Otv Nepal आइतबार, असोज ४ २०८३

विष्णु पौडेल एमालेको एकल अध्यक्ष बन्दैं , बाहिरियो रहस्य !

  • otv nepal

    मंगलबार, असोज १९ २०७८
  • पार्टी अध्यक्ष केपी शर्मा ओलीले चालेको पछिल्लो रणनीतिक कदमले पार्टीका केहि शिर्ष नेताहरू तनावमा देखिएका छन् । विधान महाधिवेशनमा गरिएको ७० वर्षे उमेर हदको नयाँ व्याख्याले नेताहरू तरंगित बनेका छन् ।

    एमालेले ७० वर्ष उमेर पूरा हुँदासम्म पार्टीको पदाधिकारी बन्न पाउने प्रावधान ल्याएपछि आउँदो महाधिवेशनमा ओली अध्यक्ष बन्ने पक्का छ ।

    तर यो प्रावधान लागु भएसँगै सातजना प्रभावशाली नेताले दसौं महाधिवेशनपछि स्वतः अवकाश पाउने भएका छन्। यो प्रावधानले हाल ६५ वर्षभन्दा माथि उमेर भएका सबै नेता एघारौं महाधिवेशबाट पार्टी निर्वाचन लड्न र पदाधिकारी हुन अयोग्य हुनेछन्।

    उमेरका कारण यसरी अयोग्य हुनेमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्बाङ, केशव बडाल, रामबहादुर थापालगायत छन्।

    ७० वर्षे प्रावधानका कारण ६८ वर्षकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, ६८ वर्ष ३ महिना पुगेका युवराज ज्ञवाली, ६५ वर्र्ष २ महिना पुगेका भीम रावलले दसौं महाधिवेशनबाट अवकाश पाउनेछन्। यस्तै हाल ६७ वर्ष ८ महिना भएका महासचिव ईश्वर पोखरेल पनि एघारौं महाधिवेशमा कुनै पनि पदको उम्मेदवार हुन पाउने छैनन्।

    सुवासचन्द्र नेम्वाङ ६८ वर्ष ६ महिना पुगेका छन्। उनले पनि दसौं महाधिवेशनपछि अवकाश पाउनेछन्। पूर्व माओवादी नेता रामबहादुर थापा पनि एघारौं महाधिवेशनमा निर्वाचन लड्न अयोग्य हुनेछन्।

    उनी हाल ६६ वर्ष ५ महिनाका भए। ६९ वर्षीय केशव बडाल पनि अवकाश पाउनेको सूचीमा पर्नेछन्। उनीहरुका लागि नेतृत्वमा पुग्ने र पार्टी हाक्ने अन्तिम अवसर दसौँ महाधिवेशनसम्म मात्रै हो।

    दसौं महाधिवेशनपछि ओलीसहित प्रभावशाली नेताहरुले एकैसाथ अवकाश पाएपछि एमालेको नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण हुने देखिन्छ। कुनै भवितव्य नभए एघारौं महाविधेशनबाट एमालेको नेतृत्वमा विष्णु पौडेल हुने कक्का देखिन्छ । हाल ६१ वर्ष पुगेका पौडेल अध्यक्ष ओलीका प्रिय पात्र समेत हुन् ।

    ओलीले नै पौडेललाई अध्यक्ष बनाउन चाहेको ओली निकट नेताहरूले बताउने गरेका छन् । कामका हिसावले पनि परिपक्क पौडेलकै लागि सहज बनाउन ओलीले दसौं महाधिवेशनमा उमेरको छुट्टै व्याख्या गरेको पाइएको छ ।

    नेता कार्यकर्तामाझ आफ्नो पहुँच बलियो बनाउन सहयोग होस् भनेर नै ओलीले पौडेललाई संगठन विभाग प्रमुख बनाएको नेताहरूले बताएका छन् ।

    त्यसो त ओलीले आफू नेतृत्वको सरकारमा पौडेललाई उपप्रधानमन्त्री बनाएका थिए। त्यसअघि नेकपा पार्टी कायम रहँदा पनि ओलीले एमालेका उपमहासचिव पौडेललाई सीधै महासचिव बनाएर सचिवालयमा ल्याएका थिए।

    ओलीले विश्वास गरेका नेता पौडेल एघारौं महाधिवेशनमा ६७ वर्षका हुनेछन्। एघारौं महाधिवेशनसम्म ओलीको दबदबा रहेमा पौडेल नेतृत्वमा स्थापित हुने पक्का जस्तै रहेको एमाले नेताहरु बताउँछन्।

    एघारौं महाधिवेशनमा पौडेलसँगै प्रतिप्रर्धा गर्ने नेताहरुमा हाल ६० वर्ष पुगेका घनश्याम भुसाल, ६२ वर्षीय सचिव पृथ्वीसुब्बा गुरुङ, ५९ वर्ष पुगेका सचिव प्रदीप ज्ञवाली, ५७ वर्षीय शंकर पोखरेल हुनेछन्।

    यी नेतामध्ये ज्ञवाली, गुरुङ र पोखरेल ओलीसँग निकट छन् भने भुसालको त्यति राम्रो छैन। यद्यपि ओलीसँग पौडल जतिको नजिक र विश्वासिलो पात्र यी प्रतिपर्धीमध्ये कोही पनि छैनन्। विधान महाधिवेशनमा आफैंले प्रस्तुत गरेको ७० वर्षे प्रावधान कायमै राख्ने विष्णु पौडेलको प्रस्तावले उनलाई अबको पाँच वर्षपछि सीधै नेतृत्वमा स्थापित गर्ने सम्भावना बलियो देखिन्छ।

    एमालेमा ७० वर्षे प्रावधानको स्पष्ट व्याख्या भएको छ। ७० वर्षे भनिए पनि एमालेमा अलमल थियो। ७० छोएपछि हो कि पूरा भएपछि हो भन्ने विवाद अलमल रहेको भन्दै उपमहासचिव पौडेलले त्यसको व्याख्या गरेका छन्।

    आफूले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको आइतबार जवाफ दिने क्रममा पौडेलले भने, ‘कार्यकालका बारेमा कुनै कन्फ्युज छैन।

    एउटा व्यक्तिले उही तहको कार्यकारी पदमा दुई पटकमात्रै उम्मेदवार बन्न सक्ने हो। यो नै हुन्छ’, पौडेलले भने, ‘कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष नपुग्दासम्म उम्मेदवार हुन पाइनेछ। कार्यकालको बीचमा ७० पूरा भएपछि त्यो कार्यकालभरि काम गर्न पाइनेछ।’

    यो व्याख्याले वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई सहज हुने भएको छ। आगामी महाधिवेशनबाट उनी अध्यक्षमा दोहोरिने आकलन गरिएको छ।

    यो व्याख्यासँगै ओलीले अध्यक्षमा निर्वाचित भएपछि ७० वर्ष पुगे पनि पद छाड्नु पर्नेछैन। विधान महाधिवेशनले एउटै कार्यकारी पदमा एक व्यक्ति दुईपटक भन्दा बढी उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ।

    अध्यक्ष केपी शर्मा ओली अहिले ६९ वर्ष ७ महिना भए। मंसिरमा महाधिवेशन हुँदा उनी ६९ वर्ष ९ महिनाको हुनेछन्। त्यसैले उनी दसौं महाधिवेशन सकेसम्म मंसिरमै गर्ने र फेरि एकपटक पार्टीको अध्यक्ष हुने तयारीमा छन्।

    दसौं महाधिवेशनमा नेतृत्वका लागि उनलाई चुनौती दिन एमालेमा अर्को कोही नेता तयार देखिएका छैनन्। महासचिव ईश्वर पोखरेलले इच्छा देखाइएको बताइएको छ तर ओलीले विश्राम लिएको अवस्थामा मात्रै।

    ओलीले आफ्नो नेतृत्वमा फेरि चुनाव जितेर सानका साथ सिंहदरबार पस्ने कुरा पटकपटक बताउँदै आएका छन्। विधान महाधिवेशनले पनि आगामी चुनाव जित्ने रणनीतिअन्तर्गत भावी प्रधानमन्त्रीका रुपमा ओलीलाई अघि सार्ने योजना बनाएको छ।

    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, भाद्र १७ २०८३

    विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ

    विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...

    प्रकाशित: बुधबार, भाद्र १० २०८३

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो १० निर्णय

    सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

    सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स

    रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend