Otv Nepal आइतबार, भाद्र २८ २०८३

हल्लियो देउवा सरकारको जग, हनिमुन नमनाउँदै ढल्न सक्ने !

  • otv nepal

    आइतबार, साउन २४ २०७८
  • मन्त्रीपरिषद विस्तार गर्न नसकेको शेरबहादुर देउवा नेतृत्वको सरकारको आयुलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ । संविधानको रक्षाका लागी भन्दै आन्दोलन गरेको विपक्षी गठबन्धनको आन्दोलनको बलमा सर्वोच्च अदालतको परमादेश बाट बनेको देउवा सरकारले हनिमून नमनाउँदै ढल्न सक्ने सम्भावनाको चर्चा सुरु भएको छ ।

    संविधानको धारा ७६ को उपधारा ५को व्याख्या गर्दै सर्वोच्च अदालतले जुन दलले जसलाई भोट हाले पनि हुने भन्ने फैसला गरेका कारण नेकपा एमाललेका सांसदहरुको पनि मत जोडेर बनेको देउवा सरकार एमाले एकता भएको अवस्थामा अल्पमतमा पर्ने अवस्था आएको छ । एमाले माधव नेपाल समूहले पार्टी विभाजन गरेरै भए पनि देउवा सरकामा जान सक्दो जोडबल गरेपनि माधव समूह भित्रैको ठूलो समूह त्यसमा तयार नभए पछि माधव पक्ष सरकारमा जाने सम्भावना करिब सकिएको बताइन्छ ।

    एमाले माधव समूह सहितको एकताबद्ध भएर अघि बढेको अवस्थामा प्रधानमन्त्री देउवा माथी गम्भिर नैतिक संकट उत्पन्न हुनेछ । सरकारले ल्याएका कुनै पनि विजनेस संसदमा पास नहुने अवस्था आउँन सक्छ । माधव समूह बाहिरिए पनि जसपा एक भएको अवस्थामा सरकारको बहुमत पुग्छ तर जसपा पनि विभाजनकै अवस्थामा पुगेको छ । उपेन्द्र पक्ष र महन्थ पक्ष एक भएर जाने सम्भावना देखिएको छैन । महन्थ पक्षले अहिले सरकारलाई विश्वासको मत दिए पनि सरकार धर्मराएको अवस्थामा कुनै पनि बेला समर्थन फिर्ता लिन सक्नेछ ।

    एमाले माधव समूह र जसपाको महन्थ पक्ष बाहिरिने वित्तिकै सरकार स्वत अल्पमतमा पर्ने छ । त्यस्तो अवस्थामा अल्पमतको सरकार र बहुमतको प्रतिपक्षी बन्ने छ । त्यो सम्भावना पछिल्लो समय बढेर गएको छ । त्यस्तो अवस्थामा देउवाले के गर्छन भन्ने महत्वपूर्ण पक्ष रहेको छ । सरकार अल्पमतमा परेपछि संसद विघठन गरेर चुनाव घोषणा गर्ने विकल्प देउवा सँग रहन्छ तर पूरा कार्यकाल चल्नको लागी भनेर आफैँले मुद्धा हालेर पुनस्थापना गराएको संसद विघठन गर्न देउवालाई नैतिक रुपमा गारो पर्ने छ । ।

    फैसलामा सर्वोच्च अदालतले स्पष्ट रुपमा भनेको छ संसद बाट सरकार बन्ने विकल्प बाँकी रहँदा सम्म विघठन गर्न मिल्दैन । देउवा सरकार अल्पमतमा परे पनि संसदमा अर्को सरकार बन्ने विकल्प बाँकी नै रहेको हुनेछ । त्यस्तो अवस्थामा संसद विघठन गरेमा फेरी अदालतमा मुद्धा पर्ने छ र राजनिती फेरी गोलचक्करमा फस्ने छ । संविधानले संसद विघठनको सन्दर्भमा धारा ७६ को उपधारा ५ बमोजिमको सरकार बन्न नसकेमा वा सो धारा बमोजिम बनेको सरकारले विश्वासको मत लिन नसकेमा मात्रै संसद विघठन हुन सक्छ भनेको छ ।

    यो सन्दर्भमा धारा ७६ को उपधारा ५ बमोजिम सरकार बनिसकेको छ भने देउवाले विश्वासको मत पनि प्राप्त गरिसकेका छन् । यस्तो अवस्थामा अल्पमतमा परेपछि संसद विघठन गर्न देउवाले सक्ने छैनन् र राजिनामा नै उनको एकमात्र विकल्प बन्न सक्छ । विकसित राजिनतिक घटनाक्रमले कता लैजान्छ भन्ने आम चासो रहको छ । राजनिति फेरी एकपटक रोचक बनेको छ । थोरै मात्रै पनि स्थितीमा परिवर्तन आउँदा कुनै पनि बेला देउवा सरकार ढल्न सक्ने पूर्वानुमान सुरु भएका छन् । अर्काको खुट्टामा टेकेर बनेको सरकार अर्काले थारै मात्रै पनि खुट्टा चलाइदिँदा धर्मराउँने अवस्था बनेको छ ।

    किन विस्तार हुन सकेन मन्त्रीपरिषद ?

    सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले प्रधानमन्त्री बनकोे महिना दिन वित्न लाग्दा पनि मन्त्रीपरिषद विस्तार गर्न सकेका छैनन् । एक होइन अनेक कारणले जेलिएको समस्या देउवाले तत्काल फुकाउँन सक्ने अवस्था पनि देखिएको छैन ।

    प्रधानमन्त्रीले सपथ खाएको दिन काग्रेसबाट बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्की , माओवादीबाट पम्फा भुषाल र जनार्दन शर्मा मन्त्री बनेका थिए भने पछि देउवाले आफुखुशि सुटुक्क श्रीमती आरजुका व्यवसायिक साझेदार उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका थिए । श्रेष्ठलाई मन्त्री बनाए पछि आफ्नै पार्टी र सत्ता गठबन्धनबाट दरो खप्की खाएका देउवाले त्यस पछी मन्त्रीपरिषद विस्तार गर्न सकेका छैनन् ।

    मन्त्रीपरिषद विस्तारकै लागी भनेर सत्ता गठबन्धनका कर्यौं वैठकहरु बसिसकेको छ तर अहिले सम्म पनि भ्यागुताको धार्नी पुगेको छैन । मन्त्री बन्न लालायीत सांसदहरुले भेल थामिनसक्नु गरी उर्लिए पछि मन्त्रीपरिषद विस्तारका लागी मुख्य सकस परेको देखिन्छ तर कारण त्यत्ति मात्रै नभएर मुख्य कुरा अरुनै भएको वुझिएको छ ।

    देउवालाई प्रधानमन्त्री बनाउँन मुख्य भूमिका खेलेको एमाले माधव समूहले सरकारमा सहभागीताका विषयमा निर्णय दिन नसक्दा पनि मन्त्रीपरिषद विस्तारले पुर्णता पाउँन सकेको छैन । माधव नेपालका सांससहरु आफु खुशि मन्त्री माग्न बालुवाटार जान थालेको खबर यस अघिनै सार्वजनिक भइसकेको छ । मन्त्री बन्नेको तनाव थेग्न नसक्दा माधव नेपाललाई अहिले रुन न हाँस्नु भएको स्रोतको दावी छ ।पर्खीर भए पनि एमाले फुटाउँने हिसाब प्रचण्ड र देउवाले गरेका छन् । एमाले फुटाए मात्रै आगामी चुनावमा सहज हुने हिसाब सहित एमाले फुटाउँनैको लागी कुरेर मन्त्रीपरिषद विस्तार नगरेको राजनितिक विश्लेषक डा सुरेन्द्र केसी बनाउँछन् ।

    यता सत्ता गठबन्धनको मूख्य घटक माओवादी केन्द्र भित्र मन्त्री बन्नेको लर्को थामिनसक्नु भए पछि प्रचण्डलाई टाउको दुखाइ बनेको छ । केहि दिन अघि सार्वजनिक कार्यक्रममै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू ठूलो तनावमा रहेको बताएका थिए । नारायणकाजी देखी कृष्णबहादुर महरा सम्मले खुट्टा उचालेका कारण प्रचण्ड थप दबावमा परेका छन् । प्रचण्डले पार्टी भित्रको किचलो व्यवस्थापनका लागी केहि दिन रोकीदिन देउवालाई अनुरोध गरको स्रोतको दावी छ ।

    काग्रेस भित्रै पनि देउवालाई थेगी नसक्नुको तनाव भएको छ । देउवाको आफ्नो गुट त छँदै छ रामचन्द्र पौडेल, शसांक कोइराला ,कृष्ण सिटौला हुँदै धेरैको चित्त बुझाउँनु पर्ने कारण देउवालाई काग्रेस भित्रकै व्यवस्थापिन टाउको दुखाइको विषय बनेको छ । पौडेल समूहले राम्रो भाग नपाए सरकारमै सहभागी नहुने सम्मको धम्की देउवालाई दिएको छ । महाधिवेशन सम्मको हिसाब हेरेर बसेका देउवाले सबै कुरा राम्रो सँग नबुझी झ्याप्प हात हाल्न सकेका छैनन् ।

    जनता समाजवादी पार्टीको कथा पनि भिन्न छैन । महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष बाट पार्टीको आधिकारिकता खोस्न धेरैलाई उधारो मन्त्री बाँढेका कारण उपेन्द्र यादव र बावुराम भट्टराई अहिले तनावमा रहको बुझिएको छ । मन्त्री चाहियो भन्नेको मारामार भए पछि व्यवस्थापननै गर्न नसक्ने गरी उपेन्द्र पक्ष तनावमा फेसेकोे छ । जसपाले मन्त्रीको नाम दिन नसक्दा पनि मन्त्री मण्डलले पुर्णता पाउँन सकेको छैन ।

    बाहिर यी यस्ता कारण देखीए पनि भित्री रुपमा प्रधानमन्त्री शेरबहादुर देउवा अहिले मन्त्रीपरिषद विस्तार गर्ने सोचमा नरहेको स्रोतको दावी छ । मन्त्रीपरिषद विस्तार गर्दा सत्ता गठबन्धनका पार्टीमा चरम विवाद आउँने हिसाव गरेरै देउवाले एमसीसी पास गरे पछि मात्रै मन्त्रीपरिषद विस्तार गर्ने भित्री योजना बनाएको उच्च स्रोतको दावी छ । प्रचण्डले एमसीसीको विषयमा निहुँ खोज्न सक्ने बुझेर एमसीसी पास गरे पछि मात्रै यो काम गर्ने मुडमा देउवा रहेको बताइन्छ ।

    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, भाद्र १७ २०८३

    विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ

    विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...

    प्रकाशित: बुधबार, भाद्र १० २०८३

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो १० निर्णय

    सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

    सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स

    रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend