नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले एमसीसीको विरोध गरेर प्रेम सुवाल बन्नु छैन भन्दै अभिव्यक्ति दिएका छन् ।
एमसीसीको सन्दर्भका बहुरुप देखाएको भनेर चर्को आलोचना हुने गरेका प्रचण्डले आफु माथी लागेका आरोपहरुको खण्डन गर्न पत्रकार सम्मेलननै गरेर एमसीसी पास गरेर आफुले विल्कुल ठिक गरेको बताएका छन् ।
एमसीसीको विरोध गर्दैमा सबै कार्यकर्ता र जनतको साथ नपाइने बताउँदै प्रचण्डले पार्टी भित्रैबाट एमसीसीको विरोध गरिरहेका नारायणकाजी श्रेष्ठलाई नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाालको उदाहरण दिँदै जवाफ फर्काएका छन् ।
एमसीसीको विरोध गर्दैमा सबै पछि लाग्ने हो भने प्रेम सुवालको पछि लाग्थे के छ उहाँको हालत ? प्रचण्डले प्रश्न गरेका छन् । उनले महाकाली सन्धीका बेलाको एमालको पनि उदाहरण दिएका छन् । झण्डै आधा जमात लिएर पार्टी फुटाउँदा पनि बामदेवको हालत एक सिट पनि ल्याउँन नसकेको भन्दै नारायणकाजीलाई दनक दिएका छन् ।
प्रचण्डले प्रतिनिधीसभाको बैठकबाट एमसीसी पारित भए पछि आफु औधी खुशि भएको बताएका छन् । केहि दिन अघि सम्म आफुलाई पनी भ्रम भएको र हिजो बाट छर्लङ्ग भएको भन्दै प्रचण्डले अब आफुमा कुनै दुविधा नरहेको र एमसीसीले नेपालको पूर्वाधार विकासमा महत्वपुर्ण योगदान दिने दाबी गरेका छन् । व्याख्यात्मक घोषणाका माध्यमबाट सबै आशंकाहरु निवारण भएको जिकिर पनि उनले गरेका छन् ।
एमसीसी पारित भए पछि चौतर्फीरुपमा ओलोचित भए पछि प्रचण्डले पत्रकार सम्मेलननै गरेर प्रष्टोक्ति दिएका छन् । आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले आफु माथी लागेका आरोपहरु चिरिदिन पनि पत्रकारलाई अनुरोध गरेका छन् । पत्रकारलाई हात जोडेरनै उनले ‘प्लिज यो सब प्रचण्डलेनै गर्दा भएको भन्ने छ यसलाई तपाइहरुले चिरिदिनुस्’ ।उनले भनेका छन् ।
संविधान र प्राप्त उपलव्धीहरुनै गुम्ने अवस्था आए पछि व्याख्यात्मक घोषणाको माध्यमबाट एमसीसी पारित भएको भन्दै उनले व्याख्यात्मक घोषणालाई अन्तराष्ट्रिय कानुनले पनि मान्यता दिएको जिकिर गरेका छन् । संसदबाट यस्तो घोषणा गर्नु अघि अमेरिकी दुतावास पुगेर त्यहाँ बाट ओके भनेर नै यस्तो गरिएको खुलासा पनि प्रचण्डले गरेका छन् ।
माओवादी केन्द्रलेनै एमसीसी पारित गराए पछि पार्टी भित्र देखिएको समस्या र पार्टीनै नेताहरु बाट आइरहेको प्रतिक्रिया बारे प्रचण्डले प्रमुख सचेतक समेत रहेका देव गुरुङले पार्टीले गरेको निर्णयमा कुनै फरक मत नराखेको र यसलाई कार्यान्वयन गर्न गम्भिरताका साथ सहयोग गरिरहेको बताएका छन् । प्रचण्डले नारायणकाजी श्रेष्ठलाई भने मुखभरिको जवाफ दिएका छन् ।
पार्टी निर्णय विपरित नारायणकाजी श्रेष्ठले सार्वजनिक अभिव्यक्ति दिएर गलत गरेको भन्दै प्रचण्डले आपत्ती जनाएका छन् । पार्टी निर्णय विपरित बाहिर नबोल्ने बरु केन्द्रिय कमिटी बैठकमा व्यवस्थित रुपमा राख्न अनुरोध गरे पनि श्रेष्ठले त्यसो नगरेको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका छन् ।
‘एमसीसीको विरोध गर्दैमा सबै जनता कार्यकर्ता मेरो पछि लाग्छन् भन्ने नारायणकाजीहरुलाई लागेको हुन सक्छ त्यस्तो हुँदैन । एमसीसीको विरोध गर्दैमा सबै जनता पछि लाग्ने हो भने प्रेम सुवालको पछि लाग्थे नी उहाँले मुर्दावाद भनेर कराएको कति भयो ?’ प्रचण्डले भनेका छन् ।
नारायणकाजी प्रति आक्रोसित भएका प्रचण्डले उनले पार्टी छोडे पनि हुने आशयको अभिव्यक्ति दिएका छन् । राजनिती भनेको स्वयमसेवी काम भएको भन्दै मन नपरे छोडे पनि हुन्छ भनेका छन् । गठबन्धन जोगाउँन भन्दा संविधान जोगाउँनका लागी माओवादीले केन्द्र सोचि विचारीकनै एमसीसीको पक्षमा आइपुगेको उनले बताएका छन् ।
प्रचण्डले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी अनुमोदन भएसँगै गठबन्धन र सरकार जोगिएको बताएका छन् । अब सरकारको ध्यान चुनाव गराउनेमा केन्द्रित रहने उनले बताए ।
‘एमसीसीलई लिएर यौ बहस भए, सबभन्दा बढी माओवादी केन्द्र र म माथि थुप्रै टिप्पणी भए, हिजो निकास दिइयो,’ प्रचण्डले भने, ‘अर्को समीकरण बन्ने हो कि भन्ने थियो । सबै अन्योल अन्त्य भएको छ, गठबन्धन कायम रहन्छ सरकार अगाडि जान्छ र चुनावमा केन्द्रित हुन्छौँ ।’
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...
उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...
चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...
डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...
सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...