Otv Nepal शुक्रबार, साउन १५ २०८३

रामचन्द्र पौडेलले आजै अप्रिय निर्णय लिन सक्ने !

  • otv nepal

    शुक्रबार, मंसिर २४ २०७८
  • सत्तारुढ दल नेपाली काग्रेसको १४ महाधिवेशन तर्फ सिंगो देशको ध्यान मोडिएको छ । नयाँ नेतृत्व चयनका लागी हुन लागेको महाधिवेशनलाई काग्रेस मात्रै होइन राजनितीमा सामान्य मात्रै पनि चासो राख्ने हर कोहिले नजिक बाट नियालीरहेका छन् ।

    काग्रेसको संस्थापन पक्षले वर्तमान सभापती शेरबहादुर देउवालाई नै अर्को कार्यकालका लागी पनी सभापतीको उमेदवारको रुपमा मैदानमा उतारिसेकेको छ भने संस्थापनइतरको पक्षले महाधिवेशन सुरु हुने दिन सम्म पनि साझा उमेदवार तय गर्न सकेको छैन।

    महाधिविशेन उद्घाटनको दिन सम्म आइपुग्दा संस्थापन इतरको पक्ष झनै तितरवितर हुने अवस्थामा पुगेको छ । सहमती हुन्छ भने सभापतीको दावी छोड्न सशांक कोइराला र रामचन्द्र पौडेल समेत तयार भएको बेलामा प्रकाशमान सिंह र शेखर कोइरालाले अड्डी नछोडे पछि हलो अह्किएको छ ।

    संस्थापन इतरको टिम यस्तो अवस्थामा पुगेका छ की सभापतीको दावेदारी प्रस्तुत गरिरहेका काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आजै राजनिती बाट सन्यास घोषणा गर्न सक्ने सम्भावना समेत बढेर गएको छ । सहमती नहुने हो भने राजनितीनै छोड्ने भनेर पौडेलले चेतावनी दिइसकेका छन् ।

    हिजो बसेका काग्रेुसको १३ महाधिवेशन बाट निर्वाचित केन्द्रिय समितीको अन्तिम बैठकमा समेत नगएर बोहोराटारमा गुप्तवास बसेका पौडलले आजै अप्रिय निर्णय लिन सक्ने हल्ला काग्रेसमा चलेको छ । आज भृकुटीमण्डपमा हुने उद्घाटन समारोहमा पनि उनी नजान सक्ने बताइएको छ ।

    यस्तै पारा हो भने म पार्टीमा बस्दिन, उद्घाटनमा पनि आउँदिनु भनेर चाक्सीवारिबाट निस्किएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बिहीबार बोहोराटारबाट कतै निस्किएनन्।

    कांग्रेसका नेता डा रामशरण महतका अनुसार संस्थापनइतरबाट सभापतिको एकल उम्मेदवार छान्ने प्रयास सफल नभएपछि पिलपिलाउँदो अनुहार बनाएका पौडेल बिहीबारको पार्टी केन्द्रीय समितिको बैठकमा समेत गएनन्। भोलि शुक्रवारबाट पार्टीको १४ औँ महाधिवेशन सुरु हुँदै छ। दिनभर संस्थापनइतरका नेताहरू समूहगत छलफलमा बसे पनि पौडेल कसैको छलफलमा बसेनन्। उनी मोबाइल डाइभर्ट गराएर घरमै बसेका छन्।

    शशाङ्क कोइरालाले पौडेल सभापतिको सभापति हुने हो भने आफ्नो समर्थन रहने भने पनि सभापतिका अर्का २ आकाङ्क्षी शेखर कोइराला र प्रकाशमान सिंहले भने मानेका छैनन्। यी दुवै उम्मेदवार बन्ने अडानमा बसेपछि पौडेल समस्यामा परेका हुन्। उनले यी दुईमध्ये एकको नाममा सहमति भए आफू पनि उम्मेदवार नबन्ने बताइसकेका छन्। तर दुवै नेता पछि हट्न राजी भएका छैनन्।

