नेपाली काग्रेसको १४ औँ महाधिवेशन बाट महामन्त्री पदमा निर्वाचित भएका विश्वप्रकाश शर्मा नेपाली काग्रेस भित्र कति लोकप्रिय रहेछन् भन्ने कुरा उनले प्राप्त गरेको मत बाट बुझ्न सकिन्छ ।
गगन थापाले महामन्त्रीमा जित्नु र विश्वप्रकाशले महामन्त्री जित्नुमा आकाश पातालको फरक छ भन्ने काग्रेसीजनहरु प्रशस्तै छन् । थापाले बलियो टिम बाट टिकट पाएका थिए प्यानलको भोटमा आफ्नो लोकप्रिय मत मिसाउँदा उनको जित स्वाभाविक थियो तर विश्वप्रकाशले गुटको दायरा भत्काएर प्रतिनिधीको मन जितेर मत पाएका थिए ।
प्रकाशमान सिंह प्यानल बाट महामन्त्रीका उमेदवार बनेका शर्माले आफ्नो प्यानलको सभापतीको उमेदवारले ३०० मत कटाउँन हम्मे परेका बेला झण्डै २००० मत ल्याएर महामन्त्रीमा बाजी मारेका छन् । व्यक्तिको व्यक्तित्वका अगाडी गुटको पर्खाल सजिलै भत्किन सक्ने रहेछ भन्ने कुराको प्रमाण उनी बनेका छन् ।
शर्मालाई नेपाली काग्रेस भित्र सानो विपीको नामले पनि चिनिन्छ । विशेश्वर प्रसाद कोइराला र विश्वप्रकाश शर्माको सटकट नाम विपी हुन्छ । त्यत्ति मात्रै होइन उनको आनीबानी र आचरण पनि विपी कोइराला सँग मिल्ने खालको छ । सादा जीवन र उच्च विचार राख्ने शर्मा आफ्नो राजनितीक जीवनको आर्दश पनि विपी कोइरालालाई नै मान्छन् ।
विपी कोइरालालाई जेलमा राखिएको ठाउँ सुन्दरीजलमा गएर काग्रेस महामन्त्रीको उमेदवारी घोषणा गरेका शर्माले महामन्त्रीमा बिजयी भए पछि सुन्दरीजलमै पुगेर विपीको आदर्श अनुरुप काम गरेर काग्रेसको मात्रै होइन देशकै मुहार फेर्ने कसम खाएका छन् । मिठो आवाजमा बोलेर प्रभावित पार्न सक्ने बेजोडको खुबि उनी सँग रहेका छ ।
काग्रेस पार्टी भित्र लोकप्रियताको पकड जमाउँन सफल शर्माको पारिवारिक जीवन पनि निकै रोचक र चाखलाग्दो रहेको पाइएको छ । व्यक्तिगत जीवन सुन्दर र सुखि हुन सक्यो भने त्यसले सामाजिक जीवनलाई पनी फरक पार्दछ भनिन्छ शर्माको परिवारले झट्ट सुन्दा अनौठो लाग्ने अभ्यास गरिरहेको छ ।
विश्वप्रकाश शर्माको परिवारमा माइन्युटनै गरेर मिटिङ बस्ने गरेको खुलासा भएको छ । काग्रेस महामन्त्री विश्वप्रकाश शर्माकी श्रीमती कविता शर्माले यस्तो रोचक खुलासा गरेकी हुन् । उनका अनुसार शर्मा परिवारमा एक महिना या दुई महिनामा आवश्यकता अनुसार पारिवारिक मिटिङ बस्छ ,माइन्युटनै गरेर ।
महिना भरि एक अर्कालाई उसका बारेमा नराम्रा लागेका कुरा या कम्प्लेनहरु केहि छ भने भने अरु समयमा नभन्ने र मिटिङमानै छलफल गर्ने गरेको विश्वकी श्रीमती कविताले बताएकी छिन् । कसको के कमजोरी भयो छलफल गर्ने र अब देखी यस्तो गल्ती नगर्ने भनेर लिखित निर्णय नै गर्ने गरिएको उनले बताएकी छिन् । यस्तो बैठकमा उनीहरुले आफ्नी छोरीलाई पनि राख्ने गरेका छन् ।
श्रीमती कविताका अनुसार श्रीमान श्रीमतीका मात्रै नितान्त व्यक्तिगत विषयमा भने एनिभर्सरी भन्दा अघि श्रीमान श्रीमतीको मात्रै छुट्टै बैठक बस्छ त्यसमा बर्ष भरिका तिता मिठा कुराहरु गर्ने र बाँकी एक बर्ष केहि गुनासो नगर्ने । यसो गर्दा घर परिवारमा केहि समस्या नहुने सँधै हाँसी खुशि परिवार रहने उनले बताएकी छिन् ।
घरमा श्रीमती सँग समेत लिखित रुपमा माइन्युट गरेर बैठक गर्ने शर्माले नेपाली काग्रेसमा पनि माइन्युटनै गर्नु पर्ने जिम्मेवारी पाएका छन् अब उनले काग्रेस कसरी चलाउँछन् भन्ने प्रतिक्षाको बिषय बनेको छ ।
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...