नेपाली काग्रेसको १४औँ महाधिवेशन बाट लोकप्रिय मत सहित महाामन्त्रीमा निर्वाचित भएका गगन कुमार थापाले एमसीसीका बारेमा खुलेर बोलिदिउँन भनेर धेरैले आकांक्षा राखेका छन् । र्एमसीसी बारे बोल्न आज सम्म आलटाल गर्दै आएका गगन थापा अब भने चपुवामा पर्ने अवस्था आएको छ ।
गगन थापा सुुरुदेखीनै एमसीसीको खास समर्थक हुन तर आलोचनाको डरले आज सम्म आलटाले जवाफ दिएर टार्र्दै आएका थिए तर अब भने उनैलाई प्रयोग गरेर एमसीसीको पक्षमा माहोल बनाउँने तयारी देउवाले गरेका छन् । देउवाको तयारी बुझे पछि थापा समस्यामा परेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालै एमसीसी पास गराउँको लागी निकै जोडबल लगाइरहेका छन् तर उनले भने जति सजिलो सँग एमसीसी पास हुने छाँटकाँट देखिएको छैन ।
सरकारको नेतत्व गरिरहेको दल नेपाली काग्रेसमा एमसीसी पास गराउँनु पर्छ भन्नेमा एकमत रहेको छ । सत्तागठबन्धनकै अन्य दल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ठोस निर्णय लिन नसक्दा प्रधानमन्त्री देउवा अप्ठेरोमा पर्दै गएका छन् । एमससीसीको पक्षमा माहोल बनाउँन देउवाले नयाँ रणनिती बनाउँन थालेका छन् ।
नेपाली काग्रेसको १४ औँ महाधिवेशन बाट फेरी पनि सभापतीमा निर्वाचित भएर आए पछि प्रधमानमन्त्रीको हैसियतमा देउवाले एमसीसीकै बिषयलाई प्रमुख एजेण्डा बनाएर सर्वदलीय बैठकनै आयोजना गरे तर वैठकमा काग्रेस एक्लीएको छ । देउवालाई साथ दिने बवुरो बावुराम भट्टराई भन्दा अरु कोहि नदेखिएको बताइएको छ ।
सुरु देखिनै एमसीसीको समर्थक रहेका तर सार्वजनिक रुपमा आँट गरेर बोल्न डराइरहेका नेपाली काग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापालाई पनि देउवाले शिर्ष नेता सहभागी सर्वदलीय बैठकमा बोलाएका थिए । काग्रेस महामन्त्री हुने वित्तिकै सर्वदलीय बैठकमा देउवाले गगनलाई बोलाउँनुलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ ।
बालुवाटार निकट स्रोतका अनुसार सुरुमा सर्वदलीय बैठकमा सहभागी हुने नेताहरुको लिष्टमा गगन थापाको नाम थिएन पछि प्रधानमन्त्री देउवालेनै फोन गरेर बैठकमा बोलाएका थिए । एमसीसीको विषयमा छलफल हुने बैठकमा गगनलाई आफँै फोन गरेर बोलाएर देउवाले अर्थपुर्ण सन्देश दिएका छन् । गगन थापाको लोकप्रियतालाई एमसीसीको पक्षमा प्रयोग गर्ने रणनितीमा देउवा रहेको बताइएको छ ।
काग्रेस उपसभापती पुर्णबहादुर खड्का , धनराज गुरुङ र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई नबोलाएर देउवाले गगनलाई बोलाएका थिए । प्रधानमन्त्री देउवाको चाहना गगन थापाले एमसीसीको पक्षमा क्याम्पेनिङ गरिदिउँन र माहोल बनाइदिउँन भन्ने रहेको उनी निकट स्रोतले जानकारी दिएको छ । बैठकमा थापा खासै केहि नबोले पनि एमसीसी पास गर्नु पर्छ भनेर काग्रेस नेताहरुले अडान राख्दा मौन बसेर स्विकृती जनाएको बैठकमा सहभागी नेमकिपाका नेता प्रेम सुवालले जानकारी दिएका छन् ।
सर्वदलीय बैठकमा देउवाले काग्रेसबाट छानीछानी एमसीसीको समर्थक नेताहरुलाई बोलाएका थिए । गगन थापा मात्रै होइन त्यस दिन डा रामशरण महत पनि निम्ताइएका थिए । काग्रेस भित्र एमसीसीका कट्टर समर्थक रहेका महतले एमसीसीका बारेमा बाहिर आएका कुराहरु सबै भ्रम हुन् भनेर प्रवचन दिएको बताइएको छ ।
गगन थापाले अहिले सम्म एमसीसीको पक्षमा खुलेर बोल्न नसके पनि म पनि एमसीसीको पक्षधर हुँ भन्ने संकेत पटक पटक गरिसकेका छन् । पब्लीक सेन्टीमेन्टलाई क्याच गरेरनै नेता बनेका थापा अहिले सम्म खुलेर बोल्न आँट नगरे पनि उनी एमसीसीका खास समर्थक हुन् भन्ने कुरा अब लकाएर नलुक्ने अवस्थामा पुगेको छ ।
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...
उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...
चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...
डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...
सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...