स्थानिय तहको निर्वाचनले नेताहरुलाई छपक्कै छोपेको छ । किसानलाई असारमा हुने चटारो जस्तै नेतालाई चुनावमा चटारो देखिएको छ । गठबन्धन बनेर एमाले हराउँने अभियान एकातिर बनेको छ भने गठबन्धनलाई एक्लै हराउँछु भनेर एमाले पनि कस्सिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको केन्द्रिय कमिटी , पोलिट्व्यूरो सहित स्थायी कमिटीको समेत बैठक राखेर सबै केन्द्रिय नेताहरुलाई जिल्ला जिल्लामा खटाएको छ भने एमाले अध्यक्ष केपी ओली आफैँ पनि देश दौडाहमा निस्किएका छन् ।
एमाले एक्लै भए पनि चुनावी मैदानमा उत्रिएर सबैलाई हराउँछु भन्ने हुंकार दिइरहेको छ भने शेरबहादुर देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँन एकजुट भएका दलहरुले गठबन्धनकै चक्करमा हराइरहेका छन् । अन्यदलहरुले खासै प्रभावकारी रुपमा चुनावी गतिविधी गर्न सकेका छैनन् ।
परमादेशबाट सरकार बनाउँन एक भएका दलहरु गठबन्धन गरेर जोनेकी एक्लै जाने भन्नेमै अझै टुंगोमा पुग्न सकेका छैनन् । सरकारको नेतत्व गरिरहेको दल नेपाली काग्रेस भित्र गठबन्धनको बिषयलाई लिएर चर्को मतभेद देखिएको छ । काग्रेस केन्द्रिय समितीको निर्णय पछि प्रचण्ड र माधव नेपाल काग्रेससँग थप सशंकित बनेका छन् ।
काग्रेसले स्थानिय तहको अवस्था र आवश्यकतका आधारमा तालमेल गर्न सक्ने भनेर नितिगत निर्णय गरेको छ तर यो सँगै उसले बहुमत स्थानिय तह जित्न काग्रेस एक्लै सक्षम रहको पनि दाबी गरेको छ । काग्रेसको भाषाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विशेष गरि चिढिएका छन् ।
काग्रेस सभापती समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन गरेरै जाने पक्षमा देखीए पनि काग्रेस भित्र ठूलो तप्का कुनै हालतमा पनि कम्युनिष्ट सँग गठबन्धन गर्न हुँदैन भन्ने पक्षमा खरो रुपमा उत्रिए पछि देउवाले पनि सजिलैसँग निर्णय गर्न सकेका छैनन् ।
काग्रेसले गठबन्धनको अधिकार तल्ला कमिटिलाई दिए पछि बिषय थप रोचक र पेचिलो बनेको छ । सैद्धान्तीक रुपमा गठन्धन गर्ने बिषयमा देउवा , प्रचण्ड र माधव नेपाल एक ठाउँमा रहे पनि व्यवहारिक रुपमा भने उक्त कुरा निकै कठिन हुने विश्लेषण सुरु भएको छ ।
गठबन्धनमा सबै पार्टी एकमत भएको अवस्थामा समेत भागबण्डाका बिषयमा लफडा भएर गठबन्धन टिक्न नसक्ने अवस्था आउँन सक्छ तर यहाँ त गठबन्धन गर्ने बिषयमै काग्रेस भित्रै ठूलो किचलो रहेको छ यसकारण पनि गठबन्धन व्यवहारिक रुपमा जान नसक्ने चर्चा चलेको छ ।
एमाले अध्यक्ष केपी ओलीले पाँच दल मात्रै होइन निर्वाचन आयोगमा दर्ता भएका जती सबै मिलेर आए पनि एमालेले हराउँने हुंकार दिइरहेका छन् भने उनले अर्कातिर लोभीपापीहरुको गठबन्धननै बन्न नसक्ने पनि ठोकुवा गर्दैै आएका छन् । गठबन्धननै बन्न नसक्ने हिसाब ओलीले सुनाएका छन् भने बने पनि ठेगान लगाउँने भन्न छोडेका छैनन् ।
एमाले उपाध्यक्ष बिष्णु पौडेलले पनि काग्रेस , माअोवादी र माधव नेपालको गठबन्धनलाई बालुवाको लड्डु सँग तुलना गरेका छन् । गठबन्धन व्यवहारिक हुन नसक्नेमा चर्चित राजनितीक विश्लेषक डा सुरेन्द्र केसीको पनि एक मत रहेको छ ।
