नेकपा एमालेका नेता प्रभु शाह पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड प्रति आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् ।
माओवादी आन्दोलनलाई प्रचण्डले बेचेर खाएको सम्म आरोप लगाएका शाहले आज त माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जत्तीको ठग नेता अरु नभएको पनि बताएका छन् । शाहले प्रचण्डले मधेशलाई धोका दिने मामिलामा ‘स्टुड’ नै गरेको आरोप लगाएका छन् ।
लमो समय सम्म चुपचाप बसेका शाह पछिल्लो समय भने आक्रामक बन्दै गएका छन् । उनले विशेष गरि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई निशाना बनाउँने गरेका छन् । केहि दिन अघि प्रचण्डले रौतहटमै पुगेर कार्यक्रम गरे पछि शाह थप तात्तिएका छन् ।
सोमबार रौतहटको विजयपुरमा आयोजित नेकपा एमाले फतुवा विजयपुर प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै नेता साहले जनयुद्ध कालदेखि आजसम्म पटक पटक मधेशलाई झुटा प्रतिबद्धता जाहेर गरेर हरेक पटक धोका मात्र दिएको बताए ।
प्रचण्डले हालसम्म निरन्तर जनतालाई आशलाग्दा एवं महत्वाकांक्षी वाचा गरेर पछि मधेशसंग घात गरेको नेता साहको भनाइ छ । प्रचण्डले कहिले एक मधेश प्रदेश बनाउने, कहिले पाँच टुक्रा बनाउने, कहिले पहिचानसहितको एक प्रदेश बनाउने भनेर अन्तिममा कांग्रेस र एमाले दुई प्रदेश बनाउन भन्दा समेत पहाडमा जोडेर मधेशलाई एक प्रदेशमा सीमित गरेको नेता साहको आरोप छ ।
‘हिजोआज तपाईहरुको बीचमा आएर मधेशका लागि यो गर्छु त्यो गर्छु भन्ने प्रचण्ड उही हो जसले जनयुद्धकालमा संघीयताको नाममा मान्छे मार्ने काम गर्यो तर जब संविधान निर्माण बेला आयो संघीयताको मुद्दा नै छोडिदियो । जनयुद्ध कालमा एउटा मधेश प्रदेश बनाउछु भन्यो तर शान्ति कालमा आएर मधेशलाई ५ टुक्रा गर्ने मुद्दा ल्यायो । चुनावको बेला पहिचानको आधारमा मधेश प्रदेश बनाउछु भन्यो तर चुनाव जितिसकेपछि मधेशलाई टुक्रा टुक्रा गरिदियो ।’
उनले अगाडि भने, ‘संविधान निर्माण ताका एमाले र कांग्रेसले ५ वटा छोडेर मधेशमा दुई प्रदेश बनाउन भनेको थियो तर प्रचण्डले पहाडमा मिसाएर जम्मा ८ जिल्लाको एक प्रदेशमा झारिदियो । प्रचण्डको यस अवसरवादको कारण नै सबैले चाहेको मधेश प्रदेश बन्न सकेन ।’
प्रचण्डले मधेशलाई एक प्रदेश बनाउने मुद्दामा मात्र नभई अन्य विभिन्न महत्वाकांक्षी नारा दिएर अन्तिममा ठगेको नेता साहको भनाई छ । मधेशी जनताले माओवादीलाई विश्वास गरेर नेतृत्वको जिम्मा दिदाँ प्रचण्डले त्यसको व्यापार मात्र गरेको र मधेशी जनताको भावनासँग खेलवाड गरेको नेता साहले बताए ।
‘प्रचण्डले मधेशलाई छुट्टै प्रदेश बनाउछु भनेर मात्र भनेको थिएन् । आत्मनिर्णयको अधिकार दिलाउने, बराबर अधिकार दिलाउने पनि भनेका थिए । त्यही नाममा मधेशी सपुतलाई बली चढाउने पनि प्रचण्ड नै हो । पछि मधेशसँग लभ पर्यो भनेर भन्ने पनि यहि प्रचण्ड हो’, नेता साहले थपे, ‘तर आज देख्न सक्नुहुन्छ प्रचण्डले भनेको केही पनि पूरा भएको छैन । प्रचण्डले मधेशलाई सधै सत्तामा पुग्ने सिढीको रुपमा प्रयोग गरे र निरन्तर धोका मात्र दिने काम गरेको छ । यस्ता अवसरवादीलाई मधेशी जनताले पहिचान गरी सबक सिकाउन जरुरी छ ।’
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम् प्रदेश २ का सह-इन्चार्ज अच्युत मैनाली, केन्द्रीय सदस्य कुन्दन कुशवाहा, प्रदेश अध्यक्ष ज्वाला साह, रौतहट जिल्ला अध्यक्ष तुल्सी राज गिरी,सचीव मनोज यादवलगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...
उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...
चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...
डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...
सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...