Otv Nepal बुधबार, साउन १३ २०८३

हिजो लात हानेका देउवाले आज सभापती हुन विश्वप्रकाशको खुट्टा ढोग्नु पर्ने !

  • otv nepal

    मंगलबार, मंसिर २८ २०७८
  • समय कति बलवान छ भने एक दुई दिनमै पासा पल्याउँन सक्ने ल्याकत समय सँग रहन्छ । काग्रेसको १४ महाधिवेशनमा पहिलो चरणमै सभापती हुने सपना भत्कीए पछि शेरबहादुर देउवा नमज्जा सँग रन्थनिएका छन् ।

    देउवाका दुतहरु चारै तिर छरिएका छन् जसरी भए पनि दोस्रो चरणमा देउवालाई काग्रेस सभापती निर्वाचित गराउँन उनीहरुले निर्णायक र अन्तिम कसरत गरिरहेका छन् । सभापतीमा निर्वाचित हुनका लागी देउवाका लागी थोरै मत आवश्यक रहे पनी थोरै मत पाउँन उनलाई निकै कठिन रहेको छ ।

    सभापतीमा दोस्रो चरणमा प्रतिष्पर्धा गर्न नपाउँने प्रकाशमान सिंह र या विमलेन्द्र निधी मध्ये जसले समर्थन गरे पनि देउवाले सभापती जित्न सक्छन् तर त्यो समर्थन पाउँनु उनका लागी फलामको चिउरा चपाउँनु सरह हुने देखिएको छ । प्रकानशमानको भोट पाउँन अब सुजाता कोइराला र विश्वप्रकाश शर्मा पनि निर्णायक भएका छन् ।

    कोइराला र शर्माको सहमती विना सिंहले कुनै निर्णय गर्न सक्ने अवस्था छैन । महामन्त्रीको दौडमा रहेका विश्वप्रकाशलाई देउवाले अन्तिम समयमा धोका दिएर निकालेका थिए त्यसको बदला लिने उपयुक्त मैका अहिले शर्माले पाएका छन् । हिजो आफैँले लात होनको मान्छेलाई आज खुट्टा ढोग्नु पर्ने अवस्थामा देउवा पुगेका छन् ।

    नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा हुन गइरहेको मतदानमा अब उम्मेदवारको संख्या ५ बाट दुईजनामा झरेको छ । शेरबहादुर देउवा र डा। शेखर कोइरालाबीचको प्रतिस्पर्धामा अब सबैको ध्यान प्रकाशमान सिंह र विमलेन्द्र निधिमा छ । कल्याण गुरुङको २० मत संगठित र निर्णायक छैन ।

    देउवालाई पहिलो चरणमै सभापति जित्न ८२ पुगेन । जबकि शेखर कोइराला देउवाभन्दा ५२९ मतले पछाडि छन् । तेस्रो र चौथो स्थानमा रहेका प्रकाशमान वा विमलेन्द्र निधिमध्ये कुनै एकजनाले देउवालाई समर्थन गर्नासाथ उनको सहज जित हुनसक्छ ।

    तर डा। शेखरले जित्नका लागि भने दुवैजनाको साथ अनिवार्य चाहिन्छ । किनकि प्रकाशमानले ३७१ र निधिले २४९ मत पाएका छन् । एकजनाको मात्र समर्थनले शेखरलाई जित्नका लागि पर्याप्त हुन्न । प्रकाशमान र निधि दुवैजनाले शेखरलाई समर्थन गरेमात्र उनको विजय हुनसक्छ ।

    यस हिसाबले दोस्रो चरणमा प्रकाशमान र निधि निर्णायकमात्र बनेका छैनन्, उनीहरुको बार्गेनिङ पावरसमेत बढेको छ । शेरबहादुर देउवाले बालकृष्ण खाँणलाई प्रकाशमान फकाउन चाक्सीबारी पठाइसकेका छन् । निधिले भने दोस्रो चरणमा देउवालाई सहयोग नगर्ने बताइसकेका छन् ।

    त्यसैले देउवाको प्रयास प्रकाशमानलाई आफूतिर तान्नमा केन्द्रित छ । प्रकाशमानको समर्थन भएमात्र पनि देउवालाई जित्ने मत पुग्छ । देउवा पहिलो चरणमा ८२ मतले पराजित भएका छन् ।जबकि प्रकाशमानले ३७१ मत पाएका छन् । प्रकाशमानको आधा मत पाए पनि देउवालाई पुग्छ ।

    संस्थापनइतर समूहबाट अन्तिममा फुटेर अलग उम्मेदवारी दिएका प्रकाशमानको निर्णयमा सुजाता कोइराला र विश्वप्रकाश शर्माको पनि भूमिका हुन्छ । महामन्त्री उम्मेदवार बन्न नपाएपछि देउवा समूह छाडेका विश्वप्रकाशले प्रकाशमानलाई कसको पक्षमा उभिन प्रेरित गर्छन् रु यो पनि निर्णायक फ्याक्टर छ ।

    त्यस्तै कोइराला परिवारबाट फुटेकी सुजाताले दाजु शेखरलाई सघाउलिन् कि देउवालाई रु यो प्रष्ट छैन । तर दोस्रो चरणमा देउवाविरुद्ध एकजुट हुन प्रकाशमान र सुजातामाथि कार्यकर्ताको दबाब बढिसकेको छ । ८२ नपुगेर पहिलो चरणमा जित्न नसकेका देउवाले एक डेढ सय मत किनेर पनि पुर्याउने दावी नेताहरुको छ ।

    कांग्रेसको निर्वाचनमा करोडौंको हाराहारीमा पैसा चलायमान भइसकेको अनुमान छ । अब मतदाता छानीछानी सौदाबाजी हुने सम्भावना छ । यो खेलमा दुवै पक्ष लाग्छन् तर देउवालाई केही मतदातामात्र प्रभावित पार्न सहज छ भने कोइरालाका लागि निधि र प्रकाशमानको सहयोग अनिवार्य छ ।

    रामचन्द्र पौडेलले आफूले सभापति जितेपछि एक वर्षपछि कार्यवाहक दिने लिखित सहमति गरौंभन्दा समेत नमानेका प्रकाशमानले देउवासँग उधारो सौदा अवश्य गर्दैनन् । अर्कोतिर कांग्रेसमा नेतृत्व परिवर्तनको उपयुक्त क्षण आएको भन्दै प्रकाशमानमाथि देउवालाई समर्थन नगर्न दबाब पनि उत्तिकै छ । जे भए पनि दोस्रो चरणको निर्वाचनअघि प्रकाशमान र निधिमात्र होइन महाधिवेशन प्रतिनिधिहरुको समेत बार्गेनिङ शक्ति बढेको छ । यस्तोमा आज झन् ठूलो रकमको चलखेल र शक्ति तथा सत्ताको सौदाबाजी हुने निश्चित छ ।

    सुजाताले मन्त्रीको लागि देउवासँग बार्गेनिङ गर्ने चर्चा पनि कांग्रेस वृत्तमा भइरहेको छ भने प्रकाशमानको बार्गेनिङ पावर झनै बढेको छ । उनले देउवासँग मिल्दा हाताहाती फाइदा पाउने भएमा अन्तिममा संस्थापनइतर समूहलाई धोखा दिने आशंका पनि छ ।

    आफू सत्ता र शक्तिमा पुग्न र टिक्न जुनसुकै हदसम्मको सौदाबाजी गर्ने देउवाले प्रकाशमानसँग कस्तो सौदा गर्लान् रु यसका लागि केही घण्टा निर्णायक हुनेछन् ।

    सम्बन्धित समाचार
    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल

    गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान

        नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

    हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend