Otv Nepal बुधबार, साउन १३ २०८३

रातारात यसरी फेरियो एमसीसीमा झलनाथ खनालको बोली !

  • otv nepal

    बिहिबार, फाल्गुन २६ २०७८
  • सदनमा एमसीसी सम्झौता संसद्मा टेबल बिरोध गर्ने मध्येका एक थिए नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल । एमसीसीमाथिको छलफलमा पनि उनले सम्झौता राष्ट्र हितको पक्षमा नभएको भन्दै व्याख्यात्मक घोषणामार्फत् एमसीसी अनुमोदन गर्न नहुने अडान राखेका थिए ।

    तत्कालीन नेकपाबाट एमसीसी अध्ययन कार्यदलको संयोजक समेत रहेका खनालले एमसीसी यथास्थितिमा पारित गर्न नहुने भन्दै चर्को विरोध गर्दै आएका थिए । एमसीसी संसद्मा पेस भइसकेपछि पनि उनले संसद बाहिर निस्किएर आक्रामक अभिव्यक्ति दिएका थिए ।

    पार्टीको बैठकमा पनि निर्णयको अवज्ञा गरेर अभिव्यक्ति दिएको भन्दै खनाल आलोचित भएका छन् । हालै सम्पन्न पोलिटव्यूरो बैठकमा खनालको आलोचना भएको थियो ।

    बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले एमसीसीका बारेमा पार्टीले गरेको निर्णयको व्याख्या गरेर जान निर्देशन दिएका छन् ।

    उनले एमससी अनुमोदनका विषयमा सामाजिक सञ्जालमा राखिएका स्ट्याटससमेत मेटाउन केन्द्रीय नेताहरुलाई कडा निर्देशन दिएका थिए । तर पछि नेता खनालको बोलि फेरिएको छ ।

    यस्तो छ झलनाथ खनालले बैठकमा एमसीसीबारे गरेको ब्रिफिङ:

    एमसीसी मुद्दा धेरै ठूलो मुद्दा हो । यो मुद्दाको बारेमा हामीले नै पहिले अध्ययन गरेपछि त्यसमा भएका राष्ट्रिय हित विपरीतका कुरालाई हामीले भेट्यौँ ती कुरालाई हामीले उजागर पनि गर्यौं । सार्वजनिक पनि गर्यौं ।

    पूर्व नेकपामा कार्यदल बनायौं । त्यो कार्यदलमा हामी तीन जना थियौं । तीन थरि मत आयो । एउटा पूरै रिजेक्ट गर्नुपर्छ भन्ने, एउटा जस्तो छ त्यस्तो ठिक छ स्वीकार गनुपर्छ भन्ने । अनि मैले के भने भनेँ त्यो त होइन, टोटल्ली रिजेक्ट पनि होइन, स्वीकार गर्ने पनि होइन । पहिले अध्ययन गरौं । त्यसमा के डिफेक्ट छन् त्यो हटाऔं । हामीलाई ग्रान्ट त चाहिएको छ । हामी ग्रान्ट लिन्छौं तर यस्ता शर्तबन्दी छन् भने त्यस्ता शर्तबन्दी हामीलाई चाहिएको छैन । यो ढंगले जाऔं भनेपछि प्रतिवेदन तयार पारेको हो ।

    पछिल्लो अवधिमा यसलाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा हामीले केन्द्रीय कमिटीमा नै छलफल त गर्नुपथ्र्यो । पहिलो पटक छलफल गरेर एउटा टुंगो हामीले गर्न सकेको भए त्यो बेटर हुन्यो । तर यो परिस्थिति जसरी बदलिएको सन्दर्भमा अन्त्यमा एकदमै हतारहतारमा स्थायी कमिटीबाट निर्णय गर्ने काम बन्यो । त्यहाँ हामी एकमत भएनौं । हाम्रो मत भिन्नता छ । मतभिन्नता हुँदा हुँदै पनि बहुमत जे छ त्यसको आधारमा अनुमोदन भयो । अनुमोदनमा व्याख्यात्मक घोषणा भनेर त्यसलाई अघि सारिएको छ । त्यो व्याख्यात्मक घोषणा गर्न नसकिने होइन । विभिन्न ठाउँमा त्यस्तो चलन प्रचलन देखिन्छ । तर, व्याख्यात्मक घोषणा गरेपछि त्यसलाई अर्को पक्षले स्वीकार गरिदियो भने र त्यस अनुरुप सम्झौतालाई संशोधनमा तयार भयो भने लेटर अफ एक्चेन्ज पनि गराउन सकियो भने त्यो चाहिँ उपलब्धि हुन्छ । त्यसलाई सम्झौता परिवर्तन गरेको मानिन्छ । तर हामीले एकतर्फी मात्रै गर्यौं । त्यसलाई मान्छौं भनिसकेको छैन । त्यो बनाउनका लागि दबाब सिर्जना गर्न सक्नुपर्छ । यसलाई ठूलो विवादको विषय बनाउनेतिर जानुभन्दा मैले के भन्ने खोजेको भन्दा जे गरिएको छ त्यसलाई उपलब्धिको रुपमा रुपान्तरण गर्नका लागि अब हाम्रो पार्टीले लेटर अफ एक्सचेन्जसम्म पुर्याउन सक्नुपर्यो । यो सम्झौताको अंग बनाउन सक्नुपर्यो । त्यसो भए भने बल्ल उपलब्धि हुन्छ ।

