हामी सबैलाई एउटा राम्रो नेपाल चाहिएको छ। जहाँ छोराछोरीले भविष्य खोज्न विदेश जानैपर्ने बाध्यता नहोस्, जहाँ इमानदार मानिस निराश हुन नपरोस्, जहाँ गरिबको आवाज सानो नहोस् र जहाँ एउटा सामान्य नागरिकले पनि आफ्नो देशप्रति गर्व गर्न सकोस् तर कहिलेकाहीँ मनमा एउटा प्रश्न उठ्छ: “हामीले चाहेको नेपाल बनाउने जिम्मेवारी आखिर कसको हो?”
सरकारको मात्र? नेताको मात्र? कर्मचारीको मात्र? कि हाम्रो पनि?
हामी परिवर्तन चाहन्छौँ। व्यवस्था बदलियोस् भन्छौँ। भ्रष्टाचार अन्त्य होस् भन्छौँ। शिक्षा राम्रो होस्, रोजगारी सिर्जना होस्, समाजमा समानता होस् भन्छौँ तर परिवर्तनको कुरा गर्दा हामी प्रायः अरूलाई औँला उठाउँछौँ। आफूले गर्नुपर्ने सानो जिम्मेवारी भने बिर्सन्छौँ।देश कुनै एउटा नेताले मात्र बनाउने होइन। देश कुनै एउटा सरकारले मात्र बनाउने होइन। देश हामी सबैको व्यवहारले बन्छ।
हाल म शिक्षण पेशामा आबद्ध छु त्यसकारण विद्यालयमा हरेक दिन बालबालिकाका आँखामा भविष्य देख्छु। उनीहरूका साना–साना सपना सुन्छु। कोही डाक्टर बन्न चाहन्छ, कोही इन्जिनियर, कोही शिक्षक, कोही प्रहरी। कसैको सपना ठूलो हुन्छ, कसैको सामान्य तर ती सबै आँखामा एउटै प्रश्न हुन्छ—“सर, हाम्रो भविष्य कस्तो होला?”
त्यो प्रश्नले कहिलेकाहीँ मलाई गम्भीर बनाउँछ।
हामीले आफ्ना छोराछोरीलाई ठूलो सपना देख्न सिकाएका छौँ, तर के हामीले उनीहरूलाई राम्रो समाज दिने वातावरण बनाउन सकेका छौँ?
हामीले उनीहरूलाई किताब पढाएका छौँ, तर समाज पढ्न सिकाएका छौँ?
हामीले उनीहरूलाई सफल हुन सिकाएका छौँ, तर असल मानिस बन्न सिकाएका छौँ?
सायद यहीँबाट हाम्रो परिवर्तन सुरु हुनुपर्छ।
आज हामी प्रविधिको युगमा छौँ। मोबाइलमा संसार अटाएको छ। केही सेकेन्डमै संसारको कुनै कुनाको खबर हाम्रो हातमा आइपुग्छ। तर विडम्बना, प्रविधिले मानिसलाई नजिक ल्याउँदै गर्दा कहिलेकाहीँ मानिस–मानिसबीचको दूरी भने बढिरहेको छ।
घरमा एउटै टेबलमा बसेर पनि परिवारका सदस्यहरू आफ्नै मोबाइलमा व्यस्त छन्। छिमेकीको दुःख थाहा पाउन सामाजिक सञ्जाल चाहिन्छ। आफ्नै समाजमा को समस्यामा छ भन्ने थाहा नहुन सक्छ, तर टाढाको घटनामा हामी तुरुन्त प्रतिक्रिया दिन्छौँ।
हामी बदलिँदैछौँ। समय बदलिँदैछ। तर हाम्रो संवेदना पनि त्यही गतिमा बदलिनुपर्छ कि पर्दैन?
राजनीतिमा पनि यही प्रश्न लागू हुन्छ।
राजनीति केवल चुनाव जित्ने र पद प्राप्त गर्ने माध्यम होइन। राजनीति भनेको जनताको दुःख बुझ्ने जिम्मेवारी हो। एउटा गरिबको चुल्हो बल्यो कि बलेन, एउटा विद्यार्थीले गुणस्तरीय शिक्षा पायो कि पाएन, एउटा युवाले आफ्नो भविष्य यही देशमा देख्न सक्यो कि सकेन, एउटा किसानले खेती गर्न के गर्दैछन् लगायत यी प्रश्नसँग राजनीति जोडिनुपर्छ।
हामीले नेताबाट धेरै अपेक्षा गरेका छौँ। त्यो स्वाभाविक पनि हो, तर नेताहरू पनि यही समाजबाट आएका हुन्। त्यसैले राजनीतिक संस्कार सुधार्न समाजको संस्कार पनि सुधारिनुपर्छ।
हामीले अरूबाट इमानदारी खोज्दा आफू पनि इमानदार बन्नुपर्छ।
अरूबाट अनुशासन खोज्दा आफू पनि अनुशासित बन्नुपर्छ।
अरूले देशका लागि केही गरून् भन्ने चाहना राख्दा आफूले देशका लागि के गरेँ भनेर पनि एकपटक सोच्नुपर्छ।
किनकि देशप्रेम ठूलो भाषणमा मात्र हुँदैन। कहिलेकाहीँ बाटोमा फोहोर नफाल्नु पनि देशप्रेम हो। कर तिर्नु पनि देशप्रेम हो। आफ्नो काम इमानदारीपूर्वक गर्नु पनि देशप्रेम हो। कसैलाई अन्याय हुँदा उसको पक्षमा उभिनु पनि देशप्रेम हो।
हामी निराश हुने धेरै कारण छन् , तर आशा गर्ने कारण पनि कम छैनन्।
हाम्रा गाउँमा अझै पनि बिहान सबेरै उठेर खेतबारी जाने मानिस छन्। विद्यालयमा कम साधनका बीच बालबालिकालाई पढाउने शिक्षक छन्। बिरामी छिमेकीलाई अस्पताल पुर्याउने युवा छन्। विपत्तिमा आफ्नै घरको दुःख बिर्सेर अरूको उद्धारमा दौडिने मानिस छन्। यिनै मानिसहरू नेपालको वास्तविक शक्ति हुन्।
त्यसैले म अझै निराश छैन।
मलाई विश्वास छ— “नेपाल बिग्रिएको मात्र देश होइन, बनिरहेको देश पनि हो।”
हामीले केवल गुनासो गर्ने पुस्ता होइन, समाधान खोज्ने पुस्ता बन्नुपर्छ। हामीले आफ्ना छोराछोरीलाई “विदेश गएर राम्रो जीवन बिताऊ” भन्नुभन्दा पहिले “यो देशलाई पनि राम्रो बनाउन सकिन्छ” भन्ने विश्वास दिन सक्नुपर्छ। सायद परिवर्तन एकैपटक आउँदैन, सायद हाम्रो पुस्ताले देखेको सपना पूरा हुन अर्को पुस्ता लाग्न सक्छ तर कुनै दिन हाम्रा छोराछोरीले पछाडि फर्केर हेर्दा :- “हाम्रा अभिभावकहरूले देश छोडेर भाग्ने बाटो मात्र रोजेनन्, देश बनाउने प्रयास पनि गरे” भन्न सकून्।
त्यो दिनका लागि आजैबाट सुरु गरौँ।
अरू कसले के गर्यो भनेर प्रश्न गर्नुअघि एकपटक आफूलाई सोधौँ:— “मैले मेरो देशका लागि के गरेँ?”
सायद नेपालको भविष्य बदल्ने सबैभन्दा ठूलो प्रश्न यही हो
र यसको उत्तर पनि हामीले नै दिनुपर्नेछ किनकि नेपाल हाम्रो मात्र घर होइन, हाम्रा सन्तानको भविष्य पनि हो र हाम्रो पुर्खाको बलिदानबाट बनेको देश “नेपाल” हो। म गर्व गर्छु नेपाली हुनुमा र हाम्रो सन्तानहरुले पनि गर्व गर्ने छन्।
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...