चर्चित अधिवक्ता स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टी नेपालले छिमेकि मूलुक इण्डीयालाई शत्रु राष्ट्र घोषणा गर्दै त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्राचार गरेको छ ।
राष्ट्रिय स्वाधिनताका बिषयमा खरो रुपमा उत्रँदै आएको उन्नत लोकतन्त्र पार्टीले इण्डीयाले पटक पटक देखाइरहेको हेपाह प्रवृतीको कडा शब्दमा निन्दा गर्दै त्यहाँका प्रधानमन्त्रीलाई पत्र लेखेको छ । नेपाल सरकारले दरो सँग अडान लिन नसक्दा सो पार्टीले भने इण्डीयालाई शत्रु राष्ट्र समेत घोषणा गरेको छ ।
मोदीलाई सम्बोधन गर्दै नेपाली भूभाग लिपुलेक सन्दर्भमा सँधियार शत्रुराष्ट्रको अभियोग लगाएर नेपालबाट पत्राचार भएको छ । उन्नत लोकतन्त्र पार्टी नेपालका अध्यक्ष स्वागत नेपालको दस्तखतसहित नेपालका तर्फबाट मोदीलाई सम्बोधन गरी पठाईएको पत्रमा यस्तो आरोप लगाईएको हो ।
नेपालका सबै राजनीतिक दलहरुले लिपुलेक प्रकरणमा भारतको हस्तक्षेप बन्द गर्न अनुरोध गर्दै प्रेस बिज्ञप्तिहरु सार्वजनिक गरिरहेका र नेपाल सरकारले पनि लिपुलेक नेपालको भूमि भएकाले भारत सरकारलाई ध्यानाकर्षण गराएको थियो । तर पनि भारत सरकारका प्रधानमंत्री र जिम्मेवार अन्य पदाधिकारीहरुले नेपाली भूभागमाथि धावा बोल्ने काम गरिरहेका छन् । यसै परिप्रेक्षमा मोदीलाई र मोदी नेतृत्वको भारतलाई सँधियार शत्रु राष्ट्र घोषणा गरिएको हो । प्रस्तुत छ मोदीलाई सम्बोधन गरि पठाईएको पत्रको पूर्ण अंश :
‘नरेन्द्र मोदी , प्रधानमन्त्री,
सँधियार सत्रुराष्ट्र इण्डिया,
मोदी जी, हामी तिमीलाई अध्यात्मिक मान्छे नै ठानेर झुक्किएका रहेछौँ । तिमी त छिमेकीको घरमूली कमजोर देखेर छिमेकीकी आमा बलात्कार गर्ने दानव रहेछौ । तिमीले नेपाल मात्र होइन सीमाना जोडिएका सबै छिमेकीका आमाविरुद्ध दुर्व्यवहार र हातपात गरेका छौ । तिमी दक्षिण एसियाली क्षेत्रीय आतंकवादीको नेता हौ । अध्यात्म र दर्शनको बुर्का लगाएर आफ्नो दानवीय चरित्र लुकाउँदैछौ । छिमेकीको मातृबलात्कार गर्नेवाला मित्रराष्ट्र हुँदैन, सँधियार सत्रु राष्ट्र हुन्छ ।
तिमी हिन्दुको नाममा कलंक हौ । तिमीले विश्वमा धेरै हिन्दूत्व र अध्यात्मिक राजनीतिको भाषण गर्दै हिँड्यौ । तर, तिमीले बुझ्नुपर्छ कि विश्वमा अध्यात्मिक राजनीतिको नेतृत्व तिमीले होइन हामीले गर्छौँ । किनकि, छिमेकीकी आमालाई संकटका बेला बलात्कार गर्नेवाला अध्यात्मिक र हिन्दु हुन सक्तैन । र, अध्यात्म र दर्शनको विश्व नेतृत्व गर्न भौगोलिक रुपमा देश ठूलो भइरहनु पर्दैन । तिमी कौरव हौ, हामी पाण्डव हौँ । त्यसैले हामी तिमीलई थोरै हतियारले पनि जित्ने छौँ ।
अन्यायका विरुद्ध निहत्था भए पनि आक्रमणमा उत्रिन गीता, रामायण, महाभारतले नै हामीलाई सिकाएका छन् । तर, त्यसपूर्व एक पटक क्षमा दिएर हेर्नुपर्छ भनिएको छ । त्यसैले हामी नेपालीमा क्षमाको संस्कार छ । तिमी सुध्रन्छौ भने हामी तिम्रो मुर्खतालाई पुनः एक पटक क्षमा दिन्छौँ । नत्र चाँडै नै अब यो संसारका सबै विद्यालयका विद्यार्थीले आफ्नो टेबलमाथि इण्डियाविहीन ग्लोब राखेर इण्डिया भन्ने देश यतैकतै थियो भनेर खोजिरहेका हुनेछन् ।
पहिला त हाम्रा गोर्खा रेजिमेन्टका नेपालीहरुले तिम्रो हतियार तिमीलाई नै बुझाएर तिमीमाथि खुकुरी दाग्ने छन् । र, बेलायती सेनाबाट मात्र होइन पछिल्लो समयमा अमेरिका लगायत अन्य देशमा सैनिकमा रहेका सारा नेपालीहरु तिमीलाई धुलीसात गर्न आक्रमणमा उत्रिने छन् । हिजो तिमीलाई स्वतन्त्र गराउन अंग्रेजसँग खुकुरी मात्र लिएर तोपका विरुद्ध भिडेका नेपालीहरुसँग आज त आधुनिक हतियार पनि छन् । भौतिक रुपमा इण्डियालाई खत्तम गरिसकेपछि तिमीविरुद्धको घृणा प्रदर्शन गर्दै करोडौं नेपालीहरुले एकै पटक थुकेरै ग्लोबबाट इण्डियाको नक्सा मेटाइदिने छन् ।
के तिमी सुध्रन तयार छौ ? अथवा, कौरवजस्तो यद्धको लागि आत्मविनास निम्त्याउन चाहन्छौ ? निर्णय लिनुपूर्व तिमी यो विचार गर कि संसारका हिन्दू नै तिम्रो विरुद्धमा छन् । संसारका इस्लामहरु तिम्रो विरुद्धमा छन् । संसारका बुद्धमार्गीहरु तिम्रो विरुद्धमा छन् । संसारका क्रिश्चियनहरु तिम्रो विरुद्धमा छन् । सबैभन्दा महत्वपूर्ण त हिन्दूहरु नै तिम्रो विरुद्धमा छन् । त्यसैले तिम्रो कारणले विश्वयुद्धको खतरा छ र अर्को महाभारतमा पनि जीत सत्यको हुनेछ, जीत हाम्रो हुनेछ । बुद्धभूमि, शिवभूमि, सीताभूमि, मनुभूमि, व्यासभूमिको जीत हुनेछ । त्यसैले तिमीले आफ्नो विनास ननिम्त्याऊ । नेपालको मिचेको भूमि छोड । टिष्टादेखि कांगडासम्मको भूमिबाट तुरुन्त आफ्नो पुरानो भूमिमा जाऊ ।
आशा छ, तिमीले आफ्नो काल निम्त्याउने छैनौ ।
स्वतन्त्र स्वाधीन नेपाली नागरिकको तर्फबाट !
स्वागत नेपाल
अध्यक्ष
उन्नत लोकतन्त्र पार्टी (एडिपि)
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...
उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...
चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...
डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...
सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...