नेकपा एमाले विभाजन गरेर बनेको नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल हिजो मात्रै इण्डीयाको राजधानी दिल्लीमा मृगौला प्रत्यारोपण गराएर नेपाल फर्र्किएका छन् । खनालले मृगौला मात्रै फेरेनन् पार्टी पनि फेरेर इण्डीयाबाट नेपाल फर्किएका छन् ।
उपचार गर्न दिल्ली उड्दा खनाल नेकपा एमालेको वरिष्ठ नेता रहेका थिए भने उपचार गरेर नेपाल फर्कदा उतै बाट पार्टी परित्याग गरेर नेकपा एसको वरिष्ठ नेता बनेर नेपाल फर्किएका छन् । खनाल फर्किए सँग उनको उपचार खर्चका बारेमा विभिन्न आशंका सुरु भएको छ ।
नेपाल टेक्ने वित्तीकै उनले आफ्नो उपचार खर्च व्यहोरेकोमा तत्कालिन प्रधानमन्त्री केपी ओली र वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिए । खनालले ओली र देउवालाई मात्रै धन्यवाद दिएनन् विवादास्पद व्यापारी ल्हारक्याल लामा लाई पनि धन्यवाद दिए , उपचारको क्रममा आफु सँगै बसेर हेरचाह गरेको भन्दै खनालले लामालाई सम्झीए ।
खनालको सम्पुर्ण उपचार खर्च नेपाल सरकारले गर्ने निर्णय गरेको छ । तर विवादास्पद व्यापारी लामा खनालको उपचारमा सँगै किन बसे भन्ने चासो अहिले उठको छ । खनालको सबै उपचार खर्च नै त कतै लामाले त गरेनन् ? नेपाल सरकार बाट पनि खाने लामा बाट पनि खाने दाउ त खनालले गरेनन् भन्ने आशंका सुरु भएको छ ।
यस अघि पनि हाइ प्रोफाइल नेताहरुले उपचारको बाहनामा राज्यकोष बाट मोटो रकम लिने अनि व्यापारी बाट उपचार गराउँने गरेको व्यापक हल्ला चल्ने गरेको थियो । कति सम्म भने हस्पिटलको बिल बढाएर खाने सम्मको काम नेताहरुले गर्दै आइरहेका थिए । विरामी हुने भनेको उनीहरुलाइै दशै आए जस्तै हुने सम्मको चर्चा चल्छ ।
झलनाथ खनाल आर्थिक मामलामा सँधैभरि विवादमा पर्ने नेता हुन् । सर्प पाल्न ७२ करोड लिने बेलामा होस् या उपचार खर्चका लागी राज्य कोष बाट करोडौ लिने बेलमा उनी विवादमा परिनैरहे । ल्हारक्याल लामालाई बोकेर हिँडे सँगै उनी फेरी एक पटक विवादमा परेका छन् । लामा तिनै मान्छे हुन् जसलाई खनालले आफु प्रधानमन्त्री भएका बेला अर्थराज्यमन्त्री बनाएका थिए ।
एमालेको वरिष्ठ नेताका रूपमा दिल्ली गएका खनाल मिर्गौला प्रत्यारोपण गरेर फर्किँदा नेकपा एसको वरिष्ठ नेता बनिसकेका थिए । उनले विमानस्थलमै माधव नेपालसहितका नेताहरू राखेर गरेको पत्रकार सम्मेलनमा डा ल्हारक्याल लामालाई सम्झिए ।
खनालको विज्ञप्तिमा भनिएको छ, ‘म सँगसँगै एपोलो हस्पिटल पुगेर मेरो उपचारमा विशेष सहयोग गर्नुहुने डा। ल्हारक्याललाई लामालाई पनि विशेष धन्यवाद दिन चाहान्छु ।’
खनाल पहिलोपटक दिल्लीमा उपचारका लागि जाँदा लामा एक महिना उतै बसेका थिए । दोस्रोपटक यसपाली लैजान पनि ३४ दिनसम्म उनी दिल्लीमा थिए । पछिल्लो राजनीतिक घटनाक्रमपछि उनी नेपाल फर्किएका हुन् ।
स्रोतका अनुसार खनालको उपचारको व्यवस्थापनमा सघाउन प्रचण्डले डा। लामालाई आग्रह गरेका थिए । प्रचण्डले भनेरै उनी खनालको उपचारको प्रबन्ध मिलाउन पहिले नै दिल्ली गएका थिए ।
धेरैले बिर्सिसकेका र नयाँ पुस्ताले थाहा नपाएका ल्हारक्याल लामा अहिले नेकपा माओवादी केन्द्रसँग छन् । उनी माओवादी अध्यक्ष प्रचण्डका विशेष सहयोगीमात्र होइन भित्र र बाहिरका सूचना प्रचण्डसम्म पुर्याउने र रणनीतिक महत्वका विषयमा सहल्ला दिने हैसियतमा उनी खुमलटारको किचनसम्म पहुँच राख्छन् ।
झलनाथ खनालसँग भने उनको पुरानो र विशेष सम्बन्ध छ । खनाल प्रधानमन्त्री भएका बेला डा। ल्हारक्याललाई उनले अर्थ राज्यमन्त्री बनाएका थिए । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको अन्तर्गत उनी थिए ।
उनी दोस्रो संविधानसभा निर्वाचन अगाडि एमाले छाडेर माओवादीमा प्रवेश गरे । माओवादीबाट उनी समानुपातिकतर्फ सांसद पनि भए । सांसद भएका बेला उनलाई मुद्दा मामिलामा फसाउन खोजिएको थियो । नेकपा एकीकरणका बेला उनले प्रचण्डलाई एमालेसँग एकता गर्न नहातरिन सुझाव दिएका थिए ।
डा ल्हारक्यालको तर्क थियो ‘एमाले ब्युरोक्रेटिक संरचना भएको पार्टी हो । यसमा जति गुट भए पनि एमालेको वडा तहको कार्यकर्ताले पनि माओवादीलाई नेता मान्न चाहदैनन् । गठबन्धनबाटै अघि बढौं, केपी ओलीले धोखा दिन्छन् ।’
नेकपा एकतापछि प्रायः देश र विदेश बराबर ओहोर-दोहोर गरिरहेका उनी प्रचण्डको अन्तर्राष्ट्रिय सम्बन्ध सुधार र विस्तारमा भने क्रियाशील थिए । प्रचण्डले उनलाई बुद्धलाई मान्ने कुनै देशको राजदूत बनाउन आग्रह गरे पनि ओलीले मानेका थिएनन् ।
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...