पक्ति र जनतनसँग सत्रुता साँध्ने शक्ति वाहेक कोही त्रसित हुन अनवस्यक छैन। युथ फोर्सको गठनले असाहाय, पीडित, गरिव, देशभक्त, प्रगतिशील र जनवादी शक्ति उत्साहित भएको छ। बाँकी कन्फ्युजन हटाउन मैले बोलेको सुन्नुहोला।’

     

    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, भाद्र १७ २०८३

    विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ

    विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...

    प्रकाशित: बुधबार, भाद्र १० २०८३

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो १० निर्णय

    सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

    सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स

    रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend