Otv Nepal शुक्रबार, असोज ९ २०८३

भाइरल मन्त्रीले गर्नु सम्मै गरेछन् पोल खुलेपछि मन्त्रीक्वाटरमा खैलाबेला!

  • otv nepal

    सोमबार, मंसिर २० २०७८
  • विदेशबाट सामान ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कडाइ छ, तर विदेशमा दुःखजिलो गरेर आउने कामदारलाई मात्र मन्त्रीलगायत उच्चपदस्थलाई छुट भइरहेको छ। ७ वटा रोलेक्स घडी, ७ वटा आइफोन प्रो १३ र ९ बोतल रक्सी ल्याउँदासम्म पनि। यसरी भन्सार छलेर लाखौँको सामान भित्र्याएका हुन् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले।

    गत नोभेम्बरमा लन्डनमा ट्राभल एन्ड टुरिजम एक्स्पो ९डब्लूटीएम०आयोजना भएको थियो। विश्वभरका पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्ति तथा संस्थाहरू कार्यक्रममा सहभागी भएका थिए। नेपालको तर्फबाट पनि प्रत्येक वर्ष उक्त कार्यक्रममा सहभागीता रहने गरेको छ। सन् २०२१ को डब्लूटीएममा पनि नेपाल पर्यटन बोर्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ९सीईओ० धनञ्जय रेग्मी र म्यानेजर लक्ष्मण गौतम सहभागी थिए। त्यस्तै पर्यटनमन्त्री प्रेम आले, तत्कालीन सचिव यादव कोइराला र मन्त्रीका स्वकीय सचिव हेमन्त रेग्मी पनि उक्त कार्यक्रममा गएका थिए।

    कार्यक्रममा भाग लिन अन्य सहभागीहरू अक्टोबर २८ मा लन्डनतर्फ लागेका थिए। मन्त्री र स्वकीय सचिव भने अक्टोवर ३१ मा लन्डन गएका थिए। मन्त्री आले लन्डनबाट नै स्कटल्यान्डमा आयोजित कोप २६ मा पनि सहभागी हुन पुगेका थिए।

    कार्यक्रमका लागि गएका सबै सहभागीले आउने र जाने दुईतर्फी टिकट कतार एयरवेजमा काटेका थिए। अन्य सहभागीहरूले दुईतर्फी टिकट १ लाख ३८ हजार रुपैयाँमा काटेका थिए। तर मन्त्री आलेले बिजनेस क्लासको टिकट काटेर १२ लाख रुपैयाँ खर्चेका थिए।मन्त्रालयका उच्च अधिकारीले दिएको जानकारीअनुसार मन्त्रीले स्वकीय सचिवलाई पनि सोही बराबरको टिकटमा लन्डन लगेका थिए।

    यसरी टिकटमै ‘सौख’ देखाएका मन्त्री आलेले विदेशबाट फर्कंदा त हदै गरे। ७ वटा रोलेक्स घडी, ७ वटा आइफोन प्रो १३ र ९ बोतल रक्सी भन्सार छलेर नेपाल छिराए। त्यो पनि उच्च पदस्थहरूलाई उपहार दिनका लागि मन्त्री आलेले काठमाडौं फर्किंदा ड्युटी फ्रीमा लाखौँको सामान खरिद गरेर काठमाडौं ल्याएको खुलेको हो।

    नेपाल राष्ट्र बैंकले विदेश जाने नेपालीलाई एक जना बराबर ५ सय डलर मात्रै लैजाने सुविधा दिएको छ। राष्ट्र बैंकको नीतिलाई समेत चुनौती दिँदै मन्त्री आलेले भने लाखौँ पर्ने सामान खरिद गरेर काठमाडौं ल्याएका छन्। मन्त्री आलेले लन्डन जाँदा २० हजारभन्दा बढी डलर खर्च गरेकोसमेत पाइएको छ। जब कि लान पाइने ५ सय डलर सटहीका लागि समेत नेपालमा ‘क’ वर्गको मान्यताप्राप्त बैंकमा स्वयम उपस्थित भएर आयस्रोतसमेत खुलाउनुपर्ने नियम छ।

    अहिले भन्सार कार्यालयले एउटा मोबाइल र एउटा घडी तथा ड्युटी फ्रीको रक्सीसमेत एक बोत्तलभन्दा बढी ल्याएका जफत गर्ने व्यवस्था गरेको छ। तर मन्त्री आलेले स्कटल्यान्ड विमानस्थलबाट लन्डन आउँदा ५ बोतल डबल ब्ल्याक लेबल खरिद गरेका थिए। पुनः लन्डनबाट ५ नोभेम्बरमा नेपाल फर्कँदा दोहा विमानस्थलमा ४ बोतल सिवास रिगल खरिद गरेका थिए। अतिरिक्त सामानका कारण मन्त्री आलेले लन्डनमा दुईवटा सुटकेस थपेका थिए।

