एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आउँनु अघिल्लो दिन मात्रै एमसीसी मुख्यालयले नेपाल सरकारले सोधेका प्रश्नहरुको जवाफ दिँदै एमसीसी सुरक्षा रणनितीको अंग होइन भनेर बोलेको थियो जुन सफेद झु भएको प्रमाण फेला परेको छ ।
देशभित्र विरोध चर्कंदै गएपछि अर्थ मन्त्रालयले एमसीसी मुख्यालयलाई एमसीसी सम्झौतामा उल्लेखित व्यहोरा र शर्तबारे प्रष्ट पारिदिन भन्दै ११ वटा मुख्य प्रश्न र १६ वटा सहायक प्रश्नहरु पठाएको थियो । यसको जवाफ दिने क्रममा एमसीसीले यो परियोजना र आइपीएसबीच सम्बन्ध नरहेको दाबी गरेको थियो ।
नेपालले सातौं नम्बरको प्रश्नमा एमसीसी अमेरिकाको हिन्द प्रशान्त रणनीति (आईपीएस) अन्तरगत पर्छ भनी अमेरिकी अधिकारीहरूले नै नेपाल आएर बताएको, भूमण्डलीय राजनीतिमा अमेरिकाले यसलाई राष्ट्रिय सुरक्षा रणनीतिको प्रमुख अङ्ग बनाएको र सन् २००१ अमेरिकी सुरक्षालाई प्रधानता दिन सहायता तथा लगानी त्यहाँको रक्षा मन्त्रालयबाट गर्ने गरिएको तथ्य रहेकाले यो सम्झौता हिन्द प्रशान्त रणनीतिअन्तर्गत पर्छ कि पर्दैन भनेर सोधेको थियो ।
सो प्रश्नको जवाफमा अमेरिकाले लेखेको छ, ‘होइन, एमसीसी नेपाल कम्प्याक्ट हिन्द–प्रशान्त रणनीति मातहतको सम्झौता होइन। एमसीसी कम्प्याक्टहरू एमसीसी र साझेदार सरकारबीचका सम्झौता हुन् ।’
यो जवाफमा अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशनलाई नभई नेपाल कम्प्याक्टबारे मात्रै उल्लेख गरेको छ । तर, नेपालले अमेरिकालाई सिंगो एमसीसी नै हिन्द–प्रशान्त रणनीति अन्तर्गत हो÷होइन भनी सोधेको थियो । अमेरिकाले सीधा उत्तर नदिई घुमाउरो शैलीमा जवाफ फर्काएको देखिन्छ ।
नेपालमा यो सम्झौताको पक्षमा फाट्टफुुट्ट बोलिरहेका (ती मध्ये अधिकांश राज्य संयन्त्रका निर्णायक स्थानमा थिए÷छन्) ले एमसीसी आईपीएसको अङ्ग होइन भन्ने गरेका छन् । तर, यथार्थ न उनीहरूले दाबी गरेअनुसार छ, न त अमेरिकाले दिएको जवाफअनुसार नै ।
सन् २०१९ नोभेम्बर ४ मा अमेरिकी राज्य विभाग (यूूएस डिपार्टमेन्ट अफ स्टेट) ले ‘अ फ्रि एण्ड ओपन इण्डो प्यासिफिक’ प्रतिवेदन सार्वजनिक गरेको थियो । सो रिपोर्ट हिन्द–प्रशान्त रणनीतिबारे नै केन्द्रित हो ।
सो प्रतिवेदनको पृष्ठभूमिमा तत्कालीन अमेरिकी राज्यसचिव माइक पोम्पेओले लेखेका थिए, ‘संयुक्त राज्य अमेरिका हिन्द–प्रशान्त क्षेत्रमा गहिरो गरी संलग्न छ र यो क्षेत्रको समृद्धिका लागि प्रतिबद्ध छ । अमेरिकी सरकारी निकायहरू, व्यवसाय र संस्थाहरूले निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्दै छन् । हिन्द–प्रशान्त क्षेत्रभर पूर्वाधार, ऊर्जा, डिजिटल अर्थव्यवस्था, सुदृढ नागरिक समाज र लोकतान्त्रिक संस्थाहरू, अन्तरराष्ट्रिय खतराहरूको सामना र मानव पूँजी निर्माणमा केन्द्रित छ ।’
अमेरिकाले एमसीसी कार्यान्वयनमार्फत नेपालमा प्रसारणलाइन र सडक परियोजना बनाउने भनेको छ, जुन क्षेत्र हिन्द–प्रशान्त रणनीति ९आईपीएस० सम्बन्धी यो रिपोर्टमा पनि उल्लेख छ ।
रिपोर्टका पृष्ठ १३ मा अमेरिकाले एमसीसीलाई आईपीएस कार्यान्वयन गर्ने औजारका रूपमा प्रयोग गरिरहेको किटेरै लेखेको छ । साथै, अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिको महत्वपूर्ण अंग भएको उल्लेख गरेको छ ।
२०७५ पुस ३ गते तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिका पुगेर माइक पोम्पेओसँग भेट गरेको तस्विरलाई नै अमेरिकाले सो आईपीएस रिपोर्टको पृष्ठ ११ मा राखेको छ ।
यस्तै, पृष्ठ १३ मा अहिलेसम्म हिन्द–प्रशान्त रणनीतिको आधारस्तम्भका रूपमा अमेरिकी राज्य विभाग र यूूएसएडमार्फत २।९ बिलियन अमेरिकी डलर सहयोग गरिएको उल्लेख छ । साथै, अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) र वाह्य निजी लगानी निगम –ओपीआईसी० लगायत अन्य एजेन्सीबाट अर्बौं डलर परिचालन गरिएको जनाएको छ ।
यो अनुच्छेदले नै एमसीसी अमेरिकाले अघि सारेको हिन्द–प्रशान्त रणनीतिको हिस्सा भन्ने पुष्टि हुन्छ । तर, अमेरिकाले नेपाललाई दिएको जवाफमा भने एमसीसी यो रणनीतिको हिस्सा होइन भनी ढाँटेको हो ।
सन् २०१७ डिसेम्बरमा अमेरिकाले पारित गरेको राष्ट्रिय सुरक्षा रणनीतिमा पनि एमसीसीमार्फत अमेरिकाले कूटनीतिक र आर्थिक सहायतासम्बन्धी काम थालिसकेको उल्लेख छ ।
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...