नेपालका विवादास्पद अमेरिकी सहयोग परियोजना एमसीसी फेरी पेचिलो बनेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ सँग कुराकानी गरेका छन् ।
प्रचण्ड र सोङ ताओ बिच भएको कुराकानीलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ । चिनले नेपालले कुनै पनि हालतमा एमसीसी पास नगरोस् भन्ने चाहेको बताइन्छ । प्रधानमन्त्री देउवाले तत्काल एमसीसी पास गर्ने गरी कदम अघि बढाए पछि चिनले पनि उच्चस्तरीय सक्रियता बढाएको अनुमान गरिएको छ ।
नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल र चिनियाँ कम्युनिष्ट पार्टी ९सीसीपी० का विदेश विभाग प्रमुख सोङ ताओबीच भर्चुअल कुराकानी भएको छ । नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० संसद्बाट अनुमोदन गर्न फुल हाउसमा पेस गर्ने वा नगर्ने भन्दै सत्ता गठबन्धनभित्र चर्चा भइरहेकै बेलामा माघ १५ गते पूर्वप्रधानमन्त्री समेत रहेका दाहाल र सोङबीच भएको भर्चुअल कुराकानीलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
सोङले आफ्नो विदेश विभागको टोलीसहित कुराकानी गरेका थिए भने दाहालले भने कोठामा एक्लै बसेर कुराकानी गरेका हुन् । यस वार्ताको विषयमा दाहालले आफ्ना सचिवालयका पदाधिकारीहरूलाई समेत आइतबार बेलुकासम्म जानकारी दिएका छैनन् । त्यसै कारणले सीसीपीको विदेश विभागले उक्त वार्ताबारे सार्वजनिक गरेपछि मात्र सूचना बाहिर आएको हो ।
सीसीपीको अन्तर्राष्ट्रिय विभागबाट प्राप्त सूचनाअनुसार सोङले दाहाललाई अध्यक्षमा फेरि निर्वाचित भएकोमा बधाई दिएका थिए । ८औं महाधिवेशनमा दाहाल पुनस् अध्यक्षमा निर्वाचित भएका हुन् सोङले वार्ताका क्रममा चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत छिमेकी र साझा भविष्यका विकास साझेदार भएको उल्लेख गरेका छन् ।
चीनमा सीसीपी विदेश विभागका प्रमुखलाई धेरै महत्त्वपूर्ण व्यक्तिका रूपमा दिइन्छ । चीनको विदेश नीति नै सीसीपीको केन्द्रीय समितिले निर्माण गर्ने भएकोले त्यसमा विदेश विभागको महत्त्वपूर्ण भूमिका हुन्छ । साथै, विदेश विभाग प्रमुख सोङ नेपाल मामिलामा जानकार समेत मानिन्छन् ।
राष्ट्रपति तथा महासचिव सी जिनपिङले सन् २०१९ को अक्टोबरमा नेपालको ऐतिहासिक भ्रमण गरेको तथा दुई पक्षले विकास र समृद्धिका लागि चीन र नेपालबीचको मित्रता र मित्रताको रणनीतिक साझेदारीको स्थापनाको घोषणा गरेको पनि विदेश विभागद्वारा वार्ताबारे जानकारी दिइएको सूचनामा उल्लेख छ ।
‘दुई देशबीचको सम्बन्ध द्रुत विकासको नयाँ युगमा प्रवेश गरेको छ । परम्परागत मित्रतालाई सुदृढ गर्दै, राजनीतिक आपसी विश्वासलाई प्रगाढ गर्दै दुई देशका राजनीतिक दलको राजनीतिक नेतृत्वदायी भूमिका खेल्दै दुई देशका नेताहरूले तोकेको विकासको दिशालाई पछ्याउन चिनियाँ पक्ष नेपाली पक्षसँग मिलेर काम गर्न इच्छुक छ,’ सोङले दुई पक्षीय कुराकानीमा भनेका छन् ।
उनले बेल्ट एन्ड रोड ढाँचाअन्तर्गत ठूला परियोजनाहरूलाई सक्रिय रूपमा प्रवर्द्धन गर्दै र विभिन्न क्षेत्रहरूमा व्यवहारिक कार्यान्वयन पनि उल्लेख गरेका छन् । ‘दुई देश र दुई जनतालाई अझ राम्रो लाभान्वित गर्न हिमालय पार बहुआयामिक अन्तरसम्बन्ध सञ्जाल निर्माण गर्न सहयोग गर्छ,’ उनले भनेका छन् । नेपालले सन् २०१७ मा बीआरआईमा सम्झौता गरेको थियो ।
सोङ सीपीसीले माओवादी केन्द्र र नेपालका अन्य प्रमुख दलहरूले दीर्घकालीन मैत्रीपूर्ण आदान–प्रदान कायम राखेकाले चीन–नेपाल सम्बन्धको स्वस्थ र स्थिर विकासमा महत्त्वपूर्ण भूमिका उल्लेख गरेका छन् ।
‘हामी माओवादीसँग र देशको शासन सञ्चालनका अनुभवको आदान–प्रदानलाई निरन्तरता दिन, पार्टी निर्माण र अन्य पक्षमा सहकार्यलाई सुदृढ गर्न तथा चीन–नेपालको विकासमा थप योगदान दिन इच्छुक छौं,’ उनले भनेका छन् । सोङले दाहाललाई बेइजिङमा हुन लागेको शीतकालीन ओलम्पिकको तयारीको बारेमा पनि जानकारी दिएका छन् ।
दाहालले भने ओलम्पिकका लागि चीनलाई बधाई दिए । उक्त शीतकालीन ओलम्पिकमा नेपालबाट खेल्नको लागि कोही पनि छनोट भएको छैन । शीतकालीन ओलम्पिकमा भाग दिने नेपालको एकमात्र खेल संघ स्की हो । नेपाल ओलम्पिक कमिटीका अनुसार उक्त संघका एक खेलाडी रहेकोमा उनी छनोट हुनै सकेनन् ।
“हामीले कस्तो नेपाल बनाउँदैछौँ ?”
हामी सबैलाई एउटा राम्रो नेपाल चाहिएको छ। जहाँ छोराछोरीले भविष्य खोज्न विदेश जानैपर्ने बाध्यता नहोस्, जहाँ इमानदार मानिस निराश हुन नपरोस्, जहाँ गरिबको आवाज सानो नहोस् र जहाँ एउटा...
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...