Otv Nepal बुधबार, साउन १३ २०८३

एमसीसी पारित भएको भोलिपल्टै प्रचण्ड र माधव नेपाल माथी आइलाग्यो यस्तो फसाद !

  • otv nepal

    सोमबार, फाल्गुन १६ २०७८
  • लामो समयको अन्यौल र किचलोका विच एमसीसी प्रतिनिधी सभाबाट सामान्य बहुमतले पारित भएको छ । एमसीसी सँगै नेपाली नेताहरुको चरित्रको अनुहार पनि अनुमोदन भएको छ ।

    बालुवाटार देखी बालकोट र खुमलटार देखी कोटेश्वर सम्मको भूमिका एमसीसी अनुमोदन हुने दिन सम्म आइपुग्दा नेपाली जनताले राम्रो सँग केलाएका छन् । एमसीसीको विरोधमा सडकमा कार्यकर्ता उराल्ने गठबन्धन दल नेकपा माओवादी केन्द्र र नेकाप एस लगायककै समर्थनमा एमसीसी अनुमोदन भएको छ ।

    अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिकले एमसीसीमा देखिएका दलका नेताको चरित्र चित्रण गर्दै विश्लेषणात्मक सामाग्री तयार पारेको छ । अन्नपुर्णले प्रधानमन्त्री शेरबहादुर देउवाालाई बलियो , एमाले अध्यक्ष केपी ओलीलाई रणनितीक , माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कमजोर र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई प्रचण्डको पछुवाको संज्ञा दिएको छ ।

    अन्नपुर्ण पोष्टमा पत्रकार सुरेन्द्र काफ्लेको विश्लेषणात्मक समाचारमा भनिएको छ, प्रधानमन्त्री शेरबहादुर देउवा बलिया, एमाले अध्यक्ष केपी शर्मा ओली रणनीतिक खेलाडी, प्रचण्ड कमजोर, माधव नेपाल पछुवा ।को-कस्ता खेलाडी ? शिर्षकमा अन्नपुर्ण पोष्टले तयार पारेको विश्लेषणात्मक सामाग्री यस्तो छ

    प्रमुख प्रतिपक्षी एमालेद्वारा रोस्ट्रममा नारावाजी। सत्ता गठबन्धनकै सांसदहरूबाट विरोध। तापनि अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी आइतबार प्रतिनिधिसभाबाट बहुमतले अनुमोदन। यो प्रक्रियामा चार राजनीतिज्ञको मुख्य भूमिका रह्यो। यसमा प्रधानमन्त्री शेरबहादुर देउवा बलिया सावित भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली रणनीतिक हिसाबले अघि देखिएका छन्। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कमजोर र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल पछुवा देखिएका छन्।

    विश्लेषक लोकराज बराल एमसीसीको विषयमा देउवाको अडान प्रशंसायोग्य भएको बताउँछन्। ‘म पास गराएरै छोड्छु तिमीहरू गए जाऊ नभनेको भए यो पास नै हुँदैन थियो। म त देउवालाई स्यावास भन्छु’, विश्लेषक बराल भन्छन्।

    दाहाल र नेपाल ‘यु टर्न’ हुनुपर्ने अवस्था आउनु दुर्भाग्य भएको उनको भनाइ छ। ‘उनीहरूले सुरुवातदेखि नै मध्यमार्गी बाटो अपनाएको भए आज यसरी लतारिएर पास गर्छु भन्नु त पर्दैन थियो। हिजो यो राष्ट्रघाति भने, अहिले आफैंले भोट हाल्नु पर्‍यो,’ उनी भन्छन्, ‘कसैको लहै लहैमा लागेर नेगेटिभ हुँदा यो दसा भयो।’

    नेताको यही चरित्रका कारण राजनीतिक विकृत भएको उनको भनाइ छ। यो मामिलामा डा। बाबुराम भट्टराई जिम्मेवार नेताका रूपमा लिएको उनको भनाइ छ।
    ओलीले पनि आफूले दर्ता गरेको प्रस्तावको विषय स्पष्ट धारणा नराख्नुलाई राम्रो भन्न नसिकने उनी बताउँछन्। ‘ओलीको खोचे थाप्ने कुरा गलत हो,’ उनी भन्छ्न्, ‘आफूले दर्ता गरेको प्रस्ताव स्पष्ट धारण राख्नुपथ्र्यो।’