    अन्यथा हामीले पास त गर्यौं । तिमीले मानेनौँ भने ३० दिनभित्र हामीले फाइनल गर्छौं । त्यो सम्झौतामा एउटा क्लज छ । यसो गरे हुन्छ त भनेर हामी भन्न सक्छौं । तर यो हाम्रो आत्मतुष्टि बाहेक केही हुँदैन । किनभने हामी त अहिले सानै पार्टी भयौं । हामीसँग त बहुमत पनि छैन । एमालेको बहुमत छ । एमालेको बहुमत भएपछि संसदबाट त केही गर्न सकिँदैन । कि त यो सरकारबाट जानुपर्यो । सरकारले निषेध गर्ने हो भने कांग्रेस मान्दैन । कांग्रेस त जस्ताको तस्तैमा गर्ने हो । त्यसैले हामीले पब्लिक कन्जम्मसन र हाम्रै पार्टीमा जो साथीले लडाईँ लडि राख्नुभयो , ती साथीहरुलाई चित्त बुझाउनका निम्ति पनि हामीले एउटा लेटर एक्चेन्जको कुरा हामीले गर्न सक्नुपर्छ । यसलाई मोनिटर गर्नुपर्यो । अब कार्यान्वयन कसरी हुन्छ त रु उनीहरुले जे राखेका छन् त्यही कार्यान्वयन भयो भने त त्यो एन्टी चाइना पनि हुन्छ एन्टी कम्युनिस्ट पनि हुन्छ । त्यसो हुँदा यसलाई कार्यान्वयन गर्ने सिलसिलामा राष्ट्रिय स्तरबाट मोनिटरिङ गर्ने एउटा मेकानिजम बनाउनुपर्यो । त्यो मेकानिजमका साथमा मोनिटरिङ गर्नुपर्यो । यो सम्झौता अत्यन्त इमेच्यूड सम्झौता हो । नेपालको हितलाई तल राखेर अमेरिकाको हितलाई माथि राखेर गरिएको सम्झौता हो । एक किसिमले यो सम्झौताबाट गम्भिर शिक्षा लिनुपर्छ । आगामी दिनमा चाहे अमेरिका, चाहे भारत, चीन, जापान, एडिबी, विश्व बैंकसँग होस् । यस्तो सम्झौता गर्दा पारस्परिक सम्झौताका आधारमा, समान सार्वभौमिताका आधार गर्ने शिक्षा लिनुपर्छ । हामीले हाम्रा अन्तर्राष्ट्रिय कानुनका ज्ञातासँग पनि छलफल गर्नुपर्छ । हामी सानो देश छौं । एउटाले अर्कोलाई मिच्न खोज्दा यस्तो परिस्थितिमा पुग्छौं । त्यसो हुनाले हामीले विचार, बुद्धि,नीति, विधी हाम्रा बल हुन । हामीसँग मिलेटरी बलले काम लाग्दैन । हाम्रो बल भनेको बुद्धी र तर्क नै हो । ग्रुपमा छलफल गर्दा सुझाव दिनुुस् । हामी मिलेर जानु छँदैछ । ठ्याकै चुनाव आयो । चुनावको बेलामा ठूलो बहस इत्यादी गरेर जान सक्दैनौं । गर्नुपर्यो भने पनि अहिले बहस स्थगित हुनुपर्दछ । अहिले बहस स्थगित गर्ने नै हो ।

    सम्बन्धित समाचार
    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल

    गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान

        नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

    हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend