परमादेशबाट बनेको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका महत्वपूर्ण निकायहरुमा गरेको नियुक्त भत्काउने काम गरेको छ । ओलीले जहाँ जहाँ आफूनिकटस्थहरु नियुक्त गरे उनीहरुलाई बखास्त गर्ने देखि स्थायी नियुक्त भएकाहरुलाई सरुवा गर्नेसम्मको कदमहरु चालिए ।
देउवा प्रधानमन्त्री बनेदेखि चलेको यो कदम निरन्तर चलिरहेको छ । यस क्रममा राज्यका महत्वपूर्ण निकायमा नियुक्तहरु धमाधम पदमुक्त हुने र सरुवा हुने क्रम चलिरहेको छ ।
मन्त्रिपरिषदले १ कात्तिकमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवाल, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा तथा साना व्यवसायी रोजकार कोषका कार्यकारी उपाध्यक्ष देवरो रोकालाई बखास्त गरिएका छन् । उनीहरु ओलीको कार्यकालमा नियुक्त भएकाहरु हुन् ।
यसअघि राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेकाहरु सबै फिर्ता बोलाइएका थिए । यसरी फिर्ता बोलाइएकाहरुमा भारतका लागि तत्कालीन राजदूत निलाम्बर आचार्य, बेलायतका लागि लोकदर्शन रेग्मी, चीनका लागि महेन्द्रबहादुर पाण्डेलगायत छन् ।
सरकार बनेलगत्तै प्रदेश प्रमुखहरु धमाधम हटाइएका थिए । प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखहरु हटाएर नयाँ ल्याइएका थिए ।
अर्थ मन्त्रालय र गृह मन्त्रालयका सचिवहरुको सरुवा गरिएको थियो । त्यसपछि सहसचिव देखि प्रमुख जिल्ला अधिकारीहरुको व्यापक सरुवा भयो ।
को हटाइए को सरुवा गरिए
१ साउनमा लुम्बिनी प्रदेश प्रमुखबाट धर्मनाथ यादव हटाएको
१ साउनमा गण्डकी प्रदेश प्रमुखबाट सीता पौडेललाई हटाएको
१२ साउनमा अर्थ मन्त्रालयको सचिवको जिम्मेवारीबाट शिशिरकुमार ढुंगानाको सरुवा । उनी ओलीको पालामा अर्थमा ल्याइएका थिए ।
१९ साउनमा भूमि सम्बन्धी आयोग खारेजको निर्णय देउवा सरकारले गर्यो । एमाले नेता देवी ज्ञवालीलाई अध्यक्ष बनाइएको आयोग नै खारेज गरेर उनीसहित जिल्लाहरुमा नियुक्तहरु समेत पदमुक्त भए । एमालेका कार्यकर्तालाई भूमि सम्बन्धी आयोगमार्फत् विभिन्न नियुक्तिहरु दिएर सेटिङ गरेको भन्दै खारेज गरिएको थियो ।
१९ साउनमा भूमी सम्बन्धी आयोग खारेज, अध्यक्ष देवी ज्ञवालीसहित आयोगका पदाधिकारी र विभिन्न जिल्लामा नियुक्त भएकाहरु स्वत पदमुक्त, मुद्दा अदालतमा विचाराधीन
२५ साउनमा नेपाल विद्युत प्राधिकरणबाट हितेन्द्र देव शाक्य पनि प्रमुख कार्यकारी निर्देशकबाट हटाइए । शाक्यले ४ वर्षका लागि नियुक्ति पाएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेरपछि यो अदालतमा विचाराधीन छ ।
२६ साउनमा गृह मन्त्रालयका सचिवबाट महेश्वर न्यौपानेको सरुवा । ओलीको पालामा आकर्षक मन्त्रालयमा जिम्मेवारीमा ल्याइएका थिए
२७ साउनमा रेल्वे कम्पनिको महाप्रबन्धकबाट गुरुप्रसाद भट्टराईको राजीनामा । पदीय आचारण विपरित कार्य गरेकोमा स्पष्टिकरण सोधेर हटाउने प्रक्रिया बढाइएको थियो
३२ साउनमा प्रदेश नम्बर २ बाट राजेश झालाई प्रदेश प्रमुखबाट हटाइएको
५ असोजमा राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेका ११ जना फिर्ता बोलाउने सरकारको निर्णय
१ डा युवराज खतिवडा, अमेरिका
२ निलाम्बर आचार्य, भारत
३ महेन्द्रबहादुर पाण्डे, चीन
४ लोकदर्शन रेग्मी, बेलायत
५ वंशीधर मिश्र, बंगलादेश
६ सर्मिला पराजुली ढकाल, ओमान
७ नारदनाथ भारद्वाज, कतार
८ दावा फुटी शेर्पा, स्पेन
९ उदयराज पाण्डे, मलेशिया
१० अन्जन शाक्य, इजरायल
११ प्रतिभा राणा, जापान
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...