    मन्त्रालय स्रोतका अनुसार मन्त्री त्यतिमै रोकिएनन्। उनले ७ थान रोलेक्स घडीसमेत किने, नेपालमा शीर्ष नेताहरूलाई उपहार दिनका लागि। फरक फरक मूल्यमा पाइने रोलेक्समध्ये मन्त्री आलेले किनेको रोलेक्सको मूल्य ७ लाख रुपैयाँ हाराहारी परेको स्रोतले बतायो।

    त्यस्तै मन्त्री आलेले दोहामै ७ वटा आइफोन १३ प्रो खरिद गरेका थिए। आइफोन १३ प्रोको लागि मात्र उनले झण्डै २० लाख रुपैयाँ खर्चिएका थिए। यसरी अथाह सामान ल्याएका मन्त्री विमानस्थल भन्सार कार्यालयमा रोकिएनन्। तत‍् तत् उपहार उनले केही परिवारका सदस्यसहित सम्बन्धित उच्च पदस्थसम्म पुर्‍याइसकेका छन्। भीआईपीको चेकजाँचमा खासै चासो नदिने भएकाले पनि मन्त्री आलेले देशको कानूनलाई चुनौती दिँदै सबै सामान सहजै काठमाडौं ल्याएका थिए।

    मन्त्रीका स्वकीय सचिव हेमन्त रेग्मीले दुईवटा आइफोन मात्र ल्याएको दाबी गरेका छन्। ‘धेरै सामान ल्याएको भन्ने कुरा झुटा हो, दुईवटा आइफोन मात्र ल्याएका हौँ, एउटा मन्त्रीजीको लागि र एउटा मेरो लागि ल्याएका हौँ’ रेग्मीले भने। मन्त्री आलेले भन्सार छलेर अथाह सामान लिएर आइसक्दा पनि भन्सार कार्यालय भने सबैलाई उही नियम लागू हुने जनाउँछ।

    विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराई भीआईपीको पनि अरू सामान्‍य आगन्तुकसरह नै उही प्रक्रियाबाट चेकजाँच हुने बताउँछन्। ‘ह्यान्डक्यारीको माथि प्रवेशमै चेक हुन्छ, लगेज त रेगुलर सिस्टमबाटै चेक हुन्छ। भीआईपीहरूको लगेज लिन कहिलेकाहिँ आफ्नो मान्छे भने खटाउँछन्’ भट्टराईले भने। कही कतै लुकाएर छुटेको पाइए कारबाही हुने समेत भट्टराईले बताए।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासकमा सह–सचिव महेश भट्टराईले जिम्मेवारी सम्हालेको एक महिना नाघेको छ । अहिले भट्टराईले गरेको एउटा निर्णय चर्चामा छ । त्यो हो– विदेशबाट फर्किनेहरूले ल्याउने गरेको ५० ग्राम सुनको बालालाई उनले समातेर भन्सार महसुल तिराउने निर्णय गरेका छन् । यो निर्णयका कारण विदेशमा बस्ने नेपालीहरु नेपाल सरकारसँग चिढिएका छन् ।

    मंसिर १३ ९सोमबार० देखि विमानस्थल भन्सार कार्यालयले विदेशबाट फर्किनेहरूले ल्याएको बालामा भन्सार शुल्क लिन थालेको छ । सोमबार यता करिब ६४ किलो सुन सङ्कलन गरिएको छ । १ हजार १५७ जनाले भन्सार तिरेर सुन लगेका छन् ।

    सरकारको यो निर्णयका कारण विदेशमा रोजगारी गर्ने नेपालीहरु भने रिसाएका छन् । सरकारमाथि उनीहरुको प्रश्न छ– हामीले खाडीमा पसिना बगाएर कमाएको पैसाले ५० ग्राम सुन पनि आफ्नो घरमा ल्याउन नपाइने रु तस्करी रोक्ने बाहनामा हामीमाथि अन्याय गर्ने रु

    रोजगारीबाट फर्कनेहरुले कमाएर ल्याएको सुन समात्ने र कर असुल्ने कार्य सुरु भएको भन्दै वैदेशिक रोजगारीमा गएकाहरुले अर्थमन्त्री जनार्दन शर्माप्रति पनि आक्रोश पोख्न थालेका छन् ।

    यता सरकारी अधिकारीहरु भने वैदेशिक रोजगारीबाट फर्कनेहरुलाई ५० ग्राम सुन ल्याउन दिने सरकारको नीतिमा टेकेर सुनको तस्करी बढेकाले कडाइ गर्नुपरेको तर्क गर्छन् । विदेशमा कार्यरत नेपालीहरु भने सरकारले कर उठाउन र सुन व्यवसायीहरुको कुरा सुनेर रोजगारीमा गएका नागरिकमाथि अन्याय गरिएको गुनासो पोख्छन् ।

    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, भाद्र १७ २०८३

    विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ

    विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...

    प्रकाशित: बुधबार, भाद्र १० २०८३

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो १० निर्णय

    सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

    सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स

    रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend