लामो समय सम्म किचलोमा गुज्रिएर दश बुँदे सहमतीको आलोकमा पुन एकताको दिशामा अघि बढेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भित्र फेरी विवाद बल्झीएको छ ।
१० बुँदे सहमती अक्षरंश कार्यान्यन नगरेको र पार्टी अध्यक्ष केपी ओली एकलौटी रुपमा पेलेर अघि बढ्न खोजेको भन्दै अर्को पक्ष सशंकित बनेको छ । ओलीले मुखले मात्र सहमती गर्ने तर व्यवहारमा पुरानै पारा ल्याएको आरोप उनीहरुको छ ।
एमाले निकट पेशागत तथा प्रगतिशील कानुन व्यवसायी संगठन ९पीपीएलए० नेपालको भोलिलाई बोलाइएको भेलाले एमाले २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको भन्ने संस्थापन पक्षको भनाईलाई गलत सावित गरिदिएको छ । पार्टी इञ्चार्ज र संस्थाका अध्यक्षको जानकारी बिना भोलि दिउँसो तुल्सीलाल स्मृति प्रतिष्ठानमा २ बजे बोलाइएको भेलाको प्रमुख अतिथि भने एमाले अध्यक्ष केपी शर्मा ओली बनाइएको छ ।
पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा पुर्याइएको भनिँदा त्यसको इञ्चार्ज नेता रघुजी पन्त छन् । पीपीएलएको अध्यक्ष रुद्रप्रसाद नेपाल छन् ।तर, इञ्चार्ज र अध्यक्ष दुबैले भोलिको भेलाको बारेमा अनभिज्ञता जनाउनुले पार्टी संस्थापन पक्ष पेलेरै अघि बढ्ने ढंगले अघि बढेको बताइएको छ ।
“इञ्चार्ज पन्तले अवैधानिक भेलाबारे पार्टी महासचिव, उपमहासचिवलगायतका नेतालाई जानकारी गराए पनि उहाँहरुले कानमा तेल हालेर बस्नुभएको आरोप लगाएको छ । “
आयोजक पक्षले केन्द्रीय समितिको तर्फबाट सबै समर्थक, शुभेच्छुक र सदस्यलाई निम्तो दिएको छ । तर,पीपीएलएका अध्यक्ष नेपालले आज जारी गरेका विज्ञप्तिमा संस्थागत निर्णय नै नभएको उक्त भेलामा सहभागी नहुन सबैलाई अपिल गरिएको छ ।
‘भोलि केन्द्रीय समितिको नाममा बोलाइएको भनिएको भेला पीपीएलएको संस्थागत निर्णय विना भएकोले उक्त भेलाबारे पीपीएलएलाई संस्थागतरुपमा कुनै जानकारी नभएको व्यहोरा अनुरोध छ । पीपीएलएको एकता बचाउन चाहने कानुन व्यवसायीहरुलाई उक्त भेलामा सहभागी नहुन हार्दिक अपिल गर्दछु ।’अध्यक्ष नेपाल द्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।
भोलिको भेलालाई संस्थाका एक जना केन्द्रीय सदस्यले अध्यक्ष ओलीले आफ्ना मान्छे प्रयोग गरेर जबर्जस्ती अघि बढाइएको गतिविधिको संज्ञा दिएका छन् । संस्थाका अध्यक्ष र पार्टीका इञ्चार्जलाई थाहा नै नहुने कस्तो भेला हो भन्दै उनले थपे ,‘अवैधानिक भेला बोलाएर स्वयम् पार्टी अध्यक्षले जेठ २ अघिको सहमतिको ठाडो उल्लंघन गर्न खोज्नुभएको छ ।’
‘
स्रोतले यसबीच इञ्चार्ज पन्तले अवैधानिक भेलाबारे पार्टी महासचिव, उपमहासचिवलगायतका नेतालाई जानकारी गराए पनि उहाँहरुले कानमा तेल हालेर बस्नुभएको आरोप लगाएको छ । इञ्चार्जले पार्टी नेतृत्वमा सबिस्तार रिपोर्टिङ गरे पनि संस्थापन पक्ष कुनै हालतमा भोलिको भेला बोलाउन लागि पर्नुले समस्या नयाँ ढंगले बल्झिने अड्कल लगाइएको छ ।

विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...