Otv Nepal शुक्रबार, साउन १५ २०८३

देउवालाई साथी राखेर ओलीले यसो भने पछि कटक्कै खायो प्रचण्ड र माधवको मन

  • otv nepal

    शुक्रबार, मंसिर १० २०७८
  • आज बाट चितवनमा सुरु भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी ओलीले प्रचण्ड र माधव नेपालको मन कटक्कै खाने गरी भाषण गरेका छन् ।

    नारायणी किनारमा भएको महाधिवेशनको उद्घाटन सत्रका प्रमानमन्त्री एवं नेपाली काग्रेसका सभापती शेरबहादुर देउवा प्रति निकै सम्मान भावमा प्रस्तुत भएका ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल प्रति भने उदार बन्न सकेनन् ।

    नेकपा माओवादी केन्द्रको तर्फ बाट नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्न चितवन पुगेका नेता लिलामणी पोखरेललाई अगाडीनै रोखेर ओली प्रचण्ड र माधव माथी खनिएका छन् । नेकपा एसलाई भने एमालेले कार्यक्रममा निम्तानै गरेको थिएन । बामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउँने तत्वहरु भन्दै ओली प्रचण्ड माधव माथी खनिएका छन् ।

    झण्डै एक घण्टा लामो सम्बोधनका क्रममा ओली आफ्नो सरकार ढाल्न निर्णायक भूमिका खेलेका पूर्व सहकर्मीहरू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति रूखो शैलीमा प्रस्तुत भए।

    ओलीले उद्घाटन समारोहमा उपस्थित कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाप्रति नरम रुपमा प्रस्तुत हुँदै बाध्यतामा परेर आफूलाई विस्थापित गर्दै उनी सरकारमा जानुपरेको संकेत गरे। सम्बोधनका क्रममा देउवाप्रति नरम देखिएका उनले पाँच दलीय गठबन्धनका नेताहरु दाहाल र नेपालमाथि पटक पटक आक्रमण गरे।

    उनले देउवालाई फकाउँदै अहिलेको सरकारबारेमा धेरै टिप्पणी गर्न नचाहेको बताए। असार २८ मा सर्वोच्चको अदालतको फैसलाले सरकारबाट हटेपछि पहिलो पटक आफ्नै मञ्चमा देउवालाई स्वागत गरेका ओलीले सहकार्य हुन सक्ने पनि संकेत गरे।

    देउवाबारे उनको सम्बोधनको सार भनेको उनी प्रचण्ड र माधवका कारण बाध्यतामा परे सरकारमा जानुपरेको भन्ने थियो। ओलीले आफ्नो सरकार ढाल्नेहरू माधव प्रचण्ड अहिले प्रधानमन्त्री देउवाको खुट्टा समातेर बसेको बताए।

    ुअहिलेको सरकारबारे म केही भन्दिनँ। प्रधानमन्त्रीलाई मञ्चमा राखेर मैले सरकारबारे बोल्नु उचित हुँदैनु, उनले देउवातिर इसारा गर्दै भने, प्रधानमन्त्री त काम गर्न चाहनु हुन्छ जस्तो लाग्छ तर उहाँलाई काम गर्न अफ्ठ्यारो छ किरु आफैंले अतिथि बनाएर बोलाएपछि सरकारबारे यहाँभन्दा धेरै नबोलौँ।

    यति भन्दा भन्दै पनि ओलीले सम्बोधनका क्रममा अलिक अगाडि पुगेपछि देउवा नेतृत्वको सरकारलाई दक्षिणपन्थी भन्न भ्याए। कतिसम्म भने आफ्नै सरकार ढालेर, आफ्नै अध्यक्षविरुद्ध लागेकाहरू अहिले दक्षिणपन्थी सरकार बनाएर गएका छन्, उनले माधव(प्रचण्डलाई कटाक्ष गर्ने क्रममा देउवा नेतृत्वको सरकारबारे गरेको यो कडा टिप्पणी थियो।

    ‌ओलीले आफ्नो खुट्टा तान्नेहरू अहिले देउवाको खुट्टा समातेर सरकारमा बसेको भन्दै माधव(प्रचण्डमाथि आक्रोश पोखिरहे। मलाई अफ्ठ्यारो पार्नेहरू, खुट्टा तान्नेहरू अहिले प्रधानमन्त्री देउवाजीको खुट्टा समातिरहेका छन्, ओलीले भने।

    आफ्नो गृहजिल्लामा भएको एमालेको महाधिवेशनमा सहभागी हुन प्रचण्डले इच्छा देखाएनन्। बरु आफू काभ्रेको महाभारत र तालढुंगातिर लागेर लीलामणि पोखरेललाई चितवन पठाए।