    देउवा : बलिया
    प्रधानमन्त्री देउवा आँटिलो र संसदीय राजनीतिका माहिर खेलाडी मानिन्छन्। आँटेको पुर्‍याएरै छोड्ने नेताका रूपमा स्थापित छन। भलै, परिणाम जस्तोसुकै होस्। सर्वोच्चको परमादेशबाट गत असारमा प्रधानमन्त्री बने। एमसीसी संसद्बाट अनुमोदन गराएरै छाड्ने एकसूत्रीय अभियानमा लागे। त्यसका लागि असहमति राख्ने सत्ता साझेदार दलको संगत छाडन तयार भए। बरु एमालेसँग काँध मिलाउन अघि सरे। अन्ततः गठबन्धनकै दलबाट नयाँ जुक्ति निकालियो– एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा। यसले माओवादी केन्द्र र एकीकृत समाजवादीमा ‘भुइँचालो’ ल्याएको छ। राष्ट्रिय जनमोर्चाले त विपक्षमै मतदान गर्‍यो। तापनि देउवाले खेल जिते।

    गठबन्धनमा सहमति नजुटेपछि देउवाले एमालेसँग सहकार्यको पहल गरेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक वार्ता गरे। एकातिर गठबन्धनमा भित्रि तयारी, अर्कोतिर विपक्षीसँग पनि सहकार्यको ‘समानान्तर सहकार्य’को पहल जारी नै राखे। तर, न गठबन्धनको विश्वास थियो न विपक्षी एमालेको भर। आफूलाई जसले साथ दिन्छ उसँग सहकार्य गर्ने र साथ नदिनेलाई बीच बाटोमा छोड्न तयार भए।

    उनले कांग्रेस महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेतालाई संवादमा खटाइरहे। एमसीसीका पक्षमा नउभिने भए सत्ता छोड्न गठबन्धनका नेताहरूमाथि दबाब बढाइरहे। ओलीलाई पनि उनका मागमा सकारात्मक रहेको सन्देश प्रवाह गरिरहे। अन्तिममा माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीकै पक्षमा उभिए। देउवाले एमालेलाई पनि बीचमै छोडे। सुरुमा जस्तोसुकै शर्त मान्न तयार भएजस्तो व्यवहार देखाए। तर, एमसीसी अनुमोदन गर्न ‘संसद्को ढोका खोलिदिन’ एमालेले राखेको माग त्यसै लत्याइदिए।

    अमेरिकाले एमसीसी अनुमोदन गर्न फागुन १६ गतेसम्मको समयसीमा तोकेको थियो। संसद्ले एक दिनअगावै अनुमोदन गरेको छ।

    रणनीतिक खेलाडी ओली
    एमाले अध्यक्ष ओली एमसीसी अनुमोदनमा रणनीतिक खेलाडीका रूपमा देखिएका छन्। कांग्रेसले आफ्ना माग पूरा गरे एमसीसीका पक्षमा मतदान गर्ने र गठबन्धन भत्किन सक्ने सन्देश दिन ओली सफल भए। देउवा र ओली मिल्न सक्ने त्रासले दाहाल र नेपाल एमसीसीका पक्षमा उभिन बाध्य भए। उनीहरूलाई एमसीसीभन्दा पनि गठबन्धन जोगाउनुपर्ने बाध्यता थियो।

    ओली प्रधानमन्त्री हुँदा सरकारले एमसीसी संसद्मा दर्ता गरेको थियो। उक्त सम्झौताको विषयमा विरोध नगरे पनि ओलीले स्पष्ट धारणा भने ल्याएनन्। आफूले कारबाही गरेका १४ सांसदलाई कारबाहीको निक्र्योल नभएसम्म यो विषयमा धारणा बनाउन नसक्ने अडान लिइरहे। एमसीसीमा सहयोग माग्न आएका देउवालाई १४ सांसदलाई पदमुक्त गर्नुपर्ने, सभामुखले राजीनामा दिनुपर्ने र गठबन्धन भत्काउनुपर्ने अडान राखे।

    देउवा र ओलीबीच छलफल तीव्र भएपछि दाहाल र नेपाल झस्किए। ‘मुख पनि नहेर्ने’ भन्दै आएका दाहाल ओलीलाई भेट्नै पर्ने अवस्थामा पुगे। उनको रणनीति नै दाहाल र नेपाललाई एमसीसीका पक्षमा मतदान गराउनु थियो। पुरानै नारा दिएर पार्टीका सांसदलाई नारावाजीमा उतारे। एमसीसीको पक्ष÷विपक्षमा पार्टीलाई मत हाल्न दिएनन्। यद्यपि, आफ्नै नेतृत्वको सरकारले संसद्मा दर्ता गरेको प्रस्तावमा मौनताप्रति कांग्रेसले प्रश्न उठाएको छ।

    कमजोर खेलाडी प्रचण्ड
    माओवादी केन्द्र अध्यक्ष दाहालले एमसीसीबारे द्वैध चरित्र देखाए। आफूले एमसीसी मुख्यालयलाई पत्र पठाएर पार्टीमा भने एमसीसी विरोधी निर्णय गराए। प्रधानमन्त्रीसँग मिलेर एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएपछि मात्रै दाहाल चेपुवामा परे। तर, त्यसपछि पनि एमसीसी अनुमोदन गर्न नहुने निर्णय संसदीय दलबाट गराए। एमसीसी जबर्जस्ती संसद्मा टेबल गरे सत्ता छोड्ने र एमसीसीका विपक्षमा मतदान गर्ने निर्णय गरी देउवालाई हच्काउन खोजे। तर, देउवा अघि बढ्ने देखेपछि एमसीसी पेस गर्न दिने निर्णय गराए। तर, त्यो निर्णयमा टिक्न सकेनन्। पार्टीभित्रै तीव्र विवाद र असन्तुष्टिबीच एमसीसीका पक्षमा मतदान गर्ने निर्णय गराए। त्यसका लागि व्याख्यात्मक घोषणाको सहारा लिए।

    उनले सभामुख अग्निप्रसाद सापकोटा प्रयोग गरेर प्रतिनिधिसभा बैठक सारिरहन लगाए। दायित्वबाट च्यूत भएको भन्दै सभामुखको व्यापक आलोचना भयो। पार्टीको निर्णयविपरीत प्रस्ताव संसदमा पेस गर्न दिन सहमत भए। तर, टेबल गर्नुपर्ने दिन अर्थमन्त्री जनार्दन शर्मालाई संसद्मा अनुपस्थित गराए।

    माओवादी केन्द्रकै प्रमुख सचेतक देव गुरुङलाई टेबल गरेकोमा विरोध जनाउन लगाए। प्रवक्ता कृष्णबहादुर महरालाई विज्ञप्ति निकाल्न लगाएर टेबल गरेको भन्दै आपत्ति जनाउन लगाए। यो सिलसिला त्यसै रहेन। एमसीसी टेबल भए पनि पास नहुने भन्दै बोल्दै गए। कार्यकर्ता सडकमा उतारे, एमसीसीको विरोध गर्न लगाए।

    देउवा र ओलीबीच बाक्लो संवादपछि भने उनी छटपटाउन थाले। ओलीलाई भेटेर राष्ट्रिय सरकारको नेतृत्व गर्न प्रस्ताव गरे। ओलीले विश्वास नगरेपछि पुनः देउवासँग सहकार्य अघि बढाए। एमालेसँग कांग्रेस सहमतिनजिक पुगेको अवस्थामा उनी एमसीसी अनुमोदन गर्न सहमत भएको सन्देश लिएर देउवातिर पुगे। केन्द्रदेखि प्रदेश सरकार हुँदै सभामुख पनि गुमाउनुपर्ने संकेत पाएपछि उनले एमसीसी अनुमोदन गराउन लबिङ गरे। गठबन्धन पनि नरहने भएपछि नजिकिँदो चुनावलाई ध्यानमा राखेर विरोधबीच एमसीसीका पक्षमा उभिने निष्कर्षमा पुगे।

    यसबाट उनी राजनीतिक रूपमा कमजोर खेलाडी सावित भए। आफैंले राष्ट्रघाती भनेको एमसीसी अनुमोदन गर्नुपर्ने अवस्थामा पुगे। उनले यसबीच बुनेका कुनै योजना सफल भएनन्। उनले निर्वाचनपछि मात्रै एमसीसी पास गराउने प्रस्ताव पनि गरेका थिए। त्यो पूरा भएन। सभामुखलाई प्रयोग गरेर संसद्बाटै अस्वीकृत गराउने योजना पनि विफल भयो।

    नेपाल :पछुवा
    एकीकृत समाजवादी अध्यक्ष नेपाल पनि दाहालझैं कमजोर खेलाडीका रूपमा देखा परे। पार्टीका अधिकांश नेता एमसीसीको विपक्षमा थिए। युवा तथा विद्यार्थी नेता सडकमा उत्रेका थिए। त्यति हुँदा पनि दाहालको पछुवा बनेर नेपालले एमसीसीका पक्षमा पार्टीका सांसदलाई मतदान गर्न लगाए। जबकी पार्टीकै नेता झलनाथ खनालले कुनै पनि हालतमा एमसीसी अनुमोदन गर्न नहुने अडान संसद्मै राखेका थिए।

    नेपाल पार्टीका नेताभन्दा पनि मन्त्रीहरूको दबाबमा परेको चर्चा छ। केही मन्त्रीले एमसीसीका पक्षमा निर्णय नगरे पार्टी नै छोड्ने धम्की नेपाललाई दिएका थिए। पार्टीको स्वविवेकभन्दा पनि दाहालकै पछि लागेर नेपालले निर्णय गर्ने गरेको आरोप छ। दाहालले एमसीसी पास गर्न नदिने निर्णय गराएपछि नेपालले पनि पार्टीबाटै एमसीसी टेबल गर्न दिने र पास गर्न नदिने निर्णय गराए। दाहालले पार्टीबाट निर्णय गर्न लगाउनुअघि एमसीसीको विषयमा नेपाल नरम नै थिए।

    राष्ट्रहित, स्वाधिनता, सर्वभौमसत्ताभन्दा ठूलो गठबन्धन होइन भन्न थाले। त्यसपछि देउवा र ओलीबीच नेपालको पार्टी नै समाप्त हुने योजना बनाएको महसुस भयो तब मात्रै उनी झस्किए।

    ओली फोबियाले एमसीसीकै पक्षमा

    माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी अनुमोदनका पक्षमा उभिनुको प्रमुख कारण हो– ओली फोबिया। कांग्रेसले सत्ता गठबन्धन भत्काएर एमालेसँग मिली एमसीसी अनुमोदन गरे आफू समाप्त हुने निष्कर्षमा पुगे यी दुई दल। एकीकृत समाजवादी अध्यक्ष नेपालले त ‘ओली फेरि शक्तिमा आए देश नै खाइदिने’ बताए। आफैं पास गराउन तयार भएको एमसीसीलाई ओली नेतृत्वको सरकारले नेपाललाई इन्डोप्यासिफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरूले बचाएको दाबीसमेत नेपालले गर्दै आएका थिए।

    अध्यक्ष नेपालले भनेका छन्, ‘वामपन्थी र लोकतान्त्रिक शक्तिहरूको एउटा गठबन्धन अहिलेसम्म छ। के होला भोलि भन्ने सबैको मनमा कौतुहल चलिरहेको छ। र कतिपयले त तुरुन्तै भत्काउनुपर्छ भनिराखेका छन्, सर्त राखेर। कस्तो सर्त भन्दाखेरी पूर्वाग्रहपूर्ण सर्त छ। सभामुखलाई सिध्याउनुपर्छ महाअभियोग लगाएर, मुन्ट्याएर निकाल्नुपर्छ। माधव नेपालसहितका १४ जनालाई सिध्याई दिनुपर्छ।’ नेपाल मात्रै दाहालसमेत ‘ओली फोबिया’ग्रस्त छन्। प्रधानमन्त्री देउवा र एमाले अ‍ोलीबीच बाक्लो भेटघाट सुरु भएपछि आफूहरू एमसीसीको पक्षमा जानु परेको दाहालले बताउँदै आएका छन्।

    ओलीकै कारण दाहाल र नेपाल एमसीसीको पक्षमा आउनुपरेको हो। एमाले महासचिव शंकर पोखरलले ओलीविरुद्ध जे–जे विषय उठाएर विग्रह सिर्जना गरी पार्टी विभाजनमा भूमिका खेले समयक्रममा ती सबै विषय छोडेर आफूलाई चरम अवसरवादी भएको प्रमाणित गरेको दाबी गरे । ‘तर, पनि दाहाल र माधव नेपालको साथमा रहनेहरू अझै अध्यक्ष ओलीलाई नै समस्या मान्दैछन्,’ महासचिव पोखरेलले भने, ‘यी तथ्यहरूले अव त सत्यसंग लड्न सकिँदैन र हुँदैन भन्ने चेतना उनीहरूमा समेत आउनु पर्ने हो।’

    दाहाल र नेपाल कुनै पनि हालमा एमसीसी पास गर्दैनौं भन्दै आएका थिए। उनीहरूले पार्टीबाट नै निर्णय गराएर एमसीसीको विपक्षमा मत हाल्ने बताइरहेका थिए। एमसीसीको विरोधमा कार्यकर्ता सडकमा उतारेका थिए। तर, अन्त्यमा आएर आफ्नै निर्णय उल्टाएर ‘व्याख्यात्मक घोषणा’ गर्ने भन्दै पास गराउने निर्णय गराए पास गरे।

    उनीहरूले नेकपाकालमा सभामुखमार्फत संसद्मा एमसीसी टेबल गर्न रोक लगाए। तर, अहिले आएर गठबन्धन जोगाउने नाममा सभामुखमार्फत संसद्मा टेबल गर्न लगाए। एमसीसीमार्फत सहायता पाउन आफू सरकारमा रहँदा पत्राचार गरे। झलनाथ खनाल प्रधानमन्त्री हुँदा तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले एमसीसी पाउन पत्राचार गरेका थिए। सरकारमै रहेका वेला संझौतासमेत गरे। एमसीसी राष्ट्रघाती सम्झौता हो भन्दै कार्यदल बनाउनेदेखि सडक आन्दोलन गर्नेसम्मको रमिता देखाएका थिए।

    सम्बन्धित समाचार
    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल

    गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान

        नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

    हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend