प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचन जनादेश र परमादेश विचको जनमत संग्रहका रुपमा हुन लागेको भनेर लिखित प्रतिवेदननै एमाले केन्द्रिय किमिटी बैठकमा पेस गरेका थिए । जनादेश र परमादेश विचको विचको मिनी प्रयोग आज हुँदैछ ।
पछिल्लो समय देशमा हरेक खालका निर्वाचनमा एमाले भर्सेस देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँने पाँचदलका विचमा हुँदै आएको छ । पत्रकार महासंघको निर्वाचन देखी राष्ट्रिय सभाको निर्वाचन सम्म एमाले एकातिर र गठबन्धन अर्कोतिर स्पष्ट देखिँदै आएको छ । यस्तै अर्को एक प्रयोग आज हुँदैछ ।
वकिलहरुको संस्था नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागी आज मतदान हुँदैछ । बारको चुनावमा पनि एमाले एकातिर र गठबन्धन अर्को तिर हुने भएका छन् । देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँनु पर्छ भन्ने वकिलहरु एकातिर र तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको जनादेशमा जाने निर्णय ठिक भन्ने वलिकहरु अर्कोतिर रहेर प्रतिष्पर्धा गर्दैछन् ।
नेपालबार एसोसिएसनको आजको निर्वाचनलाई जनादेश र परमादेश विचको फैसलाका रुपमा पनि कतिपयले अर्थाएका छन् । राष्ट्रिय राजनितीलाईनै प्रभाव पार्न सक्ने बारको आज हुन लागेको निर्वाचनलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ । दुवै पक्षले आफुले निर्वाचन जित्ने दाबी सहित चुनावी मैदानमा उत्रिएका छन् ।
चुनावमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए)का गोपालकृष्ण घिमिरे नेतृत्वको प्यानलसँग एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूह (पीपीएलए)का विष्णुमणि अधिकारीको प्यानल भिड्दैछ ।
सत्तारुढ गठबन्धनबाट घिमिरे नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) का पूर्वअध्यक्ष पनि हुन् । उनी कांग्रेसको १४औं महाधिवेशन केन्द्रीय निर्वाचन समितिका संयोजक समेत हुन् ।
त्यस्तै उक्त गठबन्धनले महासचिवमा अन्जिता खनाललाई अघि सारेको छ । खनाल नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी हुन् । यसअघि महासचिवमा दिनमणि पोखरेललाई प्रस्ताव गरिए पनि गठबन्धनप्रति असन्तुष्टि जनाउँदै पोखरेल पछि हटेका थिए । वागमतीबाट उपाध्यक्षमा नेकपा एसका हर्क रावलले उम्मेदवारी दिँदैछन् ।अध्यक्षसहित १५ पद कांग्रेसलाई साथै उपाध्यक्ष, महासचिवसहित पद गठबन्धनका अन्य घटकलाई भागबण्डा गरिएको छ ।
पीपीएलएले भने विष्णुमणि अधिकारीको नेतृत्वमा प्यानल घोषणा गरेको छ । उक्त प्यानलबाट महासचिव पदमा अधिवक्ता केदारप्रसाद कोइराला भिड्दैछन् ।सो समूहबाट उपाध्यक्षमा प्रदेश १ बाट रोहितकुमार डाँगी, मधेश प्रदेशबाट केशव प्रसाद दास, बागमतीबाट डिल्लीराम मैनाली, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट बासुदेव ज्ञवाली, कर्णालीबाट चंखबहादुर साउद र महिला उपाध्यक्षमा रमा श्रेष्ठ उम्मेदवार छन् । कोषाध्यक्षमा जगतबहादुर कार्की प्रतिस्पर्धामा उत्रिएका छन् ।
पीपीएलएबाट सदस्य पदमा कुन्जनी परियार प्यासी, नरसिंह चौधरी थारु, सुभाचन्द्र झा, शशी कुमारी श्रेष्ठ, दिलकुमारी राई, इन्दिरा आचार्य, मनिका खड्का, गणेशबहादुर ओली, कुवेर घिमिरे, तारा कुमार श्रेष्ठ, युवक कुमार गौतम, अर्जुन खड्का, अनिल कुमार श्रेष्ठ र हरि प्रसाद पंगेनी प्रतिस्पर्धामा छन् ।
यसै विच नेपाल बार एशोसिएशनका पूर्व उपाध्यक्ष टिकाराम भट्टराईले बारको चुनावमा सरकारले बालुवाटारबाट उम्मेदवारलाई टिका लगाएर मण्डलेकरण गरेको आरोप लगाएका छन् ।
प्रगतिशील पेशागत कानून व्यवसायी समूहका उम्मेदवारको पक्षमा मत माग्दै भट्टराईले यस पटक बार एशोसिएशनको चुनाव हेर्दा कानून व्यवसायीबीच देखिए पनि यथार्थमा सरकारसँग आफूहरूले चुनाव लडिरहेको बताए । उनले बालुवाटारमा सत्ता गठबन्धनले उम्मेदवार तय गरेर पठाएकाले कानून व्यवसायीले सरकारसँग प्रतिस्पर्धा गरिरहेको बताए ।
भट्टराईले भने– नेपाल बारको निर्वाचनमा कानून व्यवसायी नै मतदाता र उम्मेदवार छन् । यथार्थमा यो चुनाव हामी सरकारसँग लड्दैछौं । नेपाल बारको स्थापनादेखि बार सधैँ प्रतिपक्षको भूमिका थियो । तर यसपालि प्रतिस्पर्धी समूहको उम्मेदवारी बालुवाटारमा भयो र प्रधानमन्त्री निवासमा टिका लाएर मैदानमा आउनुभयो । यो चुनाव सरकारविरुद्धको चुनाव हो । हामी सिङ्गै सरकारसँग चुनाव लडिरहेका छौँ ।
भट्टराईले पीपीएलका अध्यक्ष उम्मेदवार बारको ७४ दिनको आन्दोलनमा अधिकांश समय सहभागी भए पनि विपक्षी गठबन्धनका अध्यक्षका उम्मेदवारलाई एक दिन पनि आन्दोलनमा नदेखिएको टिप्पणी गरे ।
“हामीले कस्तो नेपाल बनाउँदैछौँ ?”
हामी सबैलाई एउटा राम्रो नेपाल चाहिएको छ। जहाँ छोराछोरीले भविष्य खोज्न विदेश जानैपर्ने बाध्यता नहोस्, जहाँ इमानदार मानिस निराश हुन नपरोस्, जहाँ गरिबको आवाज सानो नहोस् र जहाँ एउटा...
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...