    बिहीबार दियालो पार्टी प्यालेस वसुन्धरामा काठमाडौँमा उपलब्ध जिल्ला सभापति तथा आफू निकटका प्रतिनिधि र नेताको भेलामा शेखर सहभागी भएका थिए। त्यहाँ उनी पौडेलप्रति नरमै देखिएका थिए।

    भेलामा उनले ‘वरिष्ठताको हिसाबले रामचन्द्रजीको नाममा सहमति हुन्छ भने म बाधक बन्दिन। अन्यथा म ब्याक हुने ठाउँ छैन’ भनेका थिए। तर प्रकाशमान कसैको नाममा ब्याक हुन तयारै छैनन्। उनी ‘सधैँभरि गणेशमान सिंहको परिवारले त्याग गर्नुपर्नेरु कोइराला परिवारले एकपल्ट त्याग गर्न हुँदैन’ भन्दै जुनसुकै हालतमा उम्मेदवार बन्ने अडानमा छन्।

    बिहीबार कुनै छलफलै हुन सकेन। केन्द्रीय समितिको बैठकमा पौडेल त गएनन् नै प्रकाशमान पनि गएनन्। पौडेलको सचिवालयका अनुसार उनले बैठकमा नआउने मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति देउवालाई सूचना पठाइसकेका थिए।

    ‘बैठकका एजेन्डा पनि जानकारी थिएन। उहाँ आज बैठकमा जानु भएन। यसबारे सभापतिलाई जानकारी थियो,’ पौडेलको सचिवालयले भन्यो। केन्द्रीय समितिको बैठकपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने ‘ उहाँ उद्घाटन सत्रमा पनि आउनु भएन भने दुःखद हुन्छ।’

    सभापतिका आकाङ्क्षीहरूको संयुक्त बैठक नबसे पनि समूहगत बैठकहरू भने भइरहे बिहीबार। बिहानै शेखरले आफू निकटकाहरुसँग छलफल गरे। प्रकाशमान पनि दिनभर आफू निकट नेताहरूसँग छलफलमै व्यस्त रहे। केन्द्रीय समितिको बैठकपछि शशाङ्कले समेत आफू निकटहरूलाई बोलाएर बैठक राखेका थिए।

    बैठक स्रोतका अनुसार वरिष्ठ नेता भएको र यसभन्दा अगाडि पनि उम्मेदवार बनेकाले यसपालि पौडेललाई समर्थन गरेर अगाडि बढ्ने विषयमा छलफल केन्द्रित भएको थियो। शेखरले समेत पौडेलको नाममा सहमति भए आफू बाधक नबन्ने बताइसक्दा पनि सिंहले नमानेपछि पौडेललाई नै समर्थन गरेर अगाडि बढ्नुपर्नेमा छलफलमा लगभग सहमति बनेको छ।सिंहलाई सभापतिमा सहमति गर्न सकिँदैन। यस्तै अवस्था रहे रामचन्द्र दाइलाई शशाङ्क र शेखरले समर्थन गर्ने सम्भावना छ, बैठक स्रोतले भन्यो।

    शेखरले आफ्नो समूहको भेलामा संस्थापनइतर समूहबाट एकल उम्मेदवारको रूपमा पौडेलको नाममा सबैले सर्वसम्मत गरे मात्र समर्थन गर्ने बताएका थिए। सिंहले उम्मेदवारी दिएमा उनी ब्याक भएर पौडेललाई समर्थन गर्ने-नगर्ने भन्ने उनले खुलाइसकेका छैनन्। पौडेलसँगको बिहीबारको भेटमा शेखरले सिंहले पनि माने आफू बाधक नबन्ने तर उनले उम्मेदवारी दिए आफू पनि उम्मेदवार हुने भन्दै सहयोग मागेका थिए। पौडेलले संस्थापनइतरबाट एकल उम्मेदवार नभए आफू उम्मेदवार नबन्ने शेखरलाई बताएका थिए।

    सम्बन्धित समाचार
    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल

    गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान

        नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

    हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend