नेकपा मओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा जारी छ । अध्यक्ष प्रचण्डले पार्टीलाई जनता सँग जोड्ने भन्दै प्रतिवदेन ल्याएका छन् उनले अहिले आफुले ल्याएको प्रतिवेदनले राजनितिक कोर्सनै बदल्ने दावी गरेका छन् तर प्रचण्डको बोलीमा धेरैले विश्वास गर्ने अवस्था देखिएको छैन ।
माओवादी जनयुद्धमै होमिएर नेतृत्व गरेका र पछिल्लो समय माओवादी आन्दोलन बाट विरत्तीएर ड्रायगन खेतितिर लागेका पूर्वमाओवादी नेता लोकेन्द्र विष्ट मगर भने प्रचण्डले ल्याएको प्रतिवेदन सुन्दा मिठो सुनिए पनि व्यवाहिक प्रयोग गर्ने नसक्ने ठाउँमा माओवादी पुगेको दाबी गरेका छन् ।
चिल्ला र मिठा कुरा गर्न प्रचण्ड सिपालु भएको भन्दै विष्टले व्यवहारमा प्रचण्डलेनै प्रयोग नगर्ने जिकिर गरेका छन् । प्रचण्ड सम्पुर्णत दलालहरुको कब्जामा पुगेको भन्दै विष्ट त्यो घेरा तोडेर उनी निष्कन गारो हुने बताएका छन् । विष्टले इमान्दार कार्यकर्ता प्रचण्डलाई भेट्नै नपाउँन तर दलालहरुले प्रचण्डको ओच्छ्यान सम्मै पुग्ने अवस्था रहको बताएका छन् ।
कुरा राम्रा त माओवादीको पहिलेका महाधिवेशनमा पनि भएको तर त्यसको कार्यान्वयन हुन नसकेको उनले भनेका छन् । हेटौँडा महाधिवेशनमा आफु पनि सहभागी भएर निकै जमेर बहस भएको स्मरण गर्दै उनले कुरा मात्रै मिठा र चिल्ला गर्ने तर काम नगर्ने प्रवृती माओवादीमा रहको बताएका छन् । अहिले पनि प्रचण्डको प्रतिवदेन पढेर दुनियाँ सिरियस छैन बरु हासिँरहेको विष्टले भनेका छन् ।
महाधिवेशनले राम्रा(राम्रा कार्यक्रम पारित गरेको पनि थियो । अहिले पनि अध्यक्ष प्रचण्डज्यूले त्यस्तै मीठा कार्यक्रम ल्याउनुभएको छ रे भन्ने सुनेको छु । तर कसले के बोल्छन्, कसले कति राम्रो बान्की परेका वाक्य लेख्छन् भन्ने कुराले त्यस्तो अर्थ राख्दैन । सुन्न र पढ्नमा त त्यो मजा हुने भयो तर मुख्य कुरा त काम नै हो । तर पार्टीमा ठूला कुरामात्रै हुन्छन्, काम हुदैन भन्ने बुझ्न त हेटौंडा महाधिवेशन यताको माओवादी हेरे छर्लंग भइहाल्छ । बिष्टले भनेका छन् ।
हेटौंडाबाट जे कुरा पास भयो, त्यो त लागू भएन । लागू नभएपछि असर गर्यो पार्टीलाई । मजस्ता मान्छेहरु निस्किन पर्ने भयो किन भने मैले त्यहाँ काम गर्ने ठाउँ नै पाइनँ । विष्टले अगाडी भनेका छन् मैले के सोचे भने राजनीतिक मात्रै नभइकन उत्पादन र श्रमसित सम्बन्धित कामका लागि पार्टीले अगुवाइ लिन्न भने पार्टीका नेता कार्यकर्ता कोही काम लाग्दैनन् ।
प्रचण्डले अहिले ल्याएको प्रतिवेदन र त्यहाँ उल्लेखित कुराहरुलाई विष्टले फेरी पनि जनतालाई ठगी खाने खेल भनेका छन् । जनता र श्रमबाट टाढा भएपछि पार्टी नेता कार्यकर्ता कोही काम लाग्दैनन् भन्ने निष्कर्ष आफुले निकालेर नै आफु माओवादी बाट अलग भएको बिष्टले बताएका छन् ।
.
अहिले प्रचण्डले ल्याएको प्रतिवदेनमा माओवादीका सबै नेता कार्यकर्ताले कम्तीमा १५ दिन श्रम गर्नु पर्ने कुरा ल्याएको तर त्यो कार्याव्यन होला भन्ने विश्वास आफुमा फिटिक्कै नभएको विष्टले भनेका छन् । कार्यान्वयन भएछ भने आफु खुशिनै हुने उनले बताएका छन् ।
बिष्टले भनेका छन् । पहिलो कुरा नेतृत्व नबदलिएर हुँदैन । आफू नमरी स्वर्ग देखिन्न भन्ने नेपाली चर्चित उखान छ नि । साँच्चिकै कामै गर्न मन लागेको हो भने प्रचण्ड कमरेडले नै त्यसको सुरुवात गर्नुपर्छ । लठ्ठीले हान्दैहान्दै गाईभैंसीलाई पर लखेट्नुपर्छ तर मान्छे त सबैभन्दा अगाडि आफैं लाग्नुपर्छ । भन्दा पनि गर्दा पनि । भन्दा केहीले सुन्छन्, गर्दा सबैले देख्छन् । त्यसैले अहिलेको नेतृत्व ड्याम्मै काममा लागे पो अरु लाग्छन् त ।
अरुलाई निर्देशन दिने तर अरुलाई केही नभन्ने, सिन्को पनि नभाँच्ने, झरेको पात पनि नउठाउने, सुकिला मुकिला विरोध गर्ने तर आफू महासुकिलामुकिला हुने गरेपछि कहिल्यै काम लागिन्छ ? विष्टले प्रश्न छोडेका छन् ।
“हामीले कस्तो नेपाल बनाउँदैछौँ ?”
हामी सबैलाई एउटा राम्रो नेपाल चाहिएको छ। जहाँ छोराछोरीले भविष्य खोज्न विदेश जानैपर्ने बाध्यता नहोस्, जहाँ इमानदार मानिस निराश हुन नपरोस्, जहाँ गरिबको आवाज सानो नहोस् र जहाँ एउटा...
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...