    ओलीसँग चिसिएको सम्बन्धलाई प्रचण्डले एमालेको मञ्चमा पुगेर सुधार्न चाहेनन्। बरु एमाले महाधिवेशनलाई बेवास्ता गर्दै आफ्नै पार्टीको गाउँपालिका अधिवेशन उद्घाटन गर्न हेलिकोप्टरमा काभ्रेतिर लागे।

    ओलीले जनताका छोराछोरीलाई युद्धमा लगाएर आफ्नी छोरीलाई मन्त्री बनाएको भन्दै प्रचण्डमाथि उनकै जिल्लामा कडा प्रहार गरे। ओलीले प्रचण्डले शान्ति प्रक्रियालाई टुंग्याउन नचाहेको आरोप पनि लगाएका छन्। तर अहिले देउवा नेतृत्वको सरकारमा प्रचण्ड सत्ता साझेदार मात्रै हुन्।

    उनले आन्दोलनका क्रममा भएको घाइतेहरुको उपचार गर्न र समस्यामा परेकालाई सहयोग गर्न पनि दाहाललाई चुनौती दिए। ओलीले महाधिवेशन सकिनेबित्तिकै दशौँ हजार पूर्व लडाकुहरुलाई एमालेमा प्रवेश गराउने तयारी रहेको भनेर प्रचण्डलाई झस्काउन पनि भ्याए।

    ओलीले अहिलेसम्म पनि शान्ति प्रक्रिया नटुंगिएको बताएका छन्। उनले प्रचण्डको नेतृत्वमा पुरानै नाम लिएर एउटा चोइटो गएको पनि बताए। प्रचण्डकै कारण सत्यनिरुपण तथा बेपत्ता खोजबिनको काम अड्किएको जिकिर ओलीले गरे।

    ‘अहिले पनि शान्ति प्रक्रिया किन टुंगो लगाउनुहुन्न उहाँरु किन घाइतेहरुको बन्दोबस्त गर्नुहुन्नरु जेलमा रहेका झूटा मुद्दा किन खारेज गर्नुहुन्न रु किन घाइतेको उपचार हुँदैनरु किन बहिर्गमित लडाकुहरुको व्यवस्थापन हुँदैनरुु, ओलीले आफ्नो महाधिवेशनमा नआइ काभ्रे पुगेका प्रचण्डलाई इंगित गर्दै भने, ‘अनि मन परेका मान्छेलाई दश, दश हजार बाँड्ने रे !दश, दश हजार मन परेको मान्छेलाई बाँडेर यो समस्याको समाधान हुन्छरु घाइतेलाई उपचार गर्नुस्। समस्यामा परेकालाई हेर्नुस्।उनले सरकारमा भएकाले प्रचण्डले यी कुरा सम्बोधन गरेर देखाउन पनि चुनौती दिए।

    हिजो सरकारले गर्न दिएन भनेर भाषण गर्नुहुन्थ्यो। तर, आज म प्रधानमन्त्री नभए पनि यो सरकार मेरो हातको कठपुतली हो म नचाइदिन्छु, मै शक्तिशाली, मै पावरफुल भन्दै हुनुहुन्छ। किन पावर देखाउनुहुन्नरु पावर देखाउनुस्, उनले भने, समस्या समाधान गर्नुस् लडाकुका। म भन्न चाहान्छु, अब यो महाधिवेशन सकिनेबित्तिकै हामी पूर्व लडाकुको व्यवस्थापन गर्नेछौँ। पूर्व लडाकुहरु एमालेमा प्रवेश गर्दै हुनुहुन्छ।

    ओलीले प्रचण्डले युद्ध गराएका लडाकुलाई बेवास्ता गरेको भन्दै उनीहरुलाई फकाउने कोसिस गरे। तर त्यो कुराको प्रहार पनि उनै प्रचण्डमाथि थियो।हामी पूर्व लडाकुहरुको व्यवस्थापन गर्छौँ। अहिले मिल्ने भए यहाँ दशौँ हजार प्रवेश गर्न तयार थिएु, उनले भने, जनयुद्ध हाँक्ने पूर्वलडाकु तर मेयर र मन्त्री त अरु नै बनेँ।

    उनले पूर्व लडाकुहरुको अधिकार एमालेले दिने बताउँदै पार्टीमा आउन पनि अपिल गरे। ओलीले आफूले निम्ता समेत नपठाएका माधव नेपाल र उनको पार्टीबारे खुलेर बोलेनन्। उनले प्रचण्डसँगै मुछेर माधव नेपाल पनि आफ्नो सरकार ढालेर कांग्रेसको सरकार बनाउन लागेको बताए।

    सम्बन्धित समाचार
    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल

    गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान

        नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

    हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend