सत्तारुढ दल नेकपा माओवादी केन्द्रको ८ औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा जारी छ । पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रस्तुत गरेको राजनितीक प्रतिवेदन उपर छलफल पनि बेजोड चलिरहेको छ ।
प्रचण्डले सम्रग राष्ट्रिय राजनितीनै कोल्टे फर्ने गरि आफुले प्रतिवेदन ल्याएको दाबी गरे पनि केहि नेताहरुले कसिलै सँग फरक मत राखेको छन् । बन्दसत्रहल भित्रै रहको एक माओवादी नेतालेले प्रचण्डको प्रतिवेदनलाई बोइरलर कुखुरा सँगै तुलना गरिदिएका छन् ।
माओवादी केन्द्रका नेता कालिबहादुर मल्लले प्रचण्डले ल्याएको प्रतिवेदनलाई बोइलर कुखराको मासु र रक्सीसँग तुलना गरेका छन् । निकै घत लाग्दो कथा सुनाउँदै नेता मल्लले प्रचण्डको प्रतिवेदन उपर यस्तो टिप्पणी गरेका हुन् । सिधा शब्दमा नभनी उनले कथात्मक प्रस्तुतिले प्रचण्डको प्रतिवेदन उपर कडा टिप्पणी गरेका छन् ।
कालिबहादुरले सुनाएको कथा यस्तो छ एकादेशमा एउटा राजा थियो, उसले चढ्ने घोडा थियो। तर त्यो घोडा ढिलो र अल्छी थियो। राजाकै देशमा एकजना मान्छे पनि थियो। जो एकदमै चर्चित थियो। उसले भन्थ्यो, ‘म जोसँग संगत गर्छु, सात दिनमा त्यसबारेमा, सबै थाहा पाउँछु।’
त्यसपछि अल्छे घोडाबाट दिक्क राजाले भनेछत्यसो भए यो घोडाबारे पत्ता लगाऊ भनेर उसैलाई जिम्मा दियो।त्यो मान्छेले ७ दिनसमम घोडालाई आफूसँग राखेर राजालाई भेट्न गयो।अनि राजाले उसलाई सोधेछ- के पत्ता लगायौ त यो घोडाबारेमा?
उसले जवाफ दियो, यो घोडाको नस्ल (जात) नै होइन।त्यसपछि राजा घोडा किनेको ठाउँमा गयो, यो त घोडाको नश्ल नै होइन भन्ने आयो कुरा के हो?अनि उसले जवाफ पाएछ(घोडा त घोडा हो तर यो गाईको दूध खाएर हुर्किएको हो हजुर, सानैमा उसको आमा बितेको भएर।
त्यसपछि राजा दरबार फर्किएर त्यही मान्छेलाई सोध्यो( तिमीले के कारणले घोडाको नश्ल होइन भन्यौरु त्यो मान्छेले जवाफ दियो, ‘किनकि यसको घाँस खाने तरिका गाईको जस्तै छ।’
घोडाबारे जवाफ पाइसकेपछि राजाले अर्कोपटक आफ्नी रानी उसलाई जिम्मा लगायो। घोडाको जस्तै रानीबारे पनि पत्ता लगाउन समय दियो।
७ दिन माहारानीसँग नजिक रहेर बसेको त्यो मान्छेले आएर राजालाई भन्यो, यिनी राजखानदानकी छोरी होइनन्।’ त्यसपछि राजा ससुरालीमा सोध्न गयो, ुत्यस्तो भव्य बिहे गर्यौँ त राजखानकी छोरी होइन भन्ने आयो, वास्तविकता के होरु सासुससुराले जवाफ दिए( हतार हतार भयो, तपाईंले पनि उनैलाई मन पराएँ भन्नुभयो। उनी खास हाम्री छोरी होइनन्, अस्पतालबाट ल्याइएकी हुन्।
त्यसपछि राजा दरबार फर्किए।उनले फेरि त्यही मान्छेलाई सोधे, तिमीले यस्ता कुरा कसरी थाहा पायौ? त्यो मान्छेले जवाफ दियो, कर्मचारीलाई गालीगलौज र हप्कीदप्की गर्ने महारानीको तरिका सामान्य गाउँले महिलाको जस्तो छ।
त्यसपछि राजाले अब मसँग ७ दिन बस र मेरोबारे बताऊ भने। त्यो मान्छे राजासँग बसेर सात दिनपछि भन्यो, ‘तपाईँ राजाको सन्तान होइन।’ त्यसपछि राजा बाआमालाई सोध्न गयो, म राजखानदानको होइन ? बाआमाले भने- हो, तिमी अस्पतालबाट ल्याइएका हौ, कसैको जुम्ल्याहा सन्तान जन्मिएको रहेछ, अनि हामीले तिमीलाई ल्यायौँ।
राजा फेरि त्यो मान्छेकहाँ गएर सोध्यो- तिमीले यस्ता सबै कुरा कसरी थाहा पाउँछौँ? उसले जवाफ दियो- खास राजाले यस्ता रक्सी, ब्रोइलर कुखुराको मासु उपहार दिँदैन। महङ्गा हिरामोति जहवारत उपहार दिन्छ। तपाईंले मलाई लोकल रक्सी र ब्रोइलर कुखुराको मासु दिनुभयो।
अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि विभिन्न कोणबाट आलोचना भइरहेका बेला मल्लले पनि राजाको कथा सुनाउँदै कटाक्ष गरेका हुन्। मल्लले सुझाव दिने क्रममा सुरुमै अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनप्रति संकेत गर्दै त्यसलाई ब्रोइलरको संज्ञा दिएका हुन्।
“हामीले कस्तो नेपाल बनाउँदैछौँ ?”
हामी सबैलाई एउटा राम्रो नेपाल चाहिएको छ। जहाँ छोराछोरीले भविष्य खोज्न विदेश जानैपर्ने बाध्यता नहोस्, जहाँ इमानदार मानिस निराश हुन नपरोस्, जहाँ गरिबको आवाज सानो नहोस् र जहाँ एउटा...
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...