Otv Nepal बिहिबार, साउन १४ २०८३

गुप्तचर निकायको यस्तो महत्वपुर्ण गोप्य सूचना केपि ओलि को कानमा ,प्रचण्ड, दउेवा र माधबलाइ तनाब !

  • otv nepal

    शनिबार, असोज १६ २०७८
  • तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ पुस २३ गते राष्ट्रिय अनुसन्धान विभाग राअवि का मुख्य अनुसन्धान निर्देशक दिलिप रेग्मीलाई बर्खास्त गर्‍यो। ३० वर्षे सेवा अवधिअनुसार २०७६ जेठ १४ गतेसम्म पदावधि रहे पनि रेग्मीलाई सरकारले अप्रत्याशित रुपमा बर्खास्त गरेको थियो।

    विशेष सेवा नियमावली, २०४४ लाई संशोधन गर्दै सरकारले मुख्य अनुसन्धान निर्देशकको पदावधि एक वर्ष घटाएर उनलाई हटाएको थियो। ओली सरकारले रेग्मीलाई बर्खास्त गर्नुको कारण खुलाएन। तर, विभिन्न तीन कारणले उनी बर्खास्त भएको जानकार स्रोतहरु बताउँछन्।

    पहिलो, रेग्मीको राजनीतिक निकटता नेपाली कांग्रेससँग रहेको मानिन्थ्यो। त्यही निकटतालाई भजाएर आफूभन्दा वरिष्ठलाई पछि पार्दै उनी गुप्तचर प्रमुखमा बढुवा भएका थिए। कांग्रेस सभापति तथा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले २०७२ जेठ १४ गते रेग्मीलाई गुप्तचर प्रमुखमा बढुवा गरेको थियो।

    उनी बर्खास्तमा पर्नुको अर्को कारण हो, तत्कालीन अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ९एआइजी० तथा वर्तमान गुप्तचर प्रमुख गणेश अधिकारी। रेग्मीलाई ओली सरकारले बर्खास्त गरेका बेला अधिकारीको एआइजीको कार्यकाल एक महिना मात्रै बाँकी थियो। त्यसैले उनी अनिवार्य अवकाशमा जाँदै थिए। एमालेनिकट मानिएका अधिकारीलाई गुप्तचर प्रमुख बनाउने ओलीको योजनाअनुसार नै त्यसबेला रेग्मीलाई बर्खास्त गरिएको जानकारहरु बताउँछन्।

    लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख भएका बेला रेग्मीले नेताहरुका सूचना अख्तियारलाई दिने गरेको आरोप पनि उनी बर्खास्तीको एउटा कारण थियो। यसरी एमाले निकट र ओलीको विश्वासपात्र भएकै कारण अप्रत्याशित रुपमा गुप्तचर प्रमुख बनेका अधिकारीले ओली सरकारमा नहुँदा पनि उनलाई ुगुण लगाइरहेकोु उच्च सुरक्षा स्रोतहरु बताउँछन्।

    अधिकारीको यही ‘कनेक्सन’कै कारण सरकारका लागि गुप्तचरी गुनपर्ने निकाय अहिले ‘सरकारकै गुप्तचरी’ गर्दै सूचना ओलीनिवास बालकोटसम्म पुर्‍याउन सक्रिय रहेको जानकारी उच्च स्रोतले दिएको छ। सरकारका सूचनादेखि विभिन्न भेटघाट र प्रधानमन्त्री निवास बालुवाटारसम्मका सूचना गुप्तचरी निकायमार्फत् अहिले बालकोट पुग्ने गरेको स्रोतले जनाएको छ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अर्थात्, प्रधानमन्त्री कार्यालयमा उप–अनुसन्धान निर्देशक ९एसपी०को कमाण्डमा गुप्तचर विभागको टोली रहने व्यवस्था छ। २०७२ असोज २५ गते प्रधानमन्त्री नियुक्त भएको एक हप्तामै ओलीले बालुवाटारमा रहेका गुप्तचर अधिकारीहरु हटाएका थिए।

