नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पदाधिकारीमा सबभन्दा बढी चासो महामन्त्रीमा कसले जित्छ भन्नेमा छ । यसपालि छुट्टाछुट्टै प्यानलबाट तीन जना युवा नेता महामन्त्री उम्मेदवार बनेका छन्। गगन थापा दोस्रोपटक महामन्त्रीमा उठेका छन्। उनी शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेका छन्। शेखरकै प्यानलमा मिनेन्द्र रिजाल पनि महामन्त्रीका उम्मेदवार छन्।
सभापति शेरबहादुर देउवाको प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीका उम्मेदवार छन्। कांग्रेस प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उठेका थिए। दोस्रो चरणको चुनावमा सिंहले देउवालाई समर्थन गरिसकेका छन्।
फ्याक्ट्स रिसर्च एन्ड एनालाइसिसले गरेको सर्भेक्षणलाई आधार मान्ने हो भने कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित हुने देखिन्छ। यही संस्थाले सभापतिका उम्मेदवारले कति मत पाउन सक्छन् भनेर गरेको सर्भेक्षण र अन्तिम नतिजा लगभग मिलेको छ।
फ्याक्ट्स नेपालको सर्भेक्षणमा सभापतिका लागि शेरबहादुर देउवाले ४५, शेखर कोइरालाले ३८, प्रकाशमान सिंहले ९ र विमलेन्द्र निधिले ८ प्रतिशत मत पाउने देखिएको थियो।
अन्तर्राष्ट्रिय स्तरका सर्भेक्षणहरूमा पनि अन्तिम परिणाम र सर्भेक्षणको नतिजा तीन प्रतिशत तल–माथि हुनुलाई स्वाभाविक मानिन्छ। फ्याक्ट्स नेपालको यही सर्भेले महामन्त्रीमा गगनले ४५, विश्वप्रकाशले २९, प्रदीप पौडेलले १०, प्रकाशशरण महतले ८, मिनेन्द्र रिजालले ७ र अन्यले १ प्रतिशत मत पाउने देखाएको छ।
फ्याक्ट्स रिसर्च एन्ड एनालाइसिसका संस्थापक एवं सिइओ हुन्, मनीष झा। उनले यो संस्था सन् २०१२ मा दर्ता गराएका थिए। ‘हामीले संस्था दर्ता गर्नुअघि नेपालमा रिसर्च गर्ने अरू संस्थाहरू कति छन् भनेर पनि रिसर्च गरेका थियौं,’ झाले भने, ‘त्यति बेला नेपालमा ४१ वटा रिसर्च संस्था रहेछन्। उनीहरूले डाटाहरू आफ्ना क्लाइन्टलाई मात्र दिँदा रहेछन्, आममानिसलाई दिँदा रहेनछन्।’
त्यसपछि आफूहरूले उनीहरूले नगरेको काम गर्ने योजना बनाएको झाले बताए। मिडियाहरूसँग सहकार्य गरेर उनीहरूले विभिन्न विषयमा गरिएका अनुसन्धानका विवरण सार्वजनिक गर्न थाले।
२०७० सालको चुनावमा उनीहरूले देशभरिका विभिन्न ५२ निर्वाचन क्षेत्रमा सर्भे गरे। संकलित डाटाले देखाउने ट्रेन्डबारे कार्यक्रम बनाए। ‘सुरूमा हामीले एभिन्युजलाई अनुरोध गर्यौ। उनीहरूले सुरूमा दुइटा सो मात्रै दिए।
काठमाडौं–१० मा प्रचण्ड हार्दैछन् भन्दा एभिन्युजका कर्मचारीले मलाई तपाईंलाई मार्छन्, लुक्नुस् भनेका थिए,’ मनीषले सम्झिए, ‘मैले मनगढन्ते कुरा गरेको थिइनँ। जे डाटाले देखायो त्यसैको विश्लेषण मात्रै गरेको थिएँ।’
संविधानसभाको चुनावमा उनीहरूले गरेको सर्भे धेरै क्षेत्रमा मेल खायो। यसले उनीहरूको विश्वसनीयता पनि बढ्यो। त्यसपछि मनीषले विभिन्न चुनावमा उम्मेदवारहरूका लागि सर्भेक्षण गर्न र रणनीति पनि बनाइदिन थाले।
‘भवन भट्ट एनआरएन अध्यक्ष लड्दा र २०७४ सालमा प्रदीप गिरिका लागि पनि मैले नै रणनीति बनाएको हो,’ मनीषले भने, ‘उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठदेखि पछिल्लो समय नाडाका अध्यक्ष ध्रुव थापाको चुनावी रणनीतिमा पनि हामीले काम गर्यौ।’
फ्याक्ट्स नेपालले तीन किसिमका अनुसन्धान गर्दै आएको छ। यसमा उद्योग वाणिज्य महासंघसँग मिलेर गरिने रिटेल अडिट, आफ्ना
ग्राहकहरूको आवश्यकताअनुसार कुनै विशेष विषयमा केन्द्रित अनुसन्धान र सार्वजनिक चासोका विषय पर्छन्।
कांग्रेस महाधिवेशनका लागि आफ्नै खर्चमा सर्भे गरेको मनीषले बताए। ‘हामीले कांग्रेसको १३औं महाधिवेशनमा पनि सर्भे गरेका थियौं। कोषाध्यक्षबाहेक सबै पदमा हाम्रो सर्भेक्षण अन्तिम नतिजासँग मिलेको थियो।
तर त्यति बेला हाम्रो त्यति चर्चा थिएन,’ उनले भने, ‘यसपालि पनि केही साथीहरूले गर्नुपर्छ भने। मलाई पनि रिसर्चको संस्कृति बनाउनुपर्छ भन्ने लाग्यो। अनि सुरू ग¥यौं।’
कांग्रेस महाधिवेशनको सर्भे गर्न २३ जना कर्मचारी दुई दिनसम्म खटिएका थिए। उनीहरूले एपको प्रयोग गरी डिजिटल माध्यमबाट डाटा इन्ट्री गरेका थिए।
शनिबार १७ सय र आइतबार ४ सय जनाबीच सर्भेक्षण गरिएको थियो। ‘हामीले उत्तरदातालाई लिंग, भूगोल र उमेरका हिसाबले तीन भागमा बाँडेका थियौं,’ मनीषले भने, ‘सबै भूगोलका, सबै उमेर समूहका महिला–पुरूष महाधिवेशन प्रतिनिधिलाई स्याम्पल बनाएका थियौं।’
सोमबार दिउँसो नै सर्भेक्षणको परिणाम आफूहरूले तयार पारे पनि चुनाव प्रभावित नहोस् भनेर राति पौने १ बजे सार्वजनिक गरेको उनले बताए।
सभापतिमा उनीहरूले गरेको सर्भेक्षण लगभग मिलेपछि धेरैले मनीषलाई धन्यवाद र बधाई दिइरहेका छन्। महामन्त्रीमा भने विश्वप्रकाशको मत मिल्दैन कि भन्ने कतिको आशंका छ।
मनीष भने महामन्त्रीमा पनि आफ्नो सर्भेक्षणको नतिजा र अन्तिम नतिजा लगभग उस्ताउस्तै आउनेमा विश्वस्त छन्।
‘हामीले सर्भेक्षण गर्दा गगन थापाको अघिल्लो दिनभन्दा प्यानल घोषणा भएपछि मत अलि कम देखिएको थियो तर विश्वप्रकाशको दुवै दिन उस्तै थियो,’ मनीषले भने, ‘त्यही भएर म त मिल्छ भन्नेमा ढुक्क छु। फेरि रिसर्च भनेको सम्भावना यस्तो हुन्छ भन्ने देखाउने हो। कहिलेकाहीँ नमिल्न पनि सक्छ।’
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...
उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...
चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...
डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...
सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...