नेकपा एमाले सिन्धुपाल्चोकका पुराना नेता एवं पूर्र्व सांसद सुभाष कर्माचार्यले एमालेको ४० बर्ष लामो राजनितीक जीवन अन्त्य गरेको घोषणा गरे पछि उनका सहयोद्धा होमनारायण श्रेष्ठले निकै भावुक सन्देश पठाएका छन् ।
एमाले सिन्धुपाल्चोकका नेता तथा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष श्रेष्ठले यति कठोर निर्णय गर्दै गरेका आफ्ना सहयोद्धाका नाममा गर्विलो इतिहास र हिजोका आफ्नै वचनलाई स्मरण गराएका छन् । पद भन्दा पार्टी र अभियान प्रमुख भनेर प्रशिक्षण दिने व्यक्ति बाटै यो खालको निर्णय हुनु अप्रत्यासित भएको श्रेष्ठले भनेका छन् ।
४० बर्ष पसिना बागाएको पार्टीलाई यति सजिलै त्याग्न सकिन्छर ? भन्दै श्रेष्ठले सुभाषलाई महान उदेश्य बोकेर हिँडेको मान्छे सानातिना कुरामा अल्झीएर यस्तो निर्णय गर्न नसुहाउँने भन्दै आफ्नो आर्दश र मान्यतालाई फर्केर हेर्न अनुरोध गरेका छन् ।
सुभाषको नाममा सामाजिक संजाल मार्फत लामो स्टाटस लेख्दै होमनारायणले आफ्नो निर्णयमा पुनर्विचार गर्न पनि भनेका छन् । श्रेष्ठले आफु स्वयंको पनि उदाहरण दिँदै लामो समय क्षेत्रको नेतृत्व गरेको र जिल्लाको सचिवालय रहेर काम गर्दा पछि जिल्ला सदस्य सम्म नबनाएको स्मरण गराउँदै पार्टी जीवनमा यस्ता क्षणहरु आउँने बताएका छन् ।
एमाले नेता होमनारायण श्रेष्ठले एमाले परित्यागको घोषणा गरेका सुभाष कर्माचार्यको नाममा लेखेको लामो फेसबुक स्टाटस यस्तो छ
प्रिय कमरेड Subhas Karmacharya
४० वर्षसम्म पसिना बगाएको पार्टी छाडेको घोषणा गर्नु भएछ । यो घोषणाको ड्राफ्ट तयार गर्दै गर्दा कमरेडका हातहरु पक्कै काँपे होलान । अरुलाई त प्रत्यासित लाग्यो होला म जस्ता थुप्रै पार्टी कार्यकर्तालाई भने अप्रत्यासित लागेको छ । हठात निर्णय लिनु भएको हैन होला । सोची, सम्झि, जोड घटाउ, नाफा घाटा थुप्रै कुराको हिसाव गर्नु भएको होला । तपाईसंगको यति लामो संगतले पनि तपाई भावनामा बहकिने स्वभावको मान्छे हैन भन्ने कुरामा त कुनै शंका छैन ।
नेकपा सोचे जसरी एकिकरण हुन सकेन । त्यसकालका हाम्रा भूमिका के रहे सबै कुरा अव सम्झिनु जरुरी छैन । एमाले जेठ २ मा फर्किए पछि सबै आआफनो भुमिकामा रहेर जिम्मेवारी सम्हाल्नु सबैको दायित्व हो । चितवनमा सम्पन्न महाधिवेसनमा तपाई केन्द्रीय सदस्यमा अट्नु पथ्र्यो । तपाई जत्तिको योगदान र क्षमता भएको व्यक्ति केन्द्रीय सदस्यमा नअट्नु पर्ने कारण छैन । तर देश भरिबाट 301 जना र त्यसमा पनि पुरुश 200 जना मात्र हुने अवस्थामा जिल्लाले पुरानो 3 जनामा थप 1 जनाको कोटा पाउनु सानो कुरा पक्कै थिएन । 2 जनाको कोटा पाउदा बहस हुने कुरै थिएन । थप एक जना मात्र हुदा मेरो मत क सरेशको पक्छेमा रहेकै हो ।
मेरो भन्दा अरुको मत फरक हुन पाउछ । तर आफ्नो मत जाहेज रहेको कुरामा ढुक्क छु । एक पटक अपेक्षित पोर्टफोलियोमा नसेमेटिदैमा पार्टी नै त्याग्दै जाने प्रवृति सहि हो र ? ४० वर्षको पार्टी गतिविधिमा तपाईले कहिलै पनि पार्टी भन्दा व्यक्ति ठुलो हो भनेर भन्नु भएन । पद नपाए विद्रोह गर्नु नैसर्गिक अधिकार हो भनेर कहिल्यै भन्नु भएन । पद पाउने जति पार्टीबाट न्याय पाएका र पद नपाउने जति अन्यायमा परेका हुन्छन भनेर कहिल्यै भन्नु भएन ।
बरु तपाईले भन्नु भयो, “अभियान प्रमुख हो, पद हैन ।” एमालेले चार चार पटकसम्म सांसदको टिकट तपाईलाई मात्रै दिदा हामिलाई त तपाईको व्यक्तित्व र ऊर्जा देखेर त्यो जायजै लाग्थ्यो । त्यति मात्र होइन तपाईका सिनियर र समकक्षीहरु समेत “हो त अभियान पो प्रमुख हो त पद नाथे के हो र” भनेर चित्त बुजाउथे । तिनलाई समेत तपाईले अवसर पाउदा आफु अन्यायमा परेको भान हुदैन थियो । तपाईकै जस्तै योग्याता क्षमता र योगदान हुने थुप्रै कमरेडहरु पद बाहिर छन् ।
४० वर्षसम्मको तपाईको विश्वास र आदर्षबाट आज एकाएक यस्ता खुद्रा मसिना कारण देखाएर तपाई कसरी सम्वन्ध विच्छेद गरें भन्न सक्नुहुन्छ ? पार्टिले तपाईलाई जत्ति ४/४ पटक कसैलाई टिकट दियो?
अलिकति मेरो कुरा गरौ- २ पटक पार्टी क्षेत्रको नेतृत्व गर्दै जिल्ला पार्टी सचिवालयको जिम्मेवारी समेत निर्वाह गरेर लगभग ३० वर्ष पार्टीमा निरन्तर विताउदा १४५ सदस्यीय जिल्ला कमिटी भित्र मेरो नाम एक थान जिल्ला कमिटी सदस्यमा नअट्दा समेत तपाइहरुकै प्रशिक्षणलाई विश्वास गरेर म आफुले विद्रोह गर्नु, सामजिक सन्जालमा लेख्नु त परै जाओस सोच सम्म आएन । यसमा मलाई कुनै पश्चाताप छैन । तपाईले सिकाउनु भएको थियो नि त- पद हैन अभियान प्रमुख हो भनेर । अनि तपाईको यो कदम चाहि जायज ठहरिएला र ?
अझै केही बिग्रेको छैन कमरेड! फर्किनुस । आफनो आदर्श माथि धोका नदिनुस ।
“हामीले कस्तो नेपाल बनाउँदैछौँ ?”
हामी सबैलाई एउटा राम्रो नेपाल चाहिएको छ। जहाँ छोराछोरीले भविष्य खोज्न विदेश जानैपर्ने बाध्यता नहोस्, जहाँ इमानदार मानिस निराश हुन नपरोस्, जहाँ गरिबको आवाज सानो नहोस् र जहाँ एउटा...
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...