देउवा , प्रचण्ड या माधव नेपालले गठबन्धन गर्छौ भनेर निर्णय गराए पनि तल्लो तहको मनोविज्ञान गठबन्धन नगर्ने भन्नेमै बलियो रहेको डा केसीले भनेका छन् । ओटिभी नेपाल डटकम सँगको कुराकानीमा डा केसीले देशभरको अवस्था बुझ्दा काग्रेस कार्यकर्ताहरु माओवादीलाई भोट हाल्नै नसक्ने मनोविज्ञानमा रहेको आफुले बुझेको बताएका छन् ।
नेपालि काँग्रेशका नेता कार्यकर्ता कम्युनिष्ट पार्टिका कार्यकतार्ए जस्ता हुँदैनन , चित्त नबुझे आफुनै बाघि उठ्ने तथा अर्काे पार्टिमा भोट हाल्ने काँग्रेशको बुभाई रहेको छ । यदि त्यस्तो भएको खण्डमा एमालेलाई नसोचेको फाईदा पुग्नेछ ।
खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह
एनआईसी एसिया बैंकले आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी...
विघटित नेकपा एसका नेता कार्यकर्ता धमाधम एमालेमा फर्किँदै
एमालेको ‘घर फर्क राष्ट्रिय अभियान’ अन्तर्गत विघटित नेकपा एकीकृत समाजवादी (एस) का केन्द्रीय तहका नेताहरूसहित ५० जना मूलघर फर्किएका छन् । पूर्व केन्द्रीय परिषद् सदस्य एवं नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय...
बक्यौता नतिर्ने २५ उद्योगको प्राधिकरणले काट्यो लाइन
पटक–पटक ताकेता गर्दा पनि बक्यौता तिर्न अटेर गर्दै आएका २५ निजी उद्योगमा विद्युत् प्राधिकरणले लाइन काटेको छ । पछिल्लोपटक १२ असोजमा २१ कार्यदिन (बिदाबाहेक)को अल्टिमेटम दिँदा पनि सम्पर्कमै नआएपछि...
भदौ २४ मा राष्ट्रपतिले लिएका थिए ‘सहिद’ हुन तयार रहेको अडान
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानभन्दा बाहिर नजाने अडान लिँदै प्रतिनिधि सभा तत्काल विघटन गर्ने दबाब अस्वीकार गरेको बताएका छन्। पौडेलले प्रतिनिधि सभा पहिले नै विघटन गर्ने माग पेश हुँदा आफूले...
समावेशी राष्ट्रका लागि संविधान सुधार, तर विखण्डनको प्रयास अस्वीकार्य: खस संघ
जनता समाजवादी पार्टी अन्तर्गतको समाजवादी खस संघले संविधान सुधारको पक्षमा स्पष्ट समर्थन जनाउँदै पछिल्लो समय देखिएका जातीय विभेदपूर्ण अभिव्यक्तिहरूप्रति कडा आपत्ति जनाएको छ। मधेस प्रदेशका जसपा अध्यक्ष अशोक यादवका “खस...
७ सयले घट्यो सुन
सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको सुन आज १ लाख ७३ हजार ८ सय रुपैयाँमा झरेको...
युवा संघ मण्डनदेउपुरले चैत्र ३० गते दोस्रो अधिबेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम गर्ने
रास्ट्रीय युवा संघ नेपाल मण्डनदेउपुर नगर कमिटिको दोस्रो अधिबेशन यहि चैत्र ३० गते कुन्ताबेशिमा भब्य रुपमा गर्ने भएको छ,युवा संघ जिल्ला कमिटिको निर्देशन बमोजिम अधिबेशन गर्न लागिएको नगर अध्यक्ष...
ह्वात्तै घट्यो सुनको मुल्य
स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ९०० घटेर रु १,७४,१०० कायम भएको छ, जबकि चाँदी तोलामा रु १५ घटेर रु १,९८० पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३,०२२ अमेरिकी डलरमा...
एक तोला सुनको मुल्य एक लाख ७५ हजार २००
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । हिजो सोमबार प्रतितोला रु एक लाख ७४ हजार १०० मा कारोबार भएको सुन आज तोलामा एक हजार १०० ले बढेर एक लाख...
बेन्फिकालाइ बिदा गर्दै बार्सिलोना क्वाटरफाइनलमा
बार्सिलोना बेन्फिकालाई ३-१ ले हराउँदै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। लामिन यामाल र राफिन्हा दुवैले गोल गर्दै टोलीलाई जित दिलाए। यामालले २९ औं मिनेटमा र राफिन्हाले 14,42 औं...
तिन दिनमै पाँच हजार सात सय रूपैयाँले बढ्यो सुनको मुल्य
मंगलबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ । मंगलबार सुनको भाउ प्रतितोला एक हजार नौ सय रूपैयाँ, बुधबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ र...
साम्बापछि अञ्जिला बनिन् युरोपमा खेल्ने दोस्रो नेपाली फुटबलर , ग्रिसको क्लबमा अनुबन्धित
नेपाल राष्ट्रिय महिला फुटबल टीमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा युरोपमा व्यवसायिक फुटबल खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी छिन्। उनले ग्रिसको माथिल्लो डिभिजन क्लब निस अट्रोमिटौबाट डेब्यु गरेकी छिन्। यसअघि भारत...
युनाइटेड र टोटेनह्याम पराजित
आइतबारको प्रिमियर लिग खेलमा टोटेनह्याम एभर्टनसँग ३-२ ले पराजित भएको छ, जहाँ एभर्टनले पहिलो हाफमै ३ गोल गरेपछि टोटेनह्यामको दोस्रो हाफको २ गोलले हार टार्न सकेन। अर्को खेलमा म्यानचेस्टर युनाइटेड...
सूर्यदर्शन सहकारी प्रकरण :आजै आदेश आउन सक्ने भएकाले अदालत आसपास सुरक्षा व्यवस्था कडा
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (बिहीबार) थुनछेक आदेश आउने सम्भावना छ। कास्की जिल्ला अदालतमा न्यायाधीश नितिज राईको इजलासमा प्रतिवादीतर्फको अन्तिम बहस भइरहेको छ। ४४ जना प्रतिवादीमध्ये सातजना अदालतमा उपस्थित...
प्रधानमन्त्रि अमेरिका पुगेर फर्किँदा ४ करोड २९ लाख सक्कियो
प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणमा ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्र संघको मूख्यालयमा आयोजित ७९ औं...
‘बामदेबको दुबै हातमा लड्डु’
राष्ट्रिय सभा सदस्य वामदेव गौतम एमाले फर्कने कि एकीकृत समाजवादीमा जाने भन्ने दोधारमा छन् । गौतमलाई भेट्नकोलागि पूर्व प्रधानमन्त्री माधब नेपाल आज गौतम निवास भैंसेपाटी पुगेका थिए । उनीहरुबीच लामै...
‘कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैन’
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कसैले चाहेर पनि वर्तमान सरकार नढल्ने दाबि गरेका छन् । ‘अहिलेको सरकार संसदका ठूला दुई दलको बलियो सरकार हो, यो दुई दलले नचाहँदासम्म कसैले चाहेर...
‘कांग्रेस-एमाले गठबन्धन सरकारलाई कसैले ढाल्न सक्दैन’
पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले बर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार कसैले पनि ढाल्न नसक्ने बताएका छन् । उनले कांग्रेस–एमालेले आफ्नो गल्ती, कमीकमजोरी ढाकछोप गर्न वर्तमान सरकार बनाएकाले यसले निरन्तरता पाउने बताएका हुन्...
‘लोकतन्त्रमाथि ‘कू’ भएको दिन’
विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेएका तत्कालीन प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन...
‘म प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थाल्यो’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थालिसकेको दाबी गरेका छन् । उनले भने, ‘देशको अप्ठेरो बुझेर इतिहास बोकेको जिम्मेवार राजनीतिक दलहरु कांग्रेस र एमाले मिलेर सरकार...