नेकपा एमाले का महासचिव शंकर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटालाई नहटाए संसद् नचल्ने स्पष्ट पारेका छन् । उनले भने, “सभामुखले संसद् चलाउन नसक्ने परिस्थिति सिर्जना गरेका छन् । एमालेले १४ सांसदलाई कारबाही गरेको सूचना लुकाएर बसे, विभाजनमा भूमिका खेले ? सभामुखको कुर्सीमा बसेर यस्तो गर्न मिल्छ ? अब संसद् चल्ने र नचल्ने कांग्रेसको हातमा छ । कांग्रेसले सभामुखलाई हटाउन भूमिका खेलेन भने संसद् चल्दैन ।”
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गरे वैकल्पिक सरकार गठनका लागि आफ्नो पार्टी सर्वोच्च अदालतको ढोका ढकढक्याउन नजाने स्पष्ट पारेका छन् । प्राइम टाइम्स एचडीबाट हिजो राति प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने, “अहिले लोकतन्त्र डिरेल भएको छ । सरकार सरकारजस्तो छैन । संसद् संसद्जस्तो छैन । जनादेश खण्डित भएपछि पुनः जनतामा जानु अपरिहार्य छ । साढे चार वर्षअघि नेकपाका पक्षमा आएको जनादेश प्रचण्ड र माधव नेपालले २३ सिट जितेका शेरबहादुर देउवालाई बुझाए । अदालतले परमादेशमा प्रधानमन्त्री तोक्यो । हामीले विकास र समृद्धिको बाटोतर्फ अघि बढाउने खोज्दा चुच्चे नक्सा प्रकाशित भएपछि हामीमाथि घेराबन्दी भयो । अहिलेको गठबन्धनले डेलिभरी गर्न सकेन । यो संसद्ले औचित्य गुमाइसकेको छ । प्रधानमन्त्रीले विघटन गर्ने हो भने एमाले चुनावी प्रक्रियामा सामेल हुन्छ । एमाले वैकल्पिक सरकार बनाउन अदालत जाँदैन ।”
आगामी चुनावमा नेकपा एमाले एक्लै लड्न तयार रहेको महासचिव पोखरेलले दाबी गरे । उनले भने, “२०७३ मा स्थानीय तहको चुनाव हुँदा माओवादी र कांग्रेसको सरकार थियो । दुवैले मिलेर चुनाव लडेका थिए । तर स्थानीय तहमा एमालेले एक्लै ४० प्रतिशत जितेका थियो । मधेस प्रदेशमा हामी प्रचारमा पनि जान सकेका थिएनौं । अहिले एमालेको पक्षमा जनलहर छ ।”
उनले थपे, “प्रचण्ड र माधव नेपालले गठबन्धनद्वारा एमालेलाई सरकारबाहिर राखे तर जनताबाहिर राख्न सक्दैनन् । जति लामो समयसम्म यो सरकार रहन्छ, त्यति एमालेको पक्षमा जनलहर वृद्धि हुन्छ । हामी अहिले संयुक्त चुनावी घोषणा गरेर जाने पक्षमा छैनौं । स्थानीय तहमा अपवादका रुपमा तालमेल भएछ भन्ने अर्कै कुरा हो । एमालेसँग देशभरि एक्लै जाने असाधारण ताकत छ ।”
माधव नेपाल पक्ष चोइटिएर नेकपा एमालेलाई कुनै घाटा नहुने पनि उनको स्पष्टोक्ति छ । उनले भने, “माधव नेतपालले केन्द्रीय नेता १० प्रतिशत, कार्यकर्ता ५ प्रतिशत, जनतामा २, ३ प्रतिशत मत चोइटाउनुभएको छ । तर हामीले त्यति संख्या त माओवादीबाट ल्याइसकेका छौं । ऋषिजीले चितवनमा जनसागर उत्रिएको देख्नुभएन ? एमालेको ताकत देख्नुभएन रु हामीले पालिका, वडा, जिल्ला अधिवेशन एकै दिन गर्यौं । तर कांग्रेस एक वर्षदेखि लाग्दा पनि अधिवेशन गर्न सकेको छैन । एमालेविरुद्ध जति ठूलो गठबन्धन गरे पनि हुन्छ । जनताको आकर्षण र लहर एमालेका पक्षमा छ । बाँध बाँधेर भेललाई छेक्न सकिन्छ र ? ”
प्रचण्ड र माधव नेपाललाई एमसीसीको भारी बोकाउन एमाले सफल भएको पनि महासचिव पोखरेलले बताए । उनले भने, “सत्ताका आवाज दुइटा हुँदैनन् । सत्तापक्ष पनि आफू, विपक्ष पनि आफू हुन मिल्छ रु हामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई या त प्रचण्ड र माधवलाई साथ लिएर अघि बढ्नुस्, या त सरकारबाट हटाउनुस् भनेका थियौं । हामीले उहाँलाई सत्तामा हिस्सेदार बन्दैनौं, एक्लै चलाउनुस् पनि भनेका थियौं । किनभने सानो दलको नेतृत्वमा ठूलो दल सरकारमा बस्न मिल्दैन । अन्ततः प्रचण्ड र माधव नेपाल भ्रमित हुनुभएकोे थियो, आफैं स्पष्ट हुनुभयो । आफैंले भ्रम पोख्नुभएको थियो, आफैंले उठाउनुभयो । अन्ततः हामी एमसीसीको भारी माधव नेपाल र प्रचण्डलाई बोकाउनसफल भयौं ।”
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...
उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...
चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...
डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...
सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...