    राज्यका लागि आवश्यक पर्ने सूचना संकलन र विश्लेषण गर्ने मुख्य जिम्मेवारी राअविको हुन्छ। सरकारको सफलता र असफलतामा यही निकायको भूमिका महत्वपूर्ण मानिन्छ। यो बेग्लै हो कि राअविको गुप्तचरी क्षमतामाथि प्रश्न पनि ठूलै उठ्छ। सूचनाको दुरुपयोग हुँदा सरकार नै असफल हुने बुझेका ओलीले तत्कालीन प्रधानमन्त्री कोइरालाले राखेका गुप्तचर हटाएर आफूनिकटलाई बालुवाटार प्रवेश गराएका थिए।

    दोस्रोपटक २०७४ फागुनमा प्रधानमन्त्री बनेपछि ओलीले आफ्नो विश्वासपात्र र एमाले निकट मानिएका एसपी विमल डंगोल नेतृत्वको १५ सदस्यीय गुप्तचर टोली बालुवाटारमा राखे। ओलीले आफ्नो विश्वासपात्र मानेर राखेका एसपीसहितको उक्त टोली अहिले पनि बालुवाटारमै छ।

    शेरबहादुर देउवा प्रधानमन्त्री भएको साढे दुई महिना पुगिसकेको छ। तर, अहिलेसम्म ओलीले राखेका गुप्तचरकै टोलीलाई देउवाले निरन्तरता दिएका छन्। ‘देउवाले सचिवालय चुस्त पार्न सकेका छैनन्। अझ कतिसम्म लापरबाही छ भने ओलीले राखेका सुराकीसमेत अहिलेसम्म बालुवाटारमै छन्। उनीहरुमार्फत् बालुवाटारको सूचना बालकोटसम्म पुग्ने गरेको हामीले पनि सुनेका छौं,’ कांग्रेसकै एक उच्च तहका नेताले नेपाल लाइभसँग भने। बालुवाटारमा कसैको प्रवेशदेखि भेटघाट, छलफल र भावी रणनीतिका सूचनाहरु उक्त टोलीबाट गुप्तचर प्रमुख अधिकारी हुँदै बालकोटसम्म पुग्ने गरेको छ। कांग्रेस महाधिवेशनदेखि आगामी चुनावसम्मको अवस्था कस्तो हुने भन्नेबारे अधिकारीले ओलीलाई ब्रिफिङ सुनाउने गरेको जानकारी स्रोतले दिएको छ।

    ‘त्यतिमात्र होइन उहाँले आफ्ना मान्छे शेरबहादुर देउवा, माधवकुमार नेपाल र प्रचण्डसँग राख्नुभएको छ’ स्रोतले भन्यो, ‘अनि त्यहाँबाट आउने सूचना तत्कालै केपी ओलीकहाँ पुर्याइन्छ।’

    राजनीतिका ‘चतुर खेलाडी’ भनिएका प्रधानमन्त्री शेरबहादुर देउवा पटक–पटक प्रधानमन्त्री भइसकेका छन्। तर, उनले त्यो पदमा रहेर निर्वाह गर्ने भूमिकामाथि सधैं प्रश्न उठ्दै आएको छ। कम्युनिष्ट पार्टी टुटफुटपछि कमजोर बन्दै गएको र पूर्वप्रधानमन्त्री ओलीको ‘अहंकार’ र दुई–दुई पटकको संसद विघटनजस्ता कारणले फेरि पनि कांग्रेस बलियो बनेको बुझाइमा देउवा छन्। यो घटनाक्रममा आफू ‘केन्द्रीय पात्र’ चित्रित भएकाले आगामी महाधिवेशनमा पुनः सभापति हुनेमा उनी विश्वस्त देखिन्छन्।

    स्रोतका अनुसार पुनः सभापति हुनेमा देउवा ढुक्क हुनुको अर्को मुख्य कारण हो, गुप्तचरको रिपोर्ट। गुप्तचर प्रमुख अधिकारीले देउवालाई देशभरको रिपोर्ट सुनाउँदै आगामी महाधिवेशनमा पुनः सभापति जित्ने विश्वसनीयता दिलाएका छन्। एमाले निकट मानिएका अधिकारी यिनै महाधिवेशनका रिपोर्ट सुनाउँदै र सभापति जित्नेमा ढुक्क हुन भन्दै अहिले देउवा निकट भएका छन्।

    तर, बालकोटमा भने यही रिपोर्ट फरक तरिकाले पुग्ने गरेको स्रोतले जानकारी दिएको छ। बालकोट पुगेको गुप्तचरको वास्तविक रिपोर्टमा भने आगामी महाधिवेशमा देउवाले सभापति जित्ने संभावना एकदमै न्यून रहेको उल्लेख गरिएको स्रोतको भनाइ छ। गुप्तचर रिपोर्टको दाबीअनुसार देउवा यति कमजोर भएका छन् कि विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलासँग मिलेर पनि सभापति बन्न गाह्रो छ।

    कांग्रेस महाधिवेशबाट को नेतृत्वमा आउँदा फाइदा हुने भन्नेबारे ओलीले विश्लेषण गरेको जानकारहरु बताउँछन्। देउवाबाहेकका नेताहरु नेतृत्वमा आए एमालेलाई थप चुनौती हुने ओलीको बझुाइ छ। देउवाले पहिलेजस्तै राम्ररी सरकार चलाउन नसक्ने हुँदा एमालेलाई लाभ हुने र अहिले पार्टी मजबुत बनाउन प्रशस्त समय रहेको बालकोटको विश्लेषण छ। गुप्तचरको रिपोर्टपछि ओलीले आफू अनुकूलको राजनीतिक रणनीति बनाउन सक्ने स्रोत बताउँछ।

    गुप्तचर प्रमुख अधिकारीले कतिसम्म गरिरहेका छन् भने विभाजनपछिको एमालेको अवस्था के हुन्छ, एमालेले आउँदो निर्वाचनमा कति सिट जित्छ भन्ने कुराको हिसाब गर्नसमेत देशभरको संयन्त्रलाई परिचालन गरेका छन्। पूर्वको जिल्लामा खटिएका एक गुप्तचर एसपीले पार्टीको चुनावी जोडघटाउका लागि आफूहरुलाई खटाइएको बताए।

    यतिसम्म कि, गुप्तचर प्रमुख अधिकारीले केही महत्वपूर्ण जिल्लामा ओलीले चाहेका व्यक्तिलाई नै जिल्ला प्रमुखका रुपमा सरुवा गरिदिएका छन्। गुप्तचर संगठनमा ओलीको यस्तो प्रभाव रहिरहनुको अर्को कारण भने उनले नै गुप्तचर विभागलाई गृह मन्त्रालय मातहतबाट तानेर प्रधानमन्त्री मातहत ल्याउनु पनि हुनसक्छ।

    हामीले यसबारे प्रधानमन्त्री देउवानिकट कांग्रेसका नेता र उनको सचिवालयलाई सोधेका थियौं। उनीहरु यसबारे खुलेर बोल्न चाहेनन्। उनको सचिवालयका एक सदस्यले भने यसबारे आफू अनभिज्ञ रहेको, अब यसलाई गम्भीरतापूर्वक लिइने प्रतिक्रिया दिए।

    भारतको बाह्य गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ रअ का तत्कालीन नेपाल स्टेशन प्रमुख ९एनपी स्याटलाइट० चिफ अभिजित हल्दरको कार्यकाल सकिएको पाँच महिना बितिसक्दा पनि ‘रअ’ले कसैलाई नेपाल पठाएन।

    पाँच महिनापछि गत वैशाख २४ गते रअले नेपाल स्टेशन प्रमुखमा राघव भटनागरलाई नियुक्त गर्दै नेपाल पठाएको थियो। इण्डियन एयरलाइन्सको फ्लाइट नम्बर एआई २१५ मार्फत् राघव काठमाडौं ओर्लिएका थिए। उनलाई लिन त्यसबेला भारतीय दूतावासबाट टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै पुगेको थियो। उनी यस्तो समयमा आएका थिए कि त्यसबेला नेपालमा राजनीतिक उथलपुथल हुँदैथियो।

    गत साउन १५ गते भारतीय भूमिको प्रयोग गरेर दार्चुला सदरमुकाम खलंगा आउने बेला महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले डोरी काटिदिएपछि नदीमा खसेर व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएका थिए। प्रतिपक्ष एमालेले सुरुवाती क्रममा यो विषयलाई ठूलो मुद्दा बनाउँदै सडकदेखि सदनसम्म तताउने सार्वजनिक रुपमा अभिव्यक्ति नै दिएको थियो। एमाले कार्यकर्ताहरुले सडक आन्दोलनसमेत थालेका थिए।

    घटनाको केही दिनपछि रअका नेपाल प्रमुख राघव र नेपालका गुप्तचर प्रमुख गणेश अधिकारीबीच गोप्य भेट भयो। स्रोतका अनुसार राघव र अधिकारीबीच राजधानीकै एक ठाउँमा भेट भएको थियो। जहाँ उक्त घटनालाई लिएर आन्दोलन गर्दा दिल्लीसँगको सम्बन्ध चिसिने राघवको धारणा थियो।

    ‘दार्चुला घटनाबारे राघवले दिल्लीको बुझाइ र धारणा गुप्तचर प्रमुख अधिकारीलाई सुनाए,’ स्रोतले भन्यो, ‘दिल्लीको धारणा बुझेपछि उक्त रिपोर्ट गुप्तचर प्रमुख अधिकारीले सरकारलाई सुनाउनुपर्ने हो। तर, उनी सोझै बालकोट पुगेर ओलीलाई ब्रिफिङ गरे।’

    तत्कालीन प्रधानमन्त्री ओलीले गुप्तचर प्रमुख अधिकारीलाई दुई पटक गोप्य रुपमा दिल्ली पठाएको विषय अहिलेसम्म सार्वजनिक भएको छैन। २०७६ मंसिर २२ गते प्रधानमन्त्री ओलीकै निर्देशनमा अधिकारीलाई बालुवाटार बोलावट भएको थियो। त्यसपछि ओलीले उनलाई दिल्ली पुगेर आउन निर्देशन दिएको उच्चस्रोत बताउँछ।

    ओलीकै निर्देशनअनुसार अधिकारी २०७६ मंसिर २३ गते दिल्ली गएका थिए। अधिकारी तीन दिनपछि मंसिर २६ गते काठमाडौं फर्किएका थिए। तर, उनी किन दिल्ली गए र क–कसलाई भेट गरे भन्ने खुलेको छैन।

    भारतले जम्मु कश्मीरलाई विभाजन गरी कश्मीर र लद्दाखलाई छुट्टाछुट्टै राज्य बनाएर जारी गरेको नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र पनि समेटिएको थियो। त्यसपछि आफ्ना विश्वास पात्र अधिकारीलाई ओलीले दिल्ली पठाएका थिए।

    यसपछि पनि अधिकारी सुटुक्क दिल्ली पुगेका थिए। दोस्रो दिल्ली प्रस्थान पनि अहिलेसम्म गोप्य नै छ। जानकारहरु त अधिकारीले नै रअका प्रमुख सामन्तकुमार गोयललाई बालुवाटर प्रवेश गराउने भूमिका खेलेको दाबी गर्छन्।

    २०७७ कात्तिक ५ गते साँझ साढे ८ बजेदेखि साढे १० बजेसम्म तत्कालीन प्रधानमन्त्री ओली र गोयलबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो। नेपाल लाइभका लागि नारायण अधिकारीले तयार पारेको रिपोर्ट ।

    सम्बन्धित समाचार
    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल

    गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान

        नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

    हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend