पछिल्लो समय प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापती शेरबहादुर देउवाले आगामी निर्वाचनमा प्रचण्ड र माधव नेपालसँग गठबन्धन गर्नु पर्ने आवाज जोडतोडले उठाइरहेका छन् ।
अघिल्लो चुनावमा काग्रेसका धेरै नेताले चुनाव हारेको , आफुले समेत बल्लतल्ल चुनाव जितेको , प्रचण्डले हार्ने चुनाव लड्दैनन् काग्रेसले नबोक्ने हो भने एमालेसँग मिल्न सक्छन् जस्ता तर्क गरेर देउवाले गठबन्धनको आवश्यकता बारे बोलीरहेका छन् । बाहिर यस्ता कुरा गरे पनि गठबन्धन गर्नै पर्ने देउवाको बाध्यता भने अर्कै भएको खुलासा भएको छ ।
देउवा जस्ता संसदीय राजनितीका चुतर खेलाडीलाई गबठन्धन गर्नु पर्ने धेरै कारण हुन सक्छन् ती मध्ये प्रमुख कारण भने श्रीमती आरजु राणाको दबाव पनि एक भएको बताइन्छ । अघिल्लो निर्वाचनमा कैलालीमा एमालेका उमेदवार नारदमुनी रानासँग नमज्जा सँग पराजित भएकी आरजुले यस पटक जसरी पनि गठबन्धनमै चुनाव गर्न आफ्ना श्रीमान देउवालाई दबाव दिने गरेको स्रोतको दाबी छ ।
पछिल्लो समय देउवाका श्रीमान श्रीमतीको एउटै स्वर सुनिन थालेको छ । केहि दिन अघि मात्रै कैलाली पुगेर देउवा पत्नी आरजुले गठबन्धन नगर्ने हो भने एमालेसँग प्रतिष्पर्धा गर्न कठिन हुने भन्दै गठबन्धनमै निर्वाचन हुने र आफु फेरी पनि कैलालीबाटै प्रतिष्पर्धा गर्ने बताएकी थिइन् ।
श्रीमतीको दबावमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरु चुनावी गठबन्धनको पक्षमा छन् भने गगन थापा, डा।शेखर कोइराला लगायतका नेताहरु गठबन्धन गर्न नहुने पक्षमा छन् । गठबन्धन नगरे कांग्रेसको हालत खराब हुने बुझाई प्रधानमन्त्री देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको छ भने गठबन्धन गर्दा कांग्रेसलाई दीर्घकालिन रुपमा घाटा हुने बुझाई गगन थापा र डा।शेखर कोइरालाहरुको छ ।
गठबन्धन नगरी चुनावमा जाँदा एमाले र ओलीले खर्लप्पै पार्ने डरले देउवा र रामचन्द्र पौडेलहरुमा घर गरेको छ । अहिले सत्तामा रहेका सहयात्री दलहरु माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतसँग चुनावी गठबन्धन नगरे ती दलसँग उल्टै ओलीले गठबन्धन गर्ने देउवाको बुझाई छ । अहिले गठबन्धन नगरी चुनावमा जाँदा कम्युनिष्ट शक्तिहरु फेरि मिल्न सक्ने र कम्युनिष्टहरु मिलेको खण्डमा कांग्रेसको हालत अघिल्लो संसदीय निर्वाचनको झैं हुने डर प्रधानमन्त्री सहितका केही नेताहरुमा छ ।
अघिल्लो पटक चुनावमा पराजित भएका कांग्रेसका अधिकांश नेताहरु गठबन्धनका पक्षमा छन् । ता कि अन्य दलहरुको वैशाखी टेकेर भएपनि चुनाव जित्न सकियोस् र सांसद बन्न पाइयोस् । रामचन्द्र पौडेल अघिल्लो पटकको संसदीय निर्वाचनमा पराजित भएका नेता हुन् । गठबन्धन गरिएन भने यसपटक पनि चुनाव जितिँदैन भन्ने डर उनमा छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई गठबन्धन नगर्दा व्यक्तिगत रुपमा आफूले डँडेल्धुराबाट चुनाव हार्छु भन्ने डर त नहोला तर, श्रीमति आरजु राणाको ठूलो चिन्ता छ । कैलालीबाट चुनाव लड्ने रहर गरेकी श्रीमति आरजु राणा फेरी पछारिने हुन् कि भन्ने चिन्ता प्रधानमन्त्री देउवामा देखिन्छ । श्रीमतिलाई जिताउँनका लागि नै भएपनि गठबन्धन गर्नपर्ने दबाबमा देउवा देखिन्छन् भने आफूले जित्नका लागि पनि गठबन्धन गर्नपर्ने लाइनमा वरिष्ठ नेता रामचन्द्र पौडेल देखिन्छन् ।
गगन थापा र डा।शेखर कोइरालाहरु तुलनात्मक रुपमा आफू सुरक्षित रहेको महसुस गरिररहेका छन् । त्यहीभएर उनीहरु गठबन्धनका पक्षमा छैनन् । आफूहरुको अबस्था पनि रामचन्द्र पौडेल र आरजु राणाहरुको जस्तै भएको अनुभूति गगन थापा र शेखर कोइरालाहरुलाई हुन्थ्यो भने सम्भवतः उनीहरु पनि गठबन्धनकै पक्षमा देखिन्थे । कांग्रेसका दुई महामन्त्री मध्ये गगन थापा गठबन्धनका विपक्षमा र विश्वप्रकाश शर्मा गठबन्धनका पक्षमा देखिनुलाई धेरैले नीजि स्वार्थका रुपमा लिएका छन् । संसदीय चुनावमा झापामा हारेका विश्वप्रकाश शर्मा गठबन्धन बेगर चुनाव लड्दा हारिने हो कि भन्ने डरमा छन् । कांग्रेसका माथिल्लो तहकै एक नेता भन्छन्, कांग्रेसका अधिकांश नेताहरुलाई भोलिको कांग्रेसको होइन अहिलेको आफ्नो अबस्थाको पिर छ ।
“हामीले कस्तो नेपाल बनाउँदैछौँ ?”
हामी सबैलाई एउटा राम्रो नेपाल चाहिएको छ। जहाँ छोराछोरीले भविष्य खोज्न विदेश जानैपर्ने बाध्यता नहोस्, जहाँ इमानदार मानिस निराश हुन नपरोस्, जहाँ गरिबको आवाज सानो नहोस् र जहाँ एउटा...
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...