Otv Nepal मंगलबार, साउन १२ २०८३

चोलेन्द्रले पत्रकार सम्मेलननै गरेर पोल खोलिदिन्छु भने पछि देउवा प्रचण्ड थरर

  • otv nepal

    बुधबार, कार्तिक १० २०७८
  • सत्तागठबन्धनका दलकै कारण आफु माथी अप्ठरो परेको भन्दै प्रधानन्यायाधिश चोेलेन्द्र शमशेर जबराले प्रधानमन्त्री देउवा सँग आक्रोस पोखेको समाचार बाहिर आएको छ ।

    सत्तागठबन्धनले अफवाह फैलाएर बदनाम गर्न खोजको भन्दै राणाले देउवालाई पत्रकार सम्मेलननै गरेर पोल खोलिदिन्छु भनेन थर्र्काएको खबर छ । गलत हल्ला फैलाएर राजिनामा दिन बाध्य पार्ने खेलमा गठबन्धनकै नेता लागेको आरोप राणाको थियो ।

    सर्बोच्च अदालतमा बारसम्बद्ध पदाधिकारीहरुसँग भेटी सोमबार विहान ११ बजे बोलाएको फूलकोर्ट बैठकमा सर्बोच्च अदालतका १४ जना सहकर्मी न्यायाधीशहरु अनुपस्थित भएपछि आक्रोशित भएका प्रधानन्यायाधीश राणाले सोही दिन साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास, बालुवाटारमा भेट गरेका थिए।

    सुरक्षा स्रोतका अनुसार केही मिनेटमात्र लामो सो भेटमा प्रधानन्यायाधीश राणाले सत्तारुढ गठबन्धनले आफ्नाविरुद्ध परिस्थिति भड्काएको र असहज परिस्थिति ल्याई न्यायपालिकालाई थप विवादमा पारेको भन्दै आफूले राजीनामा दिएर पद नछाड्ने प्रष्ट धारणा प्रधानमन्त्री देउवासमक्ष राखेका थिए।

    प्रधानन्यायाधीश राणाले यदि सत्तारुढ गठबन्धन आफ्ना विरुद्ध यसरी नै लाग्ने र परिस्थितिलाई उत्तेजित बनाउँदै लैजाने हो भने आफूले पनि पत्रकार सम्मेलन नै गरेर हालसम्म भएका सबै कुराहरु खुल्ला खुलस्त सार्वजानिक गरिदिने चेतावनी पनि दिएका थिए। प्रधानन्यायाधीश राणा नेतृत्वकोको सर्बोच्च अदालतको संबैधानिक इजलासको परमादेशले प्रधानमन्त्री नियुक्त भई नयाँ सत्ता गठबन्धन बनेको परिस्थिति छ।

    स्रोतका अनुसार, प्रधानन्यायाधीश राणाले यदि सत्तारुढ गठबन्धन आफ्ना विरुद्ध यसरी नै लाग्ने र परिस्थितिलाई उत्तेजित बनाउँदै लैजाने हो भने आफूले पनि पत्रकार सम्मेलन नै गरेर हालसम्म भएका सबै कुराहरु खुल्ला खुलस्त सार्वजानिक गरिदिने चेतावनी पनि दिएका थिए। प्रधानन्यायाधीश राणा नेतृत्वकोको सर्बोच्च अदालतको संबैधानिक इजलासको परमादेशले प्रधानमन्त्री नियुक्त भई नयाँ सत्ता गठबन्धन बनेको परिस्थिति छ।

    त्यसैगरी राणाका जेठानलाई पनि मन्त्री नियुक्त गरिएको र ती मन्त्रीले २४ घण्टाभित्रै राजीनामा दिनु परेकोले सरकार बनेदेखि राणाका प्रतिनिधि मन्त्रीको सत्तात्यागसम्मको समयावधिभित्र सत्तारुढ दलका नेताहरु र प्रधानन्यायाधीशबीच अपवित्र साँठगाँठका धेरै कुराहरु हुनसक्ने अनुमान सार्वजानिक रुपमा हुन थालेकै सन्दर्भमा प्रधानन्यायाधीश राणाको आक्रोश प्रकट भएको हो।

    समाचारअनुसार, प्रधानन्यायाधीश राणाले प्रधानमन्त्री देउवासँगका सारा कुरा डिस्क्लोज गर्छु, माधव नेपाल र प्रचण्डसँग भएका कुरा पनि डिस्क्लोज गर्छु, अग्नि सापकोटाको मुद्धाका बारे पनि म सबै कुरा सार्वजानिक गर्छु भनी आक्रोश पोखेका थिए। राणा आक्रोशित हुँदा मौन देखिएका प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरुसँग आफूले कुरा गर्ने भन्दै प्रधानन्यायाधीशलाई टारेका थिए।

    बालुवाटारको एक उच्च स्रोतले बताएअनुसार, राणा प्रधानमन्त्री निवासबाट विदा हुनासाथ देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई फोन गरी आधा घण्टाका लागि तत्कालै बालुवाटार आइदिन आग्रह गरेका थिए। देउवाले बोलाएपछि दाहाल र नेपाल सोही साँझ अबेर बालुवाटार पुगेका थिए।

    दुबै नेतालाई प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश राणा आएको र आक्रोश पोखेर गएको सबै बेलिबिस्तार सुनाएका थिए। ऊ आक्रोशित छ, छोड्दिन भनेको छ, तपाईंहरुले यो के के गराइराख्नु भएको छरु यस्तै हो भने सबै कुरा छताछुल्ल हुन्छ, अप्ठेरो हुन्छ भन्दै प्रधानमन्त्री देउवाले वामपक्षीय वकिलहरुलाई चूप बस्न लगाउन दाहाल र नेपाललाई आग्रह गरेका थिए।

    यो प्रकरण बढ्दै गए न्यायालयमा मात्र होइन गठबन्धनमा पनि असर पर्ने र टुट्न सक्ने खतरा रहने भन्दै देउवाले दुबै नेतालाई सचेत गराएका थिए। माओवादी केन्द्रका सांसद रामनारायण विडारीसमेतको नेतृत्वमा वकिलहरुको भेला बोलाई प्रधानन्यायाधीश राणाविरुद्ध अभियान चलाइएकोबारे समेत बालुवाटारमा छलफल भएको बताइएको छ।

    राणाले सबै कुरा खुल्ला खुलस्त पत्रकार सम्मेलन गर्ने र आफू हट्दा पनि संबैधानिक प्रक्रिया पूरा भएपछि अर्थात् महाभियोग पास भएपछि मात्र हट्ने अडान राखेपछि सत्तारुढ दलका नेताहरु प्रधानन्यायाधीशविरुद्धका गतिविधिमा हिजो मंगलबारदेखि नै देखिन छाडेका छन्।

    एमाले र कांग्रेस महाभियोग लाउन तयार नभएको सार्वजानिक भइसकेको सन्दर्भमा माओवादी र एकीकृत समाजवादीले मात्र महाभियोग लगाउन संख्या पर्याप्त नहुने अवस्थाले विस्तारै प्रधानन्यायाधीश राणाको पल्ला भारी हुँदै गएको छ।

    सम्बन्धित समाचार
    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल

    गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान

        नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